
झापा, २१ फागुन । नयाँ चाहना समूहको आयोजनामा अर्जुनधारास्थित वडा न १ मा बृहत आँखा शिविर सम्पन्न भएको छ ।
मेची नेत्रालय काँकरभिट्टा र हेल्पिङ हेड्स हेल्थ एजुकेसन (युएसए) को प्राविधिक सहयोग रहेको शिविरमा स्थानीय ६ सय २७ जनाले सेवा लिएको नयाँ चाहना समुहका अध्यक्ष सुरज शेर्पाले जानकारी दिए ।
उनका अनुसार अर्जुनधारा नगरपालिका वडा न १ को सोमबारे बजार सिस्नेमा भएको आँखा शिविरमा ६ सय २७ जनाको आँखा परिक्षण गरिएकोमा ३ सय ४२ जनालाई रिडिङ ग्लास उपलब्ध गराइएको थियो । उनीहरुलाई रिडिङ ग्लास हेल्पिङ हेन्ड्स हेल्थ एजुकेसनले निशुल्क रुपमा उपलब्ध गराएको थियो । सो आँखा शिविरबाट मोतिबिन्दु भएका ४२ जनाको आँखाको अपरेसनका लागि अस्पताल पठाइएको थियो ।
आँखा शिविर कार्यक्रम सम्योजन गरिरहेका संस्थाका सचिब मदन राईका अनुसार ८ जनाको आँखाको अपरेसन गरिसकिएको छ भने बाकी सबैको निरन्तररूपमा अपरेसन गरिनेछ ।
नयाँ चाहना समूह झापाका युवाहरुद्वारा संचालित सामाजिक संस्था हो । यसले विभिन्न रचनात्मक तथा सेवामुलक कार्य गरिरहेको छ । युवाहरूलाई सामाजिक सेवा मार्फत अगाडि बडाउन यो संस्थाले सक्रियतापुर्वक काम गरिरहेको छ । सो आँखा शिविरको स्थानीय नमुना बजार ब्यवस्थापन समितिले सहयोग गरेको थियो ।
सो शिविरमा वडा न १ का वडा अध्यक्ष उपेन्द्र बस्नेत, संस्थाका पुर्व अध्यक्ष सुनिल थापाहरु, रोजित गुरुङ, कनकाई क्याम्पस नेबिसंघ इई सभापति किरण गुरुङ, विद्यार्थी नेता पुकार नेउपाने, सचिब मदन राई लगायतको उपस्थिति रहेको थियो ।

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



