
चन्द्र बस्नेत
कनकाई, २५ फागुन । झापाको कनकाई नगरपालिका नगरप्रमुख राजेन्द्रकुमार पोख्रेलले अब नगरबासीले स्वास्थ्य सेवाबाट बन्चित हुने अवस्थाको अन्त्य भएको बताउनुभएको छ ।
आज कनकाई वडा न १ मा आधारभूत स्वास्थ्य केन्द्रको विधिवत उद्घाटन कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका नगरप्रमुख पोख्रेलले सो कुरा बताउनुभएको हो । उहाँले नगरका सबै जसोवडामा अहिले आधारभुत स्वास्थ्य केन्द्रको स्थापन गरी नगरबासीलाई सहज स्वास्थ्य सेवा सुरु गरिएको जानकारी गराउनुभयो ।

नगरले यसअघि नगर अस्पतालमा अग्सिजन प्लान्टको स्थापना गरि सेवा दिदै आएको छ भने नगरबासी अति विपन्न केही गरिव दुखीहरुलाई निशुल्क स्वास्थ्य बिमा समेत गरिदै आएको नगर प्रमुख पोख्रेलले जानकारी दिनुभयो ।


वडा न १ का अध्यक्ष शुशीलकुमार पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा वडा न ३ का अध्यक्ष युवराज चौलागाईं, वडा न ५ का अध्यक्ष कृष्णबहादुर राई, वडा न ७ का अध्यक्ष भीष्मभुसण सिटौला, वडा न ८ का अध्यक्ष लीलाबहादुर कटुवाल, नगर स्वास्थ्य शाखाका प्रमुख खगेन्द्र दङ्गाल, नगर जनस्वास्थ्य अधिकृत नारायणप्रसाद अधिकारी, कनकाई बिहानी क्लबका अध्यक्ष मनोज बस्नेत, खड्गमाया चापागाईं लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा बोल्दै वडा न १ का अध्यक्ष तथा कार्यक्रमका अध्यक्ष शुशीलकुमार पोख्रेलले अब वडाबासीहरुलाई उक्त केन्द्रबाट खोप सेवा, पोषण सेवा, परिवार नियोजन सम्बन्धी सेवा उपलब्ध गराउनुका साथै मानिसलाई रोग लाग्नु भन्दा पनि रोगलाग्न बाट बच्ने उपाय बारे समय समयमा सचेतना मुलक कार्यक्रम गर्दै जाने कुराको प्रतिवध्व्ता जनाउनुभएको थियोे ।

स्वास्थ्य परिक्षण समेत गरिएको कार्यक्रममा वडान १ का वडा सदस्यहरु निर्मला खड्का, हरिकुमार राई, संगीता ल्वागुन, दलबहादुर थापा, वडा सचिव कमला विश्वकर्मा, कर्मचारी कोपिला अधिकारी, निर्मला बानिया, प्रकाश थापा विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेकोे थियोे । वडा सदस्य निर्मला खड्काले स्वागत गरेको कार्यक्रमको सञ्चालन नगर लेखा शाखाका कर्मचारी लक्ष्मीप्रसाद अधिकारीले गर्नुभएको थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



