
चन्द्र बस्नेत
कनकाई, ४ जेठ । झापाको कनकाई नगरपालिका वडा नं. ४ मा एक दिवसीय ज्येष्ठ नागरिकहरुका लागि आँखा शिविर कार्यक्रम सम्पन्न भएको छ । कनकाई–४ स्थित ज्येष्ठ नागरिक भवनमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कनकाई–४ को आर्थिक सहयोग, मेची आँखा अस्पताल भद्रपुर झापाको विशेषज्ञसहितको प्राविधिक सहयोग, जेष्ठ नागरिक संघ कनकाई–४ को आयोजनामा अभिमुखी करण एवम् निःशुल्क आँखा परीक्षणका साथै औषधि एवम् चस्मा समेत वितरण गरिएको जेष्ठ नागरिक संघ कनकाई–४अध्यक्ष गोबिन्द पौडेलले जानकारी दिनुभयो।

शिविरमा २ सय ४४ जना ज्येष्ठ नागरिकले सेवा लिएकोमा २२ जनाको अप्रेसन गर्नुपर्ने बिरामीलाई अप्रेसनका लागि मेची आँखा अस्पताल भद्रपुरमा रिफर गरिएको वडा सदस्य लक्ष्मी कटुवालले जानकारी दिनुभयो । ज्येष्ठ नागरिक संघ कनकाई वडा न ४ का संयोजक गोबिन्द पौडेलको अध्यक्षमा भएको कार्यक्रममा वडा न ४ का अध्यक्ष रोषन सुबेदीको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि वडा न ४ का अध्यक्ष सुबेदीले अब वडाबासीहरुका लागि स्वास्थ्य सम्बन्धि विभिन्न शिविर निरन्तर सन्चालन गर्दै जाने र आर्थिक अभावमा रोग पालेर बस्ने अवस्थाको अन्त्य गर्दै रोगी विरामीहरुका लागि वडाको तर्फबाट मानिसलाई रोग लाग्नु भन्दा पनि रोगलाग्न बाट बच्ने उपाय बारे समय समयमा सचेतना मुलक कार्यक्रम गर्दै जाने कुराको प्रतिवध्व्ता जनाउनुभएको थियोे । उहाँले गरिब , अशक्त तथा अशाय , महिला , बालबालिका तथा जेष्ठ नागरिक हरुलाई पहिलो प्राथमिकता दिएर सेवा गर्ने समेत बताउनुभयो ।
मेची आँखा अस्पताल भद्रपुर झापाकी नेत्र रोग विशेषज्ञ अधिकृत कविता कार्क (कडरिया) ले स्वागत तथा औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा कनकाई स्वास्थ्य शाखाका प्रमुख खगेन्द्र दङ्गाल, कर्मचारी नारायण प्रसाद अधिकारी, कोपिला दुलाल (अधिकारी), वडाका जनप्रतिनिधि, वडाका सबै टोल संयोजक तथा पदाधिकारी एवम् विभिन्न सघ सस्थाका प्रमुख तथा प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



