झापा, १८ कात्तिक । झापा, मोरङ र सुनसरी जिल्लाको बिभिन्न स्थानहरुबाट लागू औषध ब्राउन सुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
कार्तिक १७ गते झापाको मेचीनगर नगरपालिका–६ बाट लागू औषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले नुवाकोटका २७ बर्षीय राम बहादुर तामाङलाई १७ ग्राम २०० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ ।

त्यसैगरी सुनसरीको कोशी गाउँपालिका(१ बाट जिल्ला प्रहरी कार्यालय सुनसरीले धादिङका ३० बर्षीय बिष्णु अधिकारीलाई ९ ग्राम ९४० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ भने लागू औषध नियन्त्रण ब्युरो बिराटनगरले मोरङको केराबारी गाउँपालिका(८ का १९ बर्षीय आशिष श्रेष्ठलाई ३ ग्राम १८ मिलिग्राम सहित बिराटनगर(१५ बाट नियन्त्रणमा लिएको छ । पक्राउ परेका उनिहरुको थप अनुन्सधान भईरहेको छ ।

