भद्रपुर, १७ कात्तिक । सरकारले जेनजी प्रदर्शनका क्रममा मृत्यु भएका ४५ जनालाई शहीद घोषणा गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो।
सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले गृह मन्त्रालय अन्तर्गतको समिति, सुरक्षा निकाय तथा जिल्ला प्रशासन कार्यालयबाट प्राप्त अध्ययनको आधारमा शहीद घोषणा गरिएको जानकारी दिनुभयो।

अन्य मन्त्रिपरिषद् निर्णयहरू
इलाममा विपद् सहायता: विपद् सङ्कटग्रस्त जिल्ला घोषणा गरिएको इलामका प्रभावित स्थानीय तहहरूलाई सहयोग गर्न ५ करोड ३० लाख रुपैयाँ विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय।
न्यायिक नियुक्ति: वैदेशिक रोजगार न्यायाधिकरणको सदस्यमा सहन्यायाधीवक्ता घनश्याम ओझालाई नियुक्त गर्ने।
नियमावली स्वीकृति: बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप कोष नियमावली २०८२ स्वीकृत।
सरकारले जनआन्दोलन तथा प्रदर्शनमा मृत्यु भएका नागरिकप्रति सम्मान प्रकट गर्दै शहीद घोषणा गरेको बताइएको छ।

