संखुवासभा, ५ कात्तिक । संखुवासभाको खाँदवारी नगरपालिका–९ का ५५ वर्षीय कर्णबहादुर कुमालको हत्यामा संलग्न सोही स्थानका २६ वर्षीय बिक्रम कुमाललाई प्रहरीले पक्राउ गरेको छ ।
कात्तिक ४ गते साँझ बिक्रमले आफ्नै घर नजिकै आएका कर्णलाई पुरानो रिशिविको कारण आवेशमा आएर खुकुरी प्रहार गरी हत्या गरेका थिए । घटनाबारेमा जानकारी पाउनसाथ जिल्ला प्रहरी कार्यालय संखुवासभा र बिमानस्थल सुरक्षा गार्ड तुम्लिङटारबाट खटिएको प्रहरी टोलीले घटनास्थलको कानूनि प्रकृया पुरा गरी शवलाई पोष्टमार्टमको लागी जिल्ला अस्पताल खाँदबारी संखुवासभा पठाएको थियो भने हत्यामा संलग्न बिक्रम कुमाललाई खुकुरीसहित नियन्त्रणमा लिई थप अनुसन्धान गरी रहेको छ ।
Facebook Comments Box


