
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
चन्द्र बस्नेतकनकाई, ५ जेठ । झापाको कनकाई नगरपालिकाले आर्थिक बर्ष २०८०/०८१ मा नगरलाई बालमैत्री घोषणाको तयारी गरेको छ । आगामी २०८०/ ८१ मा नगरलाई बालमैत्री घोषणाको तयारी गर्दै कनकाई नगरले तीन वटा वडालाई आर्थिक बर्ष २०७९/०८० मा बालमैत्री घोषणाको तयारी गरेको हो। चालु आर्थिक वर्षमा कनकाई वडा न ५, ६ र ८ लाई वालमैत्री वडा घोषणाको तयारी गरिएको नगर बाल कल्याण अधिकारी उमानाथ ढकालले जानकारी दिनुभयो । वालमैत्री घोषणा गर्ने तयारी सँगै बिज्ञ बालस्रोत ब्यक्ति रुद्रमणि पोख्रेल र प्रजेश खनाल स्रोत व्यक्ति, नगरका सबै वडामा बाल क्लब गठन, वालमैत्री घोषणा गर्ने तयारीका लागि वडा–वडामा विभिन्न सचेतना मुलक तथा अन्तरक्रिया कार्यक्रम…
झापा, ५ जेठ । एकातिर दिनहुँ नयाँनयाँ तथ्य भेटिइरहँदा थप व्यक्तिलाई पक्राउ गरी अनुसन्धानको दायरामा ल्याउनुपर्ने छ भने अर्कातिर ‘६० दिने’हदम्याद सकिने दिन नजिक आइरहेको छ। संगठित अपराध निवारण ऐन, २०७० अनुसार पक्राउ परेका व्यक्तिलाई ६० दिन हिरासतमा राखेर अनुसन्धान गर्न सकिन्छ। ऐनअनुसार हदम्याद सन्निकटमा आइसकेको छ। हदम्याद गुज्रिने दिन नजिकिँदै आउँदा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंबाट अनुसन्धान सकाएर प्रतिवेदन बुझाउन प्रहरीलाई निरन्तर दबाब आइरहेको छ। नक्कली भुटानी शरणार्थी प्रकरणमा भइरहेको अनुसन्धानको नेतृत्व जिल्ला प्रहरी परिसर काठमाडौंले गरेको छ। आवश्यकताअनुसार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौं जिल्लामा रहेका प्रहरी वृत्तहरू, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो…
झापा, ५ जेठ । देशको अर्थतन्त्रमा निजी क्षेत्रको योगदान ८१ प्रतिशतभन्दा बढी रहेको एक अध्ययन देखाएको छ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र इन्टरनेसनल फाइनान्स कर्पोरेशन (आईएफसी) ले सार्वजनिक गरेको प्रतिवेदनअनुसार देशको कुल गार्हस्थ उत्पादन (जीडीपीमा) मा निजी क्षेत्रले ८१ दशमलव ५५ प्रतिशत योगदान पु¥याएको र त्यसमा सेवा र कृषि क्षेत्रको प्रमुख भूमिका रहेको उल्लेख छ । ‘नेपालमा निजी क्षेत्रको अवस्थाः योगदान र अवरोध’ शीर्षकको प्रतिवेदनले आर्थिक वर्ष २०११र१२ देखि २०२०र२१ सम्मको तथ्यांकलाई विश्लेषण गर्दै नेपालमा निजी क्षेत्रको योगदान र वर्तमान सन्दर्भको मूल्यांकन गरेको छ । प्रतिवेदन नेपालको सम्पूर्ण निजी क्षेत्रका लागि बृहत् आधार रेखा सिर्जना गर्ने पहिलो प्रयास…
झापा, ५ जेठ । चालु आर्थिक वर्षको चैतसम्ममा बीमितहरूले साढे ९ अर्ब रुपैयाँभन्दा बढीको बीमा पोलिसी त्याग गरेका छन्। नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार चालु आवको चैतसम्ममा जीवन बीमा कम्पनीका बीमितहरूले ९ अर्व ६७ करोड ५६ लाख रुपैयाँ बराबरको ६५ हजार ८५० वटा बीमालेख सरेण्डर गरेका हुन् । अर्थतन्त्रमा शिथिलता आएसँगै पोलिसी समर्पण ९त्याग० गर्नेको संख्या बढ्दै गएको प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार, जीवन बीमा कम्पनीहरूबाट बीमितहरुले साउनमा १ अर्व १५ करोड २७ लाख रुपैयाँ बराबरको ८ हजार ४२२ वटा बीमालेख सरेण्डर गरेका थिए । त्यस्तै भदौ महिनामा १ अर्ब १४ करोड ८६ लाख रुपैयाँ बराबरको ८ हजार ५२ वटा, असोजमा…
झापा, ५ जेठ । मुलुकमा औद्योगिक ग्राम घोषणा गरिए पनि त्यसको कार्यान्वयनलाई सरकारले उच्च प्राथमिकतामा नराख्दा कृषिसँग सम्बद्ध ५० ओटा साना उद्योग स्थापना गर्ने योजना ३ वर्षदेखि अघि बढ्न सकेको छैन । आवश्यक बजेट व्यवस्थापनदेखि उचित समन्वय नहुँदा विस्तृत परियोजना प्रतिवेदन ९डीपीआर०, डिजाइन र जग्गासमेत प्राप्त भएको महिला उद्यमी हरित औद्योगिक ग्रामको काम अघि बढ्न नसकेको हो । महिला उद्यमीलाई लक्ष्य गरेर शुरू गरिएको यो ग्राम सञ्चालनमा ल्याउन महिला उद्यमीले प्रयास गरे पनि हालसम्म सञ्चालनका लागि आवश्यक पूर्वाधार बन्न सकेको छैन । औद्योगिक ग्राम स्थापना गर्न काभ्रेको पाँचखाल नगरपालिकासँग जग्गाका लागि सम्झौतासमेत भइसकेको छ । २५ वर्षका लागि सय रोपनी…
झापा, ५ जेठ । त्रिभुवन विश्वविद्यालय ९त्रिवि० ले क्याम्पसहरूलाई सम्बन्धन तथा शैक्षिक कार्यक्रम थप गर्दा निजी तथा सामुदायिक क्याम्पसको स्वार्थ अनुसार निर्णय गर्ने गरेको पाइएको छ । त्रिविले एउटा समूहको स्वार्थपूर्ति गर्न सम्बन्धन तथा नयाँ शैक्षिक कार्यक्रम थप गर्न सार्वजनिक सूचना जारी गर्ने र अर्को समूहको विरोध आएपछि फेरि बन्द गर्ने गरेको छ । विश्वविद्यालयले हालै सार्वजनिक गरेको दुई वटा निर्णयले समेत यस कुराको पुष्टि गरेको छ । पछिल्लो पटक विश्वविद्यालयले विज्ञान तथा प्रविधि अध्ययन संस्थान, मानविकी तथा सामाजिकशास्त्र सङ्काय र व्यवस्थापन सङ्कायमा पढाइ सञ्चालन गरिरहेका क्याम्पसलाई शैक्षिक कार्यव्रmम थप गर्न दिने निर्णय गरेको थियो तर यसरी शैक्षिक कार्यव्रmम थप…
बिर्तामोड, ५ जेठ । बिर्तामोड नगरपालिका क्षेत्रभित्र कुष्ठरोगीको संख्या २९ पुगेको छ । नगरपालिकाको स्वास्थ्य शाखाले बिहीबार बिर्तामोडमा आयोजना गरेको कुष्ठरोग घरदैलो खोजपड्ताल कार्यक्रम अन्तर्गत सरोकारवाला निकायसँग अन्तरक्रिया कार्यक्रममा यस्तो जनाइएको हो । जसमा बालबालिका ४ जना रहेका छन् । कात्तिक महिनायता बिर्तामोड नगर अस्पतालमा ६ जना कुष्ठरोगी फेला परेको जनाइएको छ । संकास्पद लक्षण देखिएका १८ जनाको जाँच गर्दा ६ जनामा पोजेटीभ देखिएको हो । कुष्टरोगका कारण बिर्तामोडमा बिर्तामोडमा ६ जना अपांगसमेत भएका छन् । यस्तै, १ जनामा कुष्ठरोग पुनः बल्झिएको जनाइएको छ । अन्य वडाको तुलनामा बिर्तामोड–१० मा कुष्ठरोगीको संख्या बढी रहेको सिनियर अहेब अधिकृत तथा फोकल पर्सन…
झापा, ४ जेठ । ‘झापाका छोरा, इलामका भान्जा’ का रुपमा परिचित बिर्तामोडका अर्नभ बन ‘द भ्वाइस किड्स नेपाल सिजन २’ को फाइनल राउण्डमा प्रवेश गरेसँगै देशभर उनलाई भोटिङ गर्नेको संख्या बढेको छ । बिर्तामोडको ग्रीन फिल वल्र्ड स्कुलमा अध्ययनरत १२ बर्षिय अर्नभलाई भोटिङ राउण्डमा प्रवेश गरेदेखि नै देशभरका बिभिन्न ठाउँमा ग्रुप बनाउँदै भोटिङ गरेर समर्थकले फिनालेसम्म पुर्याएका हुन् । उनी अध्ययनरत बिद्यालयका बिद्यार्थीहरुले समेत विभिन्न समुह बनाएर उनलाई भोटिङ गर्दै बिजेता बनाउन सबै समक्ष आग्रह गरिरहेका छन् । अर्नभको स्वर र प्रस्तुतीकै कारण जज र समर्थकको रोजाईमा परेका उनलाई भोली (शुक्रवार) बेलुका ८ बजे भन्दा अघिसम्म भोट गर्न सकिनेछ ।…
चन्द्र बस्नेतकनकाई, ४ जेठ । झापाको कनकाई नगरपालिका वडा नं. ४ मा एक दिवसीय ज्येष्ठ नागरिकहरुका लागि आँखा शिविर कार्यक्रम सम्पन्न भएको छ । कनकाई–४ स्थित ज्येष्ठ नागरिक भवनमा उक्त कार्यक्रम सम्पन्न भएको हो । कनकाई–४ को आर्थिक सहयोग, मेची आँखा अस्पताल भद्रपुर झापाको विशेषज्ञसहितको प्राविधिक सहयोग, जेष्ठ नागरिक संघ कनकाई–४ को आयोजनामा अभिमुखी करण एवम् निःशुल्क आँखा परीक्षणका साथै औषधि एवम् चस्मा समेत वितरण गरिएको जेष्ठ नागरिक संघ कनकाई–४अध्यक्ष गोबिन्द पौडेलले जानकारी दिनुभयो। शिविरमा २ सय ४४ जना ज्येष्ठ नागरिकले सेवा लिएकोमा २२ जनाको अप्रेसन गर्नुपर्ने बिरामीलाई अप्रेसनका लागि मेची आँखा अस्पताल भद्रपुरमा रिफर गरिएको वडा सदस्य लक्ष्मी कटुवालले…
झापा, ४ जेठ । बेपत्ता पारेको भन्दै सम्पर्कविहीन भएका झापा बुद्धशान्ति गाउँपालिका–४ का पूर्णबहादुर सुहाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गत बैशाख ३१ गते बुद्धशान्ति–३ बालुवाटार चोकमा नेपाल तरुण दल बुद्धशान्तिका सभापति करण लाबुङको नेतृत्वमा भेला भएर भ्रष्टचारविरुद्धको विरोध कार्यक्रम भएको थियो । उक्त कार्यक्रम सकिएपछि पूर्ण भन्ने शेरबहादुर सुहाङले फेसबुकमा उक्त भ्रष्टचार विरुद्धको विरोध कार्यक्रमका आयोजकलाई आघात पुग्ने गरी फेसबुकमा स्टाटस लेखी सेयर गरेको भनि नेपाल तरुण दल बुद्धशान्तिका केही मानिससँग विवाद भएपछि सुहाङ बेपत्ता भएका थिए । खोजतलास गरी पाउँ भन्दै सुहाङका आफन्तले इलाका प्रहरी कार्यालय धुलाबारीमा जेठ १ गते निवेदन दिएका थिए । उक्त निवेदन पछि जेठ…