झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

भद्रपुर, २४ माघ । आगामी फागुन ७ गतेदेखि हुन गइरहेको भद्रपुर झापा गोल्ड कपको मुख्य प्रायोजक सीजी ब्रुअरीबीच सम्झौता भएको छ । आज यहाँ आयोजित एक कार्यक्रमका बीच गोल्डकपका अध्यक्ष दिपेश ढकाल र सीजी ब्रुअरीका नेसनल सेल्स हेड युवराज खत्रीले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो । सम्झौता भएसँगै भद्रपुर गोल्डकपको मुख्य प्रायोजक मुस्ताङ बियर हुने भएको छ । सम्झौता कार्यक्रममा भद्रपुर नगरपालिकाका नगर प्रमुख गणेश पोखरेलले गोल्डकप सफल पार्न सबैको साथ र सहयोग आवश्यक हुने बताउनुभयो । झण्डै दुई दशक पछि हुने गोल्डकपलाई अझ व्यवस्थित आयोजक समिति जुटेको र उक्त कार्यका लागि सबैको सहयोग अरिहार्य हुने बताउनुभयो । सम्झौता कार्यक्रममा नेपाल…

Read More

सुनसरी, २४ माघ । सुनसरीको देवानगंज गाउँपालिका–६ स्थित सडक खण्डमा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने सहचालक घाइते भएका छन । आज बिहान देवानगंज–रासी सडक खण्डमा को २ त ६२३८ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई सडक साईडमा पल्टि दुर्घटना हुँदा घाइते भएका ट्रयाक्टर चालक बर्जु गाउँपालिका–५ का ४० वर्षीय प्रमोद पंडितको उपचारको क्रममा कोशी अस्पताल बिराटनगरमा मृत्यु भएको हो भने घाइते सहचालक देवानगंज–२ का ३० वर्षीय धिरेन्द्र खत्वेको सोही अस्पतालमा उपचार भइरहेको छ । घटना सम्वन्धमा इलाका प्रहरी कार्यालय देवानगञ्जबाट थप अनुसन्धान भइरहेको छ ।

Read More

झापा, २४ माघ । स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले सबै नागरिकमा गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच अभिबृद्धि गर्न सरकार लागिपरेको बताउनुभएको छ । झापाको बिर्तामोड–२ स्थित सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको सोमबार दशौं विस्तारित भेलामा सम्बोधन गर्दै मन्त्री गिरी सबै नागरिकमा गुणस्तरीय स्वास्थ्य सेवा अभिबृद्धिका लागि सरकार लागिपरेको बताउनुभएको हो । “सबै नागरिकलाई स्वास्थ्य बिमामा समेट्ने योजनाका साथ सरकार अघि बढेको छ”, उहाँले भन्नुभयो, “स्वास्थ्य बिमामा वैज्ञानिक प्रणाली लागू गरेर अझ व्यवस्थित र परिस्कृत बनाउँछौं ।” स्वास्थ्य बिमाबाट उपचार सेवा लिन घण्टौं लाइनमा बसेर गुणस्तरहीन औषधि लिएर जानुपर्ने बाध्यता रहेको उल्लेख गर्दै मन्त्री गिरीले अब त्यस्तो अवस्था अन्त्य…

Read More

भद्रपुर, २४ माघ । झापामा ८१ वटा औद्योगिक–व्यावसायिक प्रतिष्ठान बन्द भएका छन् । चालू आर्थिक वर्ष पुस मसान्तसम्ममा उद्योगतर्फ ४३ र बाणिज्यतर्फ ३८ गरी ८१ वटा औद्योगिक–व्यावसायिक प्रतिष्ठान बन्द भएको घरेलु तथा साना उद्योग कार्यालय झापाका निमित्त प्रमुख प्रेमप्रसाद सापकोटाले जानकारी दिनुभयो । सो अवधिमा ३८२ उद्योग नवीकरण भएका छन् भने ६० वटा उद्योगले रू आठ करोड ७१ लाख ४५ हजार पुँजी थप गरेको कार्यालयले जनाएको छ । त्यस्तै, २४ वटा उद्योगले सुविधाका लागि सिफारिस लिएका छन् । त्यस्तै, चालू आवको पुस मसान्तसम्ममा बाणिज्यतर्फ ३८२ वटा फर्म दर्ता भएका छन् । ६२७ वटा फर्म नवीकरण भएका छन् भने ११२ वटाले…

Read More

झापा, २४ माघ । अस्वाभाविक मूल्य देखिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको भन्सार कार्यालयले रोकेका करिब १ अर्ब १४ करोड रूपैयाँका दूरसञ्चार उपकरण करिब ३२ करोड रूपैयाँ राजस्व लिएर छाडिएको छ। खरिद गरिएका उपकरणको १३ प्रतिशत मूल्य अभिवृद्धि कर र १५ प्रतिशत भन्सार शुल्कबापतको रकम लिई छाडेको त्रिभुवन विमानस्थल भन्सार कार्यालयले जनाएको छ। ‘सामान सधैं रोकेर राख्न पनि मिलेन,’ कार्यालय प्रमुख अरूण पोखरेलले भने, ‘अन्य निकायलाई छानबिनका लागि पत्राचार गरी राजस्व लिएर उपकरण छाडेका हौं।’ धेरै मूल्यांकन गरेर विदेशी मुद्रा विदेश पठाउन खोजेको आंशका लागेकाले अख्तियार दुरूपयोग अनुसन्धान आयोग, नेपाल राष्ट्र बैंक, सम्पत्ति शुद्धीकरण विभाग र राजस्व अनुसन्धान विभागलाई छानबिन गर्न…

Read More

झापा, २४ माघ । सरकारले आयातमा र कर्जामा कडाइ गरेपछि नेपालको अर्थतन्त्र सुधारोन्मुख देखिएको छ । विदेशी पर्यटक आगमनमा र रेमिट्यान्स बढेपछि शोधानान्तरस्थिति बचतमा आएको छ । नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो ६ महिनामा अर्थतन्त्रको बाह्य क्षेत्र लगातार सुधारोन्मुख देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीयस्थिति प्रतिवेदनका अनुसार विदेशी मुद्राको सञ्चितिमा साउनदेखि पुससम्ममा आर्थिक स्थिति सबल देखिएको हो । यद्यपि, यो अवधिमा ७ दशमलव २६ प्रतिशतले मूल्यवृद्धि भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार पुससम्ममा विदेशी मुद्राको सञ्चिति १० अर्ब ३० करोड अमेरिकी डलर पुगेको छ । गत वर्ष विदेशी मुद्राको सञ्चिति लगातार घटेपछि…

Read More

झापा, २४ माघ । रवि लामिछानेविरुद्ध अमेरिकाको मेरिल्यान्डस्थित अदालतमा तीनवटा मुद्दा चालू अवस्थामै छन्। नौवटा मुद्दा परेकामा ६ वटाको किनारा लागिसकेको विवरणले देखाउँछ। चालूमध्ये एउटा ‘ओपन’ र दुइटा ‘ओपनरजजमेन्ट’ अवस्थाका छन्। तीनवटै मुद्दाको प्रकारमा ‘सीएन’ अर्थात् क्रिमिनल नन–ट्राफिक उल्लेख छ। जुन आपराधिक प्रकृतिको रहेको जानकार बताउँछन्। मुद्दाको विवरणमा लामिछानेको ठेगाना क्यालिफोर्नियाको पार्कभिल्ले उल्लेख छ। यी मुद्दा लामिछानेले अमेरिकी नागरिकता त्यागेको भनिएको मिति आसपासदेखि पछिसम्मका छन्। डिस्कोभर बैंकले सन् २०१९ जनवरी २५ मा टाउसन जिल्ला अदालतमा हालेको मुद्दा ‘ओपन’ अवस्थाको हो। रेनहर्ट फुड सर्भिस एलएलसीले रुचि आई एलएलसीलाई हालेका दुई मुद्दामा लामिछाने जोडिएको देखिन्छ। जुन ‘ओपनरजजमेन्ट’ अवस्थामा छन्। टाउसन जिल्ला अदालतमै…

Read More

भद्रपुर, २४ माघ । तीव्र स्मरण शक्तिमा विश्व कीर्तिमान कायम गरेका (मेमोरी किङ्ग) उपनामले परिचित अर्पण शर्माले आफ्नो जन्मदिनको उपलक्ष्यमा सामुदायिक विद्यालयको उन्नतिका लागि भन्दै नगद ५१ हजार सहयोग प्रदान गरेका छन् । शर्माले भद्रपुर–३ स्थित अरनिको मा विमा अध्ययनरत कक्षा–६ देखि १० का बालबालिकाहरुलाई आवश्यक विद्यालय पोशाक तथा ब्याग प्रदान गर्न विद्यालय परिवारलाई नगद ५१ हजार सहयोग गरेका हुन् । शर्माले आफ्नो जन्मदिन विद्यालयसंग जोडिएर मनाउने सन्दर्भमा करिब ३ घण्टा त्यहाँ अध्ययनरत बालबालिकाहरुलाई स्मरण शक्ति अभिवृद्धि तालिम पनि संचालन गरेका थिए । शिक्षक अभिभावक संघका अध्यक्ष निमबहादुर थापाको अध्यक्षता तथा भद्रपुर नगर प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा…

Read More

बिर्तामोड, २४ माघ । बिर्तामोड नगरपालिकाले वडा नम्बर ७ मा जनता आवास कार्यक्रम अन्तर्गत बनेका घरहरुको अनुगमन गरेको छ । नगर उप–प्रमुख नगेन्द्र प्रसाद संग्रौला, नगरका लेखा प्रमुख तेजेन्द्र तामाङ, उपभोक्ता समितिका अध्यक्ष बद्री प्याकुरेल लगायतको टोलीले घरहरुको अनुगमन गरेको हो । यस वडामा ६ वटा घर निर्माणका लागि गत आर्थिक वर्षमा छुट्टीएको बजेटबाट बनेका घरहरुको अनुगमन गरिएको नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले बताउनुभयो । उहाँले निर्वाचन लगायत विविध कारणले घर निर्माणमा ढिलाई भएको बताउनुभयो । प्रति घर २ लाख २० हजारका दरले जम्मा १३ लाख २० हजार रुपैयाँमा ६ वटा घर निर्माणका लागि बजेट छुटिएको थियो । तर, निर्माणका क्रममा…

Read More

दमक, २४ माघ । बाँके कोहलपुर नगरपालिका–७ का ४८ वर्षीय रुपना थारूले झापाबाट मेचीदेखि महाकालीसम्मको उल्टो यात्रामा निस्किएका छन् । गत माघ २१ गतेदेखि उल्टो यात्रा शुरु गरेका उनी दैनिक २०–२५ किलोमिटर उल्टो यात्रा गर्ने अठोटमा छन् । श्रीमती सम्झनाको सहयोगबाट थारूले पूर्वी नाका कांकडभिट्टाबाट महाकालीसम्मको एक हजारभन्दा बढी किलोमिटर उल्टो पदयात्रामा निस्किएका हुन् । दुई दिनमा उनले करिब ५२ किलोमिटर यात्रा पूरा गरेका छन् । सोमबार दिउँसो दमकमा भेटिएका पदयात्री थारूले विश्वशान्तिको कामना गर्दै आफूले दुई महिनाभित्रमा महाकाली पुगेर पदयात्रा समापन गर्ने लक्ष्य लिएको बताए । पूर्वपश्चिम राजमार्गमा उल्टो हिँडेर आफ्नो लक्ष्य पूरा गर्ने आत्मविश्वासमा छन् रुपना । उनी…

Read More