झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

भद्रपुर, १ मंसिर । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिर ४ गते हुने निर्वाचनले मुलुकको भाग्य र भविष्य निर्धारण गर्ने बताउनुभएको छ । झापाको इँटाभट्टामा आज चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आगामी निर्वाचनले मुलुकको भाग्य र भविष्य निर्धाण गर्ने भएकाले मतदातालाई सचेत भएर मतदान गर्न आग्रह गर्नुभयो । मुलुकको समृद्धि एमाले नेतृत्वको सरकारले मात्र सम्भव हुने अध्यक्ष ओलीले दाबी गर्दै त्यसका लागि एमाले प्रतिबद्ध भएर अघि बढेको उल्लेख गर्नुभयो । उहाँले एमालेका उम्मेदवार योग्य भएकाले प्रकाशमय, ज्योतिमय नेपाल बनाउन उनीहरुलाई मतदान गर्न अपिल गर्नुभयो । “हामी जे भन्छौं त्यो गर्छौं”, उहाँले राप्रपासँगको तालमेलको बारेमा प्रष्ट पार्दै भन्नुभयो,…

Read More

काठमाडौं, ०१ मङ्सिर । डान्सिङ स्टार्स नेपालका विजेता छिरिङ शेर्पा र चर्चित कोरियोग्राफर जगदिश गुरुङ (जेडी तमु)ले गिनिज वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल भएका छन् ।  उनीहरुले बिहीबार बिहान १० बजेर १० मिनेटमा सगरमाथाको नजिक पाँच हजार तीन सय मिटरको उचाईमा तीन मिनेट तीन सेकन्डसम्म जोडी नृत्य गरेर विश्व कीर्तिमान कायम गरेका हुन् ।  नेपालको पर्यटन क्षेत्रलाई प्रतिनिधित्व गर्ने उद्देश्यले विभिन्न जातजाति राई, मगर, लिम्बु, शेर्पा, तामाङ, गुरुङ साथै मारुनी नृत्यलाई समावेश गरी गीतमा प्रस्तुती दिइएको बताइएको छ । उनीहरूले ‘हाइयष्ट अल्टिच्युड कोरिग्राफर डान्स अन ल्यान्ड’ टाइटलमा विश्व रेकर्ड कायम गर्न सफल भएको बताएका छन् । 

Read More

सुरेश आले ‘सर्जु’बिर्तामोड, १ मंसिर । नेपाली कांग्रेसको गढ मानिएको बिर्तामोड १० का अधिकांश मतदाताहरु गठबन्धनका उम्मेदवार कृष्णप्रसाद सिटौलालाई जिताउन लागेका छन् । बिर्तामोड १० मा रहेका २६ वटा टोल विकास संस्थामध्ये १७ वटा टोल सिटौलाको पक्षमा देखिएका हुन् । सैनिक क्याम्प, उत्तर भुतेनी, उदय रत्न, पत्थरभिट्टा, शिबालय, भुपू सैनिक, गौरव, इलामेली, जर्मन, काली मुनी, मधुपोखरी, लक्ष्मी नारायण, हाम्रो तेलगानी, तेलगानी, ठुटेबर, पश्चिम विराटपोखर, सैनिकबजार, दक्षिण चमरधाप, शिवालय भीमसेन टोलका मतदाताहरु सिटौलाको पक्षमा छन् । आफ्नो टोलमा रहेका ८५ घरधुरीमध्ये ७ वटाबाहेक सबै घरधुरी सिटौलाको पक्षमा रहेको सैनिक क्याम्प टोल विकास संस्थाका अध्यक्ष वासुदेव गुरुङले बताए । त्यस्तै उत्तर भुतेनी…

Read More

सन्तोष शर्माझापा, १ कात्तिक । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा ठूला पाँच दलका दुई पुरानै अनुहार दोहोरिएका छन् । नेपाली कांग्रेस, नेकपा (माओवादी) केन्द्र र नेकपा (एकीकृत समाजवादी) को तीन दलीय लोकतान्त्रिक बाम गठबन्धनका तर्फबाट देउवान थेवे र नेकपा (एमाले)–राष्ट्रिय प्रजातन्त्रको तालमेलबाट लालप्रसाद साँवा (एलपी) हुनुहन्छ । २०७४ को संसदीय चुनावमा पनि बलियो प्रतिस्पर्धी रुपमा थेवे र साँवा नै हुनुहुन्थ्यो । ०७४ संसदीय चुनावमा साँवाले ४३ हजार ५१५ मत ल्याएर विजयी हुनुभएको थियो भने थेवेले २६ हजार ८२२ मत ल्याउनुभएको थियो । पाँच दलका यी दुई उम्मेदवारसहित यहाँ प्रतिनिधिसभामा १८ उम्मेदवार चुनावी मैदानमा छन् । त्यस्तै,…

Read More

बिर्तामोड, १ मंसिर । झापा क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार देवराज घिमिरेले बिर्तामोडबाट खुदुनाबारी जोड्ने बाटोमा पर्ने बिरिङ खोलाको पूल पाँच वर्ष भित्रमा निर्माण सम्पन्न गर्ने प्रतिवद्वता जनाएका छन् । अर्जुनधारा नगरपालिका– ३ को चुनावी सभालाई सम्बोधन गर्ने क्रममा एमालेका स्थायी कमिटी सदस्य तथा एक नम्बर प्रदेशका इन्चार्ज समेत रहेका उम्मेदवार घिमिरेले राजनीतिको ऐतिहासिक क्षेत्र सुखानी जोड्ने बाटोमा पर्ने पूल जिर्ण रहेकाले त्यसको निर्माणमा आफ्नो भूमिका रहने बताएका हुन् । अहिलेको गठबन्धन सरकारले बिकास निर्माणका काममा बजेट छुट्याउनु त परको कुरा राजनीतिक पूर्वाग्रह राखेर छुट्याएको बजेट समेत कटौती गरेको उनको भनाई छ । अधुरा रहेका थुप्रै कामहरु प्रदेश…

Read More

भद्रपुर, १ मंसिर । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा तेस्रो पटक झापा क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार भएका छन् । मङ्सिर ४ गते हुने निर्वाचनका सशक्त उम्मेदवार महामन्त्री शर्माले झापा १ बाट प्रतिनिधित्व गर्दै देश र जनताको समृद्धिको सपना पालेका छन् । शर्माले अर्जुन दृष्टि मंसीर ४ मार्फत कागजमा हेर्दा वा कानले सुन्दा आनन्द हुने विकास होइन, आँखाले देख्ने गरीको विकास गरेर देशको समृद्धि दिलाउँने प्रतिबद्धता जाहेर गरेका छन् । उत्तरको बाहुण्डागीदेखि दक्षिणको चन्द्रगढीसम्मको समान उन्नतिका लागि विकासको अवधारणा समेत प्रस्तुत गरेका छन् । झापाको सदरमुकाम चन्द्रगढीको उन्नतिका लागि चन्द्रगढको स्तर उन्नतिसित चन्द्रगढी वनमा रहेको सिमसार क्षेत्रको…

Read More

मेचीनगर, ३० कार्तिक । नेकपा एमालेका अध्यक्ष एवम् भावी प्रधानमन्त्री केपी शर्मा ओली झापा–१ को वृहत चुनावी सभालाई सम्बोधन गर्न भोलि मंसिर १ गते मेचीनगर आउने निश्चित भएको छ । नेकपा एमालेले विहीवार मेचीनगर ७ इटाभट्टामा झापा–१ क्षेत्रीय आमसभाको आयोजना गरेको पार्टीका क्षेत्रीय कमिटी संयोजक टिकाराम मग्रातीले जानकारी दिए । उनका अनुसार इटाभट्टाको नगरपालिका जाने बाटो पूर्व खाली चौरमा आमसभा हुनेछ । सभालाई सम्बोधन गर्न एमाले अध्यक्ष ओली विहान १०ः३० बजे आउने भएका छन् । झापा–१ मा नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्यमा पार्टीका स्थायी कमिटी सदस्य अग्नि खरेल, प्रदेश १ मा पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला सहइञ्चार्ज रविन कोइराला र…

Read More

झापा, ३० कात्तिक । देशभर सत्तारुढ पाँच दलीय गठबन्धन र प्रतिपक्षी एमाले गठबन्धनबीच प्रतिस्पर्धा भइराख्दा मधेस प्रदेशको रौतहट ३ मा भने स्वतन्त्र उम्मेदवारबीच नै टक्‍कर देखिएको छ । राष्ट्रिय दलको मान्यता पाएका ६ मध्ये कुनै पनि दलको उम्मेदवार यहाँ छैनन् । कांग्रेस, एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, लोसपाका उम्मेदवार यो क्षेत्रमा शून्य छन् । माओवादी केन्द्रको तर्फबाट उम्मेदवारी दिएका रवीन्द्र पटेललाई पार्टीले कारबाही गरिसकेको छ । स्वतन्त्र उम्मेदवार प्रभू शाहलाई सत्तारुढ गठबन्धनले समर्थन गरेको छ । दुई स्वतन्त्र पूर्व मन्त्री प्रभू शाह र उद्योगपति ओमप्रकाश जैसवालबीच प्रतिस्पर्धा हुने भएपछि कुन स्वतन्त्र विजयी हुने हुन् भन्ने चासो बढेको छ ।…

Read More

झापा, ३० कात्तिक । प्रदेश १ मा आफ्ना पार्टीको तर्फबाट उम्मेदवार रहेका विभिन्न क्षेत्रमा आयोजित सभालाई सम्बोधन गर्न माओवादी अध्यक्ष प्रचण्ड आज आउने भएका छन् । माओवादी केन्द्र प्रदेश १ ले दिएको जानकारी अनुसार अध्यक्ष प्रचण्ड सुनसरी, मोरङ, भोजपुर, खोटाङ र ताप्लेजुङका चुनावी सभामा सहभागी हुनेछन् । प्रचण्ड र नेपाली काँग्रेसका प्रवक्ता डा।प्रकाशरण महतसहितका नेताहरु बिहान ११ बजे मोरङको गछियामा हुने चुनाबीसभामा सहभागी हुनेछन् । ११ बजे हुने सभास्थान मोरङ क्षेत्र नं. ६ हो । सो क्षेत्रमा नेपाली काँग्रेसका नेता डा.शेखर कोइराला प्रतिनिधिसभामा र माओवादी नेता जीवन आचार्य प्रदेशसभामा उम्मेदवार छन् । गछियाको सभापछि प्रचण्डको टोली १२ः३० बजे धरानको भानुचौकमा…

Read More

झापा, ३० कात्तिक । राष्ट्रिय गौरवको आयोजना सुनकोसी-मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ मार्ग निर्माण तीव्र गतिमा भइरहेको छ। टनेल बोरिङ मेसिनबाट सुरुङ खन्न सुरु गरिएको एक महिनाको अवधिमा मङ्गलबारसम्म ५३८ मिटर सुरुङ खनिएको सुनकोसी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाले जनाएको छ। आयोजना प्रमुख मित्र बरालका अनुसार १३ दशमलव तीन किलोमिटर लामो सुरुङ असोज २८ गतेदेखि कमलामाई नगरपालिका-२, कुसुमटारबाट खन्न सुरु गरिएको थियो । उक्त सुरुङ निर्माणका लागि ठेक्का पाएको चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ (कोभेक) ले टनेल बोरिङ मेसिन (टीबीएम) बाट एक महिनामा पाँच सय मिटर सुरुङ खन्ने लक्ष्य राखेको उनले सुनाए । आयोजना प्रमुख बरालले भने, “एक महिनामा पाँच सय…

Read More