
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
चन्द्र बस्नेतकनकाई, २५ फागुन । झापाको कनकाई नगरपालिका नगरप्रमुख राजेन्द्रकुमार पोख्रेलले अब नगरबासीले स्वास्थ्य सेवाबाट बन्चित हुने अवस्थाको अन्त्य भएको बताउनुभएको छ । आज कनकाई वडा न १ मा आधारभूत स्वास्थ्य केन्द्रको विधिवत उद्घाटन कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका नगरप्रमुख पोख्रेलले सो कुरा बताउनुभएको हो । उहाँले नगरका सबै जसोवडामा अहिले आधारभुत स्वास्थ्य केन्द्रको स्थापन गरी नगरबासीलाई सहज स्वास्थ्य सेवा सुरु गरिएको जानकारी गराउनुभयो । नगरले यसअघि नगर अस्पतालमा अग्सिजन प्लान्टको स्थापना गरि सेवा दिदै आएको छ भने नगरबासी अति विपन्न केही गरिव दुखीहरुलाई निशुल्क स्वास्थ्य बिमा समेत गरिदै आएको नगर प्रमुख पोख्रेलले जानकारी दिनुभयो । वडा न १ का…
झापा, २५ फागुन । राष्ट्रपतिमा कांग्रेस नेता रामचन्द्र पौडेल विजयी भएका छन् । उनी निकटतम प्रतिस्पर्धी एमालेका सुवास नेम्वाङलाई पराजित गर्दै राष्ट्रपतिमा निर्वाचित भएका हुन् । पौडेलले संघतर्फ २१४ र प्रदेशतर्फ ३५२ सांसदको मत पाएका छन् । यसैगरी नेम्वाङले प्रदेशतर्फ १६२ र संघतर्फ ९८ सांसदको मत पाए । यस्तै पाँच मत भने बदर भएको छ । जसअनुसार पौडेलले संघतर्फ १६९०६ र प्रदेशतर्फ १६८९६ मतभार प्राप्त गरे । उनको कुल मतभार ३३८०२ रहेको छ। यसैगरी नेम्वाङले संघतर्फ ७७४२ र प्रदेशतर्फ ७७७६ गरी कुल १५५१८ मतभार प्राप्त गरे ।
बिर्तामोड, २५ फागुन । बिर्तामोडमा लेखा व्यवस्थापन तथा कर सम्बन्धी तालिम सुरु भएको छ । बिर्तामोड नगरपालिकाको आयोजनामा आजदेखि विराट बहुउद्देश्य सहकारी संस्थाको हल बिर्ताबजारमा तालिम सुरु भएको हो । तालिमको नगर प्रमुख पवित्रा महतारा प्रसाईले व्यानर पढेर उद्घाटन गर्नु भयो । तालिम उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख प्रसाईले जनता र सहकारी विचको सम्बन्ध पारदर्शी बनाउने उदेश्यकासाथ यो तालिमको आयोजना गरीएको बताउनु भयो । सहकारीले राज्यलाई सहयोग गरेको भन्दै उहाँले सहकारीहरुलाई नियमन गर्दै बलियो बनाएर लैजानु पर्ने धारणा राख्नु भयो । तालिममा अहिले ३० जना सहभागी छन् । यस पछि फेरि ३० जनालाई तालिमको व्यवस्थापन गरिने नगरका सामाजिक विकास तथा…
झापा, २५ फागुन । झापा र मोरङको छुट्टा–छुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर र औषधीसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । बुधबार इलाका प्रहरी कार्यालय बिराटचोकबाट खटिएको प्रहरी गस्ती टोलीले जिल्ला इलाम पेल्टिमारी गाँउपालिका–३ घई भई सुन्दरहरैचा–१० त्रिबेणी चोकमा डेरा गरी बस्दै आएका २४ वर्षीया सुष्मिता लिम्बूलाई शंकास्पत अवस्थामा फेला पारी उनको कोठामा चेकजाँच गर्दा उक्त कोठाबाट लुकाई छिपाई राखेको स्पासपेन–८५ पिस र ट्रमाडोल–८५ पिस ट्याबलेट गरी १७० पिस नियन्त्रित औषधी बरामद गरेसँगै लिम्बु र सोही कोठामा बस्दै आएका झापा पेल्टिमारी–३ का २१ वर्षीय सुजल तामाङ र मोरङ सुन्दरहरैचा–१० का २३ वर्षीय प्रेम खड्का समेतलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।…
झापा, २५ फागुन । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा करिब १ लाख ७० हजार विद्यार्थीले मतदान गर्दैछन् । त्रिभुवन विश्वविद्यालयअन्तर्गत देशभरका ६२ आंगिक क्याम्पसमा अध्ययनरत विद्यार्थीले स्ववियु निर्वाचनमा मतदान गर्न लागेका हुन् । सबैभन्दा बढी पोखरास्थित पृथ्वीनारायण क्याम्पसमा १० हजार ८ सय ७० जनाले मतदान गर्दैछन् भने सबैभन्दा कम चितवन इन्जिनियरिङ क्याम्पस रामपुरमा ७१ जना विद्यार्थीले मतदान गर्ने भएका छन् । पृथ्वीनारायण क्याम्पसपछि दोस्रोमा वीरगञ्जस्थिति ठाकुरराम क्याम्पसमा १० हजार २ सय ६२ ले मतदान गर्नेछन् । स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले दिएको तथ्याङ्कअनुसार उपत्यकाका २२ वटा क्याम्पसका करिब ७५ हजार विद्यार्थीले मतदान गर्ने भएका छन् । तथ्याङ्कअनुसार धेरै…
झापा, २५ फागुन । आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजमा आज नेपालले पपुवा न्युगिनीसँग प्रतिस्पर्धा गर्दैछ । त्रिभुवन विश्वविद्यालयको घरेलु मैदानमा नेपाली टोलीले आज पपुवान्युगिनीसँग प्रतिस्पर्धा गर्न लागेको हो । नेपालसँग लगातार दुई खेल हारेर पीएनजी कीर्तिपुर क्रिकेट मैदानमा उत्रँदै छ। नेपाल ३२ खेलमा १५ मा जित र १५ मा हारसहित ३२ अङ्कका साथ पाँचौँ स्थानमा छ । नेपालले अब दुई खेल जिते ३६ अङ्क हुनेछ । दुई जित भए शीर्ष पाँचमा पर्दै सोझै ओडिआई मान्यता जोगाउन पर्याप्त हुनेछ । सातौँ स्थानमा रहेको पीएनजीको ३२ खेलबाट ९ अङ्क छ।
झापा, २५ फागुन । देशको समग्र निजामती प्रशासन र कर्मचारीको व्यवस्थापन एवं परिचालन गर्ने ऐन संघीय निजामती सेवा ऐन अझै आउन नसकेको भन्दै आलोचना भइरहेको समयमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले छिट्टै विधेयक संसद्मा पेस हुने बताएका छन् । बुधबार सञ्चारकर्मीहरूसँगको भेटघाटका क्रममा मन्त्री मोदीले यस्तो बताएका हुन् । २०७५ सालदेखि संसद्मा विचाराधीन अवस्थामा रहेको संघीय निजामती सेवा विधेयक अब छिट्टै पारित हुने उनले बताए । ‘प्रधानमन्त्रीज्यू पनि यसमा लागिरहनुभएको छ,’ मन्त्री मोदीले भने, ‘संघ, प्रदेश र स्थानीय तहमा रहेको निजामती सेवाका आधाभूत सर्त सुविधाको विषयमा यसले सम्बोधन गर्नेछ ।’ यो ऐन जारी नभएका कारण प्रदेश र स्थानीय…
झापा, २५ फागुन । इजरायल सरकारले दोस्रो चरणमा पाँच सय जना नेपालीलाई मात्रै केयर गिभरमा रोजगारी दिने भएको छ । पहिलो चरणमा इजरायल गएकाबाहेक दोस्रो चरणमा एक हजार केयर गिभर लैजान नेपाल सरकारले इजरायल पक्षसँग अनुरोध गरे पनि दोस्रो चरणमा पाँच सय जनाको कोटा इजरायलले पठाएको हो । वैदेशिक रोजगार विभागका अनुसार नेपालले यसअघि छनोटमा नपरेकालाई समेत लैजान गरेको अनुरोध गरेकामा इजरायल पक्षले अस्वीकार गर्दै आएको छ । विभागका निर्देशक एवं इजरायल जापान शाखाका प्रमुुख डम्बरबहादुर सुुनुुवारले अब पहिलो चरणमा छनोट हुन नसकेका युवाले सुरुबाट नै नयाँ प्रक्रिया पूरा गरेर आवेदन दिनुपर्ने बताए । नेपालमा तत्काल रोजगारीको सम्भावना नभएको र…
झापा, २५ फागुन । नेपाल अधिकतर वस्तुमा परनिर्भर छ । बर्सेनि खर्बीको कृषिजन्य वस्तु आयात गरिरहेको छ । तर नेपाली चियाले विश्वका ३७ बढी मुलुकका चिया पारखीको धीत मारिरहेको छ । नेपाली बगानमा उत्पादित चियाको स्वादले विश्व बजारका उपभोक्तालाई आकर्षित गरिरहेको छ । यहाँ उत्पादित चिया गुणस्तरीय भएकैले अन्तर्राष्ट्रिय बजारमा माग बढ्दै गएको र अहिले ३७ बढी मुलुकमा निर्यात हुन थालेको छ । नेपालको चिया छिमेकी मुलुक भारत, चीनमा मात्र होइन सात समुद्रपारि अमेरिका, क्यानडासम्म निर्यात भइरहेको छ । पछिल्लो पटक चीनमा आयोजना गरेको अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपाली बगानको चियाको स्वाद र महक अब्बल ठहरिएको थियो। चीनको टी मार्केटिङ एसोसिएसनले आयोजना…
सन्तोष शर्माझापा, २४ फागुन । झापाको कनकाई नगरपालिकाले नारी दिवसमो अवसरमा विभिन्न विधामा चार जना महिलालाई सम्मान गरेको छ । ११३ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा झापाको कनकाई नगरपालिकाले आज सम्मान तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरी उनीहरुलाई सम्मान गरेको हो । सम्मानित हुनेहरुमा कनकाई–२ की १०४ वर्षीय ज्येष्ठ माता रेणुकादेवी पोखरेल, शिक्षासेवी पूर्वप्रधानाध्यापक कनकाई–७ की अञ्जना सिटौला, फुटबल खेलाडी सिमरन राई र सौन्दर्य (मोडल) कर्मी अंशिका शर्मा रहेका छन् । उनीहरुलाई नगदसहित सम्मान गरिएको छ । सम्मानित व्यक्तित्वहरुलाई प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानामगरले सम्मान–पत्र हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रममा उपसभामुख रानामगरले समाज र राष्ट्र निर्माणका लागि महिला एकजुट हुनुपर्नेमा जोड दिनुभएको…