jhapaonline add

झापा, ९ मंसीर । तीन दिनलाई देशभर कतै पनि वर्षा–हिमपातको सम्भावना नदेखिएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले आज बिहान ८ बजे जारी गरेको प्रक्षेपणअनुसार तीन दिन अर्थात् बिहीबारसम्म मौसम यस्तो हुनेछ आज मंसिर ९ गते (मंगलबार) दिउँसो कोसी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ भने राति देशभर मौसम मुख्यतया सफा रहने छ। भोलि बुधबार दिउँसो कोसी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ भने राति देशभर मौसम मुख्यतया सफा रहने छ । पर्सी बिहीबार दिउँसो कोसी प्रदेश…

Read More

झापा, ८ मंसीर । कोशी प्रदेशबाट एक लाख ५७ हजार ६१३ जनाले मतदाता नामावलीका लागि निवेदन दिएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी गत असोज १० गतेदेखि मतदाता नामावली सङ्कलन सुरु गरिएको थियो । मङ्सिर ५ गतेसम्मको अवधिमा कोशी प्रदेशका जिल्ला, प्रदेश निर्वाचन कार्यालयबाट र राष्ट्रिय परिचयपत्रका आधारमा अनलाइनमार्फत मतदाता नामावली दर्ताका लागि निवेदन दिइएको हो । निर्वाचन कार्यालयमा पुगेर ५८ हजार ९२५ जनाले तथा अनलाइनमार्फत ९८ हजार ६८८ जनाले नामावली दर्ताका लागि निवेदन दिएका छन् । मतदाता नामावली दर्ताका लागि निर्वाचन कार्यालयमार्फत र अनलाइन दुवै गरी ताप्लेजुङबाट तीन हजार, पाँचथरबाट चार हजार ३८९, इलामबाट…

Read More

निशान निरौलाझापा, ८ मंसीर । कृषि विकास निर्देशनालय कोशी प्रदेश विराटनगरद्वारा विकास गरिएको ‘प्रगति प्रतिवेदन संकलन सफ्टवेयर’ सञ्चालन तथा व्यवस्थापनसम्बन्धी दुई दिने तालिम तथा अभिमुखीकरण कार्यक्रम आज सम्पन्न भएको छ । नवीन रूपमा विकास गरिएको उक्त सफ्टवेयरमार्फत निर्देशनालय तथा मातहतका कार्यालयहरूले मासिक, त्रैमासिक, अर्धवार्षिक र वार्षिक प्रगति विवरणका साथै कृषि क्षेत्रसँग सम्बन्धित विभिन्न तथ्यांकहरू छिटो, सहज र विश्वसनीय रूपमा एकीकृत गरी सम्बन्धित निकायमा पठाउन सक्ने अपेक्षा गरिएको छ । सफ्टवेयरले कृषि बाली उत्पादनसम्बन्धी जिल्लागत तथ्यांक, कृषक समूह तथा कृषि सहकारीहरूको विवरण, व्यवसायिक कृषि फर्महरूको जीपीएस समन्वयसहितको अभिलेख, जिल्लास्तरका विषयगत कार्यालयहरूले सम्पादन गरेका कार्यक्रम–क्रियाकलापहरूको प्रगति विवरण तथा सुशासन सम्बन्धी अन्य महत्वपूर्ण…

Read More

बिर्तामोड, ८ मंसीर । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत इलामको सूर्योदय नगरपालिका–७ स्थित नवज्योति आधारभूत विद्यालयका २८ जना छात्रछात्रालाई शैक्षिक सामग्री (स्कुल ब्याग) प्रदान गरेको छ। मंसिर ७ गते विद्यालयमा आयोजित एक कार्यक्रमका बीच संस्थाले बाल कक्षा देखी पाँचसम्म अध्ययनरत २८ जना विद्यार्थीलाई स्कुल ब्याग वितरण गरेको हो । शैक्षिक सामग्री वितरण गर्दै संस्थाका कार्यवाहक अध्यक्ष राजेन्द्र प्रसाद गौतमले शिक्षाको विकासमा सहयोग पुर्‍याउन र विद्यार्थीलाई विद्यालयप्रति आकर्षित गर्न यो कार्यक्रम आयोजना गरिएको बताउनुभयो। उहाँले संस्था नाफामुखी मात्र नभई सामाजिक उत्तरदायित्व बहन गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रममा नवज्योति…

Read More

झापा, ८ मंसीर । गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा सर्वोच्च अदालतमा तोडफोड तथा आगजनी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको भद्रपुर नगरपालिका–१ की वर्ष २८ की ज्योति थापा घताने र ललितपुरको महालक्ष्मी नगरपालिका–५ का वर्ष ३० को ब्राउन भन्ने सुशील श्रेष्ठ रहेका छन् । उनीहरूले सर्वोच्च अदालतमा तोडफोड तथा आगजनी गरेको प्रहरीको आरोप छ । आरोपी दुवै जनालाई काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी आपराधिक उपद्रवमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

Read More

झापा, ८ मंसीर । नेपालको निर्यात ह्वात्तै बढेको छ । चार महिनामा साढे ७७ प्रतिशतले निर्यात बढेको भन्सार विभागले जनाएको छ । भन्सार विभागका अनुसार साउनदेखि कात्तिकसम्म नेपालले ९३ अर्ब ४९ करोड ५७ लाख ७६ हजार रुपैयाँको निर्यात गरेको छ। गत आवको सोही अवधिमा यस्तो निर्यात ५२ अर्ब ६७ करोड ७ लाख १० हजारको भएको थियो । यो अवधिमा ६ खर्ब ९ अर्ब ४५ करोड १२ लाख ३३ हजारको आयात भएको छ। विभागका अनुसार गत आवको सोही अवधिमा ५ खर्ब १३ अर्ब ३८ करोड ८० लाख ३९ हजारको आयात गरिएको थियो । योसँगै व्यापारघाटा समेत ११.९९ प्रतिशतले बढेको छ ।…

Read More

झापा, ८ मंसीर । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ । आज पनि अमेरिकी डलर र बहराइन दिनारको मूल्य स्थिर छ । तर अस्ट्रेलियन डलर, युरो, कुवेती दिनारसहित केही मुद्राको मूल्य घटेको छ । पाउन्डसहित केही मुद्रा भने महँगिएको राष्ट्र बैंकले जनाएको छ । आज अमेरिकी डलर १ को खरिदर १४२ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४३ रुपैयाँ ४८ पैसा छ । अमेरिकी डलरको यो मूल्य हालसम्मकै सबैभन्दा महँगो हो । हिजो र अस्ती पनि अमेरिकी डलरको विनिमयदर यही थियो । त्यसैगरि आज युरो १ को खरिदर १६४ रुपैयाँ ४९ पैसा र बिक्रीदर १६५ रुपैयाँ…

Read More

झापा, ८ मंसीर । सरकारले देशका विभिन्न ४९ जिल्लाका ६ लाख १५ हजार १६१ जनालाई गरिब परिचयपत्र वितरण गरेको छ । भूमि, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सम्बन्धित जिल्लाका स्थानीय तहसँग समन्वय गरी परिचयपत्र वितरण गरेको हो । अतिगरिबलाई रातो, मध्यम गरिबलाई पहेँलो र सामान्य गरिबलाई नीलो परिचयपत्र वितरण गरेको अन्य १५ जिल्लामा पनि परिचयपत्र वितरण गर्न दुई लाख गरिबको पहिचान भएको छ । यी १५ जिल्लामा वितरणका लागि कार्ड छपाइ गरी सम्बन्धित स्थानीय तहलाई पठाएको छ । वितरणको प्रक्रिया सुरु गरिएको छ । गरिबी न्यूनीकरण गरी गरिब जनतालाई आर्थिक रूपमा आत्मनिर्भर र सक्षम बनाउन सञ्चालित कार्यक्रम एकद्वार प्रणालीबाट सञ्चालन…

Read More

झापा, ७ मंसीर । नेपाल प्रिमियर लिग (एनपिएल) मा सट्टाबाजी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा आठ जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत आन्द्र प्रदेश प्रकासम जिल्ला पामुर गाउँ घर भई काठमाडौँ महानगरपालिका–२६ सामाखुसी बस्ने ३१ वर्षीय राजा यदुला, ३५ वर्षीय महेश बाबु, ३० वर्षीय पण्डित श्रीनिवासुलु, २० वर्षीय सेख सोयब, ३० वर्षीय नभिन मड्डेला, ३२ वर्षीय महमद रफी सेख, १९ वर्षीय साइकुमार तम्मिसेट्टी तथा २८ वर्षीय सेखचन्द बसल रहेका उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिनुभयो । प्रतियोगितामा सहभागी भई अनलाइनमार्फत बेटाकुलर लाइभ नामक बेटिङ साइटबाट खेल हारजित हुने…

Read More

झापा, ७ मंसीर । गत भदौ २४ गते जनजी आन्दोलनको क्रममा जिल्ला कारागार कार्यालय चितवनबाट पुर्पक्षका लागि थुनामा रहेका एक जना झापाबाट पक्राउ परेका छन् । सालकको अखेटोपहार मुद्दाका बन्दी झापा शिवसताक्षी नगरपालिका–८ का आशिष सुब्बा पक्राउ परेका हुन् । आज साँझ सुब्बा आफ्नै घरमा लुकिछिपी बसिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो। हाल उनलाई इप्रका झिलझिलेमा राखिएको छ र सम्बन्धित कारागारमा बुझाउने प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

Read More