jhapaonline add

झापा, १७ कात्तिक । स्थानीय बजारमा सुनचाँदीको मूल्य केही घटेको छ । सुन प्रतितोला रु एक हजार ४०० र चाँदी प्रतितोला रु ४५ ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला रु दुई लाख ३८ हजार ३०० र चाँदी प्रतितोला रु तीन हजार १५ मा खरिदबिक्री भइरहेको छ । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔंस तीन हजार ९८० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

Read More

झापा, १८ कात्तिक । झापा, मोरङ र सुनसरी जिल्लाको बिभिन्न स्थानहरुबाट लागू औषध ब्राउन सुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । कार्तिक १७ गते झापाको मेचीनगर नगरपालिका–६ बाट लागू औषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले नुवाकोटका २७ बर्षीय राम बहादुर तामाङलाई १७ ग्राम २०० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । त्यसैगरी सुनसरीको कोशी गाउँपालिका(१ बाट जिल्ला प्रहरी कार्यालय सुनसरीले धादिङका ३० बर्षीय बिष्णु अधिकारीलाई ९ ग्राम ९४० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ भने लागू औषध नियन्त्रण ब्युरो बिराटनगरले मोरङको केराबारी गाउँपालिका(८ का १९ बर्षीय आशिष श्रेष्ठलाई ३ ग्राम १८ मिलिग्राम सहित बिराटनगर(१५…

Read More

झापा, १८ कात्तिक । सङ्घीय सरकारको गृहमन्त्रीस्तरीय निर्णयअनुसार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बाट पाँच जना प्रहरी अधिकृत प्रहरी नायब महानिरीक्षक (डीआईजी) पदमा पदोन्नति भएका छन्। सोमबार नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित विशेष समारोहमा प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङले नवपदोन्नत अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गर्नुभयो। पदोन्नति भई दर्ज्यानी चिन्ह प्राप्त गर्ने प्रहरी नायब महानिरीक्षकहरूमा भूपेन्द्रबहादुर खत्री, सानुराम भट्टराई, ओमप्रसाद अधिकारी, शेखर खनाल र अविनारायण काफ्ले रहेका छन्। समारोहमा आईजीपी खापुङले पदोन्नत अधिकृतहरूलाई बधाई दिँदै राष्ट्र, जनता र संगठनप्रति पुर्‍याएको योगदानको उच्च मूल्याङ्कनस्वरूप प्राप्त पदोन्नतिलाई जिम्मेवारीपूर्वक वहन गर्न निर्देशन दिनुभयो। उहाँले परम्परागत सोच र शैलीलाई समयानुकूल परिमार्जन गर्दै व्यावसायिक, इमानदार र…

Read More

भद्रपुर, १८ कात्तिक । प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र क्वारेन्टिन कार्यालय काँकरभिट्टाबाट चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो त्रैमासिकमा रु तीन अर्ब ३६ करोड ७८ लाख ६० हजार बराबरको कृषिजन्य वस्तु निर्यात भएको छ । कार्यालयका सूचना अधिकारी चन्द्रेश्वर ठाकुरका अनुसार निर्यात हुने मुख्य वस्तुहरूमा अलैँची, चिया, प्लाइ तथा भेनियर, अदुवा, अम्लिसोलगायत रहेका छन् । उक्त तीन महिनामा सबैभन्दा धेरै अलैँची रु एक अर्ब ५१ करोड ८१ लाख, चिया रु ७५ करोड ६६ लाख, प्लाइउड रु २७ करोड ७४ लाख, भेनियर रु २७ करोड २८ लाख, अम्लिसो रु १९ करोड ५९ लाख मूल्यबराबरको निर्यात भएको छ । त्यसैगरी, कार्यालयको…

Read More

झापा, १८ कात्तिक । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज फेरि अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च भएको छ। त्यसैगरि अस्ट्रेलियन डलर, बहराइन दिनारसहितका विदेशी मुद्राको विनिमयदर पनि बढेको छ। तर, युरो, पाउन्ड, कुवेती दिनारसहित कतिपय मुद्राको मूल्य भने घटेको राष्ट्र बैंकले जनाएको छ। आज अमेरिकी डलर १ को खरिदर १४१ रुपैयाँ ७५ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३३ पैसा छ। अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो। चार दिनअघि हालसम्मकै सबैभन्दा महँगो बनेर दुई दिनस्थिर रहेको अमेरिकी डलरको मूल्य फेरि बढेको हो। हिजो अमेरिकी डलर १ को खरिदर १४१ रुपैयाँ ७३ पैसा र…

Read More

झापा, १८ कात्तिक । नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसैगरी गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा बाँकी प्रदेशका पहाडी भागका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ । त्यसैगरी, आज राति बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली रहने महाशाखाद्वारा आज यहाँ…

Read More

भद्रपुर, १७ कात्तिक । सरकारले जेनजी प्रदर्शनका क्रममा मृत्यु भएका ४५ जनालाई शहीद घोषणा गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो। सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले गृह मन्त्रालय अन्तर्गतको समिति, सुरक्षा निकाय तथा जिल्ला प्रशासन कार्यालयबाट प्राप्त अध्ययनको आधारमा शहीद घोषणा गरिएको जानकारी दिनुभयो। अन्य मन्त्रिपरिषद् निर्णयहरूइलाममा विपद् सहायता: विपद् सङ्कटग्रस्त जिल्ला घोषणा गरिएको इलामका प्रभावित स्थानीय तहहरूलाई सहयोग गर्न ५ करोड ३० लाख रुपैयाँ विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय।न्यायिक नियुक्ति: वैदेशिक रोजगार न्यायाधिकरणको सदस्यमा सहन्यायाधीवक्ता घनश्याम ओझालाई नियुक्त गर्ने।नियमावली स्वीकृति: बेपत्ता पारिएका व्यक्तिको…

Read More

भद्रपुर, १७ कात्तिक । चन्द्रगढी सामुदायिक वन उपभोक्ता समूह (भद्रपुर–९) को आसन्न निर्वाचनलाई लिएर सञ्चारकर्मीप्रति गरिएको अभद्र टिप्पणीप्रति प्रेस क्लब–भद्रपुरले गम्भीर आपत्ति जनाउँदै सार्वजनिक रूपमा निन्दा र भर्त्सना गरेको छ। क्लबका अनुसार अध्यक्ष पदका उम्मेदवारहरूबारे पत्रकार द्रोण अधिकारीद्वारा लिखित समाचारलाई लिएर उम्मेदवार हीरा पोखरेलले फेसबुकमा टिप्पणी गरेका थिए। सोही टिप्पणीमा प्रतिक्रिया दिने क्रममा भद्रपुर–४ निवासी हेमलाल भट्टराईले समस्त सञ्चारकर्मीहरूलाई लाञ्छित गर्नेगरी अशोभनीय टिप्पणी गरेका थिए, जसप्रति क्लबको गम्भीर ध्यानाकर्षण भएको हो। प्रेस क्लब–भद्रपुरले भट्टराईको टिप्पणीलाई मनगढन्ते र आक्षेपपूर्ण आरोपको संज्ञा दिँदै प्रमाणित गर्न चुनौति दिएको छ। यदि प्रमाणित गर्न नसकिएमा सार्वजनिक रूपमा माफी माग्दै उक्त टिप्पणी हटाउन आग्रह गरिएको छ।…

Read More

झापा, १७ कात्तिक । झापाको कनकाई नगरपालिका–२ स्थित झण्डिखोप भन्ने स्थानमा एक अन्दाजी ४०–४२ वर्षको पुरुष मृत अवस्थामा फेला परेका छन्। आज दिउँसो १२ः३० बजेको समयमा पहाडे मूलको जस्तो देखिने, नामथर र वतन हालसम्म नखुलेको उक्त पुरुष घोप्टो परेको अवस्थामा मृत फेला परेको हो। घटनास्थलमा इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी अधिकृतको कमाण्डमा टोली खटिएको छ। प्रहरीले घटनास्थलको अनुसन्धान, कानुनी प्रक्रिया तथा शवको पहिचानका लागि आवश्यक कारवाही अघि बढाएको जनाएको छ। घटनाको कारण र मृतकको परिचय खुलाउन थप अनुसन्धान जारी रहेको छ।

Read More

झापा, १७ कात्तिक । लागुऔषध नियन्त्रण ब्यूरो शाखा काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले झापा जिल्लाको मेचीनगर नगरपालिका–६ स्थित मेचिपुल क्षेत्रबाट खैरो हेरोइनसहित एक युवकलाई नियन्त्रणमा लिएको छ। प्रहरीका आज साँझ ५ बजे भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका नुवाकोट जिल्ला किस्पाङ गाउँपालिका–३ निवासी २७ वर्षीय राम बहादुर तामाङलाई शंका लागेर चेकजाँच गरिएको थियो। जाँचका क्रममा तामाङको साथबाट खैरो हेरोइन जस्तो देखिने लिसिलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ। उक्त पदार्थलाई मान्यता प्राप्त डिजिटल तराजुमा नापतौल गर्दा प्लास्टिकसहित १९ ग्राम ३८० मिलिग्राम तथा प्लास्टिक हटाएर १७ ग्राम २०० मिलिग्राम लागुऔषध रहेको पुष्टि भएको छ। तामाङलाई उक्त लागुऔषधसहित नियन्त्रणमा लिई थप अनुसन्धान तथा कानुनी…

Read More