
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
सुनसरी, २८ मंसिर । सुनसरीको कोशी गाउँपालिका–८ स्थितबाट ३ सय ७७ किलोग्राम र इनरुवा नगरपालिका(३ स्थतिबाट १० किलोग्राम गाँजा प्रहरीले बेवारिसे अवस्थामा बरामद गरेको छ । मंसिर २७ गते जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी गस्ती टोलीले कोशी गाउँपालिका–८ स्थितमा ११ वटा बोरामा रहेको ३ सय ७७ किलो ग्राम गाँजा, इनरुवा नगरपालिका–३ स्थितबाट १० किलोग्राम गाँजा र २ ग्राम १८० मिलिग्राम लागुऔषध ब्राउनसुगर बेवारिसे अवस्थामा बरामद गरेको छ । लागुऔषध गाँजा र ब्राउन सुगर बरामद भएसँगै ओसार–पोसारमा संलग्न व्यत्तिmहरुको खोजी कार्य भइरहेको छ ।
भद्रपुर, २८ मङ्सिर । भद्रपुर जेसीज र प्रेस क्लब भद्रपुर बीच आज मैत्रीपूर्ण फुटबल खेल भएको छ । भद्रपुर जेसीजको आयोजनामा मेची रंगशालामा भएको मैत्रीपूर्ण फुटबल खेलमा भद्रपुर प्रेस क्लबले जेसीजलाई ५–२ को गोल अन्तरले पराजित गरेको छ । भद्रपुर जेसीज सन् २०२५ का अध्यक्ष शैलेश श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा भद्रपुर जेसीज सन् १९९७ का अध्यक्ष सन्तोष अग्रवालको प्रमुख आतिथ्य रहेको थियो । विजेता प्रेस क्लबका टिम क्याप्टेन गोपाल गिरी र खेलका म्यान अफ द म्याच पत्रकार इश्वर अधिकारीलाई प्रमुख अतिथि अग्रवालले पुरस्कार हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि अग्रवालले खेलकुदले मानव जीवनलाई स्वास्थ्य एवम् समुन्नत बनाउन महत्वपूर्ण भूमिका…
एजेन्सी, २८ मंसिर । अमेरिकाको रोड आइल्याण्ड राज्यमा रहेको ब्राउन विश्वविद्यालयमा गोली चल्दा दुई जनाको ज्यान गएको छ । गोली लागेर नौ जना गम्भीर घाइते भएका छन् । घाइतेहरुको अस्पतालमा उपचार भैरहेको र अवस्था स्थिर रहेको अस्पताल स्रोतलाई उद्धृत गरी बीबीसीले जनाएको छ । यो घटना भवनको पहिलो तल्लामा रहेको कक्षाकोठामा भएको थियो र सबै पीडितहरू विद्यार्थी रहेका छन् । ब्राउन विश्वविद्यालय आसपासको क्षेत्र सिल गरिएको छ । गोली चलाउने व्यक्ति पैदलै भागेका र उनको खोजी भैरहेको त्यहाँको प्रहरीले जनाएको छ । घटनालगत्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुःख व्यक्त गर्नुभएको छ । अमेरिकामा बारम्बार गोलीकाण्डका घटना हुँदै आएका छन् ।…
झापा, २८ मंसिर । निजामती सेवाबाट अलग भई स्वायत्त संसद् सेवा गठन भएको स्मरणमा हरेक वर्षको मङ्सिर २८ गते अर्थात् आज विभिन्न कार्यक्रमका साथ सङ्घीय संसद् सेवा दिवस मनाइँदैछ। विसं २०५८ मा निजामती सेवाबाट संसद् सेवा गठन भएको थियो। सङ्घीय संसद् सचिवालयले दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरेको छ। नेपालको संविधानको धारा २०७ मा सङ्घीय संसद्को कामकारबाही सञ्चालन तथा व्यवस्थापन गर्न एक सचिवालय रहने र त्यस्तो सचिवालयको स्थापना तथा तत्सम्बन्धी अन्य व्यवस्था सङ्घीय कानुनबमोजिम हुने व्यवस्था छ। निजामती सेवा ऐनबाट निकालेर छुट्टै ऐनद्वारा सञ्चालित संसद् सेवा विशिष्ट, स्वायत्त र व्यावसायिक सेवा हो । संसदीय अभ्यासलाई थप प्रभावकारी, मर्यादित र व्यावसायिक…
झापा, २८ मंसिर । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ३७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ९७ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ २४ पैसा र बिक्रीदर १६९ रुपैयाँ ९५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ ०२ पैसा र बिक्रीदर १९३ रुपैयाँ ८२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८१ रुपैयाँ ४८ पैसा र बिक्रीदर १८२ रुपैयाँ २४ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ १९ पैसा र बिक्रीदर ९६ रुपैयाँ ५९ पैसा, क्यानेडियन डलर…
झापा, २७ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को उपाधि लुम्बिनी लायन्सले जितेको छ । त्रिवि खेल मैदान कीर्तिपुरमा भएको फाइनलमा सुदूरपश्चिमलाई ६ विकेटले हराउँदै लुम्बिनीले उपाधि हात पारेको हो । सुदूरपश्चिम रोयल्सले दिएको ८६ रनको सामान्य लक्ष्य भेट्टाउँदै लुम्बिनीले उपाधि जितेको हो । लुम्बिनीका लागि दिनेश अधिकारीले सर्वाधिक ४२ रन बनाउनुभयो । कप्तान रोहित पौडेलले १६ रन बनाउँदा डार्सी सटले १४ रन थप्दा निरोशन डिकवेलाले १० रन जोड्नुभयो । सुदूरपश्चिमका लागि हेमन्त थामीले दुई विकेट लिँदा कप्तान दीपेन्द्रसिंह ऐरी र अविनाश बोहोराले एकरएक विकेट लिनुभयो ।
झापा, २७ मंसिर । जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको संयुक्त प्रहरी टोलीले बिर्तामोड नगरपालिका–५ सिटी सेन्टर पछाडिबाट ठूलो परिमाणमा बेवारिसे सामान बरामद गरेको छ। आज बिहान बरामद गरिएका करिब ७ लाख ९१ हजार ५४० रुपैयाँ बराबरको सामान इप्रका अनारमनीमा ल्याएर राखिएको छ। बरामद सामान मेची भन्सार कार्यालय काँकरभिट्टामा पठाउने तयारी भइरहेको छ । बरामद सामानको विवरणचिप्लो सेतो कपडा २६६४ मिटर – मूल्य रु २,१३,१२०।–गलबन्दी २४३ पिस – मूल्य रु २४,३००।–चिनी जिरा २७ के.जी – मूल्य रु २,१६०।–जर्सी ५५० सेट – मूल्य रु ४,४०,०००।–चकलेट ४० के.जी – मूल्य रु ८,०००।–फुटबल जुत्ता ५० जोर – मूल्य रु…
राजेश ढुङ्गानाअध्यक्ष खड्गप्रसाद ओलीको उट्पट्याङ र बेढंगे कुराले थिल्थिलो भएको नेपाल कम्युनिष्ट पार्टी (एमाले) आफ्नै महाधिवेशनको संघारमा आइपुग्दा अझ र थप थिल्थिलो भएर गइरहेको छ — त्यो पनि ओली र ओली समूहकै कर्मले । युवा सङ्घकै कामको औचित्य पुष्टि नभइरहेका सन्दर्भमा फेरि अर्को लडाकु फोर्स गठन गरेर एमालेले देखिनेगरी नै मुलुकमा भीडन्तको तयारी गरेको छ । किन यसरी एमाले मुलुकमा द्वन्द्व, भीडन्त र मूठभेड तर्फ जाँदैछ ? आफ्नै लागि हो कि उसको यो काम कतैबाट निर्देशित छ ? आफ्नै लागि हो भने पनि अरूद्वारा अरू शक्तिका लागि नै यो कर्म किन नगरिएको होस् – त्यो मुलुकका लागि अत्यन्त घातक हुने…
निशान निरौलाझापा, २७ मंसिर । निर्देशक जसबहादुर याक्खा (जसु) को निर्देशनमा तयार भएको नयाँ नेपाली गीत ‘परान’ सार्वजनिक गरिएको छ । रे अफ मुनको प्रस्तुतिमा आएको गीतमा एन जे शालु र मुकेश गुरुङको रोमान्टिक अभिनय देख्न सकिन्छ । गीतमा गायक रञ्जन राई र रोजिना बस्नेतको स्वर रहेको छ । गीतका शब्द अविनाश थापाले लेखेका हुन् भने संगीत संयोजन सौगात जंग थापाले गरेका छन् । गीतको मिक्सिङ–मास्टरिङ स्वयं गायक रञ्जन राईले गरेका हुन् भने एरेन्ज विशाल निरौलाले गरेका छन् । रोमान्टिक भाव र आधुनिक प्रस्तुतिमा तयार गरिएको ‘परान’ गीतले नेपाली संगीतप्रेमी दर्शक–स्रोताको ध्यान तान्ने अपेक्षा गरिएको छ । गीतको छायाङ्कन ज्ञानेन्द्र…
झापा, २७ मंसिर । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहनेछ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ। राति भने देशभर आंशिक बदली हुने अनुमान गरिएको छ।