
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
इलाम, २४ बैशाख । सामाजिक सञ्जालमा ‘अव्यवस्थित बसोबासी हटाइने’ भन्ने हल्ला चलेपछि रोङ गाउँपालिकाले पुर्जा वितरणको काम अन्तिम चरणमा पुगेको जनाएको छ । गाउँपालिका अध्यक्ष मणिकुमार स्याङ्बो (सुवास) का अनुसार गाउँपालिकामा एक हजार ८५७ घरपरिवार अव्यवस्थित रहेकामा हालसम्म १५२ घरपरिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण सम्पन्न भइसकेको छ । बाँकीलाई पनि प्रमाणपत्र वितरणको काम अन्तिम चरणमा पुगेको छ । “रोङमा भूमिहीन दलित चार, भूमिहीन सुकुमवासी ६९ र एक हजार ७८४ अव्यवस्थित बसोबासी छन्”, अध्यक्ष स्याङ्बोले भन्नुभयो, “वडा नं १ का १५२ घरपरिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण सकिएको छ । बाँकीको काम अन्तिम चरणमा छ । लगत सङ्कलन, प्रमाणीकरण र नक्साङ्कनको कार्य सकिएको छ…
झापा, २४ बैशाख । हाल नेपालमा पश्चिमी र स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको छ । यसको प्रभाव रहँदा हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ, तराई भू–भागमा आंशिक बादल लाग्नेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशको हिमाली र पहाडी भू–भागका केही स्थानहरूमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षा÷हिमपात साथै बाँकी तराई भू–भागका थोरै स्थानहरूमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यसैगरी, आज राति कोशी प्रदेशलगायत देशका हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ र बाँकी भूभागमा आंशिक बादल लाग्नेछ । कोशी प्रदेशका थोरै स्थानहरूमा…
झापा, २३ बैशाख । सरकारले सुकुम्बासीमा बस्तीमा चलाएको डोजरको विरोध गर्दै झापामा पनि सुकुम्बासी आन्दोलित बनेका छन् । अखिल नेपाल सुकुम्बासी संगठन दमक नगर समिति र राष्टि«य अधिकार आयोग नेपाल झापाले आज विरोध प्रदर्शन गरेका छन् । दमक–५ गोर्खा डिपार्टमेन्टबाट अखिल नेपाल सुकुम्बासी संगठन दमक नगर समिति झापाको अयोजनामा अखिल नेपाल सुकुम्बासी संघ दमक नगर अध्यक्ष श्याम कुमालको नेतृत्वमा उपस्थित सुकुम्वासी र समर्थकले विभिन्न नाराहरु लेखिएका पम्प्लेटसहित पैदल र्यालि सुरु गरेका थिए । उक्त र्याली दमक–६ गणतन्त्र चोक, गोल्डेन गेट, फर्निचर लाइन, देवकोटा चोक, थानारोड गणतन्त्र चोक हुँदै दमक–५ स्थित आकाशेपुलमा पुगेर कोणसभामा परिणत भएको थियो । यसैगरी, बिर्तामोड–३ मा…
झापा, २३ बैशाख । हिजोको तुलनामा आज स्थानीय बजारमा सुनचाँदीको भाउ बढेको छ । सुन तोलामा पाँच हजार ८०० र चाँदी १७५ ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला दुई लाख ९६ हजार ८०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु पाँच हजार ५५ कायम भएको छ । हिजो मङ्गलबार एक तोला छापावाल सुन रु दुई लाख ९१ हजार र त्यति नै परिमाणको चाँदी रु चार हजार ८८० मा किनबेच भएको थियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ६३० र त्यति नै परिमाणको चाँदी ७४ अमेरिकी…
भैरहवा, २३ बैशाख । रुपन्देहीको सिद्धार्थनगरस्थित एक क्यासिनोमा जुवा खेलिरहेका अवस्थामा १९ नेपाली नागरिक पक्राउ परेका छन् । लुम्बिनी प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय रुपन्देहीको संयुक्त टोलीले सिद्धार्थनगर नगरपालिका–१० मा रहेको होटल गौतमबुद्ध इन्टरनेसनलभित्र सञ्चालित रोयल कालिङ्गा क्यासिनोमा गए राति छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका अनुसार पक्राउ पर्नेमा क्यासिनो व्यवस्थापनमा संलग्न चार जना र जुवा खेलिरहेका १५ जना छन् । उनीहरूलाई विशेष सूचनाका आधारमा सञ्चालन गरिएको अपरेसनका क्रममा नियन्त्रणमा लिइएको जनाएको छ । पक्राउ परेकाहरू विभिन्न जिल्ला तथा रुपन्देही क्षेत्रका रहेको जनाइको छ । उहाँका अनुसार…
झापा, २४ बैशाख । झापाको शिवसताक्षी नगरपालिका–९ स्थित चिल्लागढ धाम नजिकै कलेजको बस दुर्घटनामा परेको छ । आज बिहान शिवसताक्षी–९ चिल्लागढ धाम नजिक भित्रि सकड खण्डमा ब्याङ्डाडाबाट बिर्तामोडतर्फ जाँदै गरेको बिर्तामोड–१ स्थितमा रहेको इको होम कलेजको प्र १–०१–००१ क १३१४ नम्बरको बस अनियन्त्रित भई सडक छेउमा पल्टिएर दुर्घटना भएको हो । दुर्घटनामा बसमा सवार चालकसहित ५ जना मध्ये ४ जना समान्य घाइते भएका छन् । उनीहरुलाई उपचारको लागि बिर्तासिटि अस्पताल बिर्तामोड पठाइएको र बस चालक प्रहरीको नियन्त्रण रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । दुर्घटनामा बुद्धशान्ति–४ का २४ वर्षीय सहचालक प्रकाश सिलुवाल, शिवसताक्षी–८ का १८ वर्षीय इसान पकवाल, १८…
झापा, २३ बैशाख । सुनसरीको धरान-५ स्थितबाट प्रतिबन्धित लागुऔषधसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । वैशाख २२ गते राती विशेष सूचनाको आधारमा अस्थायी प्रहरी चौकी देउराली र श्यामचोकबाट खटिएको प्रहरी टोलीले ट्रामाडोल १२०० क्याप्सुल र स्पास्पेन १३५० ट्याब्लेट सहित बेचबिखानमा संलग्न सोहि स्थानका हरी बहादुर विश्वकर्मा सहित २ जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।
झापा, २३ बैशाख । सुनसरीको बराहक्षेत्र नगरपालिका-२ स्थितबाट गाँजा बोकेको भारतीय नम्बरको एम्बुलेन्स सहित ओसार पोसारमा संलग्न २ जनालाई प्रहरीले पक्राउ गरेको छ । मङ्गलबार दिउँसो इलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा BR07PC4765 नम्बरको एम्बुलेन्समा प्लास्टिकको बोरामा लुकाई छिपाई राखेको १४८ किलोग्राम गाजाँ बरामद गरेको हो । गाँजा बरामद भएसगै ओसार पोसारमा संलग्न चालक भारत बिहार सुपोलका धर्मेन्द्र कुमार यादव र एम्बुलेन्समा सवार मो. सदामलाई नियन्त्रणमा लिएको छ । गाँजा सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भइरहेको छ ।
बिर्तामोड, २३ बैशाख । झापाको बिर्तामोड–४ मा मुल कार्यालय रहेको शिक्षा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले सदस्यको ऋण मिनाहा गरेको छ । संस्थाका शेयर सदस्यको मृत्युपछि ऋण मिनाहा गरिएको हो । संस्थाका सदस्य बिर्तामोड–३ का बिरेन्द्र तामाङको मृत्युपछि उनको नाममा रहेको एक लाख ३० हजार ८२४ रुपैयाँ कर्जा मिनाहा गरिएको हो । संस्थाका अध्यक्ष सुब्रत न्यौपानेले मृतक सदस्यकी श्रीमती अर्पणा थापा मगरलाई ऋण मिनाहा पत्र हस्तान्तरण गर्नुभएको थियो । तामाङको मृत्युपछि परिवार आर्थिक संकटको चपेटामा पनि भन्दै संस्थाले ९ महिना अघि लिएको ऋणबापतको सो रकम मिनाहा गरिएको संस्थाका व्यवस्थापक तीर्थ तिम्सिनाले जानकारी दिए । कर्जा मिनाहासँगै संस्थाको मृत्यु संस्कार राहत खर्च…
झापा, २३ बैशाख । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार, अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ १६ पैसा र बिक्रीदर १५२ रुपैयाँ ७६ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ ९२ पैसा र बिक्रीदर १७८ रुपैयाँ ६२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०६ रुपैयाँ ११ पैसा र बिक्रीदर २०६ रुपैयाँ ९२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९४ रुपैयाँ २२ पैसा र बिक्रीदर १९४ रुपैयाँ ९८ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ १५ पैसा र बिक्रीदर १०९ रुपैयाँ ५८ पैसा, क्यानेडियन डलर…