
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
भद्रपुर, १६ माघ । झापामा १२० जना नयाँ कुष्ठरोगी फेला परेका छन् । झापामा चालू आर्थिक वर्ष २०७९÷०८० को छ महिनाको अवधिमा १२० जना नयाँ कुष्ठरोगी फेला परेको स्वास्थ्य कार्यालय झापाका कुष्ठरोग फोकल पर्सन वीरेन्द्र दासले जानकारी दिनुभयो । गत वर्ष १२१ जना नयाँ कुष्ठरोगी फेला परेकोमा यस वर्ष छ महिनाकै अवधिमा १२० जना नयाँ कुष्ठरोगी फेला परेका हुन् । झापा ग्रामीण क्षेत्रमा कुष्ठरोगीको संख्या बढ्दै गएको फोकल पर्सन दासले बताउनुभयो । “नयाँ रोगी धेरै फेला परेका छन्”, उहाँले भन्नुभयो, “ग्रामीण क्षेत्रमा कुष्ठरोगी धेरै भेटिएका छन् ।” झापाको कचनकवल गाउँपालिकामा सबैभन्दा धेरै २० जना नयाँ कुष्ठरोगी फेला परेका छन् ।…
झापा, १६ माघ । चिकित्सकहरुको नाम दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षामा आधा भन्दा बढी अनुत्तीर्ण भएका छन् । नेपाल मेडिकल काउन्सिलले गत १२ देखि १५ सम्म लिएको परीक्षामा एमबीबीएस र वीडीएसतर्फ गरी १ हजार २२० जना अनुत्तीर्ण भएका हुन् । यो कूल सहभागिताको ५३ प्रतिशत हो । काउन्सिलका रजिष्ट्रार डा. कृष्णप्रसाद अधिकारीका अनुसार एमबीबीएस र बीडीएसमा गरी २ हजार ३ सय ३११ ले लाइसेन्स परीक्षा दिएका थिए । जसमध्ये १ हजार ९१ जना (४७ प्रतिशत) चिकित्सक उत्तीर्ण भएका छन् । काउन्सिलको तथ्यांक अनुसार एमबीबीएस तर्फ ४७.११ र बीडीएस तर्फ ४७.६० प्रतिशत चिकित्सक पास भएका छन् । यसपटक एमबीबीएसमा कुल १ हजार…
झापा, १६ माघ । प्रत्येक वर्ष माघ १६ गते मनाइने शहीद दिवस प्रजातन्त्र स्थापना एवं पुनर्स्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी आज देशभर मनाइँदैछ । शहीदलाई प्रत्येक वर्ष माघ १६ गते सम्झने गरे पनि सपना पूरा गर्न हुनुपर्ने जति काम नभएको गुनासो यस अवसरमा हुने गरेको छ । यस दिन हुने औपचारिक कार्यक्रममा जिम्मेवार अधिकारीहरुबाट शहीदको सपना पूरा गर्न लागिपरेको प्रतिबद्धता भने निरन्तर आउने गरेको छ । यही माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ शहीद सप्ताह मनाउने घोषणा गरी विविध कार्यक्रम हुँदै आएको छ । विसं २०१२ देखि नै तत्कालीन…
झापा, १६ माघ । आगामी फागुन ५ गतेबाट सञ्चालन हुन लागेको बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सवको तयारी तीब्र बनाइएको छ । महोत्सवलाई प्रदेश–१ सबैभन्दा ठूलो बनाउने उद्धेश्यले विभिन्न संघ–संस्थासंग छलफल तथा परामर्शलाई अघि बढाइएको महोत्सव आयोजक समितिका संयोजक राजु न्यौपानेले बताए । बिर्तामोड उद्योग वाणिज्य संघको आयोजनामा हुन गइरहेको महोत्सवमा झण्डै ४५ करोड रुपैयाँको कारोवार गर्ने लक्ष्य लिइएको छ । नेपालसहित बंगलादेश, भारत तथा पाकिस्तानका व्यवसायीलाई सहभागी गराउँदै हुन लगेको महोत्सवलाई ब्यवस्थित बनाउन बिर्तामोडका विभिन्न संघ– संस्थासंग परामर्श जारी रहेको संयोजक न्यौपानेले बताए । उनका अनुसार नीजि तथा आवासिय विद्यालय अर्गनाईजेशन (प्याब्सन) झापाकका सचिव हरिकृष्ण पाठक, बिर्तामोड नगर अध्यक्ष उत्तम…
झापा, १५ माघ । सङ्घीय संसद्का नयाँ पदाधिकारीलाई सरकारी निवास व्यवस्थापन गर्न सचिवालयलाई सकस परेको छ। भइरहेका कतिपयमा पदाधिकारीको अनिच्छा र केही स्थान दिन सरकारले आनाकानी गरेपछि निवास व्यवस्थापन हुन नसकेको हो । माघ ५ गतै नै निर्वाचित भए पनि सभामुख देवराज घिमिरे सरकारी निवासमा सरेका छैनन् । सचिवालयले सभामुख, उपसभामुखको निवास व्यवस्थापनका लागि सहरी विकास मन्त्रालयलाई भने ताकेता गरिरहेको छ। संसद् सचिवालयले पदाधिकारी निर्वाचन अगावै निवास व्यवस्थापनका लागि आग्रह गरिसकेको हो। त्यसका लागि पुनः ताकेता गरेको छ तर मन्त्रालयले व्यवस्थापन गरिसकेको छैन । “हामीले सहरी विकासलाई आग्रह गरिसकेका छौँ तर व्यवस्थापन भएको छैन । सभामुख पनि गृह जिल्ला गएकाले…
झापा, १६ माघ । राष्ट्रपतिको निर्वाचन प्रक्रिया सुरु हुनु अगावै वर्तमान सत्ता गठबन्धन भत्काउन विभिन्न शक्तिकेन्द्र दौडधुपमा लागेको पाइएको छ । एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपालगायतको सत्ता गठबन्धनलाई टुटाएर नयाँ सत्ता समीकरण बनाउने खेल सुरु भएको हो । सो खेलले सरकारलाई अस्थिर बनाउन मलजल पुग्ने विश्लेषण राजनीतिक वृत्तमा गरिएको छ । विदेशी शक्तिकेन्द्रदेखि राष्ट्रियस्तरकै विभिन्न शक्तिकेन्द्रसमेत नयाँ समीकरण बनाएर सरकार फेरबदल गराउने कोसिसमा रहेका स्रोतको दाबी छ । स्रोतका अनुसार कांग्रेस, नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्रकै केही नेता वर्तमान सत्ता समीकरण भत्काउन लागिपरेका छन् । यद्यपि, माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने सरकार गठन…
झापा, १६ माघ । इजरायलमा काम गर्ने सहायक श्रमिक (केयरगिभर) को छनोट प्रक्रियालाई पुनरावलोकन गरिने भएको छ । यसअघिको प्रक्रिया असाध्यै ढिलो भएकाले यसलाई छिटोछरितो बनाउन पुनरावलोकन गर्ने विषयमा नेपाल सरकार र इजरायल सरकारबीच छलफल भएको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार विभाग र नेपालका लागि इजरायली राजदूतसँग भएको पटकपटकको छलफलमा सबै प्रक्रिया पुनरवलोकनको विषय उठेको हो । विभागअन्तर्गतको इजरायलरजापान शाखाका निर्देशक डम्बरबहादुर सुनुवारले इजरायलमा नेपाली केयरगिभर लैजाने कार्य ढिलो भएकाले यसलाई सुधार गरेपछि मात्रै नयाँ मागसम्बन्धी काम गर्न प्रस्ताव इजरायली पक्षसँग गरिएको जानकारी दिए । हालको प्रक्रियाले श्रमिकलाई आर्थिक रूपमा मर्का परेकाले अब नयाँ आउने…
झापा, १६ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेलाई फेरि उपप्रधानसहित गृहमन्त्री बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाललाई दबाब दिएका छन् । लामिछानेले आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरिकता लिएपछि उनलाई गैरसांसदको रूपमा उपप्रधानमन्त्रीसहित गृह मन्त्रालयमै फर्काउन ओलीले प्रधानमन्त्री दाहालमाथि दबाब बढाएका हुन् । ुउहाँ (रवि लामिछाने) लाई गृह मन्त्रालय नदिनुपर्ने कुनै कारण छैन, त्रुटि सच्चिएको छ । उपनिर्वाचन नहुँदासम्म उहाँलाई गैरसांसदको रूपमा मन्त्रिपरिषद्मा फर्काउनुपर्ने एमालेको राय छु, एमालेका एक पदाधिकारीले भने । अदालतले नागरिकताविहीन लामिछाने सांसद हुने अयोग्य भएको फैसला सुनाएपछि सोही दिन उनले उपप्रधान एवं गृहमन्त्री पदबाट राजीनामा दिएका थिए ।…
बुद्धशान्ति, १५ माघ । झापाकाे बुद्धशान्ति गाउँपालिका वडा नम्बर १ ले वडाका तीन ठाउँमा फलैचा निर्माण गरेकाे छ । विकासक्रममा रहेका ठाउँहरू छनाैट गरि ब्यवसायिक ठाउँकाे बिस्तार गर्न, चाेक क्षेत्रका नागरिक भेला भएर भलाकुसारी गर्न, विश्रामालय तथा प्रतीक्षालयको रूपमा प्रयोग हुने गरि फलैचा निर्माण गरिएको वडा अध्यक्ष अनिल वाग्लेले बताउनु भयाे । ३ लाख रूपैयाँकाे बजेटमा ती फलैचा निर्माण गरिएकाे वडाले जानकारी दिएकाे छ । वडाकाे शान्ति चाेक, होक्से चाेक र मगर चाेकमा फलैचा निर्माण गरिएकाे हाे । फलैचा निर्माण गरिएकाे क्षेत्र आसपासमा व्यवसायिक सटर निर्माण गरि व्यवसायिक काराेवार गर्न सकिने गरि वडाले ती ठाउँमा फलैचा बनाएकाे हाे । वडाले…
बिर्तामोड, १५ माघ । प्रेस सेन्टर नेपाल झापाले संगठनको स्थापना दिवस मनाएको छ । प्रेस सेन्टर झापाले आइतबार बिर्तामोडस्थित गौरीशंकर प्रतिस्ठानमा संगठनको १९ औं स्थापना दिवस मनाएको हो । प्रेस सेन्टर झापाका अध्यक्ष झुलन रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य लीलाराज झापालीको प्रमुख आतिथ्य रहेको थियो । स्वागत संगठनका झापा सहसचिव सन्तोष शर्माले गरेको कार्यक्रममा प्रमुख अतिथि झापालीले संगठनलाई चलायमान बनाउन आग्रह गरेका थिए । कार्यक्रमको सञ्चालन संगठनका झापा सचिव उद्धव पुरीले गरेका थिए । कार्यक्रममा प्रेस सेन्टर नेपाल झापाका कोषाध्यक्ष पुष्प खड्का, सदस्य होमप्रकाश अधिकारी लगायतको उपस्थिति रहेको थियो ।