
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
भद्रपुर, ४ माघ । झापाको भद्रपुर नगरपालिका–९ बाट आज दिउँसो लागुऔषध ब्राउनसुगरसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले ५० ग्राम ब्राउनसुगरसहित भद्रपुर–९ का २१ वर्षीय देवराज दंगाल र मेचीनगर–१५ का २१ वर्षीय सन्देश राई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक बसन्त पाठकले जानकारी दिनुभयो । उहाँका अनुसार लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले शंका लागेर चेकजाँच गर्दा उनीहरुको साथबाट प्लाष्टिकसहित ५० ग्राम ब्राउनसुगर फेला परेको हो । लागुऔषधसहित पक्राउ परेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय झापामा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
बिर्तामोड, ३ माघ । नेपाल पत्रकार महासंघ झापा शाखाले पोखरामा विमान दुर्घटनामा ज्यान गुमाएका महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेलप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसभा सम्पन्न गरेको छ । बिर्तामोडस्थित महासंघको कार्यालयमा मंगलवार शोक सभा सम्पन्न भएको हो । महासंघ झापाका अध्यक्ष एकराज गिरी अध्यक्षतामा भएको शोक सभामा वक्ताहरुले पत्रकार पौडेलको निधनले नेपाली पत्रकारिता क्षेत्रले ठूलो क्षति व्यहोरेको बताए । शोक सभामा फोनिज प्रदेश नं. १ का इञ्चार्ज दिपीन राई, महासंघ झापाका उपाध्यक्ष केशव भट्टराई, स्वतन्त्र पत्रकार संघ झापाका अध्यक्ष नरेन्द्र ढकाल, नारी सञ्चार गृह झापाकी सचिव भूमिका सुब्बा, अर्जुनधारा प्रेस क्लबका निवर्तमान अध्यक्ष कुमार भट्टराई, मेचीनगर प्रेस क्लबका अध्यक्ष डम्बर बराल,…
झापा, ३ माघ । बालिका बलात्कारको आरोप लागेका पल शाहलाई जिल्ला अदालत तनहुँले सफाइ दिएको छ । मंगलबार जिल्ला न्यायाधीश कमलप्रसाद आचार्यको इजलासले शाहलाई सफाइ दिएको हो । बलात्कारको अभियोगमा दाबी नपुगेकाले सफाइ दिएको जिल्ला अदालत तनहुँका श्रेष्तेदार मीन बहादुर कुँवरले बताए । एक बालिकालाई बलात्कार गरेको आरोपमा तनहुँ र नवलपरासी पूर्वमा शाहविरुद्ध मुद्दा दायर भएका थिए ।
बाहुनडाँगी, ३ माघ । नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति झापाको तेस्रो विस्तारित बैठक मंगलबार झापाको बाहुनडाँगीमा सम्पन्न भएको छ । बैठकमा सहभागी नेताहरुले संगठनलाई थप सुदृढ बनाउन एकताका साथ अघि बढ्ने उद्घोष गरेका छन् । माओवादी केन्द्रका महासचिव देव गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकमा उनले पार्टीप्रति जनताको उत्साह र चाहना बढेकाले त्यही अनुसारको काम गर्नुपर्ने बताए । माओवादी केन्द्र जिल्ला समन्वय समिति झापाका संयोजक राजु आचार्य (अग्नि)को अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका केन्द्रीय सचिव राम कार्की, केन्द्रीय सदस्य झलकसिंह दर्लामी लगायतले विचार राखेका थिए । गत स्थानीय चुनावमा निर्वाचित भएका पार्टीका जनप्रतिनिधिलाई सम्मान गरिएको बैठकमा १५ वटै पालिकाका अध्यक्षहरुले सांगठानिक…
भद्रपुर, ३ माघ । झापामा ‘नागरिक आरोग्य कार्यक्रम’ शुरु भएको छ । आयुर्वेद तथा वैकल्पिक चिकित्सा शाखा प्रदेश नं. १ धनकुटाले भद्रपुरमा आज ‘जिल्ला स्तरीय अभिमुखीकरण तथा अभियान सञ्चालन’ कार्यक्रम गरेसँगै झापामा नागरिक आरोग्य कार्यक्रम शुरु भएको हो । ‘मेरो स्वास्थ्य, मेरो जिम्मेवारी’ नाराका साथ शुरु भएको उक्त अभियान जिल्लाका सबै पालिका, वडा र टोलटोलमा पु¥याइने जिल्ला आयुर्वेद कार्यालय झापाका प्रमुख डा. अनिलकुमार यादवले जानकारी दिनुभयो । “रोगमुक्त मुलुक निर्माणमा सरकार लागेको छ”, उहाँले भन्नुभयो, “अभियान सफल बनाउन सरकारसँगै हरेक नागरिकको दायित्व उत्तिकै हुन्छ ।” सरकारले स्वास्थ्य क्षेत्रमा बर्षेनि ठूलो बजेट छुट्याउँदै आएको बताउँदै उहाँले रोगमुक्त समाज बनाउन सके उक्त…
झापा, ३ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मन्त्रीहरुको नाम टुंगो लगाएको छ। सोमबार अबेरसम्म प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता साझेदार दलका शीर्ष नेताहरुको बैठकले मन्त्रालय भागवण्डामा सहमति जुटाएका थिए। सहमति अनुसार राप्रपालाई उपप्रधानमन्त्रीसहित तीनवटा मन्त्रालय पाउने भएको छ। राप्रपाका एक पदाधिकारीका अनुसार अध्यक्ष राजेन्द्र लिङ्देन ऊर्जा तथा सिंचाई मन्त्री हुने भएका छन्। साथमा शहरी विकास र खेलकुद मन्त्रालय राप्रपाको भागमा परेको छ। शहरी विकास मन्त्री ध्रुबबहादुर प्रधान बन्ने भएका छन्। त्यस्तै, शहरी विकास राज्यमन्त्रीमा दीपकबहादुर सिंहलाई नियुक्त गर्ने तयारी रहेको स्रोतले दाबी गरेको छ। युवा तथा खेलकुदमा विक्रम पाण्डे र धवलशम्शेर राणामध्ये एकजना पठाउने तयारी रहेको राप्रपाका एक…
झापा । अर्जुनधाराका डम्बर चौधरीले गत वर्ष पाँच बिघा जग्गामा पचौली नामक जडीबुटीको खेती थालनी गरे। रोपेको तीन महिनापछि यसको बुट्यानबाट घाँस काटेर बिक्री गर्न थाले। यसको काँचो घाँस प्रतिकेजी २० र सुकेको घाँस १०० रुपैयाँमा बिक्री हुने भएकाले पचौली खेतीको आम्दानीबाट सन्तुष्ट रहेको उनले बताए। मेचीनगर–१४ दुहागढीमा विसं २०७० मा कुलायन नेचुरल हर्बल प्रालि स्थापना भएपछि चौधरीले जस्तै मेचीनगर, अर्जुनधारा, भद्रपुर र बुद्धशान्ति पालिकाका कृषक तथा सामुदायिक वनहरूले पचौली र लेमनग्रासको खेती ठूलो मात्रामा थालेका हुन्। कुलायन नेचुरल हर्बल उद्योग आफैंले पनि ५० बिघा जग्गा भाडामा लिएर उद्योग सञ्चालन र जडीबुटी खेती गरिरहेको छ। कालो हर्दी, युकिलिप्टस ९मसला०, तेजपत्ता,…
ताप्लेजुङ, ३ माघ । ताप्लेजुङमा सीता एयरले बुधबारदेखि काठमाडौँ–ताप्लेजुङ–काठमाडौं र ताप्लेजुङ–भद्रपुर–ताप्लेजुङ उडान भर्ने भएको छ । ताप्लेजुङमा पर्यटक तथा तीर्थयात्रीहरूको चहलपहल बढ्ने समय भएसँगै उडान थप गरिएको हो । सुकेटार विमानस्थलमा नेपाल एयरलाइन्स र सीता एयर गरी दुई कम्पनीले उडान गर्ने भएको छ । सुकेटार विमानस्थलबाट साताको सोमबार, बुधबार र शुक्रबार गरी तीन दिन उडान गर्ने तालिका रहे पनि सीता एयरले बुधबार भने दुईपटक उडान गर्ने कार्यालय प्रमुख सिरी खड्काले बताए । उनका अनुसार बुधबार ताप्लेजुङबाट झापाको भद्रपुर र काठमाडौँका लागि दुईपटक उडान हुनेछ । यस्तै हप्ताको चारपटक काठमाडौँ–ताप्लेजुङ–काठमाडौँ उडान गरिरहेको निमगको जहाजले पनि सातामा एकपटक ताप्लेजुङ–विराटनगर उडान गर्ने तयारी…
झापा, ३ माघ । मतदाता नामावलीको अनलाइन प्रारम्भिक दर्ता आज (मङ्गलबार) देखि सुरु हुँदै छ । निर्वाचन आयोगले माघ २ गते सोमबारदेखि नै अनलाइन दर्ता सुरु हुने जनाएको थियो । तर, सोमबार राष्ट्रिय शोक बिदा परेकाले आजबाट दर्ता सुरु हुने आयोगले जनाएको छ । निर्वाचन आयोगका सहायक प्रवक्ता ऋषिराम भुसालले मङ्गलबारदेखि ७७ वटै जिल्लामा अनलाइन दर्ता सुरु हुने बताए । प्रारम्भिक दर्तासँगै नामावली स्थानान्तरण, मतदाता नामावली अद्यावधिक गर्ने कार्यसमेत सँगै सुरु हुने सहायक प्रवक्ता भुसालले बताए ।
बिर्तामोड, २ माघ । झापाको बिर्तामोडमा ‘बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव–२०७९’ हुने भएको छ । बिर्तामोड उद्योग बाणिज्य संघको आयोजनामा यही फागुन ५ गतेदेखि १५ गतेसम्म व्यापार महोत्सव हुन लागेको हो । स्थानीय उद्योग–व्यापारको प्रबद्र्धनसँगै आर्थिक गतिविधिलाई चलायमान बनाउने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको आज आयोजित पत्रकार सम्मेलनमा महोत्सव आयोजक समितिका संयोजक राजु न्यौपानेले बताउनुभयो । तीन लाखभन्दा बढी मानिसले महोत्सव अवलोकन गर्ने र करिब रू ४५ करोडको कारोबार हुने अपेक्षा राखिएको उहाँले बताउनुभयो । संघको आयोजनामा २०७५ मा सोही प्रकारको महोत्सव आयोजना गरिएको थियो । आर्थिक मन्दी तथा कोरोनाबाट पीडित भएका उद्योग–व्यवसाय फस्टाउन नसकेर व्यवसाय ओरालो लागेको अवस्थामा आर्थिक…