
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, १७ बैशाख । काठमाडौंको कपनस्थित सरस्वती नगरमा निरा पाण्डे आचार्यको हत्यामा संलग्न आरोपीलाई प्रहरीले झापाबाट पक्राउ गरेको छ । निराको गत बैशाख गते ७ मा पसलमै हत्या भएको थियो । हत्यामा संलग्न भएको आरोपमा झापा धुलाबारीका विनोद विकलाई पक्राउ गरिएको अनुसन्धान समितिका एकजना सदस्यले बताए । आरोपीको विस्तृत विवरण खुलिसकेको छैन । घटनाबारे अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयले केन्द्रीय अनुसन्धान ब्यूरोकी प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्यको नेतृत्वमा समिति गठन गरेको छ ।
झापा, १७ बैशाख । कवि, मुक्तकार, गीतकार दिलिप योन्जन तामाङको नयाँ मुक्तक सङ्ग्रह आगमन, अमर र अविरलको दोश्रो संस्करणको संयुक्त विमोचन भएको छ । हातेमालो साहित्य संगमको आयोजनामा भएको कार्यक्रममा योञ्जनद्धारा लिखित कृतिहरु सार्वजनिक गरिएको हो । बरिष्ठ साहित्यकार डा रेनुका सोलु, साहित्यकार उषा शेरचन, कुलनिधि दाहाल र वियोगी बुढाथोकीले संयुक्त रुपमा मुक्तक सङ्ग्रह विमोचन गर्नुभयो । कार्यक्रममा उपस्थित साहित्यकारहरुले दिलिपद्धारा लिखित मुक्तक सङ्ग्रह भित्रका मुक्तकहरु बाचन गरेका थिए । अमेरिकामा रहेर पनी नेपाली गीत संगीत र नेपाली माटो प्रतिको प्रगाढ मायालाई भुल्न नसकेको कुरालाई उल्लेख गर्दै गजलकार तथा गीतकार दिलिप योञ्जन तामाङद्धारा लिखित मुक्तक सङ्ग्रह अबिरल र गीति एल्बम…
झापा, १७ चैत । चालु आर्थिक वर्षको चैत महीनामा मात्र सरकारले करीब साढे ३३ अर्ब रूपैयाँ बराबर रकमान्तर, स्रोतान्तर र थप निकासा गरेको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको ‘२०७९ चैत महीनामा पुँजीगततर्फ रू। १ करोडभन्दा बढीको एक उपशीर्षकबाट अर्को बजेट उपशीर्षकमा भएको रकमान्तरको विवरण’ अनुसार रू। ३३ अर्ब ३४ करोड ४५ लाख ८१ हजार बराबर रकमान्तर भएको हो । यो अवधिमा अर्थ मन्त्रालयले रू २७ अर्ब बराबर आन्तरिक ऋण तिर्नका लागि रकमान्तर गरेको छ । यो रकम अर्थ विविध शीर्षकबाट निकासा दिइएको छ । त्यस्तै अर्थ विविध शीर्षकबाटै गण्डकी प्रदेश प्रमुखको कार्यालयको चालु खर्चका लागि रू २८ लाख ४३…
कनकाई, १६ बैशाख । नेपाल खेलकुद महासंघ कनकाई नगर कमिटीको आयोजनामा आजदेखि झापाको कनकाई नगरपालिकामा प्रथम वडास्तरीय फुटबल प्रतियोगिता शुरु भएको छ । झापा क्षेत्र नम्बर ४ का सांसद एलपी साँबा लिम्बूले आज एक कार्यक्रमका बीच प्रतियोगिताको उद्घाटन गर्नुभयो । उद्घाटन खेलमा कनकाई ५ नम्बर वडा विजयी भएको छ । ५ नम्बर वडाले ९ नम्बरलाई ३—० गोल अन्तरले पराजित गर्दै विजयी बनेको हो । खेलको म्यान अफ द म्याच वडा नं. ५ का दुई गोलकर्ता रुचन लिम्बू हुनुभयो । भोलिको खेल वडा नम्बर १ र २ को बीच हुने आयोजक समितिका खेल संयोजक पूर्ण लिम्बुले बताउनुभयो । प्रतियोगितामा कनकाई ५…
बिर्तामोड, १६ बैशाख । झापाको बिर्तामोडमा सम्पन्न प्रदेश स्तरीय महिला गोल्डकप फुटबलको उपाधि नमोबुद्ध युवा क्लब सप्तरीले जितेको छ । बिर्तामोड–१० सैनिकबजार स्थित महेन्द्र ज्योति माविको मैदानमा आज भएको फाइनल खेलमा आयोजक ‘अल इन वान’ क्लबलाई टाइब्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै नमोबुद्ध सप्तरीले उपाधि कब्जा गरेको हो । निर्धारित ६० मिनेटमा एक–एक गोलको बराबरीमा खेल सकिएपछि नतिजाकालागि टाईब्रेकर भएको थियो । टाईब्रेकरमा सप्तरीका खेलाडीले गरेको ५ वटा प्रहारमा ४ वटा गोल हुदाँ आयोजक ‘अल इन वान’का खेलाडीले गरेको ४ वटा प्रहारमा २ प्रहार मात्रै गोल भएको थियो । टाईब्रेकरमा आयोजककी एलक्स चौधरी र छतरीका चौधरीको प्रहार गोल हुँदा लक्ष्मि…
शिवसताक्षी, १६ बैशाख । झापाको मध्य दक्षिण भूगोलमा रहेको शिवसताक्षी ५ भेलामुनीस्थित बालकल्याण आधारभूत विद्यालयका विद्यार्थीहरु सधैंभन्दा हिजो शुक्रबार बेग्लै खुसीमा रमाए । ग्रामीण भेगका अत्यन्त विपन्न समुदायका बालबालिका अध्ययन गर्ने सो विद्यालयका १५१ जना विद्यार्थीलाई वडा नं. ५ ले स्कूल ब्याग, जुत्ता, मोजा, टाई र बेल्ट प्रदान गरेर अभिभावकलाई समेत खुसी तूल्याएको थियो । यतिमात्र होइन, कक्षा १ देखि ८ सम्मका विद्यार्थीहरुले अन्तिम परीक्षामा प्राप्त गरेको अंकका आधारमा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई विष्णु–लक्ष्मी सिटौला कोषले वर्सेनी वितरण गर्ने पुरस्कार पनि शुक्रबार नै प्रदान गरिएको थियो । दुईवटै कार्यक्रमहरु विद्यालयको शैक्षिक उन्नयनका लागि जनप्रतिनिधि र समुदायका अगुवाहरुको रचनात्मक…
भद्रपुर, १६ बैशाख । भद्रपुर झापा गोल्डकपको आयोजनामा आज मेची रंगशालामा भद्रपुर नगरपालिकाभित्रका १४ देखि १६ वर्ष उमेर समूहका खेलाडीको सहभागितामा छनोट खेलहरू भएको छ । फागुनमा सम्पन्न प्रथम भद्रपुर झापा गोल्डकपको अपार सफलतापछि भद्रपुरमा ‘भद्रपुर झापा गोल्डकप युवा फुटबल प्रशिक्षण परियोजना’लाई सार्थकता प्रदान गर्नेक्रममा मेची रंगशालामा छनोटका खेलहरु भएका हुन् । खेलमा भद्रपुरका सबै वडाबाट आएका करिब २५० खेलाडीको सहभागितामा प्रतिस्पर्धा गराइएको आयोजक समितिका अध्यक्ष दिपेश ढकालले जानकारी दिए । उनका अनुसार १४–१६ उमेर समूहबाट चरणमा ५० देखि ५५ जना खेलाडी छनोट हुने र ती खेलाडीबीच पुनः प्रतिस्पर्धा गराई तीमध्ये अब्बल २५ जना खेलाडी छनोट गरी उनीहरूलाई नियमित प्रशिक्षण…
बिर्तामोड, १६ बैशाख । झापाको बिर्तामोडमा विद्युतीय कार बीवाईडी कम्पनीको गाडी बिक्री शुरु भएको छ । बिर्तामोड–३ मा नटराज अटो प्रालिले गाडीको बिक्री शुरु गरेको हो । सोही क्रममा बिर्तामोड–५ का मनिस धानुकाले बीवाईडीको अट्टो ३ मोडलको गाडी खरीद गरेका छन् । गाडी खरीदकर्तालाई राष्ट्रिय सभा सदस्य गोपाल बस्नेतले गाडीको चाबी हस्तान्तरण गर्नुभयो । फूल इलेक्ट्रोनिक अटो यो गाडीको मूल्य ९० लाख रुपैयाँ रहेको छ । दुई सेगमेन्टमा उपलब्ध अर्को गाडीको मूल्य ६५ लाख रहेको छ भने गाडी एक पटक चार्ज गर्दा ४२० किलोमिटर कुद्ने सञ्चालक कुशल खतिवडाले राजनकारी दिनुभयो । नटराज अटोमा खतिवडासँगै युवा व्यवसायी विशाल बिमली र विकास…
बिर्तामोड, १६ बैशाख । झापाको बिर्तामोडस्थित सुनकोशी बचत तथा ऋण सहकारी संस्थाले सदस्य केन्द्रित अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । गत बैशाख ६ गतेदेखि शुरु भएको सदस्य अन्तरक्रिया कार्यक्रम आज शनिबार सम्पन्न भएको हो । मुख्य कार्यालय र डाँगीबारी सेवा केन्द्र अन्तरगतका सदस्यहरुसँग सहकारीले अन्तरक्रिया गरेको संस्थाका सचिव कमल पराजुलीले जानकारी दिनुभयो । पछिल्लो समय सहकारीहरुप्रति आमनागरिकको धारणा गलत भइरहेको र सहकारीको नकारात्मक गतिविधि उजागर भइरहेकाले संस्थाको वस्तुगत अवस्थाका बारेमा सदस्यलाई जानकारी दिने उद्देयश्ले अन्तरक्रिया गरिएको अध्यक्ष गंगाराम ओडारीले जानकारी दिनुभयो । निरन्तर रुपमा १० दिनसम्म आयोजना गरिएको कार्यक्रम संस्थाको बिर्तामोड कार्यालय स्थित सभाहल र राजवंशी समाजको भवन डाँगीबारीमा सम्पन्न…
झापा, १६ बैशाख । काठमाडौंमा भइरहेको एसीसी प्रिमियर कप क्रिकेट अन्तरगत आज दुई सेमिफाइनल खेल हुँदैछ । नेपालले कुवेतसँग प्रतिस्पर्धा गर्दैछ भने ओमानले यूएईको सामना गर्नेछ । समूह एको विजेता बन्दै नेपालले समूह बीको उपविजेता बनेको कुवेतलाई सेमिफाइनलमा प्रतिस्पर्धी गर्न लागेको हो । त्यस्तै, ओमान समूह एको उपविजेता हो भने यूएई समूह बीको विजेता बनेको थियो । नेपाल र कुवेतबीचको खेल बिहान ९ बजे कीर्तिपुरस्थित मैदानमा र ओमानले यूएईसँग मुलपानीस्थित क्रिकेट मैदानमा खेल्ने छ ।