jhapaonline add

झापा, १९ कात्तिक । स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा रु एक हजार एक सय र चाँदी तोलामा रु २५ ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला रु दुई लाख ३७ हजार २०० र चाँदी प्रतितोला रु दुई हजार ९९० मा कारोबार भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस तीन हजार ९७० अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

Read More

झापा, १९ कात्तिक । झापाको छुट्टाछुट्टै दुई स्थानबाट लागुऔषध ब्राउनसुगरसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । कात्तिक १८ गते झापाको भद्रपुर नगपालिका–५ स्थितबाट वडा प्रहरी कार्यालय भद्रपुरको प्रहरी टोलीले बिर्तामोड नगरपालिका–३ का राजु माझीलाई ७ ग्राम २६० मिलिग्राम ब्राउन सुगर सहित र अस्थायी प्रहरी चौकी बुट्टाबारीले बिर्तामोड नगरपालिका–६ का संजय गिरी र सोम बहादुर राईलाई १ ग्राम ४० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणममा लिएको हो । पक्राउ परेका उनीहरुको थप अनुन्धान भइरहेको छ ।

Read More

झापा, १९ कात्तिक । पाठ्यक्रम विकास केन्द्रले आगामी शैक्षिक सत्रदेखि कक्षा ९ र १० मा कम्प्युटर विषय अनिवार्य गर्ने विषयमा छलफल सुरु गरेको छ। शिक्षा मन्त्री महावीर पुनको निर्देशनपछि केन्द्रले राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ संशोधन गरी अवधारणा पत्र तयार गरेको हो। महानिर्देशक युवराज पौडेलका अनुसार विषय समावेश गर्दा विद्यालयको समय अवधि, क्रेडिट आवर, शिक्षक दरबन्दी र पूर्वाधार व्यवस्थापनबारे विज्ञहरूसँग छलफल भइरहेको छ। कम्प्युटर विषय थपिएमा विद्यालयको दैनिक समय करिब ६ घण्टा ४५ मिनेट पुग्नेछ। देशभरका ७ हजार १ सय माध्यामिक विद्यालयमा कम्प्युटर शिक्षा लागू गर्न ७ हजार १ सय स्थायी शिक्षक आवश्यक पर्ने अनुमान गरिएको छ। शिक्षक दरबन्दी थप गर्न…

Read More

झापा, १९ कात्तिक । नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको विनिमयदर घटेको छ। आज अमेरिकी डलर १ को खरिदर १४१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १४२ रुपैयाँ १६ पैसा छ। हिजो हालसम्मकै सबैभन्दा महँगो बनेको अमेरिकी डलरको विनिमयदर आज घटेको हो । हिजो अमेरिकी डलर १ को खरिदर १४१ रुपैयाँ ७५ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३३ पैसा थियो। त्यसैगरी, आज युरो १ को खरिदर १६२ रुपैयाँ ८६ पैसा र बिक्रीदर १६३ रुपैयाँ ५५ पैसा छ। हिजो युरो १…

Read More

झापा, १९ कात्तिक । सावधानी र जनचेतनाको अभावमा आगलागीका घटनामा वृद्धि भएको पाइएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यही कात्तिक १७ देखि १८ गते बिहानसम्म देशभर नौ वटा आगलागीका घटना भएका छन् । प्राधिकरणका अनुसार झापा, मोरङ, महोत्तरी, सर्लाही, रौतहट, बारा, गोरखा, पर्वत र कैलालीमा आगलागीका घटना भएका छन् । देशभर कूल १८ वटा विपद्का घटना घटेका छन् । ती घटनामा परेर तीन जनाको ज्यान गएको छ भने आठ जना घाइते भएका छन् । यस्तै, रसुवामा हावाहुरीका कारण क्षति पुगेको छ । गोसाइँकुण्ड गापा–४ लाङटाङस्थित हावाहुरी र माथिबाट खसेको हिमपहिरोका कारण स्थानीय होटलमा क्षति पुगेको…

Read More

झापा, १९ कात्तिक । सिख धर्मका प्रवर्तक गुरु नानकको जन्मजयन्ती नेपालसहित विश्वका विभिन्न भागमा रहेका सिख समुदायद्वारा श्रद्धा–भक्तिपूर्वक मनाइँदैछ । यो दिवसमा मानवलाई सहिष्णुता, करुणा र आपसी प्रेमको मार्गमा अघि बढ्न प्रेरणा दिने यो दिवसमा सिख समुदायले गुरुवाणी पाठ, आरती एवं मानव सेवाका कार्यक्रम गर्दै आएका छन् । असमानता, जातीय भेदभाव र हिंसाका विरुद्ध लाग्न गुरु नानकले प्रेरणा दिनुभएकाले उहाँलाई समनता तथा शान्तिको सन्देश वाहकका रूपमा विश्ववासीले सम्मान गर्दै आएका छन् ।

Read More

झापा, १९ कात्तिक । हाल मुलुकका पश्चिमी भागमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली हुनेछ । महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपात हुनेछ । त्यसैगरी, आज राति देशका पहाडी भागमा साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

Read More

झापा, १९ कात्तिक । कात्तिक १५ देखि १७ गतेसम्म परेको अविरल वर्षाका कारण झापामा ४ हजार ३६४ हेक्टरमा लगाएको धान बालीमा क्षति पुगेको छ । कोशी प्रदेश कृषि विकास निर्देशनालय विराटनगरका अनुसार झापामा २१ हजार ८२० मेट्रिक टन धानमा नोक्सान हुँदा अनुमानित ७८ करोड ११ लाख ५६ हजार रुपैयाँ क्षति भएको हो । कोशी प्रदेशमा कृषि बालीमा २ अर्ब बढीको क्षति पुगेको छ । निर्देशनालयका अनुसार ५८ हजार २६७ दशमलव २६ मेट्रिक टन धान र तरकारी बाली नष्ट भएको छ । यसमध्ये २ हजार मेट्रिकटन तरकारी बालीमा क्षति पुगेको छ । तरकारीको मूल्य ४ करोड रुपैयाँ बराबर छ भने धानको…

Read More

बिर्तामोड, १९ कात्तिक । नेकपा एमाले बिर्तामोड नगर कमिटीको संयोजन र व्यवस्थापनमा कात्तिक ५ गते अतिथि सदनमा आयोजित सामूहिक देउसीको मंगलबार एक कार्यक्रमका बीच आम्दानी र खर्च विवरण सार्वजनिक गरिएको छ । एमाले नगर कमिटीका अध्यक्ष सुवास भट्टराईले सम्पूर्ण दाताहरुलाई धन्यवाद दिँदै आर्थिक पारदर्शिताका लागि विवरण प्रस्तुत गरिएको बताउनुभयो । देउसी भैलो कार्यक्रममा २ लाख एक हजार २७० रुपैयाँ आम्दानी गरी ५४ हजार १३० रुपैयाँ खर्च भएको र एक लाख ४७ हजार १४० रुपैयाँ बचत भएको छ । उक्त बचत रकम नगर पार्टी कमिटी कार्यालय व्यवस्थापन लगायतमा खर्च गरिने जनाइएको छ । देउसी कार्यक्रम सञ्चालन गर्न सहयोगी भूमिका खेल्ने नेपाल…

Read More

बिर्तामोड, १९ कात्तिक । संसद पुर्नस्थापनाको माग गर्दै मंगलवार झापाको अर्जुनधारामा बृहत मोटरसाइकल र्याली निकालिएको छ । झापाको अर्जुनधारा–६ स्थित खबरदारी गर्दै महानन्दचोकदेखि खुदुनावारीसम्म मोटरसाइकल ¥याली निकालिएको हो । नेकपा एमाले अर्जुनधारा र राष्ट्रिय युवा संघ नेपाल अर्जुनधाराको अगुवाईमा खवरदारी गरिएको हो । ‘असंवैधानिक सरकार मुर्दाबाद, विदेशी दलाल होसियार, विगठित संसद् पुर्नस्थापना गर’ लगायतका नारा लगाउदै एमालेले आयोजना गरेको र्यालीले शनिश्चरे चोक र खुदुवारीमा कोणसभा गरेको हो । कोणसभा अनेरास्ववियुका कोशी प्रदेश संयोजक नारायण पोरखरेल र नेकपा एमाले झापाका अध्यक्ष प्रेम बहादुर गिरीले सम्बोधन गरेका थिए । यो सरकार असंवैधानिक भएकाले संसद् पुर्नस्थापना हुनुपर्ने अध्यक्ष गिरीको भनाई थियो । उनले…

Read More