झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, २२ फागुन । फागुन १६ गते मङ्गलबार कालीमाटी फलफूल तथा तरकारी बजारमा भित्रिएको गोलभेँडाको नमुना परीक्षण गर्दा खान अयोग्य पाइयो । विषादीको रोकावट दर (विषादीको अवशेषको मात्रा) ३५ प्रतिशतभन्दा बढी हुनुलाई खान अयोग्य मानिन्छ तर परीक्षणको रिपोर्टमा विषादीको अवशेष ६८ प्रतिशत भेटियो । कालीमाटी तरकारी बजारभित्रै रहेको प्रयोगशालाले गोलभेँडा परीक्षणपछि घातक विषादी भेटिएकाले नष्ट गर्नुपर्ने भनेर कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिलाई बिहानको १० बजेतिर रिपोर्ट बुझायो । लगत्तै सुरक्षागार्डसहित समितिका अधिकारी तरकारी स्टलमा पुग्दा घातक विषादी भेटिएको गोलभेँडा बिक्री भइसकेको थियो । थोरै बाँकी रहेको गोलभेँडा समितिको नेतृत्वमा नष्ट गरियो । केन्द्रीय कृषि प्रयोगशालाअन्तर्गतको कालीमाटीको उक्त प्रयोगशालाले…

Read More

बिर्तामोड, २१ फागुन । झापाको मेचीनगर नगरपालिका–६ स्थित मेचीपुलबाट आज दिउँसो ४४ ग्राम ब्राउनसुगरसहित एक युवा पक्राउ परेका छन् । भारतबाट नेपालतर्फ आउँदै गरेका इलाम नगरपालिका–१२ का २४ वर्षीय सुजनबाला राई ब्राउसुगरसहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रप्रसाद रिजालले जानकारी दिनुभयो । उहाँका अनुसार इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर–६ स्थित मेचीपुलमा शंका लागेर चेकजाँच गर्दा उनको साथबाट ४४ ग्राम ब्राउनसुगर फेला परेको हो । लागुऔषधसहित पक्राउ परेका राईलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएइको छ ।

Read More

भद्रपुर, २१ फागुन । स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन अन्तरगत झापाको भद्रपुरस्थित मेची बहुमुखी क्याम्पसको निर्वाचन कार्यालयमा विद्यार्थीले आज तालाबन्दी गरेका छन् । चैत ५ गते हुन लागेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनमा आफूहरुलाई पाखा लगाउन खोजेको भन्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) झापाले क्याम्पसको निर्वाचन कार्यालयमा तालाबन्दी गरेका हुन् । स्ववियूको निर्वाचन अन्तर्गत संगठन दर्ता गर्न फागुन १९ गते समयमै संगठन दर्ता गर्न गए पनि मेची बहुमुखी क्याम्पसको निर्वाचन समितिले समय सकिएको भन्दै दर्ता नगरेको अनेरास्ववियु झापाका अध्यक्ष हरिप्रसाद भट्टराईले बताउनुभयो । “त्रिभुवन विश्वविद्यालयको निर्देशनलाई धज्जी उडाएर क्याम्पसले मनोमानी गर्यो”, उहाँले भन्नुभयो, “समय छँदै समय सकियो भनेर…

Read More

कनकाई, २१ फागुन । झापाको कनकाईमा जारी महिला फुटबल प्रतियोगितामा आज भएको पहिलो सेमीफाइनल खेलबाट आयोजक कनकाई महिला फुटबल क्लव फाइनलमा प्रवेश गरेको छ । पारिजात महिला फुटबल क्लव सालबारीलाई ५—० को गोल अन्तरले पछि पार्दै आयोजकले फाइनलको यात्रा तह गरेको हो । आयोजकका तर्फबाट जर्सी नं. ११ की अनिता लम्जेलले खेल सुरु भएको ६ मिनट र ४७ औं मिनटमा एक÷एक गोल गरेर खेललाई प्रारम्भिक चरणबाटै अग्रता दिलाइन् । त्यसैगरी, जर्सी नं.१५ की लक्ष्मी श्रेष्ठले समेत खेलको २१ औं र ३१औं मिनटमा गरी दुई गोल गर्न सफल भइन् भने जर्सी नं.१२ की ममता राउतले खेलको २४ औं मिनटमा एक गोल…

Read More

झापा, २१ फागुन । बढ्दो लागुऔषध दुव्र्यसन नियन्त्रण र विपद् व्यवस्थापनका विद्यालयस्तरबाटै अभियान चलाउनुपर्नेमा जोड दिइएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालय, कोसी प्रदेशले हामी स्वयम्सेवी अभियान अन्तरगत आज भद्रपुरमा आयोजना गरेको ‘प्रधानाध्याक तथा शिक्षक नायक अभिमुखीकरण’ कार्यक्रममा सहभागीहरुले त्यस्तो जोड दिएका हुन् । उनीहरुले विद्यालय उमेरका किशोरकिशोरी बढी लागुऔषध दुव्र्यसनमा फस्ने भएकाले विद्यालय स्तरबाटै प्रभावकारी अभियान चलाउनुपर्नेमा जोड दिए । कार्यक्रममा जिल्ला समन्वय समिति झापाका अध्यक्ष विश्व बरालले समाज परिवर्तनमा सबैको भूमिका जरुरी रहेको बताउनुभयो । नागरिक स्वस्थ, शिक्षित र नैतिक हुनुपर्ने बताउनुहुँदै उहाँले भन्नुभयो, “विद्यालयबाटै त्यो सम्भव छ ।” झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले लागुऔषध दुव्र्यसनले…

Read More

झापा, २१ फागुन । नयाँ चाहना समूहको आयोजनामा अर्जुनधारास्थित वडा न १ मा बृहत आँखा शिविर सम्पन्न भएको छ । मेची नेत्रालय काँकरभिट्टा र हेल्पिङ हेड्स हेल्थ एजुकेसन (युएसए) को प्राविधिक सहयोग रहेको शिविरमा स्थानीय ६ सय २७ जनाले सेवा लिएको नयाँ चाहना समुहका अध्यक्ष सुरज शेर्पाले जानकारी दिए । उनका अनुसार अर्जुनधारा नगरपालिका वडा न १ को सोमबारे बजार सिस्नेमा भएको आँखा शिविरमा ६ सय २७ जनाको आँखा परिक्षण गरिएकोमा ३ सय ४२ जनालाई रिडिङ ग्लास उपलब्ध गराइएको थियो । उनीहरुलाई रिडिङ ग्लास हेल्पिङ हेन्ड्स हेल्थ एजुकेसनले निशुल्क रुपमा उपलब्ध गराएको थियो । सो आँखा शिविरबाट मोतिबिन्दु भएका ४२…

Read More

विराटनगर, २१ फागुन । काठमाडौं वल्र्ड स्कुलले मोरङको विराटनगरमा शैक्ष्ँिक अन्तरक्रियाको आयोजना गरिएको छ । आइतबार स्कुलका चियरमेन इ.डा. मिथिलेशकुमार झा तथा प्रिन्सिपल केशर बहादुर खुलालको उपस्थितिमा कार्यक्रमको आयोजना गरिएको हो । वल्र्ड स्कुलको नेपाल टुर अन्तरगत धरानमा आयोजित कार्यक्रममा प्राविधिक तथा जीवनपयोगी शिक्षाका लागि काठमाडौं वल्ड स्कुल विशिष्ट श्रेणीको स्कुल रहेको जानकारी गराइयो । प्रिन्सिपल केशर बहादुर खुलालले शान्त तथा सौहार्दपूर्ण वातावरणमा उत्कृष्ट शिक्षा स्कुलले प्रदान गरिरहेको बताए । उनले वर्षेनि नेपाल वाहिर जाने विद्यार्थीलाई नेपालमै शिक्षा प्रदान गर्न स्थापित स्कुलले गुणस्तरिय शिक्षा प्रदान गरिरहेको बताए । अविभावकले आफ्ना छोराछोरीले सम्पूर्ण कुरा दिईरहेकोमा समय दिन नसकीरहेको बताए । गूणस्तरिय…

Read More

बिर्तामोड, २१ फागुन । नेपाल हिन्दूराष्ट पुर्नस्थापना मञ्चका अध्यक्ष डा विष्णुप्रसाद बरालले नेपाललाई विदेशीको हस्तक्षेपबाट मुक्त गराउनु पर्ने बताएका छन् । नेपाल हिन्दूराष्ट पुर्नस्थापना मञ्चले बिर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै विश्व मानव अधिकार संरक्षण आयोगका उपाध्यक्ष समेत रहेका डा वरालले विदेशी हस्तक्षेत्रका कारण मुलुकमा अस्थिरता बढेर गएको भन्दै चिन्ता व्यक्त गरेका छन् । उनले नेपाल हिन्दूराज्य नभएसंम विदेशीले धर्मका नाममा चलखेल गरिरहने र कुनै न कुनै वहानामा नेपाल र नेपालीको स्वाधीनतामाथि विभिन्न खाले गतिविधि गर्दै मुलुकलाई अस्थिरता तर्फ धकेलिरहने बताए । विदेशीको हस्तक्षेत्रकै कारण कुनै पनि नेपालीलाई मुलुकमा आत्मनिर्भर बन्न नदिने र यहाँका युवालाई रोजगारीका नाममा विदेश पठाएर विदेशी…

Read More

ओखलढुंगा, २१ फागुन । ओखलढुंगाको चिसंखुगढी गाउँपालिका–३ स्थित भित्रि सडक खण्डमा बलेरो गाडी दुर्घटना हुँदा २ जनाको घटना स्थलमा नै मृत्यु भएको छ भने १२ घाइते भएका छन । आज बिहान पौने ८ बजे ओखलढुंगाको खानिभञ्याङबाट सदरमुकाम आउदै गरेको ना १ ज ८४८३ नम्बरको बलेरो गाडी अनियन्त्रित भई सडकबाट करिव १०० मिटर तल झरी दुर्घटना हुँदा चिसंखुगढी–३ का ५२ वर्षीय मिन बहादुर श्रेष्ठ र ७० वर्षीय भक्तबहादुर थापाको घटना स्थलमा नै मृत्यु भएको हो । दुर्घटना स्थलमा पुगेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाको प्रहरी निरीक्षक देबेन्द्र दास सहितको टोलीले गाडीको चालक सहित १० जना घाईतेहरुलाई उद्घार गरी उपचारको लागि सिम्रिक एयरको…

Read More

झापा, २१ फागुन । झापाको कमल गाँउपालिका–७ मगर चोक स्थितमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । हिजो बेलुका साढे ५ बजे दक्षिणबाट उत्तर तर्फ जादै गरेको प्रदेश १(०१(०१४ प ८२३७ नम्बरको स्कुटी आफै अनियन्त्रीत भई दुर्घटना हुँदा घाईते भएका स्कुटी चालक दमक नगरपालिका(२ का २० बर्षीय रिवाज पौडेल र स्कुटीमा पछाडी सवार दमक नगरपालिका(८ का १८ बर्षीय सुरज चौधरीलाई उपचारको लागि द्य७ऋ अस्पताल बिर्तामोडमा लागिएकोमा उपचारको क्रममा पौडेलको मृत्यु भएको हो भने चौधरीको लाईफलाईन अस्पताल दमकमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ…

Read More