झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, ११ चैत । विद्यार्थी सङ्गठनको आपसी विवादका कारण त्रिभुवन विश्वविद्यालयअन्तर्गतका एक दर्जनभन्दा बढी आङ्गिक क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन अनिश्चित भएको छ । त्रिविले आफूअन्तर्गतका सम्पूर्ण आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा चैत ५ गतेलाई स्ववियु निर्वाचनको मिति तोकेको थियो । विश्वविद्यालयअन्तर्गत ६२ वटा आङ्गिक र एक हजार भन्दा बढी सम्बन्धन प्राप्त क्याम्पस छन् । सोहीअनुसार ४४ वटा आङ्गिक र सम्बन्धन प्राप्तमध्ये अधिकांश क्याम्पसमा तोकिएकै मितिमा निर्वाचन सम्पन्न भइसकेको छ । स्ववियु निर्वाचनसम्बन्धी निर्देशिकाले पहिलो पटक निर्वाचन तोकिएको मितिले एक महिनाभित्र अन्य क्याम्पसमा पनि निर्वाचन सम्पन्न गर्नुपर्ने व्यवस्था गरेको छ । यसकारण हाल निर्वाचन स्थगित भएका क्याम्पसहरूमा आउँदो…

Read More

झापा, ११ चैत । देशको आधाभन्दा बढी जनसङ्ख्या आर्थिक रूपले सक्रिय पाइएको छ । अर्थात् जनसङ्ख्याको आधा हिस्सा कुनै न कुनै रूपमा आयआर्जनमा संलग्न छन् । राष्ट्रिय तथ्याङ्क कार्यालयले शुक्रबार सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को पूर्ण नतिजाअनुसार देशभर एक करोड ५६ लाख ८९ हजार ७७७ व्यक्ति आर्थिक रूपमा सक्रिय रहेको पाइएको छ । यस हिसाबले कुल जनसङ्ख्याको ५३ दशमलव ७९ प्रतिशत आयआर्जनमा संलग्न देखिएको हो । राष्ट्रिय जनगणना २०७८ अनुसार मुलुकको कुल जनसङ्ख्या दुई करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ, जसमध्ये पुरुष एक करोड ४२ लाख ५३ हजार ५५१ (४८ दशमलव ९८ प्रतिशत) र महिला एक करोड…

Read More

बिर्तामोड, १० चैत्र । बिर्तामोड नगरपालिकाले झापा जिल्ला अन्तरपालिका कर्मचारीस्तरीय फुटबल प्रतियोगितामा विजयी शुरुवात गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा शुक्रवारबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा कचनकवल गाउँपालिकालाई ४–२ गोल अन्तरले पराजित गर्दै आयोजक टिम बिर्तामोडले विजयी शुरुवात गरेको हो । खेलमा बिर्तामोडलाई जित दिलाउन चुनु सोरेनले ह्याट्रिक गरे । उनले खेलको ९औं मिनेटमा टिमका लागि दोस्रो तथा पहिलो व्यक्तिगत गोल गरे । त्यसअघि खेलको पहिलो हाफको चौथो मिनेटमा बिर्तामोडका लागि टिम कप्तान राम बुढाथोकीले पहिलो गोल गरेका थिए । खेलको १३ औं मिनेटमा चुनु सोरेनले टिमका लागि तेस्रो तथा व्यक्तिगत दोस्रो गोल गरेका थिए । उनले खेलको ५३…

Read More

झापा, १० चैत । अवैधरुपमा भारतबाट भित्रिने कुखुरा र तेस्रो मुलुकबाट आयातित सुपारीले स्वदेशी उत्पादनको बजार धराशायी बनाएको स्थानीय व्यवसायीले बताएका छन् । जिल्ला कुखुरा व्यवसायी सङ्घ झापाका अध्यक्ष विवेक निरौलाले खुकुलो सीमाको फाइदा उठाउँदै भारतबाट अवैध ढङ्गले भित्रिरहेको कुखुरा, मासु र अण्डा नरोक्ने हो भने स्वदेशी पोल्ट्री व्यवसाय बन्द हुने र फार्म सञ्चालक ऋण तिर्न नसक्ने बताउनुभयो । उहाँका अनुसार झापाको एक सय ४४ किलोमिटर सीमा क्षेत्रबाट दैनिक चार हजार किलोभन्दा बढी मासु, जिउँदो कुखुरा र अण्डा अवैधरुपमा भित्रिरहेको छ । यसबाट वार्षिक रु ५० करोडभन्दा बढी रकम अनाधिकृत ढङ्गले विदेश गइरहेको छ । “दुई खर्बभन्दा बढी लगानी र…

Read More

झापा, १० चैत । तथ्याङ्क विभागले आज सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको जनसङ्ख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ पुगेको छ । विभागको तथ्यांकअनुसार महिलाको सङ्ख्या १ करोड ४९ लाख ११ हजार २७ र पुरुषको सङ्ख्या १ करोड ४२ लाख ५३ हजार ५५१ पुगेको छ । महिलाको भन्दा पुरुषको सङ्ख्या करिब ७ लाख कम रहेको विभागको तथ्याङ्कमा उल्लेख छ । तथ्याङ्क विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार काठमाडौँ जिल्लामा सबैभन्दा धेरै र मनाङ जिल्लामा सबैभन्दा कम जनसङ्ख्या छ । काठमाडौँमा २० लाख ४१ हजार ५ सय ८७ र मनाङमा पाँच हजार ६ सय ८५ जनसङ्ख्या रहेको…

Read More

सन्तोष शर्माझापा, १० चैत । झापामा गम्भीर प्रकारका क्षयरोगीको संख्या बढ्दै गएको छ । चालु आर्थिक वर्ष २०७९÷०८० को फागुनसम्ममा १७ जना गम्भीर प्रकारका क्षयरोगी फेला परेको स्वास्थ्य कार्यालय झापाका क्षयरोग फोकल पर्सन विरेन्द्र दासले जानकारी दिनुभयो । “गत वर्ष नौ जना गम्भीर अवस्थाका क्षयरोगी फेला परेका थिए”, उहाँले भन्नुभयो, “हाल उक्त संख्या दोब्बरले बढेको छ ।” झापामा चालू आर्थिक वर्षको फागुनसम्ममा पाँच सय ८४ जना नयाँ क्षयरोगी फेला परेका छन् । जसमा एक सय ९३ महिला र तीन सय ९१ पुरुष रहेका छन् । ११ जना महिला र ४० जना पुरुषमा क्षयरोग पुनः दोहोरिएको फोकल पर्सन दासले बताउनुभयो ।…

Read More

झापा, १० चैत । नेपालसहित विश्वभर आज विश्व क्षयरोग दिवस मनाइँदै छ । ‘हो । हामी क्षयरोग अन्त्य गर्छौं’ मूल नाराका साथ विश्व क्षयरोग दिवस मनाउन लागिएको छ । नेपालमा वर्षेनी नयाँ क्षयरोगका ६९ हजार बिरामी भेटिने गरेका छन् । हरेक वर्ष १७ हजार व्यक्तिको क्षयरोगका कारण निधन हुने गरेको राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निमित्त निर्देशक नवीनप्रकाश शाहले जानकारी दिए । नियमित औषधि खाए रोग निको हुने उनी बताउछन् । आर्थिक वर्ष २०७८–७९ मा नेपालमा ३७ हजार आठ सय ६१ विश्व क्षयरोगका बिरामीको उपचार हुने गरेकामा ९१ दशमलव पाँच प्रतिशत बिरामी निको हुने गरेका छन् । क्षयरोगीमध्ये ६१ दशमलव छ…

Read More

झापा, १० चैत । प्रतिनिधि सभाका सभामुखले प्रयोग गर्दैआएका केही नियमित र विशेषाधिकारमा कटौती गर्ने गरी प्रतिनिधि सभा नियमावली मस्यौदामा संशोधन दर्ता भएका छन्। दलीय प्रतिनिधित्वका आधारमा गठित समितिले सहमतिमा टुङ्गो लगाएका विषयमा सांसदहरूले संशोधन दर्ता गरेका हुन्। सत्ता गठबन्धनमा आबद्ध नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायतका दलले सभामुखको अधिकार कटौतीका पक्षमा संशोधन दर्ता गरेका हुन्। सभामुखले नियमावलीअनुसार गर्ने स्पष्ट किटान भएका काम कारबाही कार्य व्यवस्था परामर्श समितिको निर्णयमा गर्नुपर्ने संशोधन प्रस्तावमा उल्लेख छ। कांग्रेस र एकीकृत समाजवादीका सांसदहरूको संशोधनको भाषा करिब हुबहु भए पनि माओवादी केन्द्रका सदस्यहरूको भने केही फरक छ तर आशय भने सत्तारूढ सांसद…

Read More

झापा, १० चैत । नेपाल बीमा प्राधिकरणले ‘खाद्यान्न बाली बीमालेख’ जारी गरेसँगै अब कृषि बीमालेखअन्तर्गत खाद्यान्न बालीको पनि उत्पादनको आधारमा बीमा हुने भएको छ । प्राधिकरणका अनुसार उक्त बीमालेखमा बालीहरू धान, मकै, जौ, गहुँ र कोदो समेटिनेछ । यी खाद्यान्न बालीको बीमालेखले विभिन्न आठ प्रकारको क्षतिको रक्षावरण गर्नेछ, जसमा अग्निजन्य, हावाजन्य, पानीजन्य, मौसमजन्य, भूमिजन्य, चट्याङजन्य, रोग तथा किराजन्य र आकस्मिक तथा दुर्घटनाजन्य बाह्य कारणबाट हुने क्षति परेका छन् । बीमालेखले रक्षावरण गरेको जोखिमका कारण खाद्यान्न बाली क्षति भएमा क्षति भएको ३ दिनभित्र बीमितले बीमकलाई टेलिफोन, एसएमएस, ईमेलमध्ये कुनै एक माध्यमबाट जानकारी गराउनु पर्नेछ । अतिरिक्त सुविधाअन्तर्गत खाद्यान्न बाली बीमा गराएका…

Read More

झापा, १० चैत । नगरपालिकामा ‘निमित्त’ झिक्न केन्द्र सरकारले खटाएका ५० उपसचिव (प्रमुख प्रशासकीय अधिकृत) मध्ये ३० जनालाई विभिन्न स्थानीय तहहरूले हाजिर नगराई फर्काइदिएका छन् । स्थानीय तहले फर्काएका उपसचिवहरूलाई संघीय मामिला मन्त्रालयले समेत हाजिरी गराएको छैन, जसबाट एक महिनादेखि उनीहरू घर न घाटका भएका छन्। शाखा अधिकृतबाट उपसचिवमा बढुवा भएका ५६ उपसचिवमध्ये ५० उपसचिवलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले फागुन ३ र फागुन १६ गते विभिन्न स्थानीय तहमा पहिलो पोस्टिङ ग¥यो। लामो समयदेखि विभिन्न स्थानीय तहमा कार्यरत निमित्त कर्मचारी झिक्न मन्त्रालयले एकैपटक ठुलो संख्यामा विभिन्न उपसचिवलाई स्थानीय तहमा खटाएको थियो। एकैपटक ५० जना उपसचिवलाई स्थानीय तहमा खटाएको विषयलाई…

Read More