
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
काठमाण्डौ, ८ असोज । लगातार दुई कारोबार दिन बढेको शेयर बजार आज घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २७ दशमलव ८९ अङ्कले घटेर २ हजार ६ सय ५४ दशमलव ३५ विन्दुमा झरेको छ । आज होटल र म्युचल फन्ड बाहेक सबै समूहको शेयर घटेकोमा अन्य समूहको शेयर २ दशमलव १६ प्रतिशतले ओरालो लागेको छ । आज १ सय ९३ वटा कम्पनीको शेयर घटेकोमा ५३ वटाको बढेको छ । यस्तै २ वटा कम्पनीको शेयर घटबढ भएको छैन । आज उन्नति सहकार्य लघुवित्त कम्पनीको शेयर सबैभन्दा धेरै ५ दशमलव ३८ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन माथिल्लो मैलुनखोला…
दसैँ लक्षित तीन नेपाली चलचित्र प्रदर्शनमा आउने भएका छन् । चलचित्रहरू ‘हरिबहादुरको जुत्ता’ , ‘माइतीघर’ र ‘बलिदान’ प्रदर्शनमा आउने भएका हुन् । यी तीनै चलचित्र आगामी दसैँलाई लक्षित गरी फूलपातीको दिन (असोज १३) देखि नेपालसँगै विदेशमा समेत प्रदर्शन हुने जनाइएको छ । चलचित्र ‘माइतीघर’ तामाङ संस्कृतिमा आधारित सामाजिक विषयमा निर्माण गरिएको निर्माण पक्षले जनाएको छ । मिलन तामाङले निर्देशन गर्नुभएको सो चलचित्रमा केदार घिमिरे, उपासनासिंह ठकुरी, धीरज मगर, प्रकाश सपूतलगायतका कलाकारले अभिनय गरेका छन् । सोही मितिमा प्रदर्शन हुने अर्को चलचित्र ‘हरिबहादुरको जुत्ता’ अभिनेता हरिवंश आचार्यमा केन्द्रित छ । अभिनेता आचार्यले टेलिशृङ्खला र रङ्गमञ्चमा निर्वाह गर्नुभएको चर्चित पात्र ‘हरिबहादुर’ लाई…
झापा, ८ असोज। झापा जिल्लाको बिभिन्न स्थानहरुबाट लागू औषध ब्राउन सुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । असोज ०७ गते बिर्तामोड नगरपालिका ५ स्थितमा अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा सोहि स्थानका २५ बर्षीय मुस्ताज मुस्लिम र बिर्तामोड ६ का २६ बर्षीय समिर खानलाई ३ ग्राम ८४० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । त्यस्तै इलाका प्रहरी कार्यालय दमकले दमक नगरपालिका १ का ३३ बर्षीय हर्क बहादुर कुमाललाई २ ग्राम ७२० मिलिग्राम ब्राउन सुगर सहित र इलाका प्रहरी कार्यालय काँकरभिट्टाले १ ग्राम ३३० मिलिग्राम ब्राउन सुगरसहित अर्जुनधारा नगरपालिका ११ का २६ बर्षीय बिरेन्द्र लिङ्देनलाई…
झापा, ८ असोज । झापाको बिर्तामोड नगरपालिका ७ का ३६ बर्षीय फुर्बा तामाङको हत्यामा संलग्न २ जनालाई जिल्ला प्रहरी कार्यालय झापाले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिर्तामोड ७ का २८ बर्षीय प्रेम कुमार राई र ३३ बर्षीय राम कुमार राई रहेका छन । असोज ७ गते बिहानको राती आफ्नै घरमा रहेका तामाङलाई धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरेको भन्ने खवर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय झापाबाट घटनास्थलमा खटिएको प्रहरी टोलीले हत्यामा संलग्न दुई जनालाई घटनामा प्रयोग भएको खुकुरी सहित पक्राउ गरेको हो । मृतक लासको कानुनी प्रकृया पुरा गरी पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको छ भने हत्यामा…
झापा, ८ भदौ । लागुऔषधसहित झापामा दुई व्यक्ति पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाको टोलीले असोज ७ गते दुई फरक स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो । पहिलो घटना साँझ ६ः३० बजे मेचीनगर नगरपालिका–६ पुरानो मेचीपुल नजिक भएको हो । इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको टोलीले भारतको पानीट्याङ्कीबाट भाडाको सिटी सफारीमा आउँदै गरेका अर्जुनधारा नगरपालिका–११ का २६ वर्षीय वीरेन्द्र लिङ्देनलाई शंका लागि सोधपुछ तथा शरीर तलासी गर्दा खैरो हिरोइनजस्तो देखिने लिसाइलो पदार्थ १ ग्राम ३३० मिलिग्राम फेला परेको प्रहरीले जनाएको छ। उनलाई लागुऔषधसहित नियन्त्रणमा लिई आवश्यक कारवाही भइरहेको छ। त्यसैगरी, सोही दिन दिउँसो ४ः२० बजे दमक नगरपालिका–६ बसपार्कस्थित सडकमा…
झापा, ८ असोज । नेपाली राहदानी प्रयोग गरी २०० जना म्यानमारका नागरिक युनाइटेड अरब इमिरेट्स (यूएई) पुगेको तथ्य सार्वजनिक भएको छ। अध्यागमन विभागले मंगलबार वैदेशिक रोजगारीका प्रमुख गन्तव्य रहेका नौ देशका नेपाली राजदूत तथा सम्बन्धित मन्त्रालयका पदाधिकारीहरूसँगको भर्चुअल छलफलमा उक्त जानकारी दिएको हो। छलफलमा यूएई, कतार, ओमन, कुवेत, सउदी अरेबिया, बहराइन, मलेशिया र थाईल्यान्डमा कार्यरत नेपाली राजदूत, श्रम सहचारी, गृह तथा परराष्ट्र मन्त्रालयका अधिकारीहरू सहभागी थिए। विभागले नक्कली कागजात पेश गरी वैदेशिक रोजगारीमा जाने प्रवृत्तिको समीक्षा गर्दै दोषीलाई कानुनी दायरामा ल्याउने विषयमा छलफल भएको जनाएको छ। छलफलमा नेपालबाट श्रम आप्रवासन तथा पर्यटकीय भिसामा अन्य मुलुक प्रस्थान गरी रोजगारीमा संलग्न हुने…
झापा, ८ असोज । नेपालको वैदेशिक व्यापार साढे २२ प्रतिशतले बढेको छ । चालू आर्थिक वर्षको साउन र भदौमा २२.५४ प्रतिशतले व्यापार बढेको भन्सार विभागले जनाएको हो । पहिलो दुई महिनामा कुल ३ खर्ब ५२ अर्ब ४७ करोड २७ लाख ६१ हजारको वैदेशिक व्यापार भएको छ । अघिल्लो वर्ष सोही अवधिमा २ खर्ब ८७ अर्ब ६३ करोड ५७ लाख २८ हजार रुपैयाँको व्यापार भएको थियो । यस अवधिमा आया १६.२३ प्रतिशत र निर्यात ८८.५७ प्रतिशतले बढेको छ । विभागका अनुसार ३ खर्ब ५ अर्ब १५ करोड ५० लाख ९९ हजारको आयात भएको छ । त्यसैगरी, ४७ अर्ब ३१ करोड ७६…
भद्रपुर, ८ भदौ । चालु आर्थिक वर्ष २०८२–८३ को पहिलो दुई महिनामा काँकरभिट्टा नाकाबाट रु दुई अर्ब ८४ करोड ४८ लाख ८४ हजारको पेट्रोलियम पदार्थ आयात भएको छ । नाकाबाट पेट्रोल, डिजेल, एलपिग्यास, एटिएफ, मट्रितेल आयात भएको हो । मेची भन्सार कार्यालयका सूचना अधिकारी एवम् भन्सार अधिकृत ईश्वरकुमार हुमागाईका अनुसार गत आवको सोही अवधिको तुलनामा नाकाबाट आयात हुने पेट्रोलियम पदार्थ रु १० करोड ६१ लाख २८ हजार अर्थात तीन दशमलव ६० प्रतिशतले घटेको छ । यद्यपि पेट्रोलियम पदार्थबाट प्राप्त राजश्व शून्य दशमलव ५० प्रतिशत अर्थात रु ६४ लाख तीन हजारले बढेको उहाँले बताउनुभयो । कार्यालयको तथ्याङ्क अनुसार गत साउन÷भदौ महिनामा…
झापा, ८ असोज । बडा दसैँ एवं नवरात्रको तेस्रो दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । नवदुर्गा मध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले नै यिनको नाम चन्द्रघण्टा रहन गएको भन्ने विभिन्न पौराणिक एवं धर्मशास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ । यस्ती देवीको पूजा आराधनाले शक्ति प्राप्त हुने भएकाले नवरात्रका अवसरमा विशेष पूजा आराधना गर्ने गरिएको नेपाल संस्कृत विश्वविद्यालयका धर्मशास्त्र विषयका पूर्वप्राध्यापक तोयराज नेपालले जानकारी दिनुभयो । मार्कण्डेय पुराणमा ‘चन्द्रः घण्टायां यस्याः सा’ अर्थात् चन्द्रमा जसको घण्टामा रहेको छ उहाँको नाम चन्द्रघण्टा हो भनी उल्लेख गरिएको छ…
झापा, ८ असोज । आज बुधबार देशका विभिन्न स्थानमा मध्ममदेखि भारीसम्म वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले आज बिहान जारी गरेको प्रक्षेपणअनुसार दिउँसो देशभर साधारणतया बदली रहने छ। कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थान, लुम्बिनी प्रदेशलगायत बाँकी पहाड भूभागका थोरै स्थान तथा बाँकी तराई भूभागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ। कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ। आज राति देशका पहाड भेगमा साधारणतया बदली रही बाँकी स्थानमा आंशिक बदली रहने छ। गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेशका पहाड भूभागका थोरै तथा बाँकी…