
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
इलाम, १ कात्तिक । लगातारको वर्षाका कारण गएको पहिरोले अवरुद्ध भएको इलामको मेची राजमार्गअन्तर्गत माइखोला–राजदुवाली सडकखण्ड पुनः सञ्चालनमा आएको जिल्ला प्रशासन कार्यालय, इलामले जनाएको छ। जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा अनुसार गत असोज १८ गते रातिदेखि अवरुद्ध उक्त सडकखण्डमा पहिरो पन्छ्याउने कार्य सम्पन्न भएपछि सवारी सञ्चालनका लागि खुला गरिएको हो। जिल्ला प्रशासन प्रमुख सुनिता नेपालले जानकारी दिँदै स्थानीय प्रशासन, सडक विभाग, सुरक्षा निकाय र स्थानीय वासीहरूको संयुक्त प्रयासमा सडक खुलाउन सफल भएको बताउनुभयो। प्रशासन प्रमुख नेपालले यात्रुहरूलाई सतर्क रहन र निरन्तर वर्षा हुने अवस्थालाई ध्यानमा राखी अत्यावश्यक बाहेकका यात्रामा सावधानी अपनाउन पनि आग्रह गर्नुभयो। साथै, सडक क्षेत्रमा अझै केही…
इलाम, १ कात्तिक । आज सूर्योदय नगरपालिका वडा नम्बर ५ स्थित समालबुङ्ग माध्यमिक विद्यालयको ७९ औं वार्षिक उत्सव भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश विश्वकर्माको अध्यक्षता तथा वडा अध्यक्ष श्री उर्गेन वम्जनको प्रमुख आतिथ्यमा सम्पन्न भयो। उक्त अवसरमा वडा नं. ५ मा रहेका सामुदायिक विद्यालयका शिक्षक, कर्मचारी, पूर्व विद्यार्थी, बाल क्लबका सदस्यहरू, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रह्यो। कार्यक्रमको स्वागत मन्तव्य विद्यालयकी शिक्षिका श्री इन्दिरा निरौला र विद्यार्थी प्रतिनिधि पलपसा गिरीले प्रस्तुत गरे भने कार्यक्रमको औचित्यबारे प्रधानाध्यापक श्री नरेन्द्र कुमार खत्रीले प्रकाश पार्नुभयो। कार्यक्रमको विशेष आकर्षणको रूपमा उत्कृष्ट विद्यार्थी श्रेया प्रधान, अरपिता लेप्चा, शोरमित लेप्चा…
झापा, १ कात्तिक । आज कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म रहने दीपावली पर्वको पहिलो दिन आज ‘धनतेरस’ मनाइने तयारी छ । मिथिलाको जनबोलीमा ‘दिवाली’ भनिने यो पर्वलाई ‘यमपञ्चक’ पनि भनिन्छ । पर्वको पहिलो दिन आज धातुका नयाँ समान जोडेर लक्ष्मीको आराधना गर्दै ‘धनतेरस’ पर्व मनाइने तयारी छ । सामान्यतया पाँच दिनको यो पर्व यसपालि तिथिको भोग घटबढले छ दिनको भएको छ । आज अपराह्न १३ः२३ पछि त्रयोदशी लाग्नेहुँदा यसै तिथिको साँझ आज ‘धनतेरस’ मनाइने भएको हो । आज अपराह्न १३ः२३ सम्म द्वादशी तिथिको भोग रहे पनि त्यसपछि त्रयोदशी तिथि सुरु हुने भएको हुँदा आजै धनतेरस मनाइने मैथिल कर्मकाण्डका ज्ञाताहरूको…
झापा, १ कात्तिक । उज्यालोको पर्वका रूपमा लिइने चाड यमपञ्चक अर्थात् तिहार आजदेखि विधिवत् आरम्भ हुँदैछ । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म यो पर्व मनाइन्छ । आज दिउँसो १ः२३ बजेसम्म द्वादशी र त्यसपछि त्रयोदशी तिथि लाग्ने भएकाले आजदेखि नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व सुरु भएको हो । दिउँसो १ः२३ बजेपछि कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज धनतेरस अर्थात् धनत्रयोदशी पर्व मनाउनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएको पात्रोमा उल्लेख छ । यमदीपदान पनि आजैदेखि सुरु हुने समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले जानकारी दिनुभयो । काग तिहार भने आइतबार परेको उहाँले बताउनुभयो ।…
झापा, १ कात्तिक । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो सबै प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया सफा रहने छ । आज राति देशभर मौसम मुख्यतया सफा रहने छ ।
बिर्तामोड, ३१ असोज । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले आज झापा गाउँपालिकाका बाढी पीडित सदस्यलाई राहत वितरण गरेको छ । कामटोली बजारमा एक कार्यक्रमका बीच संस्थाले १२५ सदस्य घरपरिवारलाई राहत वितरण गरेको हो । झापाका गाउँपालिका कार्यवाहक अध्यक्ष अञ्जुदेवी थपलिया, संस्थाका अध्यक्ष सुवास भट्टराई, कार्यकारी प्रमुख कमलबहादुर बस्नेत, सचिव इन्द्रबहादुर कार्की, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनार्दन निरौला, कोषाध्यक्ष मेहरमान विष्ट लगायतले बाढी पीडितहरुलाई राहत वितरण गर्नुभएको थियो । संस्थाले प्रतिपरिवार २५ केजी चामल वितरण गरेको हो । बाढी पीडितलाई गाउँपालिकाले बिना भेदभाव राहत वितरण गरेको बताउनुहुँदै कार्यवाहक अध्यक्ष थपलियाले असहज परिस्थितिमा सिम्रिक सहकारीले बाढी…
झापा, ३१ असोज । तिहार नजिकिँदै जाँदा झापामा प्रतिबन्धित पटाका बरामद हुने क्रम बढ्दो छ। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पछिल्लो २४ घण्टामा मात्रै करिब पाँच लाख रुपैयाँ बराबरको पटाका नियन्त्रणमा लिइएको छ। प्रहरीका अनुसार अर्जुनधारा–८ शनिश्चरे बजारमा रहेको रमेश खनालको कोल्ड सेन्टरको पश्चिमपट्टिको गोदामबाट करिब तीन लाख मूल्यको पटाका बरामद गरिएको हो। कार्टुन तथा बोरामा पोका बनाई अवैध रूपमा राखिएका विभिन्न प्रकारका पटाका इलाका प्रहरी कार्यालय अनारमणिबाट गएको टोलीले बरामद गरेको थियो। त्यस्तै, बिर्तामोड–४ स्थित बस्नेत फ्रेस हाउस छेउमा बेवारिसे अवस्थामा करिब डेढ लाख मूल्य बराबरको पटाका फेला परेको थियो। यसैगरी, शिवसताक्षी–८ झिलझिलेस्थित पूर्वपश्चिम राजमार्गमा खटिएको प्रहरी टोलीले सुरुङ्गाबाट…
झापा, ३१ असोज । सर्पको डसाइबाट आज अर्जुनधारा–११ चाम्लिङडाँडाका १० वर्षीय अनिश राईको मृत्यु भएको छ । उनलाई गए राति सुतिरहेको अवस्थामा ओच्छ्यानमै सर्पले डसेको हो । राईलाई राति नै चारआलीस्थित नेपाली सेनाको सर्पदंश उपचार केन्द्रमा पु¥याए पनि त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल ल्याइएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी सहायक निरीक्षक डोमी साहले जानकारी दिनुभयो ।
झापा, ३१ असोज । थाइल्याण्डसँगको फराकिलो हारसँगै नेपाल एएफसी महिला यु–१७ एसियन कप २०२४ को छनोट चरणबाट बाहिरिएको छ। थाइल्याण्डको चोनबुरी रंगशालामा शुक्रबार सम्पन्न समूह ‘एफ’ को निर्णायक खेलमा घरेलु टोली थाइल्याण्डले नेपाललाई १२–० गोलअन्तरले पराजित गरेको हो। यस जितसँगै थाइल्याण्डले दुई खेलमा पूर्ण ६ अंक जोड्दै समूह विजेता बन्दै आगामी वर्ष चीनमा आयोजना हुने एसियन कपमा स्थान सुरक्षित गरेको छ। थाइल्याण्डले खेलको पहिलो हाफमै ८ गोल गर्दै नेपालमाथि दबाब बनाएको थियो भने दोस्रो हाफमा थप ४ गोल गर्दै फराकिलो जित दर्ता गर्यो। यसअघि थाइल्याण्डले समूहको पहिलो खेलमा तुर्कमेनिस्तानलाई १७–० ले पराजित गरेको थियो। नेपालले भने तुर्कमेनिस्तानसँगको पहिलो खेल गोलरहित…
झापा, ३१ असोज । नेपालले अपराजित रहेर आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको उपाधि जितेको छ । शुक्रबार अन्तिम खेलमा सामोआलाई १२४ रनले हराउँदै नेपालले समूह चरणदेखि सुपर सिक्सका सबै खेल जितेर च्याम्पियन बनेको हो । ओमानको अल अमिरतस्थित ओमान क्रिकेट एकेडेमीतर्फ १ मा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै २११ रनको योगफल तयार पार्यो । नेपालका लागि आसिफले सर्वाधिक ६९ रनको योगदान गरे । यसैगरी दीपेन्द्रले ५३, लोकेश बमले अविजित ३९, कप्तान रोहितकुमार पौडेलले अविजित २१ र कुशल भुर्तेलले १७ रन बनाए । सामोआका लागि ड्यानियल बर्गेस, सौमानी टाई, ड्यारियस…