jhapaonline add

झापा, ८ असोज । चालु आर्थिक वर्ष २०८२–०८३ को पहिलो दुई महिनामा झापाको मेची भन्सार कार्यालयले दुई अर्ब ६२ करोड ९५ लाख १८ हजार रुपैयाँ राजश्व सङ्कलन गरेको छ । भन्सारले काँकरभिट्टा नाकाबाट हुने आयात–निर्यातबाट सो राजश्व सङ्कलन गरेको हो । यो रकम गत आव २०८१–८२ को सोही अवधिको तुलनामा ८.६२ प्रतिशत अर्थात् २० करोड ८६ लाख नौ हजारले बढी हो । कार्यालयका अनुसार चालु आवको पहिलो दुई महिनामा यस नाकाबाट रु। आठ अर्ब १९ करोड एक लाख रुपैयाँ मूल्य बराबरको सामान आयात भएको छ भने तीन अर्ब छ करोड ३७ लाख बराबरको सामान विभिन्न मुलुक निर्यात भएको छ ।…

Read More

इलाम, ७ असोज । इलाम अस्पतालमा अबदेखि दैनिक रूपमा विशेषज्ञ सर्जनद्वारा शल्यक्रिया हुने भएको छ। अस्पतालका सूचना अधिकारी सुजन अधिकारीका अनुसार सर्जन डा. सरो प्रजापतिले नियमित रूपमा सेवा दिनुहुनेछ । अस्पतालमा हर्निया, हाइड्रोसिल, एपेन्डिक्स तथा विभिन्न गाँठा–गुठीसम्बन्धी शल्य क्रियात्मक उपचार अब दैनिक रूपमा उपलब्ध हुने जनाइएको छ । बालरोग विशेषज्ञ डा. बृजेशकुमार यादवले निरन्तर सेवा दिइरहनुभएको छ । इलाम मात्र नभई पाँचथर र ताप्लेजुङका बिरामी पनि उपचारका लागि इलाम अस्पताल आउने गरेका छन्। हाड जोर्नीसम्बन्धी अपरेसन सेवा थप सहज बनाउन आवश्यक मेसिन खरिदका लागि अस्पतालले बजेट माग गरेको सूचना अधिकारी अधिकारीले जानकारी दिनुभयो ।

Read More

झापा, ७ असोज । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बदलिनेले नेतृत्व गर्ने र बदलिन नचाहने बढारिने बताउनु भएको छ । गृहनगर धुलाबारीमा अज आयोजित “जेनजी आन्दोलनमा जीवन गुमाएकप्रति श्रद्धाञ्जली एवम् अबको राजनीति र अबको नेपाल” विषयक अन्तरक्रियामा बोल्दै महामन्त्री शर्माले भन्नुभयो,”अहिलेको माग र जनभावना अनुसार नै कांग्रेसको नेतृत्व बदलिन्छ, त्यसको बाधक बन्ने बढारिन्छन् ।” एउटाले आन्दोलन गर्ने र अर्कोले अवसर लिने कुरा असान्दर्भिक भएको तर्क गर्नु भएको शर्माले सरकारमा जेनजी पुस्ताको प्रतिनिधित्व हुनु पर्नेमा जोड दिनुभयो ।” सरकारमा जेनजी पुस्ताको प्रतिनिधित्व हुनुपर्छ, त्यो अनिवार्य सर्त हो ” उहाँले भन्नुभयो,” प्रधानमन्त्री सुशीला कार्कीजी जेनजी पुस्तालाई प्रतिनिधित्व गराएर सरकारलाई छिटो पूर्णता दिनुस्…

Read More

मोरङ, ७ असोज । मोरङको विराटनगर महानगरपालिका–१७ स्थितबाट स्रोत नखुलेको अवैध रकमसहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । असोज ७ गते दिउँसो साढे १ बजे अस्थायी प्रहरी पोष्ट मटेरुवा मोरङबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट नेपालतर्फ आउदै गरेको को ३८ प ५८५१ नम्बरको मोटरसाइकल चालक विराटनगर–१८ का ४१ वर्षीय वीरेन्द्र साहले साथमा लुकाई छिपाई राखेको स्रोत नखुलेको १४ लाख ५० हजार नेपाली रुपैयाँसहित पक्राउ गरेको हो । पक्राउ परेका उनको इलाका प्रहरी कार्यालय रानीबाट आवश्यक थप अनुसन्धान भइरहेको छ ।

Read More

काठमाडौँ, ७ असोज । जेनजी प्रदर्शनका क्रममा कारागारबाट भागेका चूडामणि उप्रेती ‘गोरे’ कारागार फर्किएका छन् । भदौ २४ मा उनी अरू कैदीबन्दीसँगै कारागारबाट बाहिरिएका थिए । गोरे कारागार फिर्ता भएको केन्द्रीय कारागारका जेलर कृष्ण चापागाईँले जानकारी दिए । दुबईबाट ३३ किलो सुन तस्करी गरेर काठमाडौँ ल्याएको मुद्दामा उनी थुनामा छन् । २०७४ माघ ९ मा विमानस्थलमा आएको सुन ‘गोरे’ को समूहले ल्याएको अनुसन्धान निष्कर्ष छ । तर, सो सुन अहिलेसम्म फेला परेको छैन । भरियाले काठमाडौँको नयाँ बानेश्वर स्थित रत्नराज्य स्कुल नजिकैबाट लुटिएको जानकारी गराएको गोरेले बयानमा खुलाएका छन् ।

Read More

बिर्तामोड, ७ असोज । झापामा हुने झापा महिला गोल्डकपको विजेता टिमले १० लाख रुपैयाँ पाउने भएको छ । आज एक कार्यक्रमका बीच गोल्डकप समितिले पुरस्कार राशि सार्वजनिक गरेको हो । नेपालकै अहिलेसम्मकै सर्वाधिक पुरस्कार राशिको झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता यही कात्तिक १५ गतेदेखि २२ गतेसम्म हुँदैछ । प्रतियोगिताको उपविजेताले नगद पाँच लाख रुपैयाँ पाउनेछ । त्यस्तै, सर्वोत्कृष्ट खेलाडीलाई नगद एक लाख ५० रुपैयाँ प्रदान गरिने गोल्डकपका अध्यक्ष सन्तोष थोप्राले जानकारी दिए ।त्यस्तै, प्रतियोगिताका उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक र उच्च गोलकर्ताले नगद २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । प्रत्येक…

Read More

झापा, ७ असोज । झापाको बिर्तामोड नगरपालिका–७ खालबाडीमा धारिलो हतियारको प्रहारबाट एक व्यक्तिको ज्यान गएको छ। ६ गते राति अन्दाजी ३५–३६ वर्षका फुर्बा तामाङलाई निजकै घरमा धारिलो हतियार प्रयोग गरी हत्या गरिएको हो। प्रहरीका अनुसार घटनामा संलग्न सोही स्थानका वर्ष २७–२८ का प्रेम कुमार राई र ३३ वर्षका रामकुमार राईलाई अनुसन्धानको लागि नियन्त्रणमा लिइएको छ। घटनामा प्रयोग गरिएको खुकुरी र बसिला पनि प्रहरीले बरामद गरेको छ। घटनाको थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी अधिकृतको कमाण्डमा क्इऋइ टोली खटाइएको छ। बिहान ०९ः२५ बजे मृतकको सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरी शवलाई पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर…

Read More

दीपक चन्दभद्रपुर , ७ असोज । बुद्धशान्ति गाउँपालिका–३ प्रगतिटोल पुग्दा एउटा महिलाको सङ्घर्ष र सफलताले भरिएको कथा भेटिन्छ । नम्र स्वभाव, अनि आत्मविश्वासले भरिपूर्ण अनुहार । आफ्नै घरको भुइँतलामा चलिरहेको सानो तर व्यस्त कार्यशालामा कपडाको थुप्रो, रङ्गीचङ्गी धागो काट्न प्रयोग गरिने कैंची र सिलाइ मेसिनको निरन्तर आवाजले उद्योगको जीवन्तता झल्काउँछ । यही ठाउँ हो– शीतला झोला उद्योग, जसको नाम अहिले बुद्धशान्तिमात्र होइन, कोशी प्रदेशका विभिन्न जिल्लासम्म परिचित भइसकेको छ । यस उद्योगकी सञ्चालक हुनुहुन्छ तारादेवी अधिकारी । उहाँ सामान्य गृहिणीमात्र नभएर, सङ्घर्ष र सीपलाई आधार बनाउँदै आत्मनिर्भर बन्न खोज्ने अनि अरु महिलालाई पनि त्यसै मार्गमा डोर्‍याउने उद्यमी हुनुहुन्छ । आजभन्दा…

Read More

विराटनगर, ७ असोज । एक हजार रुपैयाँ नदिएको निहुँमा विराटनगर महानगरपालिका–९ धोबियारीमा एक देवरले आफ्नै भाउजूमाथि एसिड प्रहार गरेका छन् । सोमबार दिउँसो २५ वर्षीय श्रवण साहले एसिड प्रहार गर्दा २२ वर्षीया भाउजु रागिनी देवी साह गम्भीर घाइते भएकी छिन् । विराटनगरस्थित न्यूरो अस्पतालमा उपचाररत उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ । पारिवारिक स्रोतका अनुसार, घटनाको मुख्य कारण पैसाको लेनदेन र सोही विषयमा उत्पन्न भएको विवाद थियो । पीडितका श्रीमान् सन्तोष साहले भाइ श्रवणले भाउजूसँग तीन हजार रुपैयाँ मागेका थिए । रागिनीले आफूसँग भएको दुई हजार रुपैयाँ दिएकी पनि थिइन् । तर, बाँकी एक हजार रुपैयाँ नपाएको निहुँमा…

Read More

सप्तरी, ७ असोज । सप्तरीको सुरुङ्गा नगरपालिका–२ स्थित हर्दियाको पोखरीमा डुबेर आज दुई बालिकाको ज्यान गएको छ । स्थानीय सुरेन्द्र चौधरीकी ७ वर्षीया छोरी सुस्तिका चौधरी र केशर चौधरीकी ११ वर्षीया छोरी आशकी चौधरीको पोखरीमा डुबेर ज्यान गएको हो । दुवै बालिकाको नुहाउने क्रममा पोखरीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए । प्रनाउ बस्नेतका अनुसार सो घटनाबारे स्थानीयले जानकारी गराएपछि स्थानीयवासीको सहयोगमा पोखरीबाट बालिकाहरुको शव निकालिएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।रासस

Read More