jhapaonline add

झापा, ६ कात्तिक । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर स्थिर रहँदा यूरोपियन यूरो, युके पाउण्ड स्ट्रलिङको भाउ घटेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ३९ पैसा र बिक्रीदर १४० रुपैयाँ ९९ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६२ रुपैयाँ ६८ पैसा र बिक्रीदर १६३ रुपैयाँ ८३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपैयाँ ९१ पैसा र बिक्रीदर १८७ रुपैयाँ ७१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७६ रुपैयाँ १४ पैसा र बिक्रीदर १७६ रुपैयाँ ८९ पैसा कायम गरिएको छ…

Read More

झापा, ६ कात्तिक । झापाको बिर्तामोड नगरपालिका–५ मा भएको कुटपिट घटनामा एक युवकको मृत्यु भएको छ । बुधबार साँझ ६ः३० बजे सोही वडामा बसोबास गर्ने ३० वर्षीय जगन राजबंशीलाई अज्ञात व्यक्तिले झै–झगडाको क्रममा कुटपिट गरी गम्भीर घाइते बनाएको प्रहरीले जनाएको छ । घाइते राजबंशीलाई तत्कालै उनका आफन्तहरूले उपचारका लागि बिएण्डसी अस्पताल बिर्तामोड पुर्‍याएका थिए। अस्पतालमा डाक्टरले प्रारम्भिक परीक्षणपछि उनलाई मृत घोषणा गरेको थियो । घटनापछि इलाका प्रहरी कार्यालय अनारमनीबाट अनुसन्धान टोली खटाइएको छ। मृतकको शव हाल बिएण्डसी अस्पतालमै राखिएको छ भने घटनामा संलग्न व्यक्तिको खोजतलास जारी रहेको प्रहरीले जनाएको छ। कुटपिटमा संलग्न व्यक्तिको पहिचान भइसकेको र उनलाई पक्राउ गर्न प्रयास…

Read More

झापा, ६ कात्तिक । हाल कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो सबै प्रदेशका पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । सबै प्रदेशको पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । त्यसैगरी, आज राति सबै प्रदेशका पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको जनाइएको छ ।

Read More

झापा, ६ कात्तिक । यमपञ्चकसमेत भनिने तिहारको मुख्य दिन आज भाइटीका मनाइँदैछ । आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको छैटौँ दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । आजको दिनलाई यमद्वितीया पनि भनिन्छ । यमपञ्चकसमेत भनिने तिहार पाँच दिनको हुने भए पनि यस वर्ष तिथि वृद्धि भई छैटौँ दिनमा भाइटीका परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई…

Read More

झापा, ५ कात्तिक । बङ्गलादेशमा आजदेखि सुरु भएको काभा कप पुरुष भलिबल प्रतियोगिताको पहिलो खेलमा नेपाल तुर्कमेनिस्तानसँग पराजित भएको छ । ढाकास्थित इन्डोर हलमा आज भएको खेलमा नेपाल तुर्कमेनिस्तानसँग सोझो सेटमा पराजित भएको हो । तुर्कमेनिस्तानले नेपाललाई पहिलो सेट २५–२२ ले पराजित गरेको छ भने खेलको दोस्रो सेटमा २५–१८ र तेस्रो सेटमा २७–२५ ले पराजित भएको हो । अब नेपालले आफ्नो दोस्रो खेलमा भोलि घरेलु टोली बङ्गलादेशसँग खेल्नेछ ।

Read More

सरोज भट्टराईशिवसताक्षी, ५ कात्तिक । झापाको शिवसताक्षीमा पहिलोपटक आयोजना हुन लागेको झापा महिला गोल्डकप फुटबल प्रतियोगिताका लागि तयारी तीव्र गतिमा अघि बढिरहेको छ । आगामी कात्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका लागि दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर अहिले कुर्सी जडानको काम जारी रहेको आयोजक झापा महिला गोल्डकप समितिले जनाएको छ । आयोजक समितिका अध्यक्ष सन्तोष थोप्राका अनुसार खेलमैदानमा फाइनल घाँस काट्ने र मञ्च सजाउने अन्तिम तयारी भइरहेको छ । मञ्चमा तीन सयजना बस्नका लागि कुर्सी जडान भइरहेकाले बाँकी प्याराफिटमा करिब तीन हजारभन्दा बढी दर्शक अटाउने व्यवस्था मिलाइएको छ । साथै, खेलमैदानको पूर्व, उत्तर र दक्षिण भागमा अस्थायी प्याराफिट…

Read More

सुनसरी, ५ कात्तिक । सुनसरीको दुई स्थानहरुबाट कात्तिक ४ गते प्रतिबन्धित लागुऔषधसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भान्टाबारीबाट खटिएको प्रहरी टोलीले देश भारत सुपौलका २० वर्षीय नवि हुसेन र सप्तरीका १९ बर्षीय मोहमद खुसिदलाई ब्राउन सुगर ५ सय ३० मिलिग्राम सहित नियन्त्रणमा लिएको हो । यसका साथै प्रहरी चौकी श्रीपुरजब्दीबाट खटिएको प्रहरी टोलीले प्र १–०२–००३ ह ८७०५ नम्बरको सिटि रिक्सामा ४ वटा बोरामा राखेर लैजादै गरेको १ सय २० किलोग्राम गाँजासहित देश भारत सुपौलका २० बर्षीय मोहमद इम्तियाज पक्राउ परेका हुन् । पक्राउ परेका सबैजनाको थप अनुसन्धान भई रहेको छ ।

Read More

संखुवासभा, ५ कात्तिक । संखुवासभाको खाँदवारी नगरपालिका–९ का ५५ वर्षीय कर्णबहादुर कुमालको हत्यामा संलग्न सोही स्थानका २६ वर्षीय बिक्रम कुमाललाई प्रहरीले पक्राउ गरेको छ । कात्तिक ४ गते साँझ बिक्रमले आफ्नै घर नजिकै आएका कर्णलाई पुरानो रिशिविको कारण आवेशमा आएर खुकुरी प्रहार गरी हत्या गरेका थिए । घटनाबारेमा जानकारी पाउनसाथ जिल्ला प्रहरी कार्यालय संखुवासभा र बिमानस्थल सुरक्षा गार्ड तुम्लिङटारबाट खटिएको प्रहरी टोलीले घटनास्थलको कानूनि प्रकृया पुरा गरी शवलाई पोष्टमार्टमको लागी जिल्ला अस्पताल खाँदबारी संखुवासभा पठाएको थियो भने हत्यामा संलग्न बिक्रम कुमाललाई खुकुरीसहित नियन्त्रणमा लिई थप अनुसन्धान गरी रहेको छ ।

Read More

सन्तोष शर्माझापा, ५ कात्तिक । झापाको बिर्तामोड–२ स्थित सहारा नेपाल (एनजीओ) ले चार लाख ५० हजार बढी मानिसलाई सेवा दिएको छ । संस्थाले विगत तीन दशकको अवधिमा ३५ वटा विभिन्न राष्ट्रिय–अन्तर्राष्ट्रिय साझेदार संस्थाहरूसँग साझेदारी गरी ३५ वटा जिल्लामा ६६ वटा विभिन्न परियोजनाहरू सञ्चालन गरी चार लाख ५० हजारभन्दा बढी मानिसलाई प्रत्यक्ष सेवा पु¥याएको सहारा नेपालका सचिव महेन्द्र गिरीले जानकारी दिनुभयो । स्थानीय तह र साझेदार संस्थासँगको सहकार्यमा गरी गरिब तथा सीमान्तकृत समुदायका लागि सुरक्षित आवास निर्माणदेखि लिएर वित्तीय साक्षरतासम्मका कार्यक्रम गरिएको उहाँले बताउनुभयो । झापा र मोरङका चार हजारभन्दा बढी सीमान्तकृत परिवारलाई सुरक्षित आवास निर्माण गरी हस्तान्तरण गरिएको छ भने…

Read More

झापा, ५ कात्तिक । नेपाल सम्वत् ११४६ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस सम्वतलाई नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शंखधर साःख्वाले विसं ९३७ (इ सं ८८०) मा गरिब जनताको ऋणमोचन गरी नेपाल सम्वत्को सुरुवात् गराउनुभएको थियो । नेपाल सम्वत्ले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय सम्वत्को मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति डा त्रिरत्न मानन्धरको भनाइ छ । “लिच्छविकालका राजा राघवदेवको शासनकालबाट सुरु भएको नेपाल सम्वत् पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक सम्वत्का रुपमा चलेको थियो, लिच्छविकालअघि शक सम्वत प्रचलनमा थियो, नेपाल देशको नामबाट राखिएकाले यो मौलिक सम्वत् हो”, उहाँले भन्नुभयो । विसं २००७ मा…

Read More