
कनकाई, १५ माघ । झापाको कनकाई नगरपालिकाले निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम शुरु गरेको छ ।
नगरका ९ वटै वडामा टोल तथा वडाबाट सिफारिस भएका प्रत्येक टोलका २ घरपरिवारलाई पूर्ण रुपमा निःशुल्क र ५ घर परिवारलाई आधा रुपैयाँमा स्वास्थ्य बिमा कार्यक्रम शुरु गरिएको नगर प्रमुख राजेन्द्रकुमार पोख्रेलले जानकारी दिनुभयो ।
नगरले प्रत्येक टोलका २ घरपरिवारलाई पूर्ण निःशुल्क र ५ घरपरिवालाई आधा पैसामा स्वास्थ्य विमा गर्ने लक्ष्यले आइतवार कनकाई वडा नम्बर ६ बाट स्वास्थ्य बिमा कार्यक्रम शुरु गरेको कनकाई नगर प्रमुख पोख्रेलले जानकारी दिनुभयो । दुई बर्ष अघि कोरोना कहरका कारण प्रभावित नगरबासीहरुलाई अहिलेसम्म नै निःशुल्क अक्सिजन समेत उपलब्ध गराउदै आएको प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।
स्वास्थ्य बिमा कार्यक्रम अन्तरगत वडा नम्बर ६ का १४ टोलका २८ घर परिवारलाई पूर्ण रुपमा निःशुल्क र ५० घरपरिवारलाई स्वास्थ्य विमाको आधा शुल्कमा विमा गर्न शुरु गरिएको प्रसाशन प्रमुख विवेक भण्डारीले जानकारी दिनुभयो ।
कार्यक्रममा विभिन्न राजनिती दलका प्रमुख प्रतिनिधि , विभिन्न सघ–संस्थाका प्रमुख तथा प्रतिनिधि लगायत स्थानीय वासिन्दाको बाक्लो उपस्थिति रहेकोे थियो।कनकाई–६ का वडाध्यक्ष दीर्घबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख राजेन्द्रकु्मार पोख्रेलको प्रमुख आतिथ्य र नगर उपप्रमुख आशा शर्मा शिवाकोटी, स्वास्थ्य शाखा प्रमुख खगेन्द्र दंगाल, नारायणप्रसाद अधिकारी लगायतले आ( आफ्नो धारणा राख्नु भएको थियो। कार्यक्रमको औचित्यमाथि प्रकाश वडाध्यक्ष थापाले पारेको कार्यक्रममा स्वागत वडा सदस्य कुमारी द्रोपदा गौतम आचर्यले गर्नुभएको थियोे भने सञ्चालन कर्मचारी फडिन्द्र गिरीले गर्नुभएको थियो।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



