
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, १८ वैशाख । नेकपा (एमाले) जिल्ला कमिटी झापाले देशका विभिन्न शहरी क्षेत्रमा सुकुम्बासी बस्ती हटाउने नाममा भइरहेको घर–टहरा भत्काउने कार्यप्रति गम्भीर आपत्ति जनाएको छ । पार्टीद्वारा आज जारी विज्ञप्तिमा समितिले संविधानले प्रत्याभूत गरेको आवासको हक विपरीत सरकारले अमानवीय कदम चालेको आरोप लगाएको छ । विज्ञप्तिमा उल्लेख गरिएअनुसार, संविधानको धारा ३७ ले प्रत्येक नागरिकलाई आवासको हक सुनिश्चित गरेको भए पनि पछिल्लो समय काठमाडौं उपत्यकासहित विभिन्न स्थानमा विकल्प बिना सुकुम्बासी बस्ती हटाउने कार्य गरिएको जनाइएको छ। यसलाई समितिले “डोजर आतंक” को संज्ञा दिँदै घोर भत्र्सना गरेको छ । समितिले सर्वोच्च अदालतले समेत ‘विकल्प बिना हटाउन नपाइने’ आदेश दिइसकेको अवस्थामा सरकार आफैं…
झापा, १८ बैशाख । झापाको शिवसताक्षी नगरपालिकामा जबरजस्ती करणी गरेको आरोपमा एक युवा पक्राउ परेका छन् । गत २०८२ माघ २० दिउँसो एक १९ वर्षीया युवतीलाई करणी गरेको आरोपमा शिवसताक्षी–९ का वर्ष २३ वर्षीय अमृतधन कुलुङ राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । अभियुक्त राईले शिवसताक्षी–९ दुधेमा रहेको आफ्नै पुरानो घरमा गरेर ललाई फकाई जबरजस्ती करणी गरेको भनेर बैशाख १४ गते इलाका प्रहरी कार्यालय झिलझिलेमा जाहेरी दिएकाले राईलाई खोजतलाशको क्रममा दुधे चोकबाट पक्राउ गरिएको हो । अभियुक्ता राईलाई झापा जिल्ला अदालत झापामा उपस्थित गराई ७ दिन म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ…
झापा, १८ बैशाख । ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ भन्ने नारासहित सन् १८८६ देखि सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विविध कार्यक्रम गरी आज नेपालसहित विश्वभर १३७औँ अन्तरराष्ट्रिय श्रमिक दिवस मनाइँदैछ । दिवसका अवसरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगारदाता र श्रमिकलगायत सम्बन्धित अन्तरराष्ट्रिय सङ्घसंस्थाका प्रतिनिधिको सहभागितामा देशैभर विभिन्न कार्यक्रम आयोजना गरेको छ । फ्रान्सको पेरिसमा सन् १८८९ मा सम्पन्न विश्वका श्रम सङ्गठन एवं श्रमिक नेताहरूको सम्मेलनको निर्णय गरेअनुरूप सन् १८९० देखि हरेक वर्ष अङ्ग्रेजी महिनाको मे १ तारिखमा अन्तरराष्ट्रिय श्रमिक दिवस मनाइँदै आइएको छ । मजदुरले यस दिवसलाई पर्वका रूपमा लिँदै आफ्ना हक अधिकारको…
झापा, १८ बैशाख । शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५७०औँ जयन्ती आज भगवान् विष्णुको नवौँ अवतारका रूपमा जन्म लिनुभएका बुद्धको पूजा, आराधना एवं प्रवचन गरी मनाइँदै छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्याउनुभएको योगदानको स्मरणस्वरुप यो पर्व मनाउने गरिएको हो । बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण ९मुत्यु० वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन् । “अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो”, यस्ता अनेकौँ कालजयी सन्देशका वाहक भगवान् गौतम बुद्धको २५७०औँ जयन्ती शान्तिको कामना…
झापा, १८ बैशाख । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज देशभरका सबै सरकारी अस्पतालमा बहिरङ्ग (ओपिडी) सेवा सञ्चालन गर्न निर्देशन दिएको छ । यही वैशाख १८, १९ र २० गते लगातार तीन दिन सार्वजनिक बिदा परेका कारण सरकारी अस्पतालमा ओपिडी सेवा प्रभावित हुने र सेवाग्राहीलाई असुविधा हुनसक्ने अवस्था रहेकाले उक्त निर्देशन दिइएको मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिनुभयो ।
मेजर श्याम बहादुर गुरुङविगतमा बुद्ध जयन्तीको दिन काठमाण्डौं उपत्यका भित्रका बौद्ध धर्मावलम्वी कर्मचारीहरूलाई मात्रै बिदा दिइने प्रचलन थियो। समयक्रमसँगै आज देशभरी सार्वजनिक बिदाको व्यवस्था छ। छिमेकी राष्ट्र भारतमा पनि बुद्ध पूर्णिमा नामले देशभरी सार्वजनिक बिदा (Gazetted Holiday) हुन्छ । अमेरिकाको न्यू योर्कमा रहेको विश्वको सर्वोच्च निकाय संयुक्त राष्ट्रसंघको मुख्यालय तथा विश्वभरीका शाखा कार्यालयहरूमा समेत सार्वजनिक बिदाको व्यवस्था रहेको छ। विश्वका अरु बौद्ध राष्ट्रहरूमा आ-आफ्नै प्रकारले मनाइने बुद्ध जयन्तीको उदाहरण श्रीलङ्कामा बेसाक डे (Vesak Day) नामले राष्ट्रिय पर्वको रुपमा हप्तौंसम्म हर्षोल्लासका साथ मनाइन्छ। आजका दिन हामी भगवान बुद्धसँग जोडिएको देशको गौरव लुम्बिनीलाई सँगसँगै स्मरण गर्दै २५७० औ बुद्ध जयन्ती मनाइ रहेका…
झापा, १८ बैशाख । हाल देशमा पश्चिमी तथा स्थानीय वायुसँगै पूर्वी भेग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत देशका हिमाली तथा पहाडी भू–भागमा सामान्यतया बादल लागेको छ भने बाँकी भागमा आंशिक बदली भएको छ । बागमती, गण्डकी, कोशी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भागमा सामान्यतया बदली रहनेछ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगमा आंशिक बदली…
मोरङ, १२ वैशाख । मोरङको कटहरी गाउँपालिका–६ जुडिटोलमा रहेको पोखरीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका ३० वर्षीय श्यामकुमार सरदार छन् । प्रहरीका अनुसार शुक्रबार राति करिब ९ः३० बजे सरदार आफ्नै घर अगाडि रहेको प्रथमलाल सरदारको पोखरीमा नुहाउन गएका थिए । नुहाउने क्रममा उनी पोखरीमा डुबेका थिए । पोखरीमा डुबेको अवस्थामा आफन्तले फेला पारी उनलाई तत्काल उद्धार गरेर घर ल्याएका थिए । उपचारका लागि अस्पताल लैजाने तयारी गर्दै गर्दा सरदारको घरमै मृत्यु भइसकेको जानकारी राति १०ः३० बजे प्रहरीलाई प्राप्त भएको थियो ।घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी थलाहाबाट प्रहरी सहायक निरीक्षक (प्रसनि) टिकाराम परियारको…
झापा, १२ वैशाख । दीपेन्द्रसिंह ऐरीले अर्धशतकीय इनिङ्स खेलेपछि नेपालले आइसिसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजको पहिलो खेलमा जितका लागि संयुक्त अरव इमिरेट्स (युएई) लाई २ सय १ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा शनिबार टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ४८.१ ओभरमा सबै विकेटको क्षतिमा दुई सय रन बनायो । नेपालका लागि दीपेन्द्रले ७५ रन बनाए । उनले ९० बलमा पाँच चौका र दुई छक्का हाने । यस्तै ओपनर कुशल भुर्तेलले २४, करण केसीले २२, बसिर अहमदले २०, आरिफ शेख र सोमपाल कामीले १समान १५,१५ तथा भिम सार्कीले १० रन बनाए । आशिफ शेख सात…
झापा, १२ वैशाख । आज वैशाख १२ गते, नेपालीका लागि एक अत्यन्तै पीडादायी र सम्झनलायक दिन। विसं २०७२ साल वैशाख १२ गते बिहान ११ः५६ बजे गोरखाको बारपाक केन्द्रबिन्दु भई गएको ७.९ म्याग्निच्युटको विनाशकारी भूकम्पले नेपालको इतिहासमा कहिल्यै नमेटिने घाउ दिएर गएको थियो। ११ वर्ष बितिसक्दा पनि त्यो दिनको त्रासदीपूर्ण याद र त्यसले निम्त्याएको क्षतिले अझै पनि आममानिसको मनमा सिरेटोझैँ झस्का दिने गर्दछ। आजका दिन देशैभर विभिन्न कार्यक्रम गरी भूकम्प स्मरण दिवस मनाइँदै गर्दा, यो दिन केवल अतीतको घाउ कोट्याउने दिन मात्र नभई भविष्यको सुरक्षाका लागि सचेत बन्ने दिनको रूपमा पनि लिइएको छ। त्यो महाभूकम्पका कारण आठ हजार ९६२ जनाभन्दा बढीले…