
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, २८ चैत । सभापतिसहित पदाधिकारी र केन्द्रीय सदस्य चुनेर मंसिर २०७८ मा १४औं महाधिवेशन सम्पन्न गरेको दल नेपाली कांग्रेसले महाधिवेशनको १६ महिना बित्दा पनि पार्टीको नीति तय गर्न सकेको छैन। १४औं महाधिवेशनबाट नेतृत्व चयन गरेर पार्टीको नीतिका लागि ६ महिनाभित्र छुट्टै अधिवेशन गर्ने निर्णय गरे पनि महाधिवेशनको १६ महिना बित्दासम्म कांग्रेस नीतिविहीन अवस्थामा छ । नीति निर्धारण नहुँदा कांग्रेसको मार्गदिशा नै अनिश्चित बनेको छ । कांग्रेसले १४औं महाधिवेशनबाट सभापतिमा शेरबहादुर देउवालाई चयन गरेको थियो भने पार्टीमा उपसभापति दुईसहित महामन्त्री दुई र विभिन्न क्षेत्रबाट प्रतिनिधित्व हुने गरी आठ जना सहमहामन्त्री निर्वाचनमार्फत चुनेको थियो । यस्तै, कांग्रेसले १४औं महाधिवेशनलाई नेता र…
झापा, २८ चैत । सार्वजनिक सेवा प्रवाह गर्ने पब्लिक कम्पनी अब अख्तियारको क्षेत्राधिकारमा आउने भएका छन्। पब्लिक कम्पनीलाई अख्तियारको क्षेत्राधिकारमा पर्ने गरी विधेयक पारित भएका हुन्। २०७६ माघदेखि राष्ट्रिय सभामा विचाराधीन अख्तियार दुरुपयोग अनुसन्धान आयोग र भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक सोमबार पारित भएका हुन्। राष्ट्रिय सभाबाट पारित विधेयक प्रतिनिधि सभाले पनि पारित गरेमा अख्तियारको अधिकार क्षेत्र बढ्नेछ। यसअघि पब्लिक कम्पनीलाई अख्तियारको अधिकार क्षेत्रमा राख्न लागिएको भन्दै विरोध भएपछि विधेयक पारितको प्रक्रिया नै अन्तिम समयमा रोकिएको थियो। सभाले पारितको कार्यसूची तय गरेपछि अन्तिम समयमा रोकिएका थिए। पारित विधेयकले सार्वजनिक संस्थाको परिभाषा थप गर्दै पब्लिक कम्पनीलाई अधिकार क्षेत्रमा पारेको हो। सार्वजनिक…
झापा, २८ चैत । झापाको शिवसताक्षी–८ झिलझिलेस्थित वाटर किङडम वाटर पार्कमा तीन दिवसीय ‘डे म्युजिकल इभेन्ट’ आयोजना हुने भएको छ । नयाँ वर्ष २०८० को अवसरमा चैत ३० गतेदेखि बैशाख २ गतेसम्म ‘डे म्युजिकल इभेन्ट’ हुने भएको हो । दैनिक बिहान १० बजेदेखि साँझसम्म कन्सर्ट तथा विभिन्न सुइमिङ्गका खेल तमासा हुने वाटर किंगडम पार्कका सञ्चालक राजकुमार संग्रौला तीर्थराज) ले जानकारी दिनुभयो । कन्सर्टमा प्रत्येक दिन अलग–अलग ब्याण्डको प्रस्तुति रहनेछ । चैत ३० गते झिल्के इन्दि कम्पनी र ट्रइवले रेन, बैशाख १ गते कालीप्रसाद बाँस्कोटा र बैशाख २ गते द एक्स ब्याण्डको प्रस्तुती रहने पार्कका प्रबन्ध निर्देशक सौजनराज संग्रौलाले जानकारी दिनुभयो…
भद्रपुर, २७ चैत । लामो समयदेखि मुआब्जा नपाएका भद्रपुर भन्सार मुआब्जा पीडितको न्यायका लागि भद्रपुर नगरपालिकाले अर्थमन्त्रालयमा माग सुनुवाइका लागि अर्थमन्त्रीको ध्यानाकर्षण गराएको छ । काँग्रेस नेता कृष्णप्रसाद सिटौलाको समन्वयमा अर्थमन्त्री प्रकाशरण महतसित नगर प्रमुख गणेश पोखरेल नेतृत्वको भद्रपुरका सरोकारवाला निकायका नेतृत्व कर्ताले अबिलम्ब मुआब्जा वितरणको माग गर्दै ध्यानाकर्षण पत्र बुझाएको हो । मुआब्जा पीडितको न्यायका लागि भन्दै नगर प्रमुख गणेश पोखरेलको नेतृत्वमा भद्रपुर ५ का वडाध्यक्ष बन्धु कार्की, ८ का वडाध्यक्ष गौरव सुब्बा मनोज, निवर्तमान नगर प्रमुख जीवनकुमार श्रेष्ठ, भद्रपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मी, उद्योग वाणिज्य महासंघ कोसीका निवर्तमान अध्यक्ष टिकाराज ढकाल, उद्योग संघ झापाका अध्यक्ष यमबहादुर…
झापा, २७ चैत । झापा विर्तामोडका व्यवसायी तथा सामाजिक व्यक्तित्व सन्तोष अग्रवाललाई नेपालकै पुरानो व्यावसायिक संगठन नेपाल चेम्बर अफ कमर्सले सम्मान गरेको छ । चेम्बर अफ कमर्सको ७२ र्औं साधारणसभाको अवसरमा चेम्बर अफ कमर्स कोशी प्रदेशका उपाध्यक्ष एवम् विर्तामोडस्थित सन्तोष भेराइटिजका सञ्चालक अग्रवाल सम्मानित भएका हुन् । उनलाई काठमाडौंमा आयोजित साधारणसभा समारोहका प्रमुख अतिथि प्रधानमन्त्री पुष्पकमल दाहालले कदरपत्र प्रदान गरे । मुलुकको जेठो व्यावसायिक संस्था चेम्बर अफ कमर्सको विस्तार र सुदृढीकरणमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै चेम्बरले करदरपत्रद्वारा सम्मान गरेको सम्मानित अग्रवालले बताए । झापामा चेम्बरको शाखा स्थापनामा अग्रवालको भूमिका रहेको थियो । उन िचेम्बर अफ कमर्स झापाको संस्थापक अध्यक्ष हुन्…
बिर्तामोड, २७ चैत । नेपाली कांग्रेस बिर्तामोड नगरपालिका ५ नम्बर वडा कार्यसमितिको आयोजनामा नयाँबर्ष २०८० सालको उपलक्ष्यमा शुभकामना आदान–प्रदान एवं भित्ते पात्रो (क्यालेण्डर) विमोचन कार्यक्रम सम्पन्न भएको छ । जिल्ला पार्टी कार्यालयमा सोमबार आयोजित कार्यक्रमका बीच प्रमुख अतिथि सुधिरकुमार शिवाकोटीसहित अतिथिहरुले संयुक्त रुपमा भित्ते पात्रो विमोचन गर्नुभएको हो । भित्तेपात्रो विमोचनपछि आयोजित सभामा बोल्दै प्रमुख अतिथि एवं संविधानसभा सदस्य शिवाकोटीले वडा समितिले रचनात्मक एवं दीर्घकालीन महत्व राख्ने कार्यक्रम गरेको धारणा राख्नुभयो । टोल एवं वडा बलियो भए कांग्रेस बलियो हुने र कांग्रेस बलियो भएमात्रै लोकतान्त्रिक शासन पद्धति बलियो हुने बताउँदै नेता शिवाकोटीले सक्रियतापूर्वक विकास निर्माण एवं जनजीवीकाका सवालमा कार्य गर्न…
झापा, २७ चैत । पत्रकार पारस तिम्सिनाको निधन भएको छ । बिर्तामोड–३ निवासी ३९ वर्षीय तिम्सिनाको उपचारका क्रममा मोर्तामोडस्थित बिर्तासिटी हस्पिटलमा निधन भएको हो । टाउकोमा व्लड जमेपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । उपचार गरेर घर लगिएको र फेरि उपचारका लागि अस्पताल पुर्याउनासाथ उनको निधन भएको बताइएको छ । विगतमा विभिन्न संचारमाध्यममा कार्यरत तिम्सिनाले पछिल्लो समय लेखापढी पेशा गर्ने गरेका थिए । यामनाथ तिम्सिनाका जेठा छोरा पारसको कन्काई माईमा अन्त्येष्टि गरिएको छ ।
शिवसताक्षी, २७ चैत । शिवसताक्षी नगरपालिकामा बारुण यन्त्र (दमकल) आज नगरपालिपकाको कार्यालयमा आइपुगेको छ । शिवसताक्षी नगरपालिकाका नगरप्रमुखले आफु निर्वाचित भएपछि पदभार ग्रहणका क्रममा नगरबासीको जन धनको क्षतिलाई जोगाउनका लागि दमकल खरिदको पहिलो निर्णय गरेका थिए । नगर प्रमुखले गरेको निर्णय कार्यन्वयनमा आएको छ । भारतको दिल्लीमा दमकल निर्माण गरी आज नगरपालिकामा ल्याइएको शिवसताक्षी नगरपालिकाले जनाएको छ । आगलागीबाट शिवसताक्षीका नागरिकले पटक पटक ज्यान गुमाउनु परेकाले आफु निर्वाचित भए पश्चात पहिलो निर्णय नै दमकल खरिदको गरेको र आज नगरपालिकामा आइपुगेको नगरप्रमुख मेगाहाङ्ग थोप्राले बताए । दमकल ल्याउन प्रकृयागत केही ढिला भएको थियो । उनले भने, हालसम्म दमकलका लागि ६० लाख…
बिर्तामोड, २७ चैत । नेकपा एमालेका पूर्वपोलिटब्यूरो सदस्य एवम् संविधान सभा सदस्य नरेश खरेलले पार्टी परित्याग गर्नुभएको छ । झापाको बिर्तामोडमा आज पत्रकार सम्मेलनको आयोजना गरी खरेलले पार्टी परित्यागको घोषणा गर्नुभएको हो । ५३ वर्षदेखि कम्युनिष्ट आन्दोलनमा सक्रिय खरेलले एमालेले जनताको हितमा काम गर्न नसकेको र नीति तथा विधिबाट विचलित भएकाले पार्टी परित्याग गरेको उहाँले बताउनुभयो । “एमालेले जनताको हितमा काम गर्न सकेन”, उहाँले भन्नुभयो, “लामो संघर्ष र बलिदानीबाट प्राप्त उपलब्धि समेत खतरामा परेको छ, एमालेले देश र जनताको हितमा काम गर्न सकेन ।” आफूले पार्टीभित्र अपमान र तिरस्कार पाए पनि देश र जनताको पक्षमा काम गरेको भए पार्टी छोड्ने…
बिर्तामोड, २७ चैत । झापाको बिर्तामोडमा राजस्थान मार्वल एण्ड टायल्स सञ्चालनमा आएको छ । बिर्तामोड–१ स्थित भगवान चोकमा सञ्चालनमा आएको राजस्थान मार्वल एण्ड टायल्सको आज एक कार्यक्रमका बीच उद्योग बाणिज्य संघ कोशी प्रदेश उपाध्यक्ष कुमारमणि पोखरेलले उद्घाटन गर्नुभयो । पसल उद्घाटन गर्दै उपाध्यक्ष पोखरेलले बजार चुनौतिपूर्ण अवस्थामा रहेको पसल सञ्चालनमा आएको बताउँदै असहज परिस्थितिमा पनि व्यवसाय सञ्चालन गर्नु प्रशंसनीय कार्य भएको बताउनुभयो । उहाँले सरकारले उद्योगी–व्यवसाय सहज रुपमा सञ्चालन हुने वातावरणमा लाग्नुपर्नेमा जोड दिनुभयो । राजस्थान मार्वल एण्ड टायल्समा ग्रेनाइड, मार्वल, टाइल्स, सेनेटरी र बाथरुम फिटिङका सामान पाइने पसलका सञ्चालक वलदेव चौधरीले बताउनुभयो । झापा, मोरङ, सुनसरी, इलाम, पाँचथर, ताप्लेजुङ…