झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, १३ चैत । कोशी प्रदेशको मन्त्रिपरिसदले विभिन्न पाँच निर्णय गरेको छ । आज बसेको बैठकले प्रदेश प्रशिक्षण प्रतिष्ठान कलबलगुडी झापाको रिक्त निर्देशक पदमा अर्को व्यवस्था नहुञ्जेलसम्मका लागि निर्देशकका रुपमा प्रदेश सचिव कृष्ण सापकोटालाई जिम्मेवारी दिने निर्णय गरेको छ । त्यस्तै, पर्यटन, वन वातावरण मन्त्रालयद्वारा पेश गरिएको दुईवटा संसोधन विधेयक प्रदेश वातावरण संरक्षण ऐन २०७६ र प्रदेश वन ऐन २०७७ लाई प्रदेश सभामा पेश गर्न स्वीकृति प्रदान गर्ने भएको छ । यस्तै, आर्थिक मामिला तथा योजना मन्त्रालयद्वारा पेश गरिएको समपुरक अनुदान कार्यविधि संसोधन प्रस्ताव पारित गर्ने, प्रदेश नामाकरणमा भूमिका खेल्ने प्रदेश सभा सभामुख, उपसभामुख, प्रदेश सभा सदस्यहरु, प्रदेश सभा सचिवालय,…

Read More

बिर्तामोड, १३ चैत । यही चैत २१ गते झापाको चारपानेमा हुन गइरहेको सहारा हाफ म्याराथनमा नेपालका कीर्तिमानी धावक बैकुण्ठ मानन्धर र भेट्रान्स धावक बुद्धवीर लामा आउने भएका छन् । आयोजक सहारा नेपाल साकोस अतिरिक्त क्रियाकलाप उपसमिति संयोजक एवम् झापा जिल्ला खेलकुद विकास समिति अध्यक्ष प्रशान्त भण्डारीका अनुसार खेलाडीहरुको हौशला बढाउन ७१ वर्षीय मानन्धर र ६४ वर्षीय लामा आउने भएका हुन् । मानन्धरले सन् १९७६ मा क्यानडाको मोन्ट्रियलमा भएको २२ औँ ओलम्पिकमा पहिलोपटक नेपालको प्रतिनिधित्व गरेका थिए । उनी लगातार चारपटकसम्म ओलम्पिकमा सहभागी हुने एक मात्र नेपाली खेलाडी हुन् । पहिलो दक्षिण एसियाली खेलकुदका स्वर्णधारी उनले ४१ वर्षसम्म एकछत्र राज गरेका…

Read More

झापा, १३ चैत । पूर्वकै व्यापारिक केन्द्रको रुपमा स्थापित हुँदै गएको झापाको बिर्तामोड नगरपालिकामा जग्गाको कित्ताकाट खुलेको छ । नगरपालिकाको वडा नम्बर १ देखि ५ सम्मका जग्गाको कित्ताकाट खुलेको हो । जग्गा वर्गीकरणका सबै प्रक्रिया पूरा गरेर पाँच वटा वडाको कित्ताकाट खुलाउन भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुरलाई गत फागुन २१ गते पत्राचार गरिएको बिर्तामोड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार न्यौपानेले जानकारी दिनुभयो । कित्ताकाटस“गै उक्त वडाहरुको जग्गाको विवरण अद्यावधिक गर्ने कार्यसमेत आइतबारदेखि सुचारु भएको उहाँले बताउनुभयो । बिर्तामोड–७, ८ र ९ को जग्गा वर्गीकरणको काम अन्तिम चरणमा पुगेको छ भने वडा नम्बर ६ र १० को पुनः सूचना प्रकाशन…

Read More

बिर्तामोड, १३ चैत । झापाको बिर्तामोडमा वडास्तरीय फुटसल प्रतियोगिता हुने भएको छ । नगर खेलकुद विकास समिति बिर्तामोडको आयोजनामा यही चैत १७ र १८ गते वड़ा स्तरीय फुटसल प्रतियोगिता हुने भएको हो । बिर्तामोड नगरपालिकाको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताबारे जानकारी दिएको हो । फुटसल खेलको प्रवद्र्धन तथा खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको प्रतियोगितामा १० वटाका १० वटै टिम सहभागी हुने नगर खेलकुद विकास समितिका अध्यक्ष विकास गिरीले जानकारी दिनुभयो । प्रतियोगिता बिर्तामोड–१ स्थित एफ्सुलेट फुट्सलमा हुनेछ । प्रतियोगिताको विजेताले ५० हजार र उपविजेताले रू २५ हजार, मेडल, ट्रफी र प्रमाण–पत्र प्राप्त गर्ने समितिका सदस्य सुदिप खवासले…

Read More

बिर्तामोड, १३ चैत । झापाको बिर्तामोड–३ पुण्डरी चोकबाट लागुऔषधसहित एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा इलाम चुलाचुली–४ का २७ वर्षीय सुरेश लिम्बु रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले प्रतिबन्धित लागुऔषध ब्राउन सुगर जस्तो देखिने लिसाईलो पदार्थ १६ ग्राम ८०० मिलिग्रामसहित लिम्बुलाई पक्राउ गरेको हो । पक्राउ परेका लिम्बुलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Read More

झापा, १३ चैत । दूषित पानी पिउँदा तनहुँको म्याग्दे गाउँपालिका ४ मनहरिका करीब तीन सय ५० जना बिरामी भएका छन् । पीपलटार खानेपानी उपभोक्ता समूहको खानेपानीको ट्याङ्कीमा लाश सडेगलेर दूषित भएकाले उक्त सङ्ख्यामा बिरामी भएका हुन् । म्याग्दे गाउँपालिकाका अध्यक्ष बालकृष्ण घिमिरेले पानी दुर्गन्धित खाएपछि सो क्षेत्रका १४८ घरपरिवारका बासिन्दा विरामी भएको जानकारी दिनुभयो । उपभोक्तले ट्यांकीमा शव देखेपछि मनोविज्ञानमा असर परी वान्ता गर्ने गरेको र सबैजना विरामी भएको घिमिरले बताउनु भयो । ‘‘ट्याङ्कीमा शव भेटिएपछि किलकिलाएर धेरै जसोले बान्ता गरेका छन्’’ उपाध्यक्ष घिमिरेले भन्नुभयो । उहाँल तत्कालको लागि मूलको पानी दुर्गन्धित ट्याङ्की नराखी बैकल्पिक व्यवस्था पालिकाले गर्न लागेकोे जानकारी…

Read More

झापा, १३ चैत । नेपाल टेलिकमको टेलिफोन ग्राहक र इन्टरनेट ग्राहक दुवैमा क्रमशः कमी आउन थालेको छ । नेपाल दरसञ्चार प्राधिकरणले आइतबार सार्वजनिक गरेको पुस महिनासम्मको प्रतिवेदनले टेलिकमको ग्राहक घट्दै गएको देखाएको हो । गत मंसिरसम्ममा कुल १ करोड ९९ लाख ७७ हजार ३९ इन्टरनेट ग्राहक भएको नेपाल टेलिकमको पुस महिनासम्ममा आइपुग्दा १ करोड ९६ लाख २२ हजार ६ सय ५४ मा सीमित भएको हो । मंसिरदेखि पुससम्मको एक महिनामा मात्रै ३ हजार ३ सय २९ जना ग्राहक गुमाएको हो । टेलिकमको टेलिफोन ग्राहक पनि २ करोड १३ लाख २५ हजार ३ सय ५१ बाट २ करोड ९ लाख ८०…

Read More

झापा, १३ चैत । बैंक, वित्तीय संस्थाहरूसँग तरलताको अवस्था सहज हुन थालेपछि सरकारको आन्तरिक ऋण सस्तो हुन थालेको छ । बैंकहरूले ब्याजदर घटाएर लगानी गर्न थालेपछि सरकारले १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउने औजार ट्रेजरी बिल्सको औसत ब्याजदर माघ महीनामा चालू आर्थिक वर्ष ९आव० कै न्यून विन्दुमा झरेको हो । नेपाल राष्ट्र बैंकका अनुसार चालू आवको माघमा २८ दिने ट्रेजरी बिल्सको औसत ब्याजदर ५ दशमलव ९ प्रतिशतमा झरेको छ । यसअघि गत मङ्सिरमा ट्रेजरीको औसत ब्याजदर चालू आवकै उच्च ९ दशमलव ४५ प्रतिशतसम्म पुगेको थियो । ९१ दिनको ट्रेजरीको औसत ब्याजदर पनि ९ दशमलव ७९ प्रतिशतमा झरेको छ ।…

Read More

झापा, १३ चैत । कानुनअनुसार तोकिएको निकायमा सम्पत्ति विवरण नबुझाउने राष्ट्रसेवक कर्मचारी तथा जनप्रतिनिधि गरी १५ हजार ४ सय ९ जनालाई कारबाही सिफारिस गरिएको छ । प्रधानमन्त्री मातहत रहेको राष्ट्रिय सर्तकता केन्द्रले सम्पत्ति विवरण बुझाउन अनिच्छा गर्ने १५ हजार ४ सय ९ जनालाई कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगसमक्ष सिफारिस गरेको हो । सम्पत्ति विवरण बुझाउन पटकपटक ताकेता गर्दा पनि बुझाउन अनिच्छा गर्ने ती कर्मचारी तथा पदाधिकारीको सम्पत्तिका बारेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्न सक्ने कानुनी प्रावधान छ । भ्रष्टाचार निवारण ऐनको दफा ५० अनुसार सार्वजनिक पदमा बहाल रहेका व्यक्तिले आर्थिक वर्ष शुरू भएको ६० दिनभित्र अनिवार्य रूपमा सम्पत्ति…

Read More

झापा, १३ चैत । विश्व बैंकले नेपाललाई थप पौने १६ अर्ब रुपैयाँ (१२० मिलियन अमेरिकी डलर) आर्थिक सहायता प्रदान गर्ने भएको छ। विश्व बैंकको कार्यकारी निर्देशक बोर्डले नेपाल सरकारको फ्ल्यागसिप विद्यालय शिक्षा क्षेत्र कार्यक्रम कार्यान्वयनमा सहयोग गर्ने निर्णय गरेको हो। यस चालू आवमा विश्व बैंकले कुल ६५ अर्व २० करोड रुपैयाँको प्रतिबद्धता गरिसकेको छ। विद्यालय शिक्षा क्षेत्र कार्यक्रमको निरन्तरता स्वरूप नेपाल सरकारले विद्यालय क्षेत्र रूपान्तरण कार्यक्रम सञ्चालन गरिरहेको छ। कार्यक्रमले स्थानीय तहका विद्यालयमा अध्यापन गर्ने शिक्षकको सीप विकासमा सघाउनेछ। कार्यक्रममार्फत उच्च आधारभूत तथा माध्यमिक तहमा अंग्रेजी, गणित र विज्ञानका शिक्षकको सीप अभिवृद्धि हुनेछ। यो परियोजनाका लागि विश्व बैंकले १ सय…

Read More