झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

काठमाडौँ, ९ माघ । भारतीय चर्चित सिङ्गिङ रियालिटी शो सारेगामापा लिटिल च्याम्पस सिजन ९ को विजेता ९ वर्षीया जेतशिन डोना लामा भएकी छिन् । आइतबार साँझ भएको सारेगमपा लिटिल च्याम्पसको ग्राण्ड फिनालेबाट सिक्किमकी ९ वर्षीया लामा विजेता बनेको भारतीय सञ्‍चार माध्‍यमहरुले जनाएका छन् । जेतशिनले हर्ष सिकन्दर र न्यानेश्वरी घाडगेलाई उछिन्दै विजेता बनेकी हुन् ।लामासँग हर्ष सिकन्दर फर्स्ट रनर अप र न्यानेश्वरी घाडगे सेकेण्ड रनरअप भइन् । पछिल्लो ३ महिनादेखि जारी सारेगमप भारतको चर्चित टेलिभिजन रियालिटी शो मध्‍येको एक हो।

Read More

कनकाई, ९ माघ । झापाका प्रमुख जिल्ला अधिकारी छबिलाल रिजाललाई कनकाई नगरपालिकाले सम्मान तथा बिदाइ गरेकोछ । नगरपालिकाले आज आज एक कार्यक्रमको आयोजना गरी प्रजिअ रिजाललाई सम्मान तथा बिदाइ गरेको हो । तनहु जिल्लाको प्रमुख जिल्ला अधिकारीका रुपमा झापाबाट सरुवा हुनु भएका रिजाललाई कनकाई नगरपालिकासहित नगरका विभिन्न संघ–संस्थाले बिदाइ गरेका थिए । नगर प्रमुख राजेन्द्रकुमार पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रमुख आशा शर्मा शिवाकोटीले स्वागत गर्नुभएको थियो । कार्यक्रममा नगरका नौ वटै वडाका वडाध्यक्ष , कार्यपालिका सदस्य , वडाका अन्य सदस्य, नगरका सम्पूर्ण कर्मचारीले फेरि भेटौला भन्दै एकै साथ प्रजिअ रिजाललाई सम्मानका साथै मायाको चिनो दिएर बिदाई गरेको छ । कार्यक्रममा…

Read More

मेचीनगर, ९ माघ । झापाको मेचीनगर(१४ स्थित बाल सुबोधनी माध्यमिक बिद्यालय ब्यबस्थापन समितिको अध्यक्षमा मुनिलाल राजबंशी चयन भएका छन् । बिद्यालयमा मंगलबार आयोजित भेलाले राजबंशीसहित ९ सदस्यीय कार्यसमिति चयन गरिएको हो । अध्यक्ष राजबंशी माओवादी केन्द्र मेचीनगर(१४ का अध्यक्षसमेत हुन् । सचिवमा विस्व थापा, सदस्यमा निर्मला न्यौपाने, सखरलाल राजबंशी, लोकेस्वर चौधरी, खिनमाया सुबेदी, मुना फुँयाल, मित्रलाल काफ्ले, फुलकुमारी राजबंशी चयन भएका छन् । अधिकांश आदिवासी बिद्यार्थीको पठनपाठन हुदै आएको छ । ‘यो वडा आदिवासीको बाहुल्य भएको वडा हो । आदिवासी प्रायः बिपन्न नै छन्’, अध्यक्ष राजबंशीले भने, ‘अन्य बिपन्न वा सम्पन्न सबैका लागि यहाँ कक्षा १० सम्म मात्रै अध्यापन गराउदै…

Read More

भद्रपुर, ९ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल प्रमुख पूर्ण चुडाललाई पक्राउ गरेको छ । भ्रष्टाचारको आरोपमा उनलाई नियन्त्रणमा लिइएको अख्तियार स्रोतले बताएको हो। उनलाई अख्तियारबाट खटिएको टोलीले विमानस्थल प्रहरीको सहयोगमा आज सोमवार नियन्त्रणमा लिएको हो । आयोगको टोलीले प्रबन्धक चुडाललाई घुस लिएको रकम सहित कार्यकक्षबाटै नियन्त्रणमा लिएको जनाएको छ ।अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीका अनुसार चुडाललाई प्रहरी नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको छ । चुडाल नवौं तहका कर्मचारी हुनुहुन्छ । आन्तरिक टर्मिनलमा जाने पास दिँदा घुस लिएको अभियोगमा चुडाललाई पक्राउ गरिएको श्रोतले जानकारी दिएको छ । यस अघि भद्रपुरको चन्द्रगढी एअर पोर्टमा रहँदा चुडालले…

Read More

दीपक चापागाईंभो तिमी अब प्रयास नगरम कहिलै थक्दिन परिस्थिति ।पछिबाट मेरो खुट्टा तान्छौम लड्दा तिमी रमाउछौ ।पछिबाट मलाई छुरा हन्छौम घाइते भएर भुईमा लडे ।हिँड्दा–हिँड्दै छिर्के लाउछौत्यो पनि सहेर बसिरहेछु ।हुँदै नभऐको कुरा लाउँछौदुनियाँमा भर्म छरिरहन्छौ ।काँचको टुक्रामा हिँडायौखुट्टा काट्यो भनेर छोड्यौ ।भिरको टुप्पोबाट घचेट्यौसदाका लागि पन्सियो भन्यौ ।समुन्द्र बीचमा पुर्याएर छोेड्यौपानीमा डुब्यो होला भन्यौ ।पहिरोको बीचमा छोड्यौपुरिएर गयो भनेर सोच्यौ ।बाघसँगै खोरमा थुन्यौतर, म बाघसँग लडेर आएँ ।तिम्रा सारा प्रयासहरूपानी विनाको बादल जस्तै ।बिस्तारै बिस्तारै फाटेरआकाशमा बिलिन भइ सके ।तर पनि तिमी मसान घाटकोमुर्दा बनेर अझै पनि मलाईतर्साउनु खोजिरहेको देख्दाचिता खित्का छोडिछोडीगिज्याउँदै हासिरहेछ ।यी सारा परिस्थितिकाटाउकोमा माथि कुल्चेरमृत्युुको कुनै…

Read More

बिर्तामोड, ९ माघ । बिर्तामोड नगरपालिकाको श्रमिक हितकोषको तर्फबाट आज एक जना श्रमिकलाई राहत प्रदान गरिएको छ । केही महिना अघि देउनिया पुलमा भएको ट्रक दुर्घटनामा परी घाइते भएका बिर्तामोड नगरपालिका वडा नम्बर २ का बुधलाल राजवंशीलाई नगद ५० हजार रुपैयाँ राहत प्रदान गरिएको हो । राजवंशीलाई श्रमिक हितकोषको संयोजक तथा बिर्तामोड नगरपालिकाकी नगरप्रमुख पवित्रा महतारा प्रसार्इंले उक्त रकमको चेक हस्तान्तरण गर्नुभयो । राजवंशी ढुवानी मजदुर हुन् । बिर्तामोडमा नगरपालिकाले जारी गरेको श्रमिक सञ्चालन कार्यविधि २०७५ अनुसार श्रमिक हितकोष सञ्चालनमा छ । यस कोषबाट राहत पाउनको लागि श्रमिक सूचिकृत हुनु पर्ने व्यवस्था रहेको कोषका सचिव तथा नगरका रोजगार शाखा संयोजक…

Read More

झापा, ९ माघ । गत माघ १ गते पोखरामा भएको यती एयरलाइन्सको ९एन–एएनसी एटआर ७२ जहाज दुर्घटनामा ज्यान गुमाएकाका परिवारलाई शव हस्तान्तरण गरिएको छ। यती एयरलाइन्सका अनुसार जहाज दुर्घटनामा मृत्यु भएका ६० जनाको शव सम्बन्धित परिवारलाई बुझाइएको हो । हालसम्म ७० शवको पोस्टमार्टम सकिएको कम्पनीले जनाएको छ । फोरेन्सिक मेडिसिन विभाग महाराजगन्ज काठमाडौंका अनुसार सनाखत भएका चार जनाको शव हस्तान्तरण गर्न बाँकी रहेको र सनाखत नभएका ६ जनाको शव सनाखत गरी हस्तान्तरणको प्रक्रियामा छ। हराइरहेका २ जनाको खोजी कार्य जिल्ला प्रशासन कार्यालय कास्कीले जारी राखेको र घटनास्थलबाट संकलन गरी फोरेन्सिक विभागमा ल्याइएका मानव अंगहरुको डीएनए परीक्षण कार्य पनि सँगसँगै भइरहेको…

Read More

झापा, ९ माघ । नेपालको व्यापारघाटा ७ खर्ब ११ अर्ब रुपैयाँ बराबरको देखिएको छ। चालू आर्थिक वर्षको ६ महिनामा अर्थात् पुस मसान्तसम्ममा नेपालले ७ खर्ब ९२ अर्ब रुपैयाँ बराबरको वस्तु खरिद गरेको छ भने ८० अर्ब रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ। गत आर्थिक वर्षको तुलनामा नेपालको वस्तु आयात र निर्यात दुवैमा कमी आएको देखिएको छ। जसकारण नेपालको वैदेशिक व्यापारको आयतन समेत घटेको भन्सार विभागले जनाएको छ।

Read More

झापा, ९ माघ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले आफ्नो नामका अगाडि प्रयोग गर्दै ‘प्रोफेसर’ पद नक्कली भएको खुलेको छ। उनले कुनै विश्वविद्यालयबाट मान्यता प्राप्त नगरी ‘प्रोफेसर’का रुपमा आफूलाई परिचित गराउँदै आएका थिए। यस्तोमा उनको यो पद नक्कली भएको निष्कर्षसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार उनीविरुद्ध भ्रष्टाचार मुद्दा चलाएको छ। उनका लागि यो नक्कली ‘प्रोफेसर’ पद अनुमोदन गराउन मिलेमतो गरेको पाइएपछि डा. ज्ञानेन्द्रमान सिंह कार्कीविरुद्ध पनि अख्तियारले मुद्दा चलाएको छ। ‘डा. ज्ञानेन्द्र गिरीले बीपी प्रतिष्ठान, धरानको उपकुलपति जस्तो पदमा नियुक्ति भइसकेपछि अरुले विश्वास गरोस् भनी बदनियतसाथ आधिकारीक निकायबाट प्राप्त नगरेको नपाएको ओहदा पाएँ भनी अरुले…

Read More

बिर्तामोड, ९ माघ । झापाको बिर्तामोडमा प्रदेश नं. १ स्तरीय तेस्रो मिस्टर ग्यालेक्सी बडीबिल्डिङ च्याम्पियनसिप प्रतियोगिता हुने भएको छ । बिर्तामोडस्थित ग्यालेक्सी फिटनेसको आयोजनामा आउँदो चैत २४ र २५ गते उक्त प्रतियोगिता हुन लागेको हो । बिर्तामोडमा आज पत्रकार सम्मेलनको आयोजना गरी ग्यालेक्सी फिटनेसका सञ्चालक चन्द्र राना मगर लाफाले प्रतियोगिताबारे जानकारी दिएका हुन् । प्रतियोगिता सम्पन्न गर्न दिप साउदेन लिम्बूको अध्यक्षतामा आयोजक समिति गठन गरिएको छ । समितिको वरिष्ठ उपाध्यक्षमा रोहित गजमेर, उपाध्यक्षमा सुनिल लावती, सचिवमा केशव श्रेष्ठ, सहसचिवमा किरण राई र कोषाध्यक्षमा फिटनेस सञ्चालक चन्द्र राना मगर लाफा चयन भएका छन् । त्यस्तै, सदस्यहरुमा पुजा थापा, रेखा बाँस्तोला, कमला…

Read More