
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
मेचीनगर, १५ माघ । झापाको बाल सुबोधिनी माध्यमिक बिद्यालयले ५५ औं बार्षिकोत्सवका विभिन्न कार्यक्रम आयोजना गरि मनाएको छ । मेची नगरपालिका वडा नम्बर(१४ मा रहेको बिद्यालयले आइतबार विभिन्न साँस्कृतिक कार्यक्रमसहित बार्षिकोत्सव मनाएको हो । झापा क्षेत्र नम्बर १ का संघीय सांसद विश्वप्रकाश शर्माले बिद्यालयको संरचनात्मक र गुणस्तरीय बिकासका लागि आफ्नो तर्फबाट पुर्ण रुपमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । कार्यक्रममा बिशिष्ठ आतिथ्यको रुपमा प्रदेश सांसद सविना बजगाँई, मेची नगरपालिकाका उपप्रमुख मिना पोखरेल र मेचीनगर-१४ का वडा अध्यक्ष बाबुलाल सुब्बाले नमूना बिद्यालयको रुपमा चिनाउन आवश्यक पहल गर्न लागिपर्ने बताएका बताएका थिए । बार्षिकोत्सवमा मेचीनगर नगरपालिकाका शिक्षा शाखाका लक्ष्मी दाहाल, मेचीनगर(…
कनकाई, १५ माघ । झापाको कनकाई नगरपालिकाले निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम शुरु गरेको छ । नगरका ९ वटै वडामा टोल तथा वडाबाट सिफारिस भएका प्रत्येक टोलका २ घरपरिवारलाई पूर्ण रुपमा निःशुल्क र ५ घर परिवारलाई आधा रुपैयाँमा स्वास्थ्य बिमा कार्यक्रम शुरु गरिएको नगर प्रमुख राजेन्द्रकुमार पोख्रेलले जानकारी दिनुभयो । नगरले प्रत्येक टोलका २ घरपरिवारलाई पूर्ण निःशुल्क र ५ घरपरिवालाई आधा पैसामा स्वास्थ्य विमा गर्ने लक्ष्यले आइतवार कनकाई वडा नम्बर ६ बाट स्वास्थ्य बिमा कार्यक्रम शुरु गरेको कनकाई नगर प्रमुख पोख्रेलले जानकारी दिनुभयो । दुई बर्ष अघि कोरोना कहरका कारण प्रभावित नगरबासीहरुलाई अहिलेसम्म नै निःशुल्क अक्सिजन समेत उपलब्ध गराउदै आएको प्रमुख…
भद्रपुर, १५ माघ । झापाको दमकबाट लागुऔषधसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ । दमक–१ कुमाल चौकस्थित लाफा होटलमा केही पुरुष तथा महिलाहरु प्रतिबन्धित लागुऔषध ब्राउन सुगर बिक्री बितरण गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाक प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीले इलाम चुलाचुली–४ का ३२ वर्षीय वीरबहादुर लिम्बुको साथबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर जस्तो देखिने लिसाइलो पदार्थ ९ ग्राम र कलर्स कम्पनीको सादा मोबाइल एक थान, दमक–३ की २४ वर्षीया प्रेमकुमारी तामाङको साथबाट मोबाइल एक थान, सोही स्थानकी १९ वर्षीया दीक्षा योगीको साथबाट मोबाइल एक थान र इलाम फाक्थोक्थुम–३ घर…
झापा, १५ माघ । संखुवासभाको भोटखोला गाउँपालिका–५ का ७३ बर्षीय गोठे राईको कुटपिटबाट मृत्यु भएको छ भने बुबालाई कुटपिट गरी हत्या गरेको आरोपमा निजकै छोरा प्रेमकुमार राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गत शुक्रवार राति ११ बजेको समयमा बाबु छोरा बीच घरायसी विषयमा सामान्य बादबिबाद भएको र बादबिबादकै क्रममा छोराले बुबालाई लाठीले कुटपिट गर्दा घाइते भएका गोठेलाई उपचारको लागी जिल्ला अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको थियो । छोराको कुटपिटको कारण बुबाको मृत्यु भएको भन्ने सूचना पाए संगै प्रहरी चौकी स्याक्सिगोलाबाट खटिएको प्रहरी टोलीले प्रेमकुमार राईलाई पक्राउ गरेको हो । हत्या आरोपमा पक्राउ परेका राईको सम्बन्धमा थप अनुसन्धान भइरहेको…
बिर्तामोड, १५ माघ । साहित्य चौतारी झापाले शनिवार मासिक सांगीतिक काव्यसभा आयोजना गरेको छ । साहित्य, संगीत र कलाको संगम साहित्य चौतारीले मूर्तिकार हिम्मत नेम्वाङको प्रमुख आतिथ्यमा कार्यक्रम आयोजना गरेको हो । बिर्तामोडको होटल हिकोलास्थित चौतारीको सभाहलमा आयोजित सांगीतिक काव्यसभामा द भ्वाइस अफ नेपालका प्रतिभावान् प्रतिस्पर्धी भूपेन्द्र रणपालले आफ्नो विशेष प्रस्तुति राखेका छन् । उनी सरगम संगीतालयका विद्यार्थी हुन् । कार्यक्रममा भुटानी विश्व साहित्य संगठन अमेरिकाका अध्यक्ष कर्ण गुरुङलाई सम्मान गरिएको छ । गुरुङ अमेरिकामा बसेर नेपाली भाषा, कला तथा साहित्यको विकास र प्रवद्र्धनमा सक्रिय रहेको साहित्य चौतारीका पूर्व सचिव दिलिप घिमिरेले बताए । कार्यक्रममा गायक निरज पोखरेल, गजलकार विवश…
कनकाई, १५ माघ । झापाको कनकाई नगरले ब्ल्याङ्केट बितरण गरेको छ । जाडोले जेष्ठ नागरिक, अशक्त तथा अपांग, बालबालिका, अतिविपन्न परिवारका साथै रोगी र सुत्केरी महिलालाई लक्षित गरी नगरका नौवटा वडामा एकै साथ ब्ल्याङ्केट वितरण गरिएको हो । प्रत्येक वडामा २० परिवारका दरले १ सय ८० भन्दा बढी परिवारलाई ब्ल्यांकेट वितरण गरिएको नगर प्रमुख राजेन्द्रकुमार पोख्रेलले जानकारी दिनुभयो । नगरका लक्षित वर्गलाई जोडाबाट बचाउन गुणस्तरीय ब्ल्याङ्केट बितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत मोहन प्रसाद न्यौपानेले जानकारी दिनुभयो । नगर प्रमुख पोख्रेल, नगर उप प्रमुख आशा शर्मा शिवाकोटी, प्रशासन शाखाका प्रमुख विवेक भन्डारी, जिन्सी शाखाका प्रमुख भोज राज आचार्य, लेखा शाखा प्रमुख…
भद्रपुर, १५ माघ । झापाको बिर्तामोड नगरपालिकामा पेन्टस् उद्योग सञ्चालनमा आएको छ । बिर्तामोड–२ मा रू नौ करोडको लागतमा सुप्रिम पेन्टस् उद्योग सञ्चालनमा आएको हो । २५ जनाको लगानीमा सञ्चालनमा आएको उक्त उद्योगबाट घरमा प्रयोग हुने सबै प्रकारका रंग उत्पादन हुने उद्योगका मुख्य सञ्चालक सरोज मैनालीले जानकारी दिनुभयो । “घरमा प्रयोग हुने गुणस्तरीय रंगहरु उत्पादन गर्ने सोचका साथ उद्योग सञ्चालन गरेका हौं”, उहाँले भन्नुभयो, “व्यापार समान्य भए पनि प्रयोगकर्ताबाट राम्रै प्रतिक्रिया पाएका छौं ।” उद्योग सञ्चानलमा आए पनि गुणस्तर चिह्न प्राप्त नभएको र गुणस्तर चिह्न प्राप्तिका लागि प्रक्रिया अघि बढाइएको उहाँले बताउनुभयो । स्वास्थ्यका लागि हानिकारक मानिने ‘लिड’ (सीसा) शून्य…
भद्रपुर, १५ माघ । झापाको हल्दिबारी गाउँपालिकामा तोरी खेती प्रबद्र्धनका लागि प्राप्त १० लाख फ्रिज हुने अवस्थामा पुगेको छ । कार्यविधि नहुँदा गाउँपालिकाको उक्त रकम फ्रिज हुने अवस्थामा पुगेको गाउँपालिकाको कृषि अधिकृत छविलाल गुरुङले जानकारी दिनुभयो । “विशेषगरी कार्यविधि नहुँदा रकम फ्रिज हुने अवस्थामा पुगेको छ”, उहाँले भन्नुभयो, “कृषकसँगको आधा लागत सहभागितामा कार्यक्रम सञ्चालन हुने भएकाले कृषकबाट समेत रकम आएन ।” तोरी खेती प्रबद्र्धनका लागि संघीय सरकारबाट सशर्त अनुदानका रुपमा उक्त बजेट हल्दिबारीमा आएको हो । तोरी खेतीको सिजन सकिनै लागेकाले रकम फ्रिज हुने देखिन्छ । गत वर्ष तोरी ब्लक कार्यक्रम अन्तरगत हल्दिबारीमा १५० हेक्टरमा तोरी खेती गरिएको थियो ।
काठमाडौं, १५ माघ । निर्वाचन आयोगले चितवन क्षेत्र नं २ मा उपनिर्वाचन गराउन कम्तीमा तीन महिना लाग्ने जनाएको छ । सर्वोच्च अदालतले उपप्रधानमन्त्री एवं गृहमन्त्रीसमेत रहेका सांसद रवि लामिछानेलाई शुक्रबार पदमुक्त गरेसँगै सो क्षेत्रमा उपनिर्वाचन गर्नुपर्ने स्थिति उत्पन्न भएको हो । प्रतिनिधिसभामा कुनै निर्वाचन क्षेत्रबाट निर्वाचित सदस्यको पद रिक्त भएपछि उपनिर्वाचन गराउने प्रावधान रहेको छ । गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा तत्कालीन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने सो क्षेत्रबाट निर्वाचित हुनुभएको थियो । २०५० सालमा नेपाली नागरिकता लिएका लामिछानेले २०७० सालमा लिएको अमेरिकी नागरिकता २०७५ सालमा त्याग गरेका थिए । अमेरिकी नागरिकता त्यागेको निस्सा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा…
झापा, १५ माघ । एक महिनाअघि सरकारको नेतृत्वमा पुगेको माओवादी केन्द्रले एकपछि अर्को गर्दै सत्ता साझेदार एमालेसँग टाढिने संकेत गरेको छ। प्रधानमन्त्री र प्रतिनिधिसभाको सभामुख आलोपालोमा नेतृत्व गर्ने र नयाँ राष्ट्रपति एमालेलाई दिने समझदारी गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पुस १० गते प्रधानमन्त्री नियुक्त भएका थिए। तर पछिल्लो समय माओवादीले राष्ट्रपति साझा पद भएको बताउँदै त्यसमा राष्ट्रिय सहमति हुनुपर्ने प्रस्ताव अघि सार्दै आएको छ। प्रधानमन्त्री नियुक्तिदेखि प्रतिनिधिसभाको सभामुख र उपसभामुख निर्वाचनसँगै प्रमुख राजनीतिक दलहरूको ध्यान नयाँ राष्ट्रपति निर्वाचनमा केन्द्रित भएको छ। पूर्वसहमतिअनुसार एमालेले उठाउने उम्मेदवारलाई वर्तमान सत्ता साझेदार दलको समर्थन हुनुपर्ने र रहने एमाले अध्यक्ष केपी ओलीले दोहोर्याउँदै आएका…