
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
बिर्तामोड, २ चैत । बिर्तामोडमा आधारभूत तह परीक्षा कक्षा–८ को केन्द्राध्यक्षका लागि अभिमुखीकरण सम्पन्न भएको छ । आज नगरपालिकाको हलमा कार्यक्रम सम्पन्न भएको हो । बिर्तामोड नगरपालिकाभित्र रहेका सामुदायिक र संस्थागत विद्यालयमा कक्षा–८ मा अध्ययनरत विद्यार्थीको चैत ६ गते सोमबारदेखि परीक्षा सञ्चालन हुँदैछ । यसका लागि १० वटा विद्यालयलाई केन्द्र तोकिएको छ । तोकिएका केन्द्राध्यक्ष र केन्द्रमा शेरबहादुर श्रेष्ठ मोहनमाया मावि बिर्तामोड–२, जीवन आचार्य बाल्मिकी एजुकेशन एकाडेमी बिर्तामोड–१, यदुनाथ अधिकारी वीर अमरसिंह मावि बिर्तामोड–२, केशवप्रसाई महेन्द्ररत्न मावि बिर्तामोड–३, विशाल क्षेत्री लिटल फ्लावर्स ईग्लिस स्कुल बिर्तामोड–४, देवेन्द्र हुमागाई न्युटन्स एकाडेमी बिर्तामोड–५, अम्बिका श्रेष्ठ देवि मावि बिर्तामोड–५, पेम्बा लामा कन्काई मावि बिर्तामोड–५,लक्ष्मण…
बिर्तामोड, २ चैत । नेपाली कांग्रेस झापाको आज सम्पन्न बैठकले भूमिहीन तथा अव्यवस्थित बसोबासीलार्इ जग्गादर्ता गरी धनीपूर्जा उपलब्ध गराउँदा लगाइएको राजश्व घटाउन माग गर्ने निर्णय गरेको छ । नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेको सभापतित्वमा सम्पन्न कार्यसमितिका पदाधिकारी, सदस्य, क्षेत्रीय सभापतिसहितको बैठकले अव्यवस्थित बसोबासीको एक परिवारलाई एक बिगाहसम्म जग्गाको लालपूर्जा उपलब्ध गराउँदा निःशुल्क र त्यसभन्दा माथि भए सरकारी मूल्यको ५ प्रतिशत राजश्व लिन सरकारसँग माग गर्ने निर्णय गरेको सचिव कृष्ण हुमागाईले जानकारी दिनुभयो । त्यसैगरी, बैठकले स्वतन्त्र विद्यार्थी युनियनको यही चैत ५ गते हुने निर्वाचनमा नेपाल विद्यार्थी संघका उम्मेद्वारहरुलाई विजयी गराउन आ–आफ्नो स्थानबाट सहयोग गर्न तमाम् विद्यार्थी समुदाय र पार्टीका…
झापा, २ चैत । झापाको बिर्तामोड नगरपालिकाबाट लागुऔषध र नक्कली नोटसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिर्तामोड–४ मेघाबारीका २४ वर्षीय सुवास ताजपुरिया र उनका भाई १९ वर्षीय प्रविण ताजपुरिया रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रप्रसाद रिजालले जानकारी दिनुभयो । सुवास ताजपुरीयाको घरमा लागुऔषध रहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा लागुऔषध र नक्कली नोट बरामद भएको उहाँले बताउनुभयो । प्रहरीले कोठाबाट ब्राउनसुगर ४ ग्राम ३९० मिलिग्राम, लागुऔषधको २८ वटा ट्यावलेट, नक्कली नेपाली नोटहरु एक हजारको काटेको ६० थान, नकाटेको २८ थान, पाँच सयको काटेको २ थान,…
झापा, २ चैत । नेपाली चलचित्र ‘प्रेमा’लाई हिन्दी, तमिल र तेलुगु भाषामा समेत प्रदर्शन गरिने भएको छ। काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा निर्देशक गोविन्दसिंह भण्डारीले नेपालीबाहेक अन्य भाषालाई ‘ओभर दी टप’ अर्थात् ओटिटीका माध्यमले दर्शकमा पुर्याइने जानकारी दिए। ‘मैले तेलुगु चलचित्रमा काम गरेको छु। त्यहाँका दर्शकलाई लक्षित गर्दै स्वराङ्कन गरिएको छ। यद्यपि नेपालमा भने नेपाली भाषामा मात्र प्रदर्शन हुनेछ’, निर्देशक भण्डारीले भने, ‘हामीले अन्य दर्शक थप्ने हो भने स्वराङ्कनको विकल्प नै छैन। यसले ओटिटीमा स्थान पाएमा अन्य चलचित्रलाई समेत सजिलो हुनेछ।’ उनले ‘रणवीर’ चलचित्रमार्फत निर्देशनमा सुरुआत गरेका थिए। पहलो चलचित्र द्वन्द्वप्रधान भए तापनि दोस्रो प्रेमकथामा आधारित छ। निर्देशक भण्डारीले भने, ‘दर्शकलाई…
झापा, २ चैत । हाल देशमा स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रहेको छ। आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ। देशको पहाडी भू(भागका थोरै स्थानहरू तथा तराई भू–भागका एक(दुई स्थानमा अपराह्नतिर चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। राति मधेस, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू(भागमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। यो क्रम कम्तीमा शनिबारसम्म जारी रहने महाशाखाको भनाइ छ ।
झापा, २ चैत । विराटनगरमा जारी तेस्रो मिल्स गोल्डकप फुटबल प्रतियोगितामा ध्रुवतारा स्पोर्टिङ्ग क्लब झापा फाइनलमा पुगेको छ । विराटनगर जुट मिल्सको खेल मैदानमा बुधबार भएको पहिलो सेमिफाइनल खेलमा सहलेस युवा क्लब सिराहालाई टाईब्रेकरमा ५–४ गोलले हराउँदै ध्रुवतारा फाइनलमा पुगेको हो । आज साबिक विजेता प्रतिभा फुटबल क्लब गोलबजार सिराहा र गाईघाट फुटबल क्लब उदयपुरबीच दोस्रो सेमिफाइनल खेल हुँदैछ । निर्धारित समयसम्म २–२ गोलको बराबरी भएपछि जितको छिनोफानो टाइब्रेकरबाट भएको थियो ।
काठमाडौँ । विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज घरेलु टोली नेपालले अन्तिम खेल युएईसँग खेल्दैछ । त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरको खेल मैदानमा बिहानदेखि सुरु हुने खेल जितेर विश्वकप छनौट प्रतियोगितामा स्थान बनाउने लक्ष्यका साथ नेपाल मैदान प्रवेश गर्दैछ । यसअघि नेपालले युएईलाई दुई पटक पराजित गरिसकेको छ । यसअघि नेपालले दिएको २४९ रनको लक्ष्य पछ्याएको युएई २२.५ ओभरमा ७१ रन बनाउँदा अलआउट भएको थियो । घरेलु मैदानमा एक दिवसीय त्रिकोणात्मक सिरिजमा युएईमाथि सानदार जित निकाले पछि नेपालले आगामी ४ वर्षका लागि एक दिवसीय मान्यता जोगाइसकेको छ ।
झापा, २ चैत । चालू आर्थिक वर्ष २०७९–८० को शुरूदेखि नै निराशाजनक रहेको राजस्व संकलन ७ महीना बित्दा पनि उस्तै छ । आयातमा कमी र आर्थिक गतिविधिमा आएको संकुचनका कारण सरकारले यस वर्ष राजस्व लक्ष्य प्राप्त गर्न नसक्ने निश्चितजस्तै देखिएको छ । आन्तरिक राजस्व विभागले गत फागुनसम्ममा लक्ष्यको ७९ दशमलव ६८ प्रतिशत मात्र राजस्व संकलन गरेको छ । सोही अवधिमा भन्सार विभागले लक्ष्यको ५७ दशमलव ९ प्रतिशत राजस्व संकलन गरेको देखिन्छ । आन्तरिक राजस्व विभागले फागुन मसान्तसम्ममा ३ खर्ब ५९ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । यस अवधिमा उसले २ खर्ब ८१ अर्ब रुपैयाँ संकलन गरेको देखिन्छ…
झापा, २ चैत । प्रधानमन्त्री पुष्पकलम दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तार गर्दा सत्तापक्षीय दलहरूबीच विवाद हुने डरले यतिबेला १६ वटा मन्त्रालयको जिम्मेवारी एक्लैले लिएका छन् । जसका कारण अर्थ, गृह, शिक्षाजस्ता मन्त्रालय सुनसान छन् । पाँच मन्त्रीको भरमा सरकार चलेको छ । प्रधानमन्त्रीले मन्त्रीहरूलाई समेत मन्त्रालयहरूको थप जिम्मेवारी दिन कन्जुस्याइँ गरेका कारण यतिबेला १६ वटा मन्त्रालय अनिर्णयको बन्दी बन्न पुगेका छन् । प्रधानमन्त्रीसँग गृह, अर्थ, शिक्षा, वन तथा वातावरण, युवा तथा खेलकुद, श्रम रोजगार तथा सामाजिक सुरक्षा, ऊर्जा जलस्रोत तथा सिँचाइ, सहरी विकास, कानुन न्याय तथा संसदीय मामिला, कृषि तथा पशुपन्छी विकास, उद्योग वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था सहकारी तथा गरिबी…
झापा, २ चैत । सर्वोच्च अदालतले गण्डकी प्रदेश सभा सदस्यमा निर्विरोध निर्वाचित भएका ‘दीपक मनाङे’ भनेर चिनिने राजीव गुरुङको अयोग्यताको मुद्दालाई अन्तिम सुनुवाइका लागि पेस गर्न आदेश गरेको छ । सर्वोच्चको संवैधानिक इजलासले अयोग्य घोषित गर्न माग गरिएको अन्तरिम आदेश अस्वीकार गरे पनि मुद्दालाई समय तोकेर अन्तिम सुनुवाइका लागि पेस गर्न आदेश गरेको हो । अदालतको आदेशसँगै मनाङेको प्रदेश सभा सदस्यको पदको न्यायिक परीक्षण हुने निश्चित भएको छ । पदीय हैसियत धरापमा परेको छ । कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की र न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा। आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र टङ्कबहादुर मोक्तानको इजलासले अन्तरिम आदेश भने अस्वीकार गरेको छ । अन्तिम…