झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

भद्रपुर, १८ चैत । झापामा हावाहुरीसहित आएको वर्षा र असिनाले अन्न तथा तरकारी बालीमा क्षति पु¥याएको छ । शुक्रबार राति हावाहुरीसहित आएको वर्षा र असिनाले मकै, खरबुजा र तरकारी बालीमा क्षति पु¥याएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले जानकारी दिनुभयो । “हावाहुरीसहित वर्षा र असिना परेपछि कृषकहरुले क्षतिबारे जानकारी गराइरहनुभएको छ”, उहाँले भन्नुभयो, “स्थलगत अनुगमन गरेर क्षतिको यकिन विवरण निकाल्छौं ।” झापाको कनकाईमा सबैभन्दा बढी क्षति भएको कृषकहरुबाट जानकारी आएको उहाँले बताउनुभयो । कनकाई नगरपालिकाको कृषि शाखासँग समन्वय गरेर अनुगमन भइरहेकाले बेलुकासम्म क्षतिको विवरण आउने उहाँले बताउनुभयो । कनकाईसँगै भद्रपुर, बिर्तामोड लगायतका क्षेत्रमा समेत वर्षासहित आएको असिनाले क्षति पु¥याएको…

Read More

झापा, १८ चैत । वर्षेनी नदीको तटीय क्षेत्रमा हुने कटान र बाढीको क्षतिलाई रोक्न झापामा बजेट अभाव भएको छ । ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालयमार्फत आउने न्यून बजेटले नदीको कटान र बाढी छेक्ने तटबन्ध निर्माण अपुरो हुने गरेको छ । यसले नदी नियन्त्रण सम्भव हुन सकेको छैन । आर्थिक वर्ष २०७९÷८० का लागि जलस्रोत तथा सिँचाइ विभागले झापाको मेची नदी नियन्त्रण कार्यका लागि रु दुई करोड बजेट विनियोजन गरेको छ । यो बजेट स्पर निर्माण, आपत्कालीन नियन्त्रण, बायोइन्जिनियरिङलगायत कार्यका लागि आएको जनताको तटबन्ध कार्यालय झापाका सूचना अधिकारी दुर्गाप्रसाद पोखरेलले बताए । मेची नदीले तटीय क्षेत्रमा पु¥याउने गरेको क्षति हेर्दा सरकारले…

Read More

पाँचथर, १८ चैत । पाँचथरमा गए राति सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने तीन जना गम्भीर घाइते भएका छन् । मेची राजमार्गअन्तर्गत फिदिम नगरपालिका–३ कान्छीदोकान बजार छेउमा गए राति प्र १–०१–००१ च ९३४९ को कार सडकबाट करिब २०० मिटर तल झरेर दुर्घटना हुँदा कारमा सवार १८ वर्षीया रश्मी भुजेलको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक हरि खतिवडाका अनुसार मृतकका बाबु झापाको विर्तामोड नगरपालिका–१ का ४५ वर्षीय राजु भुलेजले चलाएको कार सडकबाट झरेर दुर्घटनामा परेको थियो । दुर्घटनामा चालक राजुसहित उनकी श्रीमती ३९ वर्षीया लीला भुजेल, बहिनी ४० वर्षीया सीता भुजेल र छोरी रश्मी…

Read More

विराटनगर, १७ चैत । नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रहरी कर्मचारीहरुलाई संयुक्तरुपमा भीड नियन्त्रण अभ्यास गराइएको छ । आज कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरको अभ्यास मैदानमा भएको भीड नियन्त्रण अभ्यासमा प्रदेश प्रहरी कार्यालय बिराटनगर, प्रदेश प्रहरी तालिम केन्द्र, प्रदेश प्रहरी गण रानी, नेपाल प्रहरी विशेष सुरक्षा गण दुहबी, जिल्ला प्रहरी कार्यालय मोरङ तथा सशस्त्र प्रहरी बल नेपाल नं. ३ गण हेडक्वाटर कंकालिनि मोरङका प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीलाई स्थानीय प्रशासन ऐन २०२८ बमोजिम सिलसिलेवार बल प्रयोगको सिद्धान्त अनुसार भीड नियन्त्रण अभ्यास गराइएको हो । आन्दोलन तथा बिरोधका क्रममा हुने भीडलाई मानव अधिकारको संरक्षण गर्दै भीड तितर बितर बनाई स्थिति…

Read More

भद्रपुर, १७ चैत । घरेलु तथा साना उद्योग कार्यालय भद्रपुरले अनलाइन प्रणालीबाट सेवा प्रवाह शुरु गरेको छ । कार्यालय परिसरमा आज आयोजिक एक कार्यक्रमका बीच कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौलाले कार्यालयको उद्योग तथा वाणिज्य प्रशासन प्रणाली (आसीएएस) को शुभारम्भ गर्नुभयो । अनलाइनको मध्यमबाट सेवा प्रवाह छिटो–छरितो र सुशासन कायम गर्न झापाबाट उद्योग तथा वाणिज्य प्रशासन प्रणालीको शुरुवात गरिएको मन्त्री सिटौलाले बताउनुभयो । “आजदेखि झापाबाट शुरुवात गरेका छौं”, उहाँले भन्नुभयो, “अब क्रमशः प्रदेशभरि अनलाइन प्रणाली सुचारु हुनेछ ।” अब कार्यालयद्वारा प्रदान गरिने नयाँ दर्ता, नवीकरण, प्रतिलिपि, नाम सच्याउने लगायतका उद्योग तथा वाणिज्य सम्बन्धी सबै सेवा अनलाइनबाटै हुने…

Read More

भद्रपुर, १७ चैत । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले मुलुकको हरेक समस्या पहिचान र समाधान गर्न नेता–कार्यकर्ता लाग्नुपर्नेमा जोड दिनुभएको छ । नेकपा (एकीकृत समाजवादी) पार्टी, स्कूल विभाग झापाको आयोजनमा भद्रपुरमा आजदेखि शुरु भएको दुई दिने ‘अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम’मा सम्बोधन गर्नुहुँदै अध्यक्ष नेपालले मुलुकको समग्री विकास लागि अवरोधका रुपमा रहेका समस्या समाधान गर्न नेता कार्यकता लाग्नुपर्नेमा जोड दिनुभयो । “देशको समस्या पहिचान, कारण र समाधानका लागि लाग्नुपर्छ”, उहाँले भन्नुभयो, “त्यसका लागि नयाँ सोच, आँट र हिम्मत जरुरी छ ।” त्यसका लागि आँट र हिम्मत भएको नेता–कार्यकर्ता हुन जरुरी रहेको बताउनुभयो । मुलुकको राजनीतिक कोर्ष फेर्न आफूहरुले योगदान…

Read More

झापा, १७ चैत । घरेलु टोली विराटनगर सिटी (बीसीएफ) ले सातौं संस्करणको विराट गोल्डकपको उपाधि जितेको छ । सहिद रंगशालामा बिहीबार सम्पन्न भएको रात्रीकालिन गोल्डकपको फाइनलमा पाहुना टोली भारत केरलाको लुका सकर क्लबलाई ४–० गोलले हराउँदै विराटनगरले ६ दशकपछि उपाधि उचालेको हो । विराटनगर सिटीले उपाधिसँगै नगद २० लाख १५ हजार रुपैयाँ हात पारेको छ । उपबिजेता केरलाले १० लाख १५ हजारमा चित्त बुझायो ।

Read More

बिर्तामोड, १७ चैत । झापाको बिर्तामोडमा आजदेखि वडास्तरीय फुटसल प्रतियोगिता शुरु हुँदैछ । फुटसल खेलको प्रवद्र्धन तथा खेलाडी उत्पादन गर्ने उद्देश्यले नगर खेलकुद विकास समिति बिर्तामोडको आयोजनामा आज र भोलि दुई दिने वडा स्तरीय फुटसल प्रतियोगिता हुने लागेको हो । नगर प्रमुख पवित्रा महतारा प्रसाईं उद्घाटन गर्नु हुने प्रतियोगितामा १० वटाका १० वटै टिम सहभागी हुने नगर खेलकुद विकास समितिका अध्यक्ष विकास गिरीले जानकारी दिनुभयो । प्रतियोगिता बिर्तामोड–१ स्थित एफ्सुलेट फुट्सलमा हुनेछ । प्रतियोगिताको विजेताले ५० हजार र उपविजेताले रू २५ हजार, मेडल, ट्रफी र प्रमाण–पत्र प्राप्त गर्ने समितिका सदस्य सुदिप खवासले बताउनुभयो । त्यतै, म्यान अफ द म्याच दुई…

Read More

झापा, १७ चैत । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि शुरु भएको छ । देशभर दुई हजार ३७ परीक्षा केन्द्रमा आज बिहान ८ बजेदेखि परीक्षा शुरु भएको हो । परीक्षा चैत २९ गतेसम्म सञ्चालन हुनेछ परीक्षामा ४ लाख ८४ हजार २ सय २७ परीक्षार्थी सहभागी हुँदैछन् । पुरानो पाठ्यक्रम अनुसारको यो वर्ष अन्तिम परीक्षा हो । आगामी २०८० सालदेखि नयाँ पाठ्यक्रममा आधारित परीक्षा सञ्चालन हुनेछ । प्रदेशस्तरमा अनिवार्य विषयका प्रश्नपत्रको समानान्तर सेट तयार गरिएको छ । कठिनाइस्तर एउटै भए पनि हरेक प्रदेशमा फरक प्रश्न सोधिनेछ । प्रश्नपत्र र उत्तरपुस्तिका सबै परीक्षा केन्द्रमा पठाइसकिएको राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले…

Read More

झापा, १७ चैत । नेपाल–चीनबीचका दुई मुख्य नाका व्यापार तथा जनसम्पर्कका लागि खुल्ने भएका छन् । २०७२ को भूकम्प र त्यसपछि कोरोनाको प्रकोपका कारण अवरुद्ध नाका पूर्ण रूपमा सञ्चालन गर्ने सहमति भएको छ । चीनको स्वायत्त क्षेत्र तिब्बतको ल्हासामा नेपाल–चीन सीमा व्यापार तथा सहयोग समन्वय संयन्त्रको बसेको बैठकमा चैत १८ गतेदेखि रसुवागढी–केरुङ नाकामार्फत दुईतर्फी व्यापार र जनसम्पर्कका लागि आवतजावत पूर्ण रूपमा सञ्चालन गर्ने सहमति भएको हो । त्यसैगरी तातोपानी–झाङ्मु हुँदै दुईतर्फी व्यापार र मानव आवागमन तथा यारी–पुलाङ क्षेत्रबाट यात्रु आवागमन भने आगामी वैशाख १८ गतेदेखि सञ्चालन गर्ने सहमति भएको छ । नेपालको अनुरोधमा चिनियाँ पक्षले नेपाल–चीन सीमामा बहुआयामिक प्रयोगशाला स्थापना…

Read More