
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
सन्तोष शर्माझापा, ३० कात्तिक । झापामा पछिल्लो चार महिनाको अवधिमा सवारी दुर्घटनामा परी १७ जनाले ज्यान गुमाएका छन् । चालु आर्थिक वर्ष २०८२/०८३ को साउनदेखि कात्तिक २९ गतेसम्म भएका तीन सय ४५ वटा सवारी दुर्घटनामा परी १७ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिनुभयो । ती दुर्घटनामा परी २९ जना गम्भीर घाइते भएका छन् भने छ सय ७० जना सामान्य घाइते भएका छन् । असोज महिनामा सबैभन्दा धेरै छ जनाको मृत्यु भएको छ भने साउनमा तीन जना, भदौमा चार जना र कार्तिकको हालसम्म चार जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले…
बिर्तामोड, ३० कात्तिक । मारवाडी महिला मञ्च र मारवाड़ी युवती मञ्च बिर्तामोडको संयूक्त साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ । मारवाडी सेवा समिति बिर्तामोडको हलमा भएको साधारण सभामा मञ्चकी अध्यक्ष निलम अग्रवाल पुनः अध्यक्षमा निर्वाचित हुनुभएको छ । कार्यक्रममा महिला मञ्चको प्रगति र आर्थिक प्रतिवेदन सचिव निर्मला अग्रवालबाट र मारवाडी युवती मञ्चको प्रगति र आर्थिक प्रतिवेदन संयोजक रिचा मंगलबाट प्रस्तुत गरिएको थियो । मञ्चकी पूर्व अध्यक्ष रेणु मंगलको प्रमुख आतिथ्यतामा भएको सभामा नेपाल राष्ट्रिय मारवाडी परिषदका केन्द्रीय सचिव उमेश डालमिया, मारवाड़ी सेवा समिति बिर्तामोडका संस्थापक अध्यक्ष वेदप्रकाश अग्रवाल, मारवाड़ी सेवा समितिका अध्यक्ष विजयकुमार गोयल र मारवाडी महिला मञ्च बिर्तामोडकी…
निशान निरौलाइलाम, ३० कात्तिक । हिजो साँझ करिब ७ बजे इलाम–पाँचथर जोड्ने भित्री सडक खण्डमा भएको ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । इलामको सन्दकपुर गाउँपालिका–२, गोरुवाले भञ्ज्याङ नजिक लोक्ता (नेपाली कागज बनाउन प्रयोग हुने कच्चा पदार्थ) बोकेर पाँचथरतर्फ जाँदै गरेको प्रदेश १–०२–००३–त ३४०२ नम्बरको ट्याक्टर आफैँ अनियन्त्रित भई करिब ५० मिटर तल खसेर दुर्घटना भएको थियो। सो जानकारी राति ११ः४५ बजे प्रहरी चौकी बन्दुकेमा आएपछि प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो । दुर्घटनामा जिल्ला पाँचथर, फिदिम नगरपालिका–१४ बस्ने ३४ वर्षीय सोम राईको घटनास्थलमै मृत्यु भएको इलाम प्रहरीले जनाएको छ ।सोही ट्याक्टरमा सवार फिदिम…
बिर्तामोड, ३० कात्तिक । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको शिक्षा बहुउद्देश्यीय सहकारी संस्था लि.को १३ औं साधारणसभा अन्तरगत चार वटा इकाइगत साधारण सभा सम्पन्न भएका छन् । संस्थाको कात्तिक २७ गतेदेखि शुरु भएको इकाइगत साधारण सभा आज कात्तिक ३० गते सम्पन्न भएको हो । संस्थाको कात्तिक २७ गते इकाइ १ अन्तरगत धुलाबारी–दुहागढी, कात्तिक २८ गते इकाइ २ अन्तरगत शनिश्चरे–अर्जुनधारा, कात्तिक २९ गते इकाइ ३ अन्तरगत बिर्तामोड–चैतुबारी र कात्तिक ३० गते इकाइ ४ अन्तरगत दुर्गापुरको इकाइगत साधारण सभा सम्पन्न भएको हो । संस्थाको अध्यक्ष सुब्रत न्यौपानको अध्यक्ष एवम् सल्लाहकार संयोजक सावित्रीकुमारी लिम्बूको प्रमुख आतिथ्यमा इकाइगत साधारणसभाहरु सम्पन्न भएका हुन् । कार्यक्रमहरुमा…
ताप्लेजुङ, ३० कात्तिक । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ अन्तर्गतका हिमाली बस्ती घुन्सा र फलेटारमा स्याउखेतीको परीक्षण सफल भएको छ। स्थानीय किसान र विभिन्न संस्थाले परीक्षणका रूपमा रोपेका स्याउ बिरुवाले फल दिन थालेपछि उत्साह बढेको छ। विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो शिखर कञ्चनजङ्घा आधार शिविर प्रवेशद्वारमा अवस्थित फले र घुन्सामा इटालीबाट ल्याइएका बिरुवा रोपिएको थियो। रोपेको छ महिनामै स्याउ फल्न थालेपछि स्थानीयवासी आशावादी बनेका छन्। हिमाली भूभागमा स्याउखेतीको यो सफल प्रयासले ताप्लेजुङ मात्र होइन, सम्पूर्ण पूर्वी हिमाली क्षेत्रका किसानका लागि व्यावसायिक स्याउखेतीको नयाँ सम्भावना देखाएको छ। फलेटार र ग्याप्ला क्षेत्रमा विगतदेखि नै स्याउखेती हुँदै आएको भए पनि घुन्सामा पहिलोपटक परीक्षण गरिएको…
बनियानी, ३० कात्तिक । झापाको कचनकवल गाउँपालिकामा गाईभैंसीमा लाग्ने खोरेत रोगविरुद्धको खोप अभियान शुरु भएको छ ।खोरेतका कारण किसानले हरेक वर्ष भोग्दै आएको आर्थिक क्षति न्यूनीकरण गर्दै पशुधन सुरक्षित बनाउने उद्देश्यले गाउँपालिकाले अभियान शुरु गरेको हो । गाउँपालिकाका पशु सेवा शाखाका प्रमुख हेमराज पौडेलका अनुसार कात्तिक २८ गतेदेखि शुरु भएको यो अभियान मङ्सिर २३ गतेसम्म कचनकवल–१ देखि ७ का सबै वडामा सञ्चालन हुनेछ । प्राविधिकहरूले किसानकै गोठमै पुगेर निःशुल्क खोप लगाउने व्यवस्था गरिएको उहाँले बताउनुभयो । आवश्यक परिमाणमा खोप वितरण भइसकेको समेत गाउँपालिकाले जनाएको छ । शाखा प्रमुख पौडेलले भने, “खोरेत छिटो फैलिने र उत्पादन क्षमता घटाउने रोग भएकाले यस…
झापा, ३० कात्तिक । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । आज राति कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
झापा, ३० कात्तिक । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७० पैसा र बिक्रीदर १४२ रुपैयाँ ३० पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ ५३ पैसा र बिक्रीदर १६५ रुपैयाँ २२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपैयाँ १३ पैसा र बिक्रीदर १८६ रुपैयाँ ९२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७८ रुपैयाँ ९१ पैसा र बिक्रीदर १७९ रुपैयाँ ६७ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ २३ पैसा र बिक्रीदर ९२ रुपैयाँ ६२ पैसा, क्यानेडियन…
झापा, ३० कात्तिक । चालु आर्थिक बर्षको चार महिना पूरा भए पनि मधेश प्रदेशका २४ स्थानीय तहले बजेट प्रस्तुत गर्न सकेका छैनन् । देशभर हालसम्म कूल सात सय २८ स्थानीय तहले बजेट प्रस्तुत गरे पनि २५ स्थानीय तहले बजेट ल्याउन सकेका छैनन् । संवैधानिक व्यवस्थाअनुसार हरेक वर्षको जेठ १५ गते सङ्घीय सरकारले, असार १ गते प्रदेश सरकारले र असार १० गते स्थानीय तहले बजेट प्रस्तुत गर्नुपर्दछ । चालु आवको एक चौमासिक बित्दासमेत मधेस प्रदेशका कुल एक सय ३६ स्थानीय तहमध्ये एक सय १२ स्थानीय तहले बजेट प्रस्तुत गरे पनि २४ स्थानीय तहले प्रस्तुत गरेका छैनन् । सङ्घीय मामिला तथा सामान्य…
काठमाडौं, २९ कात्तिक । सरकारी ऋण उठाउन सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले तीन अर्ब बराबरका दुई बचत पत्र बिक्री खुला गरेको छ। कार्यालयले रु २ अर्ब ५० करोड बराबरको ‘नागरिक बचत पत्र–२०८७’ र रु ५० करोड बराबरको ‘वैदेशिक रोजगार बचत पत्र–२०८७’ निष्कासन गर्न लागेको हो। पाँच वर्ष अवधिका यी बचत पत्र खरिदका लागि आगामी मङ्सिर २५ गतेसम्म आवेदन दिन सकिनेछ भने मङ्सिर २८ गते निष्कासन हुनेछ। नागरिक बचत पत्रमा ६.५ प्रतिशत र वैदेशिक रोजगार बचत पत्रमा ७.५ प्रतिशत वार्षिक ब्याजदर उपलब्ध हुनेछ। ब्याज रकम हरेक छ महिनामा खरिदकर्ताको बैंक खातामा भुक्तानी हुनेछ। नागरिक बचत पत्र नेपाली नागरिक तथा गैर आवासीय नेपालीले…