
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
झापा, १५ असोज । झापा जिल्लाको शिवसताक्षी नगरपालिका वडा नं. ५ स्थित माईखोलाको बीच भागमा एक अन्दाजी ५५–६० वर्षका पुरुष मृत अवस्थामा फेला परेका छन् । मृतकको नाम, थर तथा वतन हालसम्म खुल्न सकेको छैन । बुधबार बिहान करिब ११ः४० बजे स्थानीयहरूले पानीमा घोप्टो परेको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । स्थानीयको सहयोगमा शवलाई घटनास्थलबाट करिब १०० मिटर पूर्वतर्फ निकालेर सुरक्षित राखिएको थियो । घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय झिलझिलेबाट प्रहरी निरीक्षकसहितको टोली घटनास्थलमा खटिएको थियो। दिउँसो १ बजे सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरी शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको थियो । तर, अस्पतालमा शव राख्ने…
झापा, १५ असोज । आश्विन शुक्ल नवमीका दिन मनाइने महानवमी पर्व आज देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै छ। नवरात्रको नवौँ दिन आज नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरिँदैछ। महानवमीका दिन घटस्थापनाका बेला राखिएको जमरा विभिन्न शक्तिपीठमा चढाइन्छ। दसैँघर, कोत, देवी मन्दिर तथा शक्तिपीठहरूमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको पूजा गरिन्छ। दुर्गा सप्तशती, श्रीमद्देवीभागवत तथा देवी स्तोत्र पाठ पनि गरिन्छ। शाकाहारी भक्तहरूले कुभिण्डो, घिरौँला, मूला, काँक्रो र जटा नरिवल बलि दिई पायस चढाउने परम्परा निर्वाह गर्छन्। कतिपय स्थानमा महाष्टमीमा बलि दिइए पनि महानवमीमा मार हान्ने चलन छ। मार्कण्डेय पुराण अनुसार यही दिन चामुण्डा देवीले रक्तवीज राक्षसको वध गरेकी थिइन्,…
झापा, १५ असोज । हाल देशभर मनसुनी वायूको र स्थानीय वायूको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो सबै प्रदेशमा साधारणतया बदली रहने छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका पहाडी र तराई भूभाग लगायत मधेश प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानहरूमा मेघगर्जन–चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडको एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। त्यस्तै, आज राति सबै प्रदेशमा साधारणतया बदली रहने छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभाग लगायत मधेश प्रदेशका…
झापा, १४ असोज । झापाको भद्रपुर नगरपालिका–१ मा ग्रेण्डर मेसिनले राँगाको खुट्टा काट्ने क्रममा आफ्नै खुट्टा काटिएपछि एक जनाको मृत्यु भएको छ । सोमबार साँझ भद्रपुर–१ का रमेश परियारको राँगाको खुट्टा काट्ने क्रममा आफ्नै खुट्टा काटिएपछि अत्याधिक रक्तस्रावका कारण मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । आफ्नै घरमा साँझ ५ बजे राँगाको खुट्टा काट्ने क्रममा ग्रेण्डर मेसिनले अचानक बायाँ खुट्टा काटिएपछि गम्भीर घाइते भएका परियारलाई तत्काल उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल लगिएको थियो । अस्पतालमा उपचारको क्रममा साँझ ८ बजे उच्च रक्तस्रावका कारण उहाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ…
झापा, १४ असोज । हाल देशभर मनसुनी वायूको र स्थानीय वायूको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो सबै प्रदेशमा साधारणतया बदली रहने छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका पहाडी र तराई भूभागका केही स्थानहरूमा, बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन–चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश पहाडी भूभागका तथा लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। त्यस्तै, आज राति कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ । कोशी प्रदेश,…
झापा, १४ असोज । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७२ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३२ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६५ रुपैयाँ ९५ पैसा र बिक्रीदर १६५ रुपैयाँ ६६ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९० रुपैयाँ २८ पैसा र बिक्रीदर १९१ रुपैयाँ ०९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७७ रुपैयाँ ४६ पैसा र बिक्रीदर १७८ रुपैयाँ २१ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ९८ पैसा र बिक्रीदर ९३ रुपैयाँ ३८ पैसा, क्यानेडियन डलर…
झापा, १४ असोज । नेपाल वेस्ट इन्डिजलाई पराजित गर्दै युनिटी कप टी–२० शृङ्खलामा एक खेल अगावै विजयी भएको छ । सयुक्त अरब इमिरेट्सको शारजाह क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले वेस्ट इन्डिजलाई ९० रनको फराकिलो अन्तरले पराजित गर्दै उक्त शृङ्खलाको उपाधि जितेको हो । पहिलो खेलमा पनि नेपालले वेस्ट इन्डिजविरुद्ध ऐतिहासिक जित हासिल गरेको थियो । सोमबारको खेलमा नेपालले दिएको एक सय ७४ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज ८३ रनमा अलआउट भयो । वेस्ट इन्डिज १७ दशमलव एक ओभरमा सबै विकेट गुमाउदै ८३ रनमा समेटियो । वेस्ट इन्डिजका लागि जेसन होल्डरले सर्वाधिक २१ रन बनाए । उनले १५ बलमा दुई…
झापा, १४ असोज । प्रधानमन्त्री सुशीला कार्कीले यस वर्ष वडा दसैँमा टीका तथा जमरा नलगाउने भएकी छन् । प्रधानमन्त्रीको स्वकीय सचिवालयले यसबारे जानकारी गराइएको हो । सचिवालयले भनेको छ, ‘हालै सम्पन्न युवापुस्ताको आन्दोलनमा धेरै युवाले ज्यान गुमाउनु परेको पीडा हाम्रो सामु छ । त्यसैले यस वर्ष प्रधानमन्त्रीज्यूले आफू टीका नलगाउने र देशवासीलाई पनि टीका लगाउने कार्यक्रम नरहेको ब्यहोरा सादर अनुरोध गर्दछौँ ।’
झापा, १४ असोज । नवरात्रको आठौँ दिन आज महागौरीको पूजाआजा गरिन्छ। दुर्गापूजाको आठौँ स्वरूप महागौरीको पूजाको पनि आफ्नो छुट्टै विधिविधान रहेको पाइन्छ । यिनको शक्ति अमोघ रहेको छ भने यिनको उपासनाद्वारा भक्तको पूर्वसञ्चित पापको समेत नष्ट गराउने शक्ति रहेको पाइन्छ । शास्त्रीय मान्यताअनुसार यी देवीको उपासनाले भविष्यमा समेत पाप–सन्ताप नष्ट हुने विश्वास गरिन्छ । सेतो वर्ण र सेतो पहिरन धारण गरेकी, वृष वाहन भएकी, चार हात भएकी देवीलाई महागौरी भनिन्छ । यी देवीको माथिल्लो दाहिने हातमा अभयमुद्रा, तल्लो दाहिने हातमा त्रिशूल छन् भने बायाँ हातको माथिल्लो हातमा डमरु र अर्को बायाँ हातमा वरमुद्रा छन् । यी देवीको मुद्रा शान्त खालको…
झापा, १३ असोज । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो स्वकीय सचिवालयमा तीन सल्लाहकार नियुक्त गर्नुभएको छ । मुख्य सल्लाहकारअजयभद्र खनाल ‘द हिमालयन टाइम्स’का पूर्व सम्पादक खनाललाई प्रधानमन्त्रीको मुख्य सल्लाहकारमा नियुक्त गरिएको छ । सल्लाहकार तथा प्रमुख स्वकीय सचिवआदर्शकुमार श्रेष्ठ समाजशास्त्रमा स्नातकोत्तर र कानुन संकायमा अध्ययनरत श्रेष्ठले तीनजना प्रधान न्यायाधीशहरू — रामकुमार साह, कल्याण श्रेष्ठ र सुशीला कार्की — का निजी सहायकका रूपमा काम गरिसक्नुभएको छ। जनसम्पर्क सल्लाहकारगोविन्दनारायण तिमिल्सिना ‘थापा फाउन्डेसन’का अध्यक्ष तिमिल्सिना जनसम्पर्क सल्लाहकारमा नियुक्त हुनुभएको हो। उक्त संस्था विवेकशील नेपाल पार्टीका संस्थापक उज्ज्वल थापाको सम्झनामा स्थापना गरिएको हो।