झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, ३१ बैशाख । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० सानोठिमीले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई)को ग्रेड वृद्धि परीक्षाको तालिका सार्वजनिक गरेको छ । बोर्डले सार्वजनिक गरेको तालिका अनुसार परीक्षा असार १ गतेदेखि ९ गतेसम्म सञ्चालन हुनेछ । बोर्डको निर्णय अनुसार २०८२ को नियमित एसइई परीक्षामा ग्रेडिङ हुन असफल भएका बिद्यार्थीहरु यस परीक्षामा सहभागी हुन पाउने छन् । तालिका अनुसार असार १ गते अनिवार्य अङ्ग्रेजी, संस्कृत, बेदबिद्याश्रमतर्फ अनिवार्य संस्कृत रचना र मदरसातर्फ अनिवार्य अरेबिक भाषा,असार २ गते अनिवार्य नेपाली, गैर नेपाली विद्यार्थीका लागि अतिरिक्त अङ्ग्रेजी,असार ३ गते अनिवार्य गणित विषयको परीक्षा सञ्चालन गरिने भएको छ । असार…

Read More

झापा, ३१ बैशाख । नुवाकोटको म्यागङ गाउँपालिका–४ किम्ताङमा दाजुभाइको हत्या गरी खोलामा लुकाइएको अवस्थामा बुधबार शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक विक्रम लामाका अनुसार किम्ताङबेँसी निवासी ४३ वर्षीय सोमनाथ तामाङ र उनका भाइ ३६ वर्षीय सूर्यमान तामाङको शव खोलामा ढुंगाले थिचेर लुकाइएको अवस्थामा भेटिएको हो। एक व्यक्तिले मंगलबार राति प्रहरीलाई फोनमार्फत आफूले आर्थिक विवादका कारण हत्या गरेको स्वीकार गर्दै घटनास्थलको जानकारी दिएको आधारमा खोजतलास गर्दा शव बरामद भएको प्रहरीले जनाएको छ। घटनास्थलबाट प्रहरीले एकथान खुकुरी पनि बरामद गरेको छ। परिवारका सदस्यका अनुसार दाजुभाइ मंगलबार बिहान कुलो निर्माण गर्न जाने भन्दै घरबाट निस्किएका थिए। त्यसपछि उनीहरू…

Read More

झापा, ३१ बैशाख । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४४ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७९ रुपैयाँ ०३ पैसा र बिक्रीदर १७९ रुपैयाँ ७३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०६ रुपैयाँ ४४ पैसा र बिक्रीदर २०७ रुपैयाँ २५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९५ रुपैयाँ ५९ पैसा र बिक्रीदर १९६ रुपैयाँ ३५ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ११० रुपैयाँ ८० पैसा र बिक्रीदर १११ रुपैयाँ २४ पैसा, क्यानेडियन डलर…

Read More

झापा, ३१ बैशाख । सरकारले प्रशासनिक सुधार, मितव्ययिता कायम गर्ने तथा कार्यसम्पादनलाई छरितो बनाउन सङ्घीय मन्त्रालयको सङ्ख्या २२ बाट घटाएर १८ पुर्‍याउने निर्णय गरेको छ। मन्त्रिपरिषद्को बैठकले ‘नेपाल सरकार (कार्य विभाजन) नियमावली, २०८३’ स्वीकृत गर्दै मन्त्रालय संख्या घटाउने निर्णय गरेको हो। प्रधानमन्त्री वालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार अर्थ, गृह, परराष्ट्र, रक्षा र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय यथावत् रहनेछन्। उद्योग, वाणिज्य तथा आपूर्ति, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय पनि यथावत् रहने व्यवस्था गरिएको छ। सरकारले प्रविधि र आविष्कारलाई प्राथमिकता दिँदै साबिकको शिक्षा मन्त्रालयबाट विज्ञान–प्रविधि अलग गरी ‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन…

Read More

बिर्तामोड, ३१ बैशाख । बिर्तामोड नगरपालिकामा राष्ट्रिय पोषण लेखाजोखा कार्यक्रम सञ्चालन भइरहेको छ । वैशाख २१ गतेदेखि सुरु भएको यो अभियान आज अर्थात् ३१ गतेसम्म सञ्चालन हुने जनाइएको छ । नगरका विभिन्न विद्यालय, स्वास्थ्य केन्द्र लगायतका २४ स्थानमा केन्द्र तोकेर कार्यक्रम सञ्चालन गरिएको फोकल पर्सन सङ्गीता अधिकारीले जानकारी दिनुभयो । कार्यक्रम अन्तर्गत ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकाको पाखुराको नाप, उमेर अनुसार लम्बाइ, उचाइ तथा तौल मापन गरी पोषण अवस्थाको लेखाजोखा भइरहेको छ । स्वास्थ्य शाखा प्रमुख राजीव विष्टका अनुसार कार्यक्रमको दैनिक अनुगमनसमेत भइरहेको छ । उहाँले पोषण अवस्थाको पहिचान गरी कुपोषित बालबालिकालाई उपचारको दायरामा ल्याइने बताउनु भयो । स्वास्थ्य शाखाका…

Read More

झापा, ३१ बैशाख । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु तथा तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव कायम रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका हिमाली तथा पहाडी भागमा साधारणतया बदली रहेको छ भने बाँकी भागमा आंशिक बदली भएको छ । कोशी र बागमती प्रदेशका केही तथा लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा मध्यम वर्षा भइरहेको छ । आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशलगायत देशका हिमाली तथा पहाडी भागमा साधारणतया बदली रहने तथा बाँकी भागमा आंशिक बदली रहने महाशाखाको पूर्वानुमान छ । कोशी प्रदेशका…

Read More

बिर्तामोड, ३० बैशाख । झापाका पत्रकार पुष्प खड्काले जन्मोत्सवको अवसर पारेर नेपाल पत्रकार महासंघ झापाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषमा सहयोग गरेका छन् । बिर्तामोडको परिवेश मिडियाका सम्पादक पुष्प खड्का, पत्रकार महासंघ झापाका सदस्य तथा प्रेस सेन्टर नेपालका जिल्ला अध्यक्ष समेत रहेका खड्काले जन्मोत्सवको अवसरमा मंगलबार ११ हजार एक सय ११ रुपैयाँ सहयोग प्रदान गरेका हुन् । खड्काले पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी र कार्यसमिति सदस्य बिनोद पाण्डेलाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् । नेपाल पत्रकार महासंघ झापाले स्थापना गरेको उक्त उपचार कोषको व्याजमार्फत जिल्लाका संचारकर्मीहरुको उपचारमा सहयोग प्रदान गर्दै आएको छ । अध्यक्ष गिरीका अनुसार हाल…

Read More

हल्दीबारी, ३० बैशाख । एसईई परीक्षा २०८२ को नतिजा सार्वजनिक भएसँगै हल्दीबारी गाउँपालिकाका विद्यालयहरूको समग्र नतिजा सार्वजनिक भएको छ। सामुदायिक विद्यालयतर्फगाउँपालिकाका सामुदायिक विद्यालयमा जम्मा ३३३ परीक्षार्थी सहभागी भएका थिए। तीमध्ये १५२ जना मात्र उत्तीर्ण भएका छन्। समग्रमा ४५.६४ प्रतिशत सफलता दर देखिएको छ। जन जागृति मा.वि.: ५४.७३%सरस्वती मा.वि.: ४७.३७%हल्दीबारी मा.वि.: ३७.३९%पञ्चायत मा.वि.: ५२.३८%लक्ष्मी मा.वि.: ३९.५३%महेन्द्र मा.वि.: ५३.१२% संस्थागत विद्यालयतर्फसंस्थागत विद्यालयमा भने नतिजा निकै उत्कृष्ट देखिएको छ। जम्मा १८२ परीक्षार्थी मध्ये १७७ जना उत्तीर्ण, अर्थात् ९७.२५ प्रतिशत सफलता दर कायम भएको छ। क्यानरी एकाडेमी: १००%चिल्ड्रेन गार्डेन एकाडेमी गोलधाप: ९२%चिल्ड्रेन गार्डेन मा.वि.: ९६.२९%गोलधाप सनसाईन बोर्डिङ स्कुल: १००%सिग्मा ईङ्लिस स्कुल: १००%संस्कारा शिक्षा सदन:…

Read More

ताप्लेजुङ, ३० बैशाख । ताप्लेजुङको पाथीभरा (मुकुम्लुङ) क्षेत्रमा केबलकार निर्माण कार्यअविलम्ब खारेजीको माग गर्दै पुनःआन्दोलको घोषण गरेको छ । मुक्कुम्लुङ तान्सेप चुम्भो तथा मुक्कुम्लुङ संरक्षण अन्तरदलीय सङ्घर्ष समितिले ताप्लेजुङको फुङलिङमा बुधबार पत्रकार सम्मेलन गर्दै विभिन्न चरणका आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । सरकारसँग निरन्तर वार्ता, संवाद र छलफल भइरहेको अवस्थामा समेत स्थानीय प्रशासन र सम्बन्धित पक्षलाई केबलकार निर्माणका सबै कार्य रोक्ने सरकारले दिएको निर्देशनलाई बेवास्ता गर्दै कामलाई निरन्तरता दिइएको जारी वक्तव्यमा उल्लेख गरिएको छ । सङ्घर्ष समितिको घोषित कार्यक्रम अनुसार वैशाख ३० गते ताप्लेजुङ, फुङ्लिङ र काठमाडौँको माइतीघर मण्डलामा पत्रकार सम्मेलन गरिने, जेठ ५ गते विभिन्न राजनीतिक दलसँग छलफल तथा…

Read More