
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
यस्ती एयरहोस्टेसको कहानीबारे जानकारी दिँदै छौँ जो ३३,००० फिटबाट खसेर पनि बाँचिन् । यो कहानीमा विश्वास गर्न मुश्किल छ तर यो पूर्ण रुपमा साँचो हो । तारिख २६ जनवरी १९७२… एक विमानले स्विडेनको स्टकहोमबाट सर्बियाको बेलग्रेडका लागि उडान भर्यो । उक्त विमानको नाम थियो जेट फ्लाइट २६७ । यसमा कूल २८ जना सवार थिए । सबैकुरा ठिक चलिरहेको थियो । विमान करिब ३३ हजार फिटको उचाईमा थियो । एक एयरहोस्टेस खानाको सामानको ट्रली लिएर यात्रुतर्फ गइरहेकी थिइन् । त्यति नै बेला लगेज अपार्टमेन्टमा जोडदार बिस्फोट भयो । बिस्फोट यति तेज थियो कि हावामा नै विमान तीन टुक्रा भयो । अब…
झापा, १९ कात्तिक । झापाको मेचीनगरमा क्यान्सर रोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन ‘पूर्वाञ्चल क्यान्सर कंग्रेस २०२२’ आज सुरु भएको छ । विर्तामोडको पूर्वाञ्चल क्यान्सर अस्पताल र नेपाल क्यान्सर फाउन्डेसनले संयुक्तरुपमा आयोजना गरेको सो अन्तर्राष्ट्रिय सम्मेलनमा नेपाल, भारत र बङ्गलादेशका दुई सय विशेषज्ञ चिकित्सकको सहभागिता छ । सो सम्मेलन कात्तिक २० गतेसम्म सञ्चालन हुने पूर्वाञ्चल क्यान्सर अस्पतालका ‘मेडिकल डाइरेक्टर’ एवं सम्मेलनका कार्यक्रम निर्देशक डा वीरेन्द्र यादवले जानकारी दिए । विश्वभरि फैलिइरहेको क्यान्सर रोगको अवस्था, यसको निदानका लागि भइरहेका वैज्ञानिक खोज अनुसन्धान र उपचार प्रविधिका बारेमा चिकित्सकीय अनुभव सम्मेलनका सहभागीबीच आदानप्रदान हुने उनले बताए । सम्मेलनमा विज्ञका २० वटा वैज्ञानिक कार्यपत्र र १०…
बिर्तामोड, १९ कत्तिक । चुनावी प्रचार प्रसारका क्रममा झापा आएका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रबी लामिछानेले बिर्तामोडमा आफ्ना कार्यकर्ता र समर्थकलाई सम्बोधन गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी गठन गरी आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा घण्टी चुनाव चिन्ह लिएर उम्मेद्वार बनेका लामिछानेले आफ्ना पार्टीका उम्मेद्वार तथा समर्थकलाई शुक्रवार (आज) बिर्तामोडमा सम्बोधन गरेका हुन् । बिर्तामोड ३ बजे आउने भनिए पनि ४ घण्टापछि लामिछाने करिब साँझ ७ उपस्थित भएका थिए । बिर्तामोड आइपुग्नु पूर्व झापाको दमक, दूधे, सुरुङ्गा, धुलाबारीपछि मात्र बिर्तामोड आएका थिए । साँझमा आएका उनले छोटो सम्बोधन गर्दै झापा २ बाट प्रतिनिधिसभा सदस्य पदका प्रत्येक…
झापा, १९ कात्तिक । प्रदेश १ मा हाल तेस्रो स्थानमा कायम माओवादी केन्द्रले भने आफ्नै नेतृत्वमा प्रदेश सरकार बन्ने कल्पना गर्दै घोषणापत्र सार्वजनिक गरेको छ । ‘प्रतिबद्धता पत्र’ नाम दिएर सार्वजनिक गरेको चुनावी घोषणापत्रमा संघीयता कार्यान्वयनदेखि शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक सुरक्षा, उद्योग व्यापार क्षेत्रमा आफूले गर्ने कामका सूची उल्लेख छन् । ‘उत्पादनमुखी विकास र समुन्नत समाज समाजवादको आधार, सुदृढ संघीयतासहित समृद्ध प्रदेशका लागि माओवादी सरकार’ भन्ने मुख्य नारासहितको प्रतिबद्धता पत्रमा माओवादीले सरकारको नेतृत्व आफैले गर्ने कल्पना गरेको छ । संघीयता कार्यान्वयनको मुद्दा आफ्नो प्रमुख प्राथमिकता भएको माओवादीको प्रदेश १ कमिटीले जनाएको छ । जसमा उसले प्रदेश राजधानीको लागि आवश्यक सम्पूर्ण…
झापा, १९ कात्तिक । निर्वाचन आयोगले कुनै पनि उम्मेदवारलाई ‘मत दिन्नँ’ भन्न पाउने र आफूले चुनेको प्रतिनिधिलाई ‘प्रत्याह्वान गर्ने’ अर्थात् फिर्ता बोलाउनसक्ने व्यवस्थालगायतका विशेषता थपेर निर्वाचन कानुन मस्यौदा गर्ने तयारी गरेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उक्त जानकारी दिए । आयोगले मङ्सिर ४ को प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको अन्तिम नतिजाको प्रतिवेदन मङ्सिर २२ सम्म तयार पारेपछि आह्वान हुने संसद्को पहिलो अधिवेशनमा नै प्रस्तुत गर्ने गरी विधेयक तर्जुमा गर्न लागेको उनले बताए । आउँदो मङ्सिर ४ को निर्वाचनपछि हुने सबै निर्वाचनमा विदेशमा बस्ने नेपालीको मतदान गर्ने अधिकार सुनिश्चित गर्न सम्बन्धित व्यक्ति जुन देशमा बसेको छ त्यहीँबाट मतदाता…
झापा, १९ कात्तिक । विदेशी पर्यटकको आगमनमा उच्च वृद्धि भएको छ। अध्यागमन विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सन् २०१९ को अक्टोबरको तुलनामा सन् २०२२ को अक्टोबरसम्ममा नेपाल आएका विदेशी पर्यटकको सङ्ख्या ७१।९० प्रतिशतले बढेको छ। विभागका अनुसार यो वर्षको अक्टोबर महिनामा ८८ हजार ५८२ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । हवाई माध्यमबाट मात्रै नेपाल भित्रिनेको यो सङ्ख्या यो वर्षकै सबैभन्दा अधिक हो। सन् २०२२ को जनवरीदेखि अक्टोबरसम्ममा चार लाख ७३ हजार ५६३ जना पर्यटक हवाई मार्गबाट नेपाल भित्रिएका छन्। सन् २०२२ को प्रारम्भबाटै पर्यटन आगमनमा सुधार देखिन थालेको हो । यस वर्षको जनवरीमा १६ हजार ९७५, फेब्रुअरीमा १९ हजार ७६६, मार्चमा…
कानेपोखरी, १९ कात्तिक । मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन नजिकिदै गर्दा मोरङ क्षेत्र नं ३ मा चुनावी माहोल रोमाञ्चक बन्दै गएको छ । मोरङ क्षेत्र नं ३ मा काङ्ग्रेस–एमालेबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिरहँदा यस पटक राप्रपाले समेत दुई ठुला पार्टीलाई कडा चुनौती दिने देखिएको छ । काङ्ग्रेसले प्रतिनिधि सभा तर्फ सुनिल शर्मालाई, एमालेले भानुभक्त ढकाल र राप्रपाले रेखा थापालाई उमेदवार बनाएको छ । सुरुमा थापालाई दुई ठुला राजनीतिक दलले कमजोर उमेदवार बताउने गरे पनि अहिले तिनै दुई राजनीतक दललाई रेखाले दिएको चुनौतीको सामना गरिराख्नु परेको छ । अघिल्लो पटक जितेका सांसदले केही नगरेपछी अहिले मतदाताले…
झापा, १९ कात्तिक । २०५१ सालको मध्यावधि निर्वाचनबाट कुनै पनि राजनीतिक दलले बहुमत ल्याएन । स्पष्ट बहुमत नहुँदा संसद् विघटनको प्रयास पनि निरन्तर हुन पुग्यो । त्यससँगै दलीय उल्झनले सरकार गठन र विघटनको खेल चलिरहे पनि प्रतिनिधिसभाले पाँच वर्षको कार्यकाल पूरा गर्दै तत्कालीन गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले २०५५ साल माघ १ मा प्रतिनिधिसभा निर्वाचनको घोषणा गर्यो । माओवादीको बढ्दो हिंसात्मक आन्दोलनका बीचमा २०५६ जेठ २० र जेठ ३ गरी दुई चरणमा प्रतिनिधिसभाको चुनाव गर्ने सरकारको निर्णयअनुसार निर्वाचन सम्पन्न भयो । दुई ठाउँमा एउटै उम्मेदवारले चुनाव जितेका कारण त्यही साल मङ्सिर २३ मा उपनिर्वाचन भएको थियो । त्यसमध्ये झापाको क्षेत्र नम्बर…
भद्रपुर, १८ कात्तिक । झापा सदरमुकामका सरकारी कार्यालय प्रवेश गर्ने सडक अतिक्रमण गरेर नियम विपरित व्यापार र पार्किङ गर्दा आवतजावतमा सेवाग्राहीले समस्या भोगिरहेका छन् । झापाको प्रमुख प्रशासकीय केन्द्र जिल्ला प्रशासनको मूल प्रवेशद्वारदेखि दक्षिणबाट सुरू भएको सडक व्यपार र पार्किङ अधिकाम्स सरकारी कार्यालय अगाडिका सडकमा अतिक्रमण हुँदा आवतजावतमा सेवाग्राहीले समस्या भोग्नु परिरहेको हो । नो पार्किङ लेखिएको सडक किनारामा पार्किंङ गराएर शुल्क समेत असुल्ने गरेको पाइने गरेको छ भने रिक्सा, ठेला र अस्थायी टहरामा विभिन्न परिकार बेच्नेको भिड समेत देखिने गरेको छ । सडकमा व्यपार गरिरहेका अधिकाम्स व्यपारी इजाजत नलिइकन कारोवार गरिरहेको बताउने गर्छन् भने उनीहरूको व्यपार बारेमा कसैले सोधखोज…
कनकाई, १८ कात्तिक । झापा क्षेत्र नं. ४ का स्वतन्त्र उम्मेदवार युक्तप्रसाद भेटवालले चुनावी घोषणा पत्र सार्वजनिक गरेका छन् । झापाको सुरुङ्गामा आज पत्रकार भेटघाट गरी आफ्नो चुनावी घोषणा पत्र सार्वजनिक गरेका हुन् । उनले आफ्ना प्रतिबद्धता र क्षेत्र नं. ४ मा गर्नै पर्ने कामहरु समेटेका छन् । उनले घोषणा पत्रमा मेरो उम्मेदवारी किन ?, हामी कसरी काम गर्छौं ?, दल पुनर्संरचना, राज्य पुनर्संरचना, राष्ट्रिय आवश्यकता पहिचान, जैविक अधिकार, आर्थिक संरचना, सामाजिक संरचना, शासकीय स्वरुप, शिक्षा प्रणाली, कृषि, स्वास्थ्य सेवा, रोजगारी, विकास नीति, विदेश नीति लगायतका विषय समेटेका छन् । “व्यावहारिक शिक्षा र आधुनिक शिक्षा अहिलेको आवश्यकता हो”, उनले भने,…