
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
विर्तामोड, १२ चैत्र । बिर्तामोड नगरपालिकाको वडा नं-१० को वडा खेलकुद बिकास समिति गठन गरिएको छ ।आइतबार विर्तामोड वडा नं-१० को वडा सभाहलमा औपचारिक कार्यक्रमको आयोजना गर्दै सुरेन्द्र तुम्रोकको संयोजकत्वमा १० सदस्यीय कार्यसमिति चयन गरिएको छ । चयन भएका बिर्तामोड वडा नं-१० को वडा खेलकुद बिकास समितिका अध्यक्ष सुरेन्द्र तुम्रोक । समितिको उपाध्यक्षमा खड्ग बहादुर गुरुङ, समिर कटुवाल, सचिवमा नरेन तामाङ्ग चयन भएका छन् । त्यस्तै समितिको सदस्यहरुमा सरण गुरुङ, जिवन राई, दुर्लभ तिवारी, अरुण गुरुङ, विमल कन्दङवा र सपना लिम्बू चयन भएका छन् । । यस समितिमा २ जना पछि मनोनित गरिने नगर खेलकुद विकास समितिले जनाएको छ ।…
झापा, १२ चैत । झापाको मेचीनगर–१३ चारआलीस्थित पाउ पाथीभरा धाममा सुरु भएकोे भागवत पुराणमा भक्तजनहरुकोे घुइँचो लागेको छ । यही चैत ८ गतेदेखि सुरु भएको पुराण १६ गतेसम्म सञ्चालन हुँदैछ । पुराणमा पण्डितं शान्तिराम नेपालको प्रमुख वाचन र पण्डित पुण्यप्रसाद रिजालको उपवाचकत्व रहेका छन । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले उदघाटन गर्नु भएको पुराणमा पाथिभरा माताको मन्दिरमा हरेक दिन भक्तजन आफै उत्सहा साथ आउँने गर्नु भएको पुराण मूल आयोजक समितिका अध्यक्ष तिलकप्रसाद गिरीले जानकारी दिए । पुराणमा दानका लागि कसैलाई आग्रह नगरिने स्वेच्छिक दान मात्र संकलन गरिदै आएको छ । करिब ४० हजार जनाभन्दा बढी भक्तजन आउने अपेक्षा गरिएको पुराणमा हिजो…
कनकाई, १२ चैत । झापाको कनकाई नगरपालिकाको कर्मचारीको टिम झापा जिल्ला अन्तरपालिका कर्मचारी स्तरीय फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बिर्तामोड नगरपालिकाको आयोजनामा भइरहेको प्रतियोगिता अन्तर्गत शनिबार भएको रोमाञ्चक खेलमा हल्दीबारी गाउँपालिकाको कर्मचारीको टिमलाई ३–० शुन्य गोल अन्तरले पराजित गर्दै कनकाई नगरपालिकाको कर्मचारीको टिम प्रतियोगिताको कवाटरफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा भएको खेलमा कनकाईलाई जित दिलाउन खेल सुरु भएको छैटौं र ३० औं मिनेटमा कर्मचारी डिल्ली बिकले २ गोल गरेका थिए । अर्का कर्मचारी मनिस भट्टराइले कनकाईकालागि २० औं मिनेटमा थप एक गोल गरेका थिए । खेलमा कनकाईका मनिस भट्टराई म्यान अफ दी म्याच घोषित भएको…
झापा, १२ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल सत्ता गठबन्धन दलबीच आइतबारसम्म मन्त्रालय बाँडफाँटमा सहमति जुटाएर सोमबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा जुटेका छन्। प्रतिनिधिसभाबाट चैत ६ गते दोस्रोपटक विश्वासको मत लिएपछि प्रधानमन्त्री दाहालले शुक्रबारभित्रै मन्त्रिपरिषद् विस्तार गर्ने बताएका थिए। तर मन्त्रालय भागबन्डामा दलीय सहमति नजुट्दा दाहालले भनेअनुसार शुक्रबारसम्म मन्त्रिपरिषद् विस्तार हुन सकेन। सहमति जुटाउन सत्ता गठबन्धन दलबीच दुईपक्षीय, बहुपक्षीय छलफल र आन्तरिक गृहकार्य भने भइरहेको छ। माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले पार्टी पदाधिकारी बैठकमा आइतबार साँझसम्म सत्ता गठबन्धन दलको बैठक राखेर सोमबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भइरहेको बताएका छन्। माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले सोमबारसम्म मन्त्रिपरिषद् विस्तार भइसक्ने दाबी गरेका…
टीकापुर, १२ चैत । कैलालीको धनगढी उपमहानगरपालिकामा दरबन्दीभन्दा बढी स्वास्थ्य सेवाका कर्मचारी कार्यरत हुँदा तलब खुवाउन समस्या भएको छ । उपमहानगरमा दरबन्दीभन्दा धरै कर्मचारी थपिन पुग्दा त्यहाँ कार्यरत स्वास्थ्यका कर्मचारीले ६ महिनादेखि तलब खान पाएका छैनन् । उपमहानगरमा कर्मचारी समायोजन हुँदा १६ जना स्वास्थ्य सेवाका कर्मचारीको दरबन्दी कायम गरिएकोमा ५४ जना स्वास्थ्य सेवाका कर्मचारी पुगेपछि ६ महिनादेखि तलबभत्ता रोकिएको छ । कर्मचारी समायोजन ऐन, २०७४ अनुसार कायम गरिएको दरबन्दीभन्दा बढी स्वास्थ्यकर्मी कार्यरत छन् । उपमहानगरपालिकाले जथाभावी सरुवाको सहमति दिएपछि अहिले स्वास्थ्य सेवाका कर्मचारीलाई तलब खुवाउन समस्या भइरहेको छ । नगरप्रमुख गोपाल हमाललाई नियमित तलबभत्ता पाउनुपर्ने माग गर्दै कर्मचारीले ज्ञापनपत्र बुझाएर…
बिर्तामोड, १२ चैत । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले २८ औं स्थापना दिवसका अवसरमा ‘हाफ म्याराथन प्रतियोगिता’ गर्ने भएको छ । संस्थाले साकोसको स्थापना दिवसका अवसरमा आगामी चैत २१ गते ‘सहारा हाफ प्रतियोगिता’ आयोजना गर्ने भएको हो । २८ औं वार्षिकोत्सवको अवसर पारेर संस्थाको अतिरिक्त क्रियाकलाप उप–समितिले झापा जिल्ला खेलकुद विकास समितिको समन्वयमा चैत २१ गते २१.०९ किलोमिटर खुला हाफ म्याराथन प्रतियोगिता गर्न लागेको र प्रतियोगितामा देशभरिका खेलाडीले सहभागिता जनाउन पाउने छन् । आर्थिक, शैक्षिक, स्वास्थ्यसँगै खेलकुदलाई पनि प्रोत्साहन गर्ने उद्देश्यले म्याराथन आयोजना गरिएको जनाइएको छ । संस्थाको केन्द्रीय कार्यालयबाट शुरु भएको प्रतियोगिता चारपाने चोक, प्रभुराम चौक, सांगवेद…
झापा, १२ चैत । जुझारु युवा व्यवसायी राजकुमार कार्की (राजु) यतिबेला व्यवसायीको मत माग्न व्यस्त छन् । नेपाल उद्योग बाणिज्य महासंघको केन्द्रीय सदस्यमा उम्मेदवार बन्ने योजनाका साथ उनी व्यवसायीको मत माग्न व्यस्त भएका हुन् । कृष र व्यवसाय राम्ररी बुझेका उनलाई केन्द्रीय सदस्यमा विजय गराउन यहाँका व्यवसयायी समेत लागिपरेका छन् । झापाको बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरी नेपाल अलैंची व्यवसायी महासंघको नेतृत्वमा व्यवसायीहरुले महासंघका पूर्वअध्यक्ष कार्कीलाई विजय गराउन अपिल समेत गरेको छ । उद्योग वाणिज्य महासंघको काठमाडौमा आगामी चैत २८ र २९ गते हुने ५७औं वार्षिक साधारणसभासँगै नयाँ नेतृत्व चयनका लागि अधिवेशन हुँदैछ । कृषक, उद्योगी, व्यवसायीको पीर मर्का र…
झापा, ११ चैत । मिथिलामा श्रद्धा र निष्ठापूर्वक मनाइने वासन्ती छठ (बोलिचालीमा चैती छठ) पर्वको विधि आज सुरु भएको छ । चैत शुक्ल चतुर्थी (चौथी) देखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ मनाइने पर्वको पहिलो दिन आज बर्तालुले ‘नहाय–खाय’ (पवित्र स्नान गरेर शुद्ध खाने) विधिबाट पर्व प्रारम्भ गर्दैछन् । पर्वको पहिलो दिन पवित्र स्नान गरेर व्रत सङ्कल्प गरी चोखोनीतो खाने चलन छ । शरद र वसन्त ऋतुमा गरी वर्षमा दुईपटक मनाइने छठ सूर्य उपासनाको पर्व हो । शरद ऋतुमा कात्तिक शुक्ल चौथीदेखि सप्तमीसम्म र वसन्त ऋतुमा चैत शुक्ल चौथीदेखि सप्तमीसम्म समान विधिले यो पर्व सम्पन्न गरिन्छ । मधेस प्रदेशको प्राचीन मिथिला…
भद्रपुर, ११ चैत । नेकपा एमाले झापा जिल्लाकी पूर्व सदस्य मिना राजवंशीले पार्टी परित्यागको घोषणा गरेकी छिन् । साविक महेशपुर हाल भद्रपुर-६ घर रहेकी आदिवासी समुदायकी अग्रज नेतृ राजवंशीले पार्टी नेतृत्व स्वच्छारी र विचार सून्य गतिमा चलेको आरोप लगाउँदै पार्टी परित्यागको घोषणा गरेकी हुन् । प्रेस विज्ञप्ति जारी गर्दै राजवंशीले नेकपा एमाले पार्टीको नीति र सिद्धान्त जनताको पक्षमा नरहेको समेत दावी गरेकी छिन् । वर्षौंदेखिको लामो कम्युनिस्ट यात्रा अव स्वतन्त्र वाम भएर अगाडि बढ्ने समेत स्पष्ट पारेकी छिन् । राजवंशीले एमाले तमाम कम्युनिस्ट कार्यकर्ताको रगत पसिनाले निर्माण भए पनि पछिल्लो समय केही व्यक्तिको गुट गिरोह र प्राइभेट कम्पनीमा रूपान्तरण हुँदै…
बिर्तामोड, ११ चैत । बिर्तामोड नगरपालिकाले राजश्व संकलन तथा परिचालन सम्बन्धी नीतिगत व्यवस्थापक विषयमा छलफल गरेको छ । नगरपालिकाले शुक्रबार एक दिवसीय कार्यक्रमको आयोजना गरी छलफल गरेको हो । विषय विज्ञ तारानाथ निरौलाको सहजीकरणमा भएको कार्यक्रममा राजश्व,राजश्वको क्षेत्र, आवश्यकता र महत्व, कर निर्धारणका प्रकार, राजश्व परामर्श समितिको काम कर्तव्य र अधिकार, कर निर्धारण गर्दा ध्यान दिनु पर्ने कानूनी आधार, दण्ड जरिवाना निर्धारण क्षेत्र लगायतको विषयमा छलफल भएको छ । कार्यक्रममा चालु आर्थिक वर्षका लागि ३७ करोड रुपैयाँ राजश्व लक्ष्य तत्काल पुरा गर्न कठिन देखिएकोले आर्थिक वर्ष २०८२–८३ सम्ममा उक्त लक्ष्य हासिल गर्ने गरि राजश्वका दर परिमार्जन गर्ने तथा सबैलाई करको…