
झापा, २७ मंसिर । जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको संयुक्त प्रहरी टोलीले बिर्तामोड नगरपालिका–५ सिटी सेन्टर पछाडिबाट ठूलो परिमाणमा बेवारिसे सामान बरामद गरेको छ।
आज बिहान बरामद गरिएका करिब ७ लाख ९१ हजार ५४० रुपैयाँ बराबरको सामान इप्रका अनारमनीमा ल्याएर राखिएको छ। बरामद सामान मेची भन्सार कार्यालय काँकरभिट्टामा पठाउने तयारी भइरहेको छ ।
बरामद सामानको विवरण
चिप्लो सेतो कपडा २६६४ मिटर – मूल्य रु २,१३,१२०।–
गलबन्दी २४३ पिस – मूल्य रु २४,३००।–
चिनी जिरा २७ के.जी – मूल्य रु २,१६०।–
जर्सी ५५० सेट – मूल्य रु ४,४०,०००।–
चकलेट ४० के.जी – मूल्य रु ८,०००।–
फुटबल जुत्ता ५० जोर – मूल्य रु ७५,०००।–
तोरीको दाना १८ के.जी – मूल्य रु ३,०६०।–
बिडी २५ के.जी – मूल्य रु ७,५००।–
मरिच १७ के.जी – मूल्य रु १३,६००।–
रङगिन पेपर २ के.जी – मूल्य रु ४००।–
मन्दीरका विभिन्न सामग्री २२ के.जी – मूल्य रु ४,४००।–
बरामद गरिएका सामानहरूको कुल मूल्य रु ७,९१,५४०।– रहेको प्रहरीले जनाएको छ। प्रहरीले उक्त सामानको स्रोतबारे अनुसन्धान अघि बढाएको छ। भन्सार कार्यालयमा पठाएपछि कानुनी प्रक्रिया अनुसार कारबाही हुने बताइएको छ ।


