झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

कनकाई, ९ फागुन । कनकाई नगरपालिका–४ का शिवशनी परोपकार संस्थाका युवाले १५ लाखको लागतमा गाउँमै शिवालय मन्दिर निर्माण गरेका छन् । युवा समुदायले स्थानीय कनकाई माविको ५ कठ्ठा जमिनलाई घेराबारा गरी सुन्दर मन्दिर र फुलबारी निर्माण गरेका हुन् । गत शनिबार महाशिवरात्रिको अवसरमा मन्दिरको उद्घाटन गरिएको छ । उद्घाटन अघि तीन दिनसम्म पुजाआजाका साथ प्राण प्रतिष्ठा समेत गरिएको थियो । पछिल्लो समय युवा समुदाय धर्मसस्कृति भन्दा पनि विकृति र कुलतमा फसिरहेको कारण आफुहरुले गाउँमा युवालाई सत्कर्ममा लगाउनका लागि गाउँमै मन्दिर निर्माण र धर्म सस्कृतिको जर्गेनामा लागिपरेको शिवसनी परोपरकार संस्थाका अध्यक्ष तुलाराज विश्वकर्माले बताउनुभयो । युवालाई रङ्गशालाका माध्यमबाट खेल र मन्दिरका…

Read More

झापा, ८ फागुन । झापामा यस वर्ष नौ लाख बढीलाई हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइने भएको छ । स्वास्थ्य कार्यालय झापाले आज बिर्तामोड नगरपालिकाको सभाहलमा हात्तीपाइले रोगविरुद्धको अभियानबारे पत्रकारसँग अन्तरिक्रया कार्यक्रमको आयोजना गरी नौ लाख नौ हजार ५७३ जनालाई औषधि सेवन गराउन लागिएको जनाएको छ । जिल्लामा फागुन ११ गतेदेखि हात्तीपाइले रोगविरुद्धको १२ औं पटकको अभियान सञ्चालन गर्न लागिएको स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाराकोटीले जानकारी दिनुभयो । यसअघि उमेरका आधारमा औषधि सेवन गराइँदै आएको यस पटक उचाइ नापेर औषधि सेवन गराइने उहाँले बताउनुभयो । “उचाइका आधारमा तीन वटादेखि नौ वटासम्म औषधि खुवाइने छ”, उहाँले भन्नुभयो । झापामा तीन प्रकारका औषधि…

Read More

भद्रपुर, ८ फागुन । चर्च ब्वाइज युनाइटेड प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकपको क्वाटरफाइलनमा प्रवेश गरेको छ । सोमबार मेची रंगशालामा भएको खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–० को अन्तरले पराजित गर्दै चर्च ब्वाइजले क्वाटरफाइनलको यात्रा तय गरेको हो । चर्च ब्वाइजको जितका लागि आशिष चौधरीले दुई र गगनदीप सिंहले एक गोल गरे । सिंहले ४० औँ र चौधरीले खेलको ५६ औँ र ६० औँ मिनेटमा गोल गरे । किप्परबाट पञ्च भएको बललाई पेनाल्टी एरियामा रहेका सिंहले गोलमा परिणत गरेका थिए । पहिलो गोलपछि आग्रमक बनेको चर्च ब्वाइजले दोस्रो हाफमा थप दुई गोल ग¥यो । दुवै गोल चर्च ब्वाइजका स्ट्राइकर…

Read More

कनकाई, ८ फागुन । स्थानीय सरकार शिक्षा क्षेत्रको विकासका लागि सबै प्रकारका सहयोग गर्न तयार रहेको कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले बताउनुभएको छ । आइतबार कनकाई नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाद्वारा आयोजित कनकाई नगर स्तरीय शैक्षिक अन्तरक्रियात्मक कार्यक्रममा बोल्दै नगरप्रमुख पोख्रेलले सो कुरा बताउनुभएको हो । नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा प्रमुख सहजकर्ताको रूपमा आउनुभएका प्राडा विद्यानाथ कोइरालाले दलकर्मी होइन, पेसाकर्मी शिक्षक आजको मुलुकको खाँचो रहेको बताउनुभएको छ । उहाँले हरेक समयमा शिक्षण र विद्यार्थीको स्तर उकास्ने कुरामा चिन्तन गर्ने शिक्षक हुनसकेमा मात्र आशातीत सफलता प्राप्त हुनेमा जोड दिनुभयो । कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा नगरभित्रका २२…

Read More

झापा, ८ फागुन । एभोकाडोको व्यावसायिक खेती सुरु भएको करिब एक दशक बितेको छ । २०२८ सालमा ‘कृषि अनुसन्धान केन्द्र, पाख्रिबास’ स्थापना गर्न अध्ययनका लागि आएको बेलायती टोलीले लिएर आएको एभोकाडो धनकुटा हुँदै नेपालका अन्य जिल्लामा पनि भित्रिएको हो । लामो समयसम्म यसको व्यावसायिक खेती हुन सकेन । धनकुटालगायत केही पहाडी जिल्लामा एक दशकयता भने यसको व्यावसायिक खेती हुँदै आएको छ । खेती बढ्दै जाँदा विभिन्न रोग, कीराको समेत समस्या देखिन थालेको छ । तर यस विषयमा सरकारी निकायबाट कुनै अध्ययन र अनुसन्धान भएको पाइँदैन । सरकारको आधिकारिक निकायले अनुसन्धान गरेर उपयुक्त ठहर गरेपछि मात्र खेतीका लागि राम्रो मानिन्छ तर नेपालमा केहीबाहेक अधिकांश फलफूल पहिले कृषकले…

Read More

झापा, ८ फागुन । वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगारबाट फर्केका न्यूनतम तीन हजार जनालाई लक्षित गरेर पुनः एकीकरणसम्बन्धी कार्यक्रम सञ्चालनको तयारी गरेको छ । वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिको पुनः एकीकरण कार्यक्रम (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका–२०७९ जारी भएसँगै चालू आर्थिक वर्षबाट कार्यक्रम सुरु गर्ने गरी तयारी गरेको हो । बोर्डका सूचना अधिकारी मैयाँ कँडेलले पहिलो वर्ष वैदेशिक रोजगारबाट फर्किएका तीन हजार युवालाई लक्षित गरी ‘पाइलट प्रोजेक्ट’का रूपमा पुनः एकीकरणका कार्यक्रम सञ्चालनका लागि तयारी गरेको जानकारी दिए । उक्त कार्यक्रम सञ्चालनका लागि चालू आर्थिक वर्ष २०७९-८० मा वैदेशिक रोजगारीमा बढी गएका १५६ वटा स्थानीय पालिकालाई कार्यक्रमको प्रस्ताव पठाइएकोमा अधिकांशबाट आइसकेको पनि उनले…

Read More

झापा, ८ फागुन । यस वर्षको एसईई परीक्षाको प्रश्नपत्र छपाइ शुरू भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठसहितको टोली शनिबार जनक शिक्षा सामग्री पुगेको थियो। त्यसलगत्तै हिजो आइतबारबाट प्रश्नपत्र छपाइ शुरू भएको हो । नेपाली सेनासहित तीन सुरक्षा निकायको घेराभित्र प्रश्नपत्र छपाई भइरहेको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका प्रवक्ता चित्रकुमार आचार्यले करिब ७२ जनाको सुरक्षा घेरामा प्रश्नपत्र छाप्न थालिएको जानकारी दिए । सुरक्षाको कमान्ड नेपाली सेनाका सेनानीले गरेका छन्। भित्री घेरामा नेपाली सेना, त्यसपछि सशस्त्र र सबैभन्दा बाहिरी घेरामा नेपाल प्रहरीको टोली परिचालित छन् । केन्द्रका करिब ५० जना कर्मचारीले प्रश्नपत्र छाप्नेछन्।…

Read More

बिर्तामोड, ८ फागुन । झापाको बिर्तामोड नगरपालिकाले कृषि औजार तथा सामाग्री वितरण गरेको छ । आइतबार नगरपालिकामा आयोजित एक कार्यक्रमका बीच लागत सहभागितामा विभिन्न ११ प्रकारका सामाग्री वितरण गरेको हो । कृषि शाखाले आयोजना गरेको कार्यक्रममा नगरका सबै वडामा रहेका तरकारी पकेट कार्यक्रम अन्तर्गत रहेका कृषकहरुलाई ५० प्रतिशत अनुदानमा कृषि औजार तथा सामाग्री वितरण गरीएको हो । नगरपालिकाले मिनि ट्रेलर ९ थान, ड्रिल मेशिन ३ थान, ड्यांग बनाउने मेशिन १ थान, उकेर लगाउने मेशिन १ थान, हर्वना ४५ थान, स्प्रे ट्यांकी ४५ थान, मल्चिन ३७ थान, टनेल ४० थान, हलो ५० थान, झार गोड्ने काँटा ६० थान र विभिन्न प्रकारका…

Read More

झापा, ८ फागुन । नेपाल अलैंची व्यवसायी महासंघको टोली दुबई प्रस्थान गरेको छ । फेब्रुरी २० देखि २४ तारिख सम्म हुने गल्फ फुड एक्जिवेशनमा सहभागि हुन महासंघको केन्द्रिय अध्यक्ष निर्मल भट्टराईको नेतृत्वमा व्यसायीहरुको टोली आज आईतबार युएइ प्रस्थान गरेको हो । नेपाल सरकार व्यापार तथा निकासी प्रबद्धन केन्द्रको सहजिकरणमा हुन गइरहेको मेलामा नेपाली कृषि जन्य बस्तु अलैंची, चिया अदुवा लगायतको पनि स्टल रहने महासंघले जनाएको छ । बिगत केहि बर्षदेखि नेपाली उत्पादनलाई अन्तराष्ट्रिय बजारमा चिनाउन र व्यापार बिस्तारमा समेत ठुलो टेवा पुग्ने अपेक्षा सहित महासंघको टोलि युएइ गएको महासंघका अध्यक्ष निर्मल भट्टराईले जानकारी दिए । नेपाली अलैंचीको मूख्य बजार दुवई…

Read More

बिर्तामोड, ८ फागुन । उपप्रधानमन्त्री एवम् राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रपतिको निर्वाचनमा आफ्नो पार्टीले भाग लिने बताएका छन् । आइतवार बिर्तामोडस्थित संवाद समूहमा भएको कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री लिङ्देनले राप्रपाले राष्ट्रपतिमा सत्तासाझेदार दलको उम्मेदवारलाई मतदान गर्ने स्पष्ट पारे । राजतन्त्रको वकालत गरिरहेको राप्रपाले राष्ट्रपतिको निर्वाचनमा भाग लिन्छ या लिँदैन, राष्ट्रपतिको निर्वाचनको विषयलाई लिएर सत्ता साझेदार दलहरुबीच देखिएको फरक मतका विषयमा सञ्चारकर्मीले उठाएको जिज्ञासामा प्रष्ट्याउँदै उपप्रधानमन्त्री लिङ्देनले यस्तो बताएका हुन् । आफ्नो पार्टी संविधानका केही विषयमा आधारभूत रुपमै फरक मत राख्दै आएको भए पनि मुलुकको अवस्था अनुसार विद्रोहको बाटो नरोजेर संविधान परिवर्तन गर्न पाउने सुविधाको उपभोग गर्दै अघि बढेको समेत…

Read More