झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, २९ फागुन । बार्सिलोनाले ला लिगामा एथ्लेटिक बिल्बाओविरुद्ध संघर्षपूर्ण जीत हासिल गरेको छ । जीतसँगै नौ अंकका साथ आफ्नो अग्रता कायम राख्न सफल भएको छ । शनिबार रियल मड्रिडले एस्पानियोललाई हराउँदै बार्साको अग्रता ६ अंकमा झारेको थियो । राफिनाले गरेको एक मात्र खेलमा निर्णायक बन्यो । उक्त गोल राफिनाले पहिलो हाफको इन्जुरी समयमा गरेका थिए । अब बार्सा र रियल आइतबार नोउ क्याम्पमा एल क्लासिकोका लागि आमनेसामने हुनेछन् । २५ खेलपछि बार्साको ६५ अंक रहेको छ भने रियल ५६ अंकसहित दोस्रो स्थानमा रहेको छ । एजेन्सी

Read More

झापा, २९ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई वर्षअघि मात्रै विकास निर्माण कार्यमा ठेकेदारले लगेको मोबिलाइजेसनबापतको २४ अर्ब रुपैयाँ डुब्न लागेको भन्दै सो रकम उठाउन सरकारलाई निर्देशन दिएको थियो तर अख्तियारको सो निर्देशनअनुसार सरकारी राज्यकोषबाट गएको सो रकम उठाउन सरकारी निकाय असफल देखिएको स्रोतले जानकारी दिएको छ । त्यतिबेला ठेकेदारको भ्रष्ट र कामचोर चरित्रका कारण २४ अर्ब रुपैयाँ नोक्सान हुन लागेको भन्दै अख्तियारले सो रकम उठाउन गम्भीर चासो पनि दिएको थियो तर त्यसयता भने अख्तियारले सो रकम उठे नउठेको बारेमा खासै चासो नराख्दा सरकारी निकायलाई हाइसञ्चो भएको छ । सुरुका दिनमा अख्तियारले विभिन्न विकासे जिम्मेवारीमा रहेका मन्त्रालयलाई पत्र पठाउँदै…

Read More

झापा, २९ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाललले प्रतिनिधिसभाबाट विश्वासको मत नलिएसम्म संघीय संसदको बैठक नबस्ने देखिएको छ । गत फागुन १७ गते प्रतिनिधिसभाको बैठक चैत ५ गतेसम्मका लागि स्थगित गरिएको छ । त्यसभित्र नेपाली कांग्रेसहितका दलहरूलाई सरकारमा सहभागी गराएर दाहालले विश्वासको मत लिने तयारीमा जुटेका छन् । चैत ३ गते उपराष्ट्रपति निर्वाचनपछि गठबन्धनका दलहरू सरकार विस्तारसहितको काममा लाग्ने र चैत ८ गते प्रतिनिधिसभाबाट दाहालले विश्वासको मत लिने तयारीमा जुटेको स्रोतको दाबी छ । सोही अनुसार सोमबार बोलाइएको राष्ट्रियसभाको बैठक पनि चैत ८ गतेसम्मका लागि सूचना जारी गरी स्थगित गरिएको छ । सत्तामा रहेका प्रमुख दुई दल एमाले र राष्ट्रिय प्रजातन्त्र…

Read More

झापा, २९ फागुन । रोजगारीका लागि कतार जाने नेपाली श्रमिकको सङ्ख्या झन्डै ५० प्रतिशतले घटेको छ । कतारमा विश्वकप फुुटबल सम्पन्न भएसँगै वैदेशिक रोजगारीका लागि कतार जाने नेपालीको सङ्ख्या आधाले घटेको हो । वैदेशिक रोजगार विभागका अनुसार चालू आर्थिक वर्षको मङ्सिरयता वैदेशिक रोजगारीका लागि कतार जाने नेपालीको सङ्ख्या क्रमशः घट्दै आएको हो । मङ्सिरमा दुुई हजार ६६५ जना, पुसमा दुुई हजार ५०६ जना र माघ महिना दुुई हजार २२९ जना मात्रै रोजगारीका लागि कतार गएको विभागले जनाएको छ । आव २०७८/७९ मा मङ्सिर महिनामा सात हजार ७१ जना, पुस महिनामा छ हजार ८९ जना, माघ महिनामा छ हजार ५४४ जना…

Read More

झापा, २९ फागुन । स्वास्थ्य बिमाको सेन्ट्रल सर्भर डाउन हुँदा आइतबार बिहानैदेखि देशभरिका अस्पताल प्रशासन र बिरामीले निकै सास्ती भोग्न बाध्य भए । स्वास्थ्य बिमा भएकै कारण बिरामीले बिहान सबेरै अस्पताल पुगेर टिकट लिन लामबद्ध भए र बिरामीको नाम दर्ता शाखामा कार्यरत कर्मचारीले बिरामीको प्रश्नको उत्तर थाम्नै नसक्ने अवस्था देशभरिका अस्पतालमा देखियो । आम नेपालीहरूको स्वास्थ्य सेवालाई सर्वसुलभ बनाउने उद्देश्यले नेपाल सरकारले लागू गरेको स्वास्थ्य बिमा कार्यक्रमले धेरै मानिसलाई लाभ पुगेको छ। तर, समयसमयमा सर्भरले भार बहन गर्न नसक्दा अस्पतालको विश्वसनीयता र बिरामीको धैर्य नै गुम्नेसम्मको अवस्था सिर्जना हुनुले स्वास्थ्य बिमाप्रतिको नैराश्यता मात्र नभई बिरामी जटिल समस्यामा परेका छन्। आइतबार…

Read More

झापा, २८ फागुन । झापाको कनकाईस्थि कनकाई नगर बाल सञ्जालले विद्यालय क्षेत्रलाई बन्दमुक्त बनाउन माग गरेको छ । विद्यालय शान्ति क्षेत्र भएको र वार्षिक परीक्षासमेत नजिकिँदै गएकाले विद्यालयलाई बन्दमुक्त क्षेत्र बनाउन माग गरेको हो । बाल सञ्जालले आज विज्ञप्ति निकाल्दै भनेको छ– विद्यालय शान्ति क्षेत्र हुन । पढ्न लेख्न पाउनु बालबालिकाको अधिकार हो तर विगत केही दिनबाट हुँदै गहिरहेको बन्द हड्ताल जस्ता क्रियाकलापले विद्यालय समेत बन्द गर्नुपर्ने स्थिति आएको र बालबालिकाको पढाईमा असर पर्दै आइरहेको हुँदा यस बन्द निषेधित नगरीमा रहेका बालबालिकाहरु पढ्ने विद्यालय समेत बन्द निषेधित हुनुपर्ने कुराको माग गर्दै कनकाइ नगरपालिका, सम्पूर्ण राजनीतिक दल, विद्यालय समिति तथा अभिभावकहरुमा…

Read More

बिर्तामोड, २८ फागुन । नगर खेलकुद विकास समिति बिर्तामोडले आज दुई वटा वडामा खेलकुद समिति गठन गरेको छ । वडा नम्बर ८ र वडा नम्बर ९ मा समिति गठन गरीएको हो । वडा नम्बर ८ मा विपिन कार्कीको अध्यक्षतमा समिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा चन्द्रमणि कट्टेल, अमिनकुमार श्रेष्ठ, सचिवमा सरिता मैनाली र सदस्यमा विजय चापागाई, शिव अधिकारी, सुरज कटुवाल, दिपेश पौडेल, सनम खान विकेश शाह र गोमा कटुवाल रहनुभएको छ । त्यस्तै, वडा नम्बर ९ मा विश्वदिप राजवंशीको अध्यक्षतामा समिति गठन गरीएको छ । समितिको उपाध्यक्षमा कमला विष्ट, दिपेश राई सचिवमा विवस बस्नेत र सदस्यमा यदु गौतम, पारस…

Read More

बिर्तामोड, २८ फागुन । बिर्तामोड नगरपालिका वडा नम्बर ७ मा मकैका खोष्टाको फूल बनाउने तालिम सम्पन्न भएको छ । सिद्देश्वर शिवपन्चायन मन्दिर मियावाडीमा नगरपालिकाले आयोजना गरेको गरिवी निवारणका लागि लघु उधम विकास कार्यक्रम अन्तर्गत १२ दिने तालिम आईतबार सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै नगरप्रमुख पवित्रा महतारा प्रसाईले स्थानिय उत्पादनलाई प्रयोगमा ल्याउनु पर्ने बताउनु भयो । उहांले नेपालमा भारत, चिन लगायतका मुलुकबाट आयात भएको प्लाष्टिकका फूल भन्दा स्थानीय कच्चा पदार्थ प्रयोग गरि उत्पादन गरीएको सामाग्री प्रयोगमा जोड दिनु भयो । यस्तै उहांले स्थानीय उत्पादनलाई बाहिरका बजारमासमेत बिस्तार गर्नु पर्ने धारणा राख्नु भयो । कार्यक्रमकी प्रमुख अतिथिसमेत रहनु भएकी नगरप्रमुख महताराले…

Read More

झापा, २८ फागुन । झापाको विभिन्न स्थानबाट भन्सार छली गरी नेपाल भित्र्याउदै गरको अवैध सामानहरु प्रहरीले बरामद गरेको छ । सिमावर्ति क्षेत्रमा परिचालित इलाका प्रहरी कार्यालय खजुरगाछी, इलाका प्रहरी कार्यालय केचना र अस्थायी प्रहरी पोष्ट इटाभट्टाबाट खटिएको प्रहरी गस्ती टोलीले चेक जाँचको क्रममा भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याउदै गरेको अवस्थामा बिभिन्न प्रकारको खाधान्नका सामग्रीहरुका साथै १२५ जोर फुटबल बुट समेत गरी करिव २ लाख २६ हजार रुपैया बराबरको सामान तथा सामान ओसार पसार गर्न प्रयोग गरेको मे.५ प ६४३२ र BR 37 G 2773 नम्बरको मोटरसाइकल समेत प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीले बरामद गरेको सामान तथा मोटरसाईकल…

Read More

बिर्तामोड, २८ फागुन । ‘कोशी प्रदेश’ नाम खारेजीको माग गर्दै आम हड्तालमा उत्रिएका बन्दकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रदेशभरबाट ‘कोशी प्रदेश’ नाम खारेजीको माग गर्दै आम हड्तालमा उत्रिएका पाँच सय भन्दा बढी प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको संघीय लिम्बुवान पार्टीका कोषाध्यक्ष एलपी पालुङ्वाले जानकारी दिनुभयो । यता, झापाको बिर्तामोडबाट छ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले मित्र लिङदेन, सामी पालुङ्वा, आइदेव राई लगायतलाई नियन्त्रणमा लिएको कोषाध्यक्ष पालुङ्वाले बताउनुभयो । प्रहरीले नियन्त्रण गरे पनि हड्तालको कार्यक्रम भने निरन्तर रहने उहाँको भनाइ छ । शान्तिपूर्ण आन्दोलनमा प्रहरीले दमन गरेको उहाँको आरोप छ ।

Read More