
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, १९ फागुन । त्रिभुवन विश्वविद्यालय ९त्रिवि०मा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि आज विद्यार्थी सङ्गठनले दर्ता गराउँँदैछन् । बिहान १० बजदेखि दिउँसो ३ बजेसम्म स्ववियु निर्वाचनमा सहभागी हुनका लागि सबै क्याम्पसमा विद्यार्थी सङ्गठनले आ–आफ्नो सङ्गठन दर्ता गराउनुपर्ने छ । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले आज दर्ता भएका विद्यार्थी सङ्गठनले मात्र निर्वाचनमा भाग लिन पाउने बताए। यस्तै निर्वाचन कार्यतालिका अनुसार विद्यार्थी सङ्गठनले यही फागुन २७ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म समानुपातिक तथा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गराउने छन् । यस्तै स्ववियु निर्वाचनका लागि आगामी चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म समय…
बिर्तामोड, १८ फागुन । प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानामगरले नेपालमा महिला सहभागिता गर्व लायक रहेको बताउनुभएको छ । झापाको बिर्तामोडस्थित वीरता लेडी जेसीजले आज यहाँ आयोजना गरेको ‘उत्कृष्ट नारी सम्मान’ कार्यक्रममा सम्बोधन गर्दै उहाँले ठूला र विकसित भनिएका मुलुकमा भन्दा नेपालमा महिला सहभागिता धेरै रहेकाले गर्वलायक रहेको बताउनुभयो । “धेरै विकसित मुलुकमा पाँच, १०, १५ देखि २५ प्रतिशत महिला सहभागिता रहेको छ”, उहाँले भन्नुभयो, “नेपालमा संविधानले नै ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गरेको छ, यसलाई बढाएर ५० प्रतिशत पु¥याउनु पर्छ ।” महिला अधिकार स्थापित गर्न र समानताका लागि संघर्ष गर्नुपर्ने अवस्था विद्यमान रहेको उहाँको भनाइ छ । हरेक क्षेत्रमा महिला सहभागिता…
झापा, १८ फागुन । लब्धप्रतिष्ठित सामाजिक व्यक्तित्व र अग्रज व्यवसायीलाई सम्मान गर्दै झापाको बिर्तामोडमा सञ्चालित ‘बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक महोत्सव’ सम्पन्न भएको छ । गत फागुन ५ गतेखि बिर्तामोड उद्योग वाणिज्य संघले सञ्चालन गरेको महोत्सवको समापन सत्रमा राजनीतिक व्यक्तित्वहरु डिल्लीप्रसाद सिटौला र मनकुमार गौतम, रेडक्रसकर्मी लोकराज ढकाल, महिला उद्यमी भीमा शिवाकोटी, संघका पूर्व अध्यक्ष बेदुप्रसाद अग्रवाल,व्यवसायीहरु भगवानदास सिंगल, हनुमान मित्तल, देवेन्द्र कुमार सिंह, प्रकाश गौतम, बीरवहादुर धमलालाई सम्मान गरिएको हो । त्यस्तै पत्रकार लक्ष्मी लुइँटेल, सेफ राज पौडेललाई समेत सम्मान गरिएको संघका वरिष्ठ उपाध्यक्ष राजु न्यौपानेले जानकारी दिए । सम्मानित व्यक्तित्वको परिचय र सम्मान पत्र वाचन सञ्चारकर्मी केशव भट्टराईले गरेका थिए…
मोरङ, १८ फागुन । मोरङको सुनवर्सी नगरपालिका–१ का १४ वर्षीय बालकको हत्या गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा स्थानीय ३५ वर्षीय बिरेन्द्र पास्वान र उनको ३४ वर्षीया श्रीमती डल्ली पासवान रहेका छन् । सुनवर्सी नगरपालिका–१ का डिल्ली बहादुर माझीको १४ बर्षीय छोरा विशाल माझी फागुन ११ गते बेलुका घरबाट चोक तिर घुम्न निस्केकोमा फर्केर नआए पश्चात आफन्तले खोजतलासको क्रममा स्थानिय पोखरीको डिलमा हत्या गरी गाडेको भन्ने सुचना फागुन १७ गते पाए लगतै इलाका प्रहरी कार्यालय रङ्गेलीमा जानकारी गराउनासाथ प्रहरी अधिकृत समेतको टोली उक्त स्थानमा खटि उत्खनन गर्दा बालकको शब फेला परेको हो । बालकको हत्या…
झापा, १८ फागुन । झापाको कनकाई नगरपालिका–३ र बिर्तामोड नगरपालिका–४ बाट प्रतिबन्धित लागुऔषधसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । बुधबार इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा शिवसताक्षी नगरपालिका–८ का २६ वर्षीय मदन विश्वकर्मा र कनकाई नगरपालिका–४ का ४१ वर्षीय बासुदेव भेटवाललाई २ ग्राम ३६० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो भने लागु औषध नियन्त्रण ब्युरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले बिर्तामोड–४ स्थितमा संकास्पद अवस्थामा बसीरहेका राजबिराज नगरपालिका–७ सप्तरीका ३५ बर्षीय मो. नसिम र सखुवानकरकट्टी गाउँपालिका–२ सिरहाका २० बर्षीय शिवशंकर यादबलाई चेकजाँच गर्दा उनीहरुको साथबाट १२ ग्राम ब्राउन सुगर बरामद गरेको हो…
झापा, १८ फागुन । झापाको कान्काई नगरपालिका–३ स्थित राजमार्गमा कारको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ । हिजो साँझ पौने ७ बजे बा १८च २२४७ नम्बरको कारले बाटो काट्दै गरेको अवस्थामा ठक्कर दिंदा घाईते भएकि पैदल यात्री कनकाई नगरपालिका–३ की ३६ बर्षीया सावित्रादेवि भण्डारीलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड लगिएकोमा अस्पताल पुर्याउना साथ उनको मृत्यु भएको हो । ठक्कर दिने कार र चालक कमल गाउँपालिका–६ का नित्या नन्द ताजपुरीयालाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रमा लिई घटना सम्वन्धमा थप अनुसन्धान गरीरहेको छ ।
बिर्तामोड, १८ फागुन । झापाको बिर्तामोड नगरपालिकाले फागुन २० गतेदेखि नगर अस्पताल सञ्चालनमा ल्याउने भएको छ । उक्त दिन सभामुख देवराज घिमिरेले उद्घाटन गरेसँगै नगर अस्पतालको औपचारिक रुपमा सञ्चालनमा आउने भएको हो । हाल नगर अस्पतालबाट दैनिक २५० देखि ४०० जनाले सेवा लिइरहेका छन् । बिर्तामोड नगरपालिकामा साढे पाँच करोडको लागतमा नगर अस्पताल भवन निर्माण गरिसकेको छ । केन्द्र सरकारको रू पाँच ५० करोड लाख सात हजार सात सय ६० रुपैयाँको लागतमा १५ शैय्याको नगर अस्पताल भवन निर्माण भएको हो । भवन निखिल निर्माण सेवा प्रालिले निर्माण गरेको बिर्तामोड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौनोपाले जानकारी दिए । मानिसको सबैभन्दा…
बिर्तामोड, १८ फागुन । झापाको बिर्तामोडस्थित वीरता लेडी जेसीजले आज प्राविधिक विषयमा एक जना महिलालाई उत्कृष्ट नारी सम्मान प्रदान गर्दै छ । बिर्तामोडमा आज एक कार्यक्रमको आयोजना गरी लेडी जेसीजले उत्कृष्ट नारी सम्मान गर्न लागेको पूर्वअध्यक्ष क्लब २०२३ की अध्यक्ष राधा सुब्बाले जानकारी दिनुभयो । वीरता लेडी जेसीजले हरेक वर्ष प्रदान गर्दै आएको उत्कृष्ट नारी सम्मान कार्यक्रमलाई यस वर्ष पनि निरन्तार दिनएको हो । वीरता लेडी जेसीजका पूर्व अध्यक्षहरुको सक्रियतामा सन् २०२१ देखि नारी दिवसको अवसरमा झापा जिल्लामा रहेर विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान गर्ने एक जना महिलालाई प्रत्येक वर्ष फरक–फरक विधामा उत्कृष्ट नारी सम्मानद्वारा सम्मानित गरिँदै आएको छ। सन् २०२१…
झापा, १८ फागुन । संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेससहितका दलहरू सरकारमा जान तयार भए पनि प्रधानमन्त्रीले लिने विश्वासको मतको पखाईमा छन् । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन सकिएर प्रधानमन्त्रीले विश्वासको मत लिइसकेपछि मात्रै फागुन १३ मा बनेको कांग्रेससहितको आठ दलीय गठबन्धमा आवद्ध दलहरू सरकारमा जाने बाटो खुल्ने कांग्रेसले जनाएको छ । कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले भने– ‘फागुन २५ मा राष्ट्रपति र चैत ३ मा उपराष्ट्रपति चुनाव सम्पन्न गर्ने र त्यसपछि प्रधानमन्त्रीले विश्वासको मत लिएर मात्रै सरकार निर्माणको चरण प्रारम्भ हुन्छ ।’ प्रधानमन्त्रीले विश्वासको मत लिएको दुई÷तीन दिनभित्र सरकार निर्माणको चरण पूरा हुने उहाँको भनाइ छ । गत पुस १० मा…
भद्रपुर, १७ फागुन । झापाका केही स्थानमा लगाइएको मकैबालीमा अमेरिकन फौजी कीरा देखिएको छ । झापाको बाह्रदशी, अर्जुनधारा र भद्रपुरका केही स्थानमा अमेरिकन फौजी कीरा देखिएको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ । “छिटफुट रुपमा दुई–तीन हेक्टरमा फौजी कीरा देखिएको छ”, उहाँले भन्नुभयो, “ठूलो क्षति गर्ने गरी प्रकोपको रुपमा चाहिँ देखिएको छैन ।” फौजी कीरा देखिएको ठाउँमा आवश्यक औषधि उपचार गरिएको उहाँले बताउनुभयो ।वर्षापछि घाम लाग्दा फौजी कीराको जीवनक्रच बढी सक्रिय हुने भएकाले मकै खेती गर्ने कृषकलाई सचेत रहन कृषि ज्ञान केन्द्र झापाले आग्रहसमेत गरेको छ । “अमेरिकन फौजी कीरा मकै बालीमा लाग्ने पुतली समूह अन्तगत पर्ने रात्रिचर स्वभावको कीरा…