झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

सुनसरी, २६ असोज । सुनसरीको रामधुनी नगरपालिका–२ शिबनगरमा एक व्यक्तिको गोली हानी हत्या भएको छ । रामधुनी नगरपालिका–२ स्थित कर्मन्या टोलको भित्री सडकमा शनिबार साँझ ५ः०० बजे स्थानीय अन्दाजी ४७ वर्षका दिनेश चौधरीको गोली हानी हत्या भएको स्थानीयले बताएका छन् । मृतक चौधरी सफारी चालक रहेको र उनलाई मोटरसाइकलमा सवार युवाहरूको समूहले गोली प्रहार गरेर भागेको स्थानीयले बताएका छन् । गोली लागेर घाइते उनको केही बेरमै घटनास्थलमै मृत्यु भएको हो । गोली प्रहार गरी फरार भएका समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय पकलिका इन्चार्ज लेखनाथ दाहालका अनुसार चौधरीको हत्या गोली प्रहारकै कारणले भएको हो वा अन्य…

Read More

इलाम, २६ असोज । गत असोज १८ गतेको भीषण वर्षापछि गएको पहिरोका कारण अवरुद्ध मेची राजमार्ग अझै सञ्चालनमा आउन सकेको छैन । मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ स्थित इलाम–राजदुवाली सडकखण्डमा ठूलो पहिरो खसेपछि आवतजावत पूर्ण रूपमा रोकिएको छ । सडक डिभिजन इलाम, स्थानीय बासिन्दा र सुरक्षाकर्मीले एक सातादेखि लगातार सडक खुलाउन प्रयास गरे पनि हालसम्म सफल भएका छैनन् । सडक विभागको प्राविधिक टोली र स्थानीय बासिन्दाले सडक खुलाउने प्रयास गरिरहेका छन् । सडक खुलाउने प्रयास भइरहेको सडक डिभिजन कार्यालयका डिभिजन प्रमुख पवन भट्टराईले बताउनुभयो । ठूलो पहिरो खसेकाले सडक सञ्चालन गर्न समस्या भएको उहाँले बताउनुभयो । “सडक खुलाउन हामी दिनरात लागिरहेका…

Read More

-राजेश ढुंगाना एक दिनमाअझ एकैछिनमाससाना स्कूले नानी-बाबुहरूलेतीन दशककोकालो, ॲध्यारोलाईनिमिषभरमैध्वस्त पारिदिएपरास्त गरिदिएतीन दशककोविषाक्त देशलाईअमृत बर्षाको सम्भावना देखाइ‌दिएको नि के-केकाविरुद्ध उठेका कलिला बाबु-नानीकाहात र आवाजहरुसडकमारगत पल्टेरदेशकोमुस्कान खोज्दै मरिरहेसडकमाक्षत-विक्षत लम्पसाररगतको आहालमा डुबेर◾️र,मर्नुभन्दा अघिअथवामर्दै-मर्दाको क्षण र समयउनीहरूलेआफ्नो वर्तमान माग्दैहाम्रो भत्किएको सपनालाईटड्‌कारो बौराए एक पटक हो,शहादत दिएररक्त – बलिदानकोस्कूले नानी-बाबुहरूलेहामीलाईभविष्यको नौलो क्षितिज देखाए रोक्नु हुन्न यात्राअविराम हिंड्‌नु पर्छभन्ने बताएसबैभन्दा धेरै तहामीलेसदैव र निरन्तरबिर्सिएकोहिंड्‌नै पर्ने यात्राकोबाटो देखाए ◾️ रक्तविजकहीं, कतै, कहिलेखेर जान्न – झाङ्गिन्छमर्दैन मारेरबरूजिउँदिन्छसदैवका लागि◾️हो,क्रान्ति फेरि पनियहाँ एकपटकअधुरो नै रहलातरयो क्रान्ति यसपटकउधारोमै रहे पनि यसलेएउटा ऋणमुक्तनगदर पूर्ण क्रान्तिको यात्राथालेको छहो…नानी – बाबुहरूको यो क्रान्तिलेनेपाल आफैंमाक्रान्तिमय बनेको छएउटा पूर्ण क्रान्तिको संघारगर्भाधान भैसकेको छ◾️हो,यो क्रान्तिलेपहिलो पटकनेपाल जन्माउॅछअब…

Read More

झापा, २६ असोज । हस्ताक्षर गरेको र नगरेको विषयलाई लिएर झापा कांग्रेसमा आन्तरिक छेडखानी चलेको छ । पार्टी जिल्ला नेतृत्वमा रहनु भएको एक जिम्मेवार पदाधिकारीले हस्ताक्षर गर्ने पक्षलाई “होच्याए” पछि आन्तरिक छेडखानी चलेको हो । कांग्रेस झापाका एक पदाधिकारीले ३० प्रतिसत महाधिवेशन प्रतिनिधिले मात्रै हस्ताक्षर गरेको सूचना सञ्चार माध्यमलाई दिएर “परिवर्तन पक्षधर” लाई होच्याएको भन्दै हस्ताक्षर पक्षधर आक्रोसित बनेको छ । हस्ताक्षर गर्ने पक्षले ५१ प्रतिसत भन्दा बढी महाधिवेशन प्रतिनिधिको हस्ताक्षर गरेको दाबी गरेको छ । हिमालय टाइम्सलाई प्राप्त हस्ताक्षर महाधिवेशन प्रतिनिधिको संख्यासहितको नामावलीले सो दाबीलाई पुष्टि गर्छ । हस्ताक्षर नगर्ने पक्ष समयको सही मूल्यांकन गर्न नसकेको, विषम परिस्थितिमा हस्ताक्षरको…

Read More

कनकाई, २६ असोज । गत असोज १८ गते आएको बाढीले झापाको कनकाई नगर क्षेत्रमा करिब ४ करोड बराबरको क्षति भएको छ । गरपालिकाका नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले नगर क्षेत्रमा बाढीका कारण करिब ४ करोड रुपैयाँ बराबरको क्षति भएको जानकारी दिनुभयो । कनकाईमा कनकाई माई नदीमा आएको बाढीले करिब २५ बिघा जमिन कटान गरेको छ । करिब ८०० मिटर सडकमा क्षति पु¥याएको छ भने धानबालीमा क्षति भएको छ । “नदी नियन्त्रणका लागि नगरपालिकाले कनकाई र बिरीङ नदीमा तटबन्धन गरेकाले धेरै क्षति हुन पाएन”, नगर प्रमुख पोखरेलले भन्नुभयो, “नगर क्षेत्रमा बाढीका कारण करिब ५० घरधुरी प्रभावित भएका छन् ।” विभिन्न सामाजिक संघसंस्थासँगको सहकार्यमा…

Read More

झापा, २६ असोज । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाहालले आज देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जनाएको छ । आज बिहान एक बुलेटिन जारी गर्दै महाशाखाले दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहने र कोशी प्रदेशको पहाडी भूभागका एक–दुई स्थान हल्का वर्षाको सम्भावना रहेको जनाएको छ । त्यस्तै, आज राती कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहने छ ।

Read More

झापा, २५ अशोज । झापाको दमक नगरपालिका–३ वेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा लागु औषध खैरो हेरोइन बिक्री वितरणको तयारीमा संलग्न आठ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा एक जना पूर्वमा हिरासतबाट फरार भएका अभियुक्त पनि रहेका छन्। इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले गोप्य सूचनाको आधारमा साजन थापाको घरमा छापा मार्दा सोही घरको कोठामा लागु औषध सेवन तथा वितरणको तयारीमा रहेका आठ जनालाई नियन्त्रणमा लिएको हो। प्रहरीले चस्माको खाली खोलमा लुकाई राखिएको अवस्थामा खैरो हेरोइन बरामद गरेको छ। डिजिटल तराजुमा नापतौल गर्दा प्लास्टिक बाहेक ७ ग्राम ८०० मिलिग्राम लागु औषध फेला परेको प्रहरीले जनाएको छ। पक्राउ परेका व्यक्तिहरूको विवरण:साजन थापा (२७),…

Read More

काठमाडौँ, २५अशोज । चर्चित अभिनेता राजेश हमालको आत्मकथात्मक पुस्तक ‘युगदेखि युगसम्म’ आज राजधानीमा एक समारोहबीच विमोचन गरिएको छ। पत्रकार तथा लेखक यज्ञशसँगको संवाद शैलीमा तयार भएको उक्त पुस्तकको विमोचन कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको डबलीमा सम्पन्न भयो। पुस्तक विमोचन कार्यक्रममा अभिनेता हमाल, उहाँकी श्रीमती मधू भट्टराई, लेखक यज्ञश तथा साहित्यकार बुद्धीसागरले संयुक्त रूपमा पुस्तक सार्वजनिक गर्नुभयो। पुस्तकमा हमालको जीवनयात्रा, चलचित्र क्षेत्रका अनुभव, सामाजिक तथा व्यक्तिगत विचार, संस्मरणहरू समेटिएको छ। अभिनेता हमालले पुस्तकमा राजनीति, धर्म, मनोविज्ञान लगायतका विषयहरू पनि समावेश गरिएको जानकारी दिनुभयो। “मैले बाहिर कहिल्यै नभनेका विषयहरू पनि पुस्तकमा समेटिएको छ,” उहाँले भन्नुभयो, “तीन वर्षको मेहनतपछि यो पुस्तक विमोचन गर्न सफल भएका…

Read More

झापा, २५ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकास मन्त्री कुलमान घिसिङले शनिबार इलाम जिल्लाको विपद् प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्दै राहत वितरण गर्नुभएको छ। मन्त्री घिसिङसँग गृह सचिव रामेश्वर दंगाल, भौतिक पूर्वाधार तथा यातायात सचिव केशव कुमार शर्मा, नेपाल प्रहरीका महानिरीक्षक चन्द्र कुबेर खापुङ लगायतको टोलीले मेची राजमार्ग अन्तर्गतका क्षतिग्रस्त खण्डहरूको निरीक्षण गरेका थिए। असोज १७, १८ र १९ गतेको भीषण वर्षाका कारण राजमार्गका विभिन्न भागमा क्षति पुगेको थियो। निरीक्षणपछि मन्त्री घिसिङले राजमार्गलाई यथासिघ्र सञ्चालनमा ल्याउन मर्मत तथा पुनः निर्माणको कार्य तीव्र गतिमा अघि बढाइएको जानकारी दिनुभयो। साथै, विपद् पछिको राहत वितरण तथा…

Read More

झापा, २५ असोज । झापाको मेचीनगर नगरपालिका–१३ बस्ने ४७ वर्षीय दिलीप कुमार यादवलाई जबरजस्ती करणीको अभियोगमा प्रहरीले पक्राउ गरेको छ। दिलीपले २७ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोलीले उनलाई शुक्रबार राति पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

Read More