
निशान निरौला
झापा, २७ मंसिर । निर्देशक जसबहादुर याक्खा (जसु) को निर्देशनमा तयार भएको नयाँ नेपाली गीत ‘परान’ सार्वजनिक गरिएको छ । रे अफ मुनको प्रस्तुतिमा आएको गीतमा एन जे शालु र मुकेश गुरुङको रोमान्टिक अभिनय देख्न सकिन्छ ।
गीतमा गायक रञ्जन राई र रोजिना बस्नेतको स्वर रहेको छ । गीतका शब्द अविनाश थापाले लेखेका हुन् भने संगीत संयोजन सौगात जंग थापाले गरेका छन् । गीतको मिक्सिङ–मास्टरिङ स्वयं गायक रञ्जन राईले गरेका हुन् भने एरेन्ज विशाल निरौलाले गरेका छन् ।
रोमान्टिक भाव र आधुनिक प्रस्तुतिमा तयार गरिएको ‘परान’ गीतले नेपाली संगीतप्रेमी दर्शक–स्रोताको ध्यान तान्ने अपेक्षा गरिएको छ । गीतको छायाङ्कन ज्ञानेन्द्र शर्मा हुमागाईँ, सम्पादन राकेश दाहाल, कोरियोग्राफी सन्तोष राजबाहकले गरेका छन् । ‘परान’ गीतको भिडियोमा प्रेमभाव, नृत्य र आकर्षक दृश्य संयोजनमार्फत दर्शकलाई भावनात्मक रूपमा जोड्ने प्रयास गरिएको छ ।



