झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

इलाम, २२ बैशाख । इलामको सूर्योदय नगरपालिका–१० स्थित फिक्कल बजार नजिकै घर बनाउने क्रममा पुरिएर चार जनाको मृत्यु भएको छ । आज बेलुका घरको जग खन्दै गर्दा ढिस्को झरेर पुरिएका ४ जनाकै मृत्यु भएको हो । मृत्यु हुने सबै भारतीय नागरिक रहेको इलाका प्रहरी पशुपतिका प्रहरी निरीक्षक सन्तोष राईले बताउनुभयो । मृत्यु हुनेमा बिहार राज्य किसनगञ्ज जिल्ला डिगलबैंकका १८ वर्षीय अलिम महिम अली, तोसिब आलम, मोहम्मद अब्दुल आलम र १९ वर्षीय मैजफर आलम रहेका छन् । स्थानीय विनोद श्रेष्ठको घरको जग खन्ने क्रममा पहिरो खस्दा उनीहरू पुरिएका थिए । जग खन्ने क्रममा अन्य तीन जनाले भागेर ज्यान जोगाएका थिए ।…

Read More

बिर्तामोड, २२ बैशाख । नेपाल उद्योग बाणिज्य महासंघको केन्द्रीय सदस्यमा निर्वाचित चार जनालाई सम्मान गरिएको छ । नेपाल अलैंची व्यवसायी महासंघको आयोजनामा आज बिर्तामोडमा आयोजित सम्मान कार्यक्रममा महासंघसँगै, नेपाल कुचो संघ, नेपाल सुपारी उत्पादक तथा निर्यात व्यवसायी संघ, नेपाल भेनियर उत्पादक संघले उनीहरुलाई सम्मान गरिएको हो । नेपाल उद्योग बाणिज्य महासंघ हालै सम्पन्न निर्वाचनमा केन्द्रीय सदस्यमा राजकुमार कार्की, दीपक नेपाल, नरेन्द्रबहादुर खड्का र उमेश डालमिया निर्वाचित हुनुभएको थियो । वस्तुगत संघसंस्थाको तर्फबाट संयुक्त रुपमा समर्थन गरिएको उम्मेदवारहरु विजय भएपछि उनीहरुलाई सम्मान गरिएको हो । अलैंची व्यवसायी महासंघका उपाध्यक्ष सुवास भट्टराईले स्वागत मन्तव्य राख्नुहुँदै व्यावसायिक क्षेत्र मात्र नभई सामाजिक क्षेत्रमा समेत…

Read More

झापा, २२ बैशाख । नेपाली फिल्म ‘वानर सेना’को प्रदर्शन तयारी थालिएको छ। निर्माण सम्पन्न भएर बसेको गिरी ग्रेन्ड फिल्म प्रालिको ब्यानरमा बनेको फिल्म प्रदर्शनको तयारीमा लागेको निर्माण पक्षले रिलिज मिति भने पाएको छैन। फिल्म ‘वानर सेना’ युवराज गिरीले निर्माण, अपर्ण गिरीले निर्देशन, फिल्ममा सुरवीर पण्डित, किशोर खतिवडा, अर्जुन गुरुङ, कामेश्वर चौरसिया, अर्पण गिरी, आरजु प्रसाईं, किशनबाबु बस्नेत, रमेश सोडारी, युवराज गिरीलगायत कलाकारले अभिनय गरेका छन्। निर्माण टिमले फिल्मको पोस्टर सार्वजनिक गर्दै फिल्म प्रदर्शनको तयारी थालेको हो।

Read More

झापा, २२ बैशाख । सरकारले मिटरब्याज लिने व्यक्तिलाई ७ वर्षसम्मको जेल सजाय हुने कानुनी व्यवस्था गरेको छ। मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश राजपत्रमा प्रकाशन गर्दै मिटरब्याजीलाई ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवाना लाग्ने व्यवस्था गरिएको हो। यसअघि अनुचित लेनदेनको कारोबारका आधारमा कसैले ऋणीलाई हैरानी पुर्‍याए त्यस्ता व्यक्ति जेल जानसक्ने भएका छन्। अध्यादेशमा मुलुकी अपराध संहिता २०७४ को दफा २४९ मा नयाँ बुदाँ थप गर्दै मिटरब्याज लगाउनेलाई कारबाही गर्न सकिने कानुनी व्यवस्था गरेको हो ।

Read More

सुनसरी, २२ बैशाख । सुनसरीको इटहरी उपमहानगरपालिका–१ स्थित आपगाछीमा लागेको सिरुवा मेलाबाट नक्कली नोटसहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार साँझ सुनसरीको गढी गाउँपालिका–२ का ३८ वर्षीय जमिल खातुनले मेलामा जेरी किनेर एक हजार रुपैयाँ तिर्दा पसलको मानिसले नक्कली पैसा दिएको शंका लागेर मेलामा डिउटी खटिएको प्रहरी टोलीलाई जानकारी गराएका थिए । घटना बारेमा जानकारी पाउनासाथ प्रहरीले नियन्त्रणमा लिएको खातुनको साथबाट एक हजार को ६ थान र पाँच सयको २२ थान नक्कली नोट बरामद गरेको छ भने घटना बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

Read More

झापा, २२ बैशाख । झापाको चन्द्रगढी विमानस्थलबाट २ जनालाई प्रहरीले ७६ ग्राम ३४० मिलि ग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । हिजो राति बुद्ध एयरको बिमानबाट काठमाडौं जान लागेका झापा मेचीनगर घर भएकी वर्ष २१ की सोनी श्रेष्ठ राजवंशी र निजको दिदी वर्ष २३ की संध्या श्रेष्ठलाई बडी सर्चको क्रममा उक्त परिणामको लागुऔषध सहित प्रहरीले नियन्त्रणमा लिएको हो । त्यसैगरी सुनसरीको धरान–११ का स्थानीय २३ वर्षीय काला निरज भनिने युवराज लिम्बुलाई लागुऔषध ट्याब्लेट सहित प्रहरीले पक्राउ गरेको छ । लिम्बुको साथबाट प्रहरीले ३८० ट्याव्लेट ट्रामाडोल, स्पास्पेन १००० ट्याव्लेट, ३ थान खुकुरी र १ थान तरवार सहित पक्राउ गरेको हो…

Read More

झापा, २२ बैशाख । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले शान्ति, सत्यता, अहिंसा अनि सरलताका लागि बुद्ध संसारका महान गुरु भएको बताउनुभएको छ । राष्ट्रका गौरव एवम् विश्व शान्तिका अग्रदूत गौतम बुद्धको २५६७ औं जन्मजयन्तीको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले त्यस्तो बताउनुभएको हो । उहाँले बुद्ध जयन्तीको अवसरमा देश, विदेशमा बस्नुहुने दाजुभाइ, दिदीबहिनीहरूसहित सम्पूर्ण नेपालीहरूमा हार्दिक शुभकामना व्यक्त गर्न पाउँदा खुशी लागेको बताउनुभयो । यस्तो छ शुभकामना सन्देशबैशाख शुक्लपक्षको पूर्णिमाको दिन गौतम बुद्धको त्रि–संयोग अर्थात् जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण एकैदिन परेकाले यस तिथिलाई विश्वभरका बौद्ध धर्मावलम्बीहरूले गौतम बुद्धप्रति भक्तिभाव व्यक्त गर्ने पावन दिनका रूपमा बुद्ध जयन्ती मनाउने गर्दछन्…

Read More

झापा, २२ बैशाख । इङ्लिस प्रिमियर लिग फुटबल अन्तरगत बिहीबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडलाई ब्राइटनले १–० गोलले पराजित गरेको छ । पहिलो हाफको खेल गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको अन्तिम समयमा घरेलु टोली ब्राइटनका लागि एलेक्सिस म्याक एलिस्टरले निर्णायक गोल गरेका हुन् । उनले खेलको इन्जुरी समयमा पेनाल्टीमार्फत निर्णायक गोल गरे । म्यानचेस्टर युनाइटेड ३३ खेलबाट ६३ अंक जोड्दै तालिकाको चौथो स्थानमा छ । ब्राइटन भने ३२ खेलबाट ५५ अंक बटुल्दै तालिकाको छैटौं स्थानमा आसिन छ । प्रिमियर लिग तालिकाको पहिलो स्थानमा भने म्यानचेस्टर सिटी रहेको छ । म्यान सिटीले ३३ खेलबाट ७९ अंक जोडेको छ ।…

Read More

कनकाई, २२ बैशाख । झापाको कनकाई स्थित सुरुङ्गामा होटल समृद्धि एण्ड कफी हाउस सञ्चालनमा आएको छ । होटलको बिहीबार गायक प्रमोद खरेलले उद्घाटन गरेका हुन् । व्यवसायी गोपाल सिटौलाले होटल सञ्चालनमा ल्याएका हुन् । करिब एक करोडको लागतमा होटल सञ्चालनमा आएको हो ।

Read More

काठमाडौं, २२ बैशाख । पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्ले यो वर्षको सामाजिक अध्ययन तथा जीवन उपयोगी शिक्षा विषयको प्रश्नपत्र र उत्तर नेपाली भाषामै दिनुपर्ने जनाएको छ । पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्का सदस्य सचिव एवं पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक वैकुष्ठ अर्यालले बुधबार बसेको परिषद्को बैठकले यो वर्षदेखि नेपाली भाषामै प्रश्नपत्र र उत्तर लेख्ने व्यवस्था लागु भइसकेको जानकारी दिए । उनले भने, ‘बोर्ड वा अन्य कुनै निकायले भन्दा पनि परिषद्ले गरेको निर्णय आधिकारिक हुन्छ। सोहीअनुसार यो वर्ष कक्षा १२ का परीक्षार्थीले नेपाली भाषाकै प्रश्नपत्र पाउनेछन् र नेपालीमै उत्तर दिने व्यवस्था गरिएको छ ।’ राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मा र सदस्य…

Read More