
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, २४ चैत । झापाको दमकमा जङ्गली हात्तीको आक्रमणबाट एकजना भुटानी शरणार्थीको मृत्यु भएको छ । जङ्गली हात्तीको आक्रमणबाट दमक नगरपालिका ३ बेलडाँगी शिविर सेक्टर न(सी २ हट न.२०४ बस्ने बर्ष ५४ का तुलबहादुर बिष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार चैत १९ गते नजिकै रहेको हम्से दुम्से सामुदायिक वनमा बाख्रालाई घाँस काट्न भनी घरबाट हिँडेका विष्ट घर फर्केर नआएपछि आफन्त र छरछिमेकीले खोजतलास गर्ने क्रममा आज बिहान हम्से दुम्से सामुदायिक वनमा उनी मृत फेला परेका थिए । घटनास्थलमा हात्तीको पाइलाको छाप देखिएकोले हात्तीकै आक्रमणबाट विष्टको मृत्यु भएको हुनसक्ने प्रहरीको भनाइ छ । हम्से दुम्से…
झापा, २४ चैत । झापाको अर्जुनधारा नगरपालिका–६ बाट लागुऔषधसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गौरादह नगरपालिका–३ चप्रामारीका ३७ वर्षीय धनबहादुर राजवंशी, अर्जुनधारा नगरपालिका–११ सालबारीका ४५ वर्षीय तिनतालु राजवंशी र गौरादह नगरपालिका–३ चप्रामारीकी ३० वर्षीया सिर्जना राई रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । सोमबार दिउँसो अर्जुनधारा–६ अदुवा खोला भत्केको पुलस्थित लखी मुर्मुको घरमा डेरा गरी बस्दै आएका धनबहादुरको डेरा कोठामा लागुऔषधको बिक्री वितरण भईरहेको भन्ने गोप्य सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय अनामरनीबाट खटिएको संयुक्त प्रहरी टोलिले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट लागुऔषैध खैरो हेरोइन जस्तो देखिने लिसाइलो पदार्थ…
काठमाडौँ, २३ चैत । नेपाल पत्रकार महासङ्घको टोलीले आज सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिनासँग भेटघाट घरेको छ । सो क्रममा सरकारी विज्ञापनसम्बन्धी सरकारको पछिल्लो नीतिका विषयमा छलफल भएको छ । महासङ्घ अध्यक्ष निर्मला शर्माको नेतृत्वमा गएको टोलीले सञ्चारमन्त्री तिमिल्सिनासँग भेट गरी चैत १८ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट जारी निर्देशनप्रति ध्यानाकर्षण गराएको हो । उक्त निर्देशनमा सरकारी सञ्चारमाध्यममा मात्र सूचना प्रकाशन–प्रसारण गर्नुपर्ने व्यवस्था गरिएको छ । भेटमा सञ्चारमन्त्री तिमिल्सिनाले सरकारी विज्ञापनको रकम दुरुपयोग भएको, श्रमजीवी पत्रकार प्रत्यक्ष लाभान्वित हुन नसकेको तथा बिचौलियाको प्रभाव बढेको देखिएकाले यस्तो निर्णय गर्नुपरेको बताउनुभयो । उहाँले आफू सधैँ श्रमजीवी पत्रकारको पक्षमा रहेको र…
१. खानामा रेसादार रफाइबरयुक्त सब्जीहरु समाबेश गर्नुहोस्। २. एक कप पानीमा एक चम्चा बेकिङ सोडा मिलाएर मुख कुल्ला गर्नुस्, यसले मुखको अम्लियपना कम गरी सास गनाउने समस्या कम गर्छ । ३. बेला बेलामा ल्वाङ मुखमा राख्ने बानी बसाल्नुस् यसले सासमा ताजापन ल्याउँछ । ४. तातो पानीमा नून मिसाएर कुल्ला गर्नुहोस्। ५. जिरा भुटेर खानाले पनि सासको दुर्गन्ध कम हुन्छ । ६. हरेक दिन खाना खाएपछि तुलसीको पातवा अलैची चबाउने गर्नुहोस् । ७. पुदिनालाई पिसेर पानीमा घोली दिनमा दुई दिनदेखि तीन पटकसम्म कुल्ला गर्नाले पनि सासलाई ताजा राख्छ । ८. प्रसस्त मात्रामा पानी पिउने बानी बनाउनुहोस् यसले पाचन प्रणालीलाई सफा राखी…
अभिनेता सागर लम्साल ‘बले’को १७ वर्ष लामो करियर अहिले एउटा सामाजिक सञ्जालको ‘स्ट्याटस’ का कारण गम्भीर मोडमा पुगेको छ । अमेरिकामा बस्ने एक युवतीले फेसबुकमार्फत लगाएको बलात्कारको आरोपपछि प्रहरी हिरासतमा रहेका सागरले मर्माहत हुँदै आफ्नो दशकौँ लामो प्रतिष्ठा क्षणभरमै ध्वस्त भएको अभिव्यक्ति दिएका छन् । हिरासतमा रहेका सागरलाई भेट्न पुगेका निर्देशक राजु गिरीका अनुसार सागर आफ्नो वर्तमान अवस्था र बिग्रिएको छविलाई सम्झेर भक्कानिएर रोएका थिए । आफ्नो पीडा पोख्दै सागरले निर्देशक गिरीसँग भने, ‘दाइ, मेरो १७ वर्षको मेहनत आज १७ सेकेन्डमै गयो ।’ आफ्नो करियर बनाउन बिताएको झन्डै दुई दशकको सङ्घर्ष एकै पलमा खरानी भएको महसुस गर्दै सागरले आँसु झारेपछि…
सुनसरी, २३ चैत । सुनसरी जिल्लाको दुई छुट्टा छुट्टै स्थानबाट ठुलो परिमाणमा प्रतिबन्धित औषधीसहित २ जनालाइै पक्राउ गरिएको छ । चैत्र २२ गते कोशी गाउँपालिका–१ स्थितमा इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले संकास्पद अवस्थामा रहेका उदयपुर बेलका नगरपालिका–५ का सुदिप राउत र सुनसरी रामधुनी नगरपालिका–१ का सरोज खवासले बोकेको जेब्रा झोला चेकजाँचको क्रममा ट्रामाडोल २ हजार ७ सय ७० क्याप्सुल बरामद भए संगै दुवै जनालाई नियन्त्रणमा लिएको थियो । सोही दिन बराहक्षेत्र नगरपालिका–५ स्थित सडकमा बेवारिसे अवस्थामा रहेको जेव्रा झोलामा ट्रामाडोल ६ हजार २ क्यापसुल बरामद भएको थियो । लागू औषध बरामद भए संगै ओसार पसारमा संलग्न व्यक्तिहरुको खोजतलास…
काठमाडौँ, २३ चैत । यस वर्ष चैतमा मात्र २३ स्थानमा बर्डफ्लु रोग देखिएको छ । पशु सेवा विभागका महानिर्देशक डा उमेश दाहालले चैतमा मात्र २३ ठाउँमा बर्डफ्लु रोग देखिएको बताए । यसअघि चैत अगाडि यस वर्ष बर्डफ्लु देखिएको थिएन । यस वर्ष पहिलोपटक चैत ६ गते मोरङ जिल्लाको सुन्दरहरैँचा र उर्लाबारी नगरपालिकामा एकै साथ दुई स्थानमा बर्डफ्लु देखिएको थियो । उनका अनुसार सुनसरीमा १२ स्थान, मोरङमा सात स्थान, झापा दुई ठाउँ, चितवनमा एक ठाउँ र काठमाडौँमा एक स्थानमा बर्डफ्लु रोग देखिएको छ । उनले बर्डफ्लु देखिएको स्थानलाई नियन्त्रणमा लिई फैलिन नदेखिएको बताए । उनका अनुसार ती स्थानमा एक लाख चार…
झापा, २३ चैत । केही दिनसम्म स्थिर रहेको सुनचाँदीको भाउ आज घटेको छ । आज सुन तोलाको २ लाख ९१ हजार ४सय रुपैयाँमा कारोबार भैरहेको छ । हिजो सुनको भाउ शुक्रबारको जस्तै तोलाको २ लाख ९४ हजार रुपैयाँ थियो । हिजोको तुलनामा आज सुनको भाउ तोलाको २ हजार ६ सय रुपैयाँले घटेको हो । सुनको भाउ लगातार तीन कारोबार दिन स्थिर रहेकोमा आज घटेको हो । त्यस्तै चाँदीको भाउ पनि घटेको छ । हिजो चाँदीको भाउ तोलाको ४ हजार ८ सय ३० रुपैयाँ रहेकोमा आज ४ हजार ७ सय ८० रुपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बलात्कार आरोपमा पक्राउ परेका कलाकार सागर लम्साल (बले)लाई म्याद थपको लागि आइतबार सरकारी वकिल कार्यालय काठमाडौँ लगिएको छ । उनलाई अमेरिकामा बस्दै आएकी युवतीले सामाजिक सञ्जाल फेसबुकमार्फत बलात्कारको आरोप लगाएकी थिइन् । सोही आरोपको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
प्रदीपकुमार चौधरी ‘पिके डन’ को डेब्यू निर्देशकीय फिल्म ‘तरंग’को पहिलो झलक सार्वजनिक गरिएको छ । निर्माण कम्पनी देवदत क्रियसनले आइतबार पोस्टर सार्वजनिक गरेको हो । सार्वजनिक पोस्टरमा प्रमुख कलाकारद्वय वरुण अधिकारी र रविना केसी फिचर्ड छन् । उत्सव पाण्डेले तयार गरेको पोस्टरमा कलाकारद्वय अधिकारी र केसीको मौन प्रेमभाव देखिन्छ । फिल्ममा वरुण र रविनासँगै बारात लिम्बु, कृष्ण थापा, सारा राई, उज्जल बान्तवा राई, उदय सुब्बा, कुन्दन थारू, उत्तम गुरुङ, जोहन सञ्जोग, विशाल सेनेहाङ्ग र बाल कलाकार प्रन्शु चौधरी प्रमुख अभिनयमा छन् । तर्कराज जोशी र जितेन्द्रकुमार चौधरी निर्माता रहेको फिल्ममा हरिनारायण चौधरी कार्यकारी निर्माता छन् । महेश पौडेलले छायांकन गरेको…