jhapaonline add

झापा, १० जेठ । रुखबाट लडेर घाइते भएका झापाको बुद्धशान्ति गाउँपालिका–१ मझुवाका ५५ वर्षीय मैतबहादुर लिम्बुको उपचारका क्रममा मृत्यु भएको छ । गत जेठ ७ गते दिउँसो कुटमिरोको रुखमा चढेर घाँस झार्ने क्रममा लिम्बु अचानक लडेर गम्भीर घाइते भएका थिए । उनको टाउको तथा छातीमा गम्भीर चोट लागेको थियो। घाइते लिम्बुको उपचार बिर्तामोडस्थित बी एन्ड सी अस्पतालमा भइरहेको थियो । उपचारकै क्रममा आज साँझ ४ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Read More

झापा, १० जेठ । बिर्तामोडका युवा व्यवसायी निर्मल भट्टराईले आफ्नो जन्मदिनको अवसर पारेर क्यान्सरपीडित एक महिलालाई आर्थिक तथा खाद्यान्न सहयोग गरेका छन्। नेपाल उद्योग वाणिज्य महासंघका कोशी प्रदेश सदस्य तथा बिर्तामोड उद्योग वाणिज्य संघका विशिष्ट सदस्यसमेत रहेका भट्टराईले पत्नी सुमित्रासहित आइतबार मेचीनगर–५ निवासी २७ वर्षीया विष्णुमाया राईको घरमै पुगेर सहयोग हस्तान्तरण गरेका हुन्। भट्टराई दम्पतीले नगद २५ हजार रुपैयाँसहित चामल, दाल, खाने तेललगायत खाद्यान्न सामग्री उपलब्ध गराएका छन्। नेपाल अलैंची व्यवसायी महासंघका निवर्तमान अध्यक्षसमेत रहेका भट्टराईले जन्मदिनलाई औपचारिक उत्सवभन्दा फरक ढंगले मनाउँदै पीडितको दुःखमा साथ दिन सहयोग गरिएको बताए। उनले आफूले विगतदेखि नै जन्मदिन तथा विशेष अवसरहरू सामाजिक सेवामार्फत मनाउँदै…

Read More

झापा, १० जेठ । व्यवसायीलाई समस्या पर्दा सहकार्य, सहअस्तित्व र आपसी सहयोगको भावना बलियो बनाउने उद्देश्यले बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको “व्यवसायी सदस्य राहत कोष” मा विशिष्ट सदस्य निर्मल भट्टराईले २१ हजार रुपैयाँ सहयोग प्रदान गरेका छन् । आफ्नो जन्मदिनको अवसर पारेर भट्टराईले उक्त रकम संघका अध्यक्ष राजु न्यौपाने लाई हस्तान्तरण गरेका हुन् । सामाजिक उत्तरदायित्वलाई आत्मसात गर्दै व्यवसायीहरूको हितका लागि स्थापना गरिएको कोषमा सहयोग गर्न पाउँदा खुशी लागेको भट्टराईले बताए । नेपाल अलैँची व्यवसायी महासंघका निवर्तमान अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशका सदस्य समेत रहेका युवा व्यवसायी भट्टराईले यसअघि पनि आफ्नो जन्मदिनकै अवसरमा राहत कोषका लागि…

Read More

झापा, १० जेठ । झापाका अधिकांश सहकारीले सरकारले दिएको बिदा मान्न अटेर गर्दै आएका छन् । सरकारले गत २०८२ चैत्र २२ गते निर्णय गर्दै शनिवार रआइतबार सरकारी बिदा दिइने र सोमबार देखि शुक्रबार सम्म ९ बजेदेखि ५ बजेसम्म कार्यालय सञ्चालन गर्न परिपत्र गरेतापनि सहकारीहरुले अटेर गरी कार्यालय सञ्चालन गरिरहेको पाइएको छ । यस बिषयमा सहकारीको नियमनकारी निकाय सहकारी नियमन प्राधिकरणले देशभरका सहकारी संस्थाहरूलाई आइतवार सार्वजनिक विदा कायम गर्न निर्देशन दिएता पनि झापाका अधिकांश सहकारी संस्थाहरूले पुरानै समयअनुसार कार्यालय सञ्चालन गरिरहेको पाइएको छ । प्राधिकरणका अनुसार सरकारी निर्णय कार्यान्वयन नगरेको विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा समेत गुनासो पुगेको छ। त्यसपछि राष्ट्रिय…

Read More

द्रोण अधिकारीभद्रपुर, १० जेठ । धानको राजधानी भनेर चिनिने पूर्वी दक्षिणी झापाको कचनकवलमा नेपालमै पहिलो पटक हिलोमा फल्ने कमल प्रजातिको पोषक खाद्य तत्व भएको मखना खेतीको थालनी गरिएको छ । युवा कृषक चन्द्र राजवंशीले सिमावर्ती छिमेकी देश भारतको विहारबाट सिकेर पहिलो पटक कचनकवल ४ केचनामा २० विगाह क्षेत्रफलमा मखना खेती थालेका हुन् । १० वर्षका लागि प्रति विगाह ३० मन धानको मूल्य अग्रिम तिरेर भाडाको जमीनमा राजवंशीले धान, मकैको ठाउँमा मखना रोपेका हुन् । फराकिला पातको माथिल्लो भाग पूरै काँडाले ढाकिएको मखना बैशाख अन्तिम साताबाट फुल्न थाल्ने र साउन अन्तिम साताबाट पाक्न थाल्ने लामो चक्र भएको खाद्य पदार्थ रहेको राजवंशीको…

Read More

मोरङ, १० जेठ । जिल्ला प्रहरी कार्यालय मोरङले लागूऔषध दुर्व्यसन नियन्त्रण तथा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले ‘लागूऔषध विरुद्धको महाअभियान–२०८३’ कार्यक्रमको शुभारम्भ गरेको छ। शनिबार बिहान विराटनगरको महेन्द्र चोकबाट सुरु भएको प्रभातफेरी कार्यक्रम प्रतिनिधिसभा सदस्य आशा झाले रिवन काटेर उद्घाटन गर्नुभएको थियो। नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, विभिन्न सरकारी कार्यालय, संघसंस्था, सञ्चारकर्मी, स्काउट, विद्यार्थी तथा युवाको सहभागिता रहेको प्रभातफेरी जलजला चोक र गोल्छा मोड हुँदै रंगशालामा पुगेर सम्पन्न भएको थियो। अभियानको दोस्रो चरण विराटनगर महानगरपालिका–४ स्थित होटल मनास्लु इनमा आयोजना गरिएको थियो। कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले पानसमा दीप प्रज्वलन गर्दै अभियानको औपचारिक शुभारम्भ गर्नुभयो। कार्यक्रममा ‘अन्धकारबाट उज्यालतर्फ’ शीर्षकको…

Read More

शिवसतासक्षी, १० जेठ । झापाको शिवसताक्षीमा जारी चौथो स्व।कर्णबहादुर नेम्वाङ स्मृति भेट्रान फुटबल प्रतियोगिता २०८३ अन्तर्गत शनिबार भएको खेलमा दुधे भेट्रान र पुर्वेली भेट्रान क्वाटरफाइनलमा प्रवेश गरेका छन् । आयोजक दुधे भेट्रान र पुर्वेली भेट्रानले जित निकाल्दै क्वाटरफाइनल यात्रा तय गरेका हुन्। प्रतियोगिताको पहिलो चरणको अन्तिम खेलमा आयोजक दुधे भेट्रान र फिदिम भेट्रानबीच निर्धारित समयमा २–२ गोलको बराबरी भएपछि खेल ट्राइब्रेकरमा पुगेको थियो। ट्राइब्रेकरमा दुधे भेट्रान भाग्यमानी बन्दै अर्को चरणमा प्रवेश गर्न सफल भयो। निर्धारित समयमा दुधेका लागि किसान शर्मा र बिनोद खरेलले गोल गरेका थिए भने फिदिमका डा। देउमान लिम्बू र राजन सुब्बाले गोल फर्काएका थिए। ट्राइब्रेकरमा दुधे भेट्रानका…

Read More

झापा, १० जेठ । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकार गठन भएपछि पर्याप्त तयारीबिना कठोर नियन्त्रणका कदम चालिँदा निजी क्षेत्र त्रसित बनेको छ भने त्यसअन्तर्गतको वैदेशिक रोजगार क्षेत्र आतंकित बनेको छ । म्यानपावर तथा कन्सल्टेन्सी व्यवसायी सूर्यबहादुर डाँगी व्यवसाय सञ्चालनका क्रममा आएका कठिनाइ व्यवस्थापन गर्न नसकेर देहत्याग गरेर शनिबार बिदा भएका छन् भने अर्का व्यवसायी प्रदीप भट्टराई माइतीघरमा अनशनमा उत्रिएका छन् । भट्टराई चाबहिल सरस्वतीनगरस्थित प्रयास रि–इम्प्लोइमेन्ट कन्सल्ट्यान्ट प्रालिका सञ्चालक हुन् । सरकारले २०७२ जेठ २६ गते एकपक्षीय रूपमा लागू गरेको ‘फ्रि भिसा, फ्रि टिकट’को निर्णय कार्यान्वयन गराउने भन्दै म्यानपावर कम्पनीहरूमा छापा मार्ने, वैदेशिक रोजगारबाट आफ्नै कमजोरीका कारण फर्किएका व्यक्तिहरूलाई भड्काएर…

Read More

झापा, १० जेठ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४१ पैसा कायम गरिएको छ । यसैगरी, युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ १७ पैसा र बिक्रीदर १७७ रुपैयाँ ८६ पैसा रहेको छ भने युके पाउण्ड स्टर्लिङ एकको खरिददर २०५ रुपैयाँ ०६ पैसा र बिक्रीदर २०५ रुपैयाँ ८७ पैसा निर्धारण गरिएको छ । स्वीस फ्र्याङ्क एकको खरिददर १९४ रुपैयाँ २० पैसा र बिक्रीदर १९४ रुपैयाँ ९७ पैसा रहेको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०८ रुपैयाँ ८५ पैसा तथा बिक्रीदर…

Read More

झापा, १० जेठ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भू–भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । यसको प्रभाव रहँदा शनिबार वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्नेछ । मधेस प्रदेशलगायत बाँकी प्रदेशको हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ, बाँकी तराई भू–भागमा मुख्यतया सफा रहनेछ । कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागको केही स्थानहरूमा, मधेस प्रदेशलगायत बागमती, गण्डकी प्रदेशका तराई भू–भाग तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू–भागका एक–दुई स्थानहरूमा मेघगर्जन–चट्याङसहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना…

Read More