झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, २० चैत । तीन जिल्लामा बैशाख १० गते हुने उपनिर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ। चितवन–२, तनहुँ–१ र बारा–२ मा हुने उपनिर्वाचनका लागि आज राजनीतिक दलहरूले आ–आफ्नो उम्मेदवारको मनोनय दर्ता गर्न लागेका हुन्। चितवन–२ मा कांग्रेसको तर्फबाट जितनारायण श्रेष्ठको उम्मेदवारी दर्ता गराउन महामन्त्री विश्वप्रकाश शर्मा चितवन जाने जनाइएको छ । गत मंसिर ४ मा सम्पन्न निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ४९ हजार ३ सय मतका साथ विजयी हुँदा कांग्रेस उम्मेदवार उमेश श्रेष्ठ १४ हजार ९८८ मत ल्याउँदै विशाल अन्तरले दोस्रो भएका थिए । तर, लामिछानेले खारेज भएको नागरिकता प्रयोग गरेको प्रमाणित भएपछि सांसद पद गुमाएका कारण आगामी…

Read More

झापा, २० चैत । रियल मड्रिडले रियल भालाडोलिडमाथि गोल वर्षा गरेको छ । आइतबार राति भएको खेलमा करिम बेन्जेमाले पहिलो हाफमा सात मिनेटको अन्तरमा ह्याट्रिक गरेपछि रियल ६–० गोलले विजयी बनेको छ । अप्रिल १९९२ मा एस्प्यानियोलमाथि ७–० को जितमा फर्नान्डो हिएरोले ६ मिनेटमा तीन गोल गरेपछि यो ला लिगा खेलमा मड्रिडको सबैभन्दा छिटो ह्याट्रिक थियो। रियलका लागि एसेन्सियो र लुकास भाज्क्वेजले पनि गोल गरे। जीतका बावजुद कार्लो एन्सेलोटीको टोली ला लिगाको शीर्ष स्थानमा रहेको बार्सिलोनाभन्दा १२ अंकले पछि छ । तर यो मड्रिडका लागि मनोबल बढाउने जीत थियो । रियलले कोपा डेल रे सेमिफाइनलको दोस्रो लेगमा बुधबार बार्साको सामना…

Read More

झापा, २० चैत । चैत १९ गतेसम्ममा १६ प्रतिशत जति मात्रै बीमा मध्यस्थकर्ता (अभिकर्ता) ले अनुमतिपत्र ९लाइसेन्स० नवीकरण गराएका छन् । नेपाल बीमा प्राधिकरणले दिएको जानकारीअनुसार आइतवार कार्यालय समयसम्ममा लाइसेन्स नवीकरण गराउने अभिकर्ताको संख्या ३५ हजार छ । यो लाइसेन्स नवीकरण गराउनुपर्ने कुल अभिकर्ता संख्याको १५ दशमलव ७८ प्रतिशत हो । नवीकरण गराउने अवधि अझै बाँकी भएकाले आउने दिनमा नवीकरण गर्नेको संख्या बढ्ने जानकारहरूको भनाइ छ । पर्याप्त संख्यामा बीमा अभिकर्ताले लाइसेन्स नवीकरण नगराएको र बीमकको प्रथम बीमा शुल्क घटेको तथ्यांकले यो व्यवसाय पनि सहज स्थितिमा नरहेको संकेत गर्छ । बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरू भने अर्थतन्त्रको अवस्थाले…

Read More

झापा, २० चैत । रोल्पा जिल्ला अदालतले जबरजस्ती करणीका तीनवटा मुद्दा झुटो भएको ठहर गरेको छ । अदालतले झुटो आरोपमा बलात्कार मुद्दा चलाउनु अपराध भएको भन्दै तीन महिलालाई कैद सजाय पनि सुनाएको छ । जबरजस्ती करणीमा चलाइएका तीन मुद्दा झुटो ठहरिएपछि आरोप लगाउने महिलालाई नै ३-३ महिना कैद सजाय हुने फैसला गरिएको हो जिल्ला अदालतको यही चैत ६ गतेको फैसलाअनुसार जबरजस्ती करणीको झुटो जाहेरी दिएकी माडी गाउँपालिकाकी एक महिलालाई तीन महिना कैद सजाय तोकिएको छ । त्यस्तै जिल्ला अदालतले जबरजस्ती करणीसम्बन्धी अर्को मुद्दामा लिवाङकी एक महिलालाई उनले दिएको जाहेरी झुटो ठहरेको भन्दै तीन महिना कैद सजाय हुने फैसला चैत २…

Read More

झापा, २० चैत । लामो समयदेखि बन्द रहेका चीनतर्फका उत्तरी नाका आगामी वैशाख महिनादेखि सबै खुला हुने भएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनी र चीनको स्वशासित क्षेत्र तिब्बतका उपाध्यक्ष सिलाङ निमाबीच हालै चीनमा भएको भेटका क्रममा ९मे १० वैशाख १८ गतेदेखि चीनतर्फका सबै नाका खुला हुने सहमति भएको हो । मन्त्रालयका सहसचिव एवं प्रवक्ता डा. नारायणप्रसाद रेग्मीले मे १ देखि चीनतर्फ व्यापारिक र सिजनल सबै नाका खुला हुने जानकारी दिए । भूकम्पपछि बन्द भएको सिन्धुपाल्चोकको कोदारी नाका र हुम्लाको यारी नाकालगायतका अन्य सबै नाका खुलाउने सहमति भएको प्रवक्ता रेग्मीले जानकारी दिए । चीनतर्फका नाकाहरूमा मुस्ताङको…

Read More

कनकाई, २० चैत । झापाको सुरुङ्गा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको निर्वाचनमा कांग्रेस, एमाले र माओवादीको संयुक्त उम्मेदवारलाई रास्वपाका उम्मेदवारले पराजित गरेका छन् । निर्वाचनमा अध्यक्षका उम्मेदवार स्वतन्त्रका भीमप्रसाद अधिकारी निर्वाचित भए । उनले स्वतन्त्र पार्टीको समर्थनमा उम्मेदवारी दिएका थिए । अधिकारीले १२८७ मत ल्याएका थिए । अधिकारीका प्रतिस्पर्धी कांग्रेस, एमाले, माओवादी, राप्रपा र जसपा समर्थित उम्मेदवार प्रेमप्रकाश चुँडाल १५२ मतले पराजित भए । चुडालले ११३७ मत ल्याएका छन् । अध्यक्ष बाहेक अन्य उपाध्यक्ष, सचिव, कोषाध्यक्ष ३ खुल्ला सदस्य र २ महिला सदस्यमा भने चुडाल प्यानल विजयी भएको छ । त्यस्तै उपाध्यक्षमा ५ दल समर्थित राजेन्द्र उप्रेती १ हजार १…

Read More

झापा, २० चैत । सन् २०२३ को मार्चमा ९९ हजार ४२६ जना पर्यटक नेपाल आएका छन्। नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्कअनुसार मार्चमा सन् २०२० मा सुरु भएको कोरोना महामारीयताकै सर्वाधिक पर्यटक नेपाल भित्रिएका हुन्। सन् २०२२ को यही महिनामा ४२ हजार छ जना पर्यटक आएका थिए भने सन् २०२१ को मार्चमा १५ हजार २५४ जना पर्यटक नेपाल भित्रिएका थिए। त्यस्तै सन् २०२० को मार्चमा ४२ हजार ७७६ र सन् २०१९ को सोही अवधिमा एक लाख २७ हजार ३५१ जना विदेशी पर्यटक हवाई मार्गबाट नेपाल भित्रिएका थिए। कोरोना महामारीले थला परेको पर्यटन क्षेत्रलाई सन् २०१९ कै अवस्थामा पु-याउन भारतपछि धेरै…

Read More

झापा, १९ चैत । नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल किसान महासंघ क्रान्तिकारी कनकाईले किसानका मागहरुको वारेमा कनकाई नगरको ध्यानाकर्षणपत्र बुझाएको छ । किसान महासंघ क्रातिकारीका कनकाई नगर संयोजक रामकुमार घिमिरे, जिल्ला सदस्य गोविन्द चापागाई लगायातको टोलीले कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेललाई भेटेर असिना पानीले कनकाई नगरमा पुर्याएको किसानको क्षतिलाई अनुगमन गरी तत्काल अल्पकालिन र दिर्घकालीन क्षतिपूर्तिको माग गरिएको छ । त्यसैगरी, ध्यानाकर्षणपत्रमा किसानले उत्पादन गरेका कृषि उपजलाई उचित बजारीकरण र उचित मुल्य समयमै मल बिउ बिजनको उपलब्धता हुनुपर्ने, नक्कली मल र बिउ विक्रीलाई तत्काल रोकिनुपर्ने, बढ्दो महगी नियन्त्रण, सुकुम्बासी र मजदुरलाई आवाशको व्यावस्था, बषौदेखि जोतभोग गर्दै आइरहेका किसानलाई जग्गा…

Read More

कनकाई, १९ चैत । गत शुक्रबार साँझ आएको हावाहुरीसहित आएको असिनाको कारण झापाको कनकाई नगरपालिकाका अधिकांश वडाहरूमा ठूलो क्षति पुर्याएको किसानको घरखेतमा नगरप्रमुख राजेन्द्र पोखरेल नेतृत्वको टोली पुगेको छ । शनिबार वडा नं. ८, ९ र आज आइतबार वडा नं. १, ७ र २ का प्रत्येक पीडित किसानका घर खेतमा नै पुगेर नगर प्रमुख पोखरेल, कृषि शाखाका प्रमुख यदु कुमार उप्रेती, कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर बिष्ट हरेक वडाका अध्यक्षसहितका जनप्रतिनिधि, टोल विकास संस्थाका प्रतिनिधि लगायतको टोलीले पीडित किसानहरूको घर खेतीमा पुगेर विवरण संकलन गरिरहँदा किसानमा आशा पलाएको देख्न सकिन्थ्यो । सोही क्रममा नगर प्रमुख पोख्रेलले घर, किचन र…

Read More

बिर्तामोड, १९ चैत । बिर्तामोड नगरपालिकाले वडा नम्बर २ मा ८० थान त्रिपाल वितरण गरेको छ । शुक्रवार साँझ आएको हावाहुरी सहितको असिना पानीले घरको छाना उडाएर विचल्लीमा परेका ७० घर परिवारलाई आज राहत स्वरुप त्रिपाल वितरण गरेको हो । ६० थान बिर्तामोड नगरपालिका र २० थान नेपाल रेडक्रस सोसाइटी बिर्तामोड शाखाको सहयोगमा गरी ८० थान त्रिपाल विभिन्न टोलमा पुगेर वितरण गरीएको हो । पीडितहरुलाई नगर प्रमुख पवित्रा महतारा प्रसाईले त्रिपाल हस्तान्तरण गर्नु भयो । नगर प्रमुख प्रसाईले तत्काल किनेर व्यवस्थापन गर्न नसक्नेहरुको लागि त्रिपाल वितरण गरीएको बताउनु भयो । उहाँले कृषकको क्षतिको विवरण संकलन गरेर कृषि ज्ञानकेन्द्रसंग समन्वय गरी…

Read More