सुनसरी, ५ कात्तिक । सुनसरीको दुई स्थानहरुबाट कात्तिक ४ गते प्रतिबन्धित लागुऔषधसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय भान्टाबारीबाट खटिएको प्रहरी टोलीले देश भारत सुपौलका २० वर्षीय नवि हुसेन र सप्तरीका १९ बर्षीय मोहमद खुसिदलाई ब्राउन सुगर ५ सय ३० मिलिग्राम सहित नियन्त्रणमा लिएको हो ।
यसका साथै प्रहरी चौकी श्रीपुरजब्दीबाट खटिएको प्रहरी टोलीले प्र १–०२–००३ ह ८७०५ नम्बरको सिटि रिक्सामा ४ वटा बोरामा राखेर लैजादै गरेको १ सय २० किलोग्राम गाँजासहित देश भारत सुपौलका २० बर्षीय मोहमद इम्तियाज पक्राउ परेका हुन् । पक्राउ परेका सबैजनाको थप अनुसन्धान भई रहेको छ ।
Facebook Comments Box


