jhapaonline add

झापा, २३ कात्तिक । नेपाल राष्ट्र बैङ्कले आज आइतवारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १४२ रुपैयाँ १६ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ६१ पैसा र बिक्रीदर १६४ रुपैयाँ ३० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपैयाँ ६६ पैसा र बिक्रीदर १८६ रुपैयाँ ४४ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७५ रुपैयाँ ६५ पैसा र बिक्रीदर १७६ रुपैयाँ ४० पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ७४ पैसा र बिक्रीदर ९२ रुपैयाँ १३ पैसा,…

Read More

चन्द्रगढी, २३ कात्तिक । चन्द्रगढी सामुदायिक वन उपभोक्ता समूहको सम्पन्न निर्वाचनमा ७०६ मत सहित अनुज खतिवडा अध्यक्षमा निर्वाचित हुनुभएको छ । पाँच वर्षे कार्यकालका लागि भएको निर्वाचनमा निकटतम प्रतिष्पर्धी चुडामणि मैनालीलाई ३८४ मतले पछि पार्दै खतिवडा अध्यक्षमा निर्वाचत हुनुभएको हो । वन समूहमा १ हजार ९९५ जना मतदाता रहेकोमा १ हजार ८५७ मत खसेको थियो । अन्य अध्यक्षका प्रतिष्पर्धीहरूमा राजु बरालले २९९, रमेशकुमार न्यौपानेले २५५ र पुन्यप्रसाद पोखरेलले ४७ मत पाउनुभएको छ । त्यसैगरी, उपाध्यक्षमा श्रीमन नारायण पौडेल ४७५ मतका साथ विजयी भए भने निकट प्रतिष्पर्धीमा ४३७ मतका साथ ईश्वरीप्रसाद रिजाल, सचिवमा कमला शिवाकोटी ४९२ मतका साथ विजयी हुँदा निकटतम…

Read More

झापा, २३ कात्तिक । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ । आज राति कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

Read More

झापा, २२ कात्तिक । भारतको विहार राज्यसँग जोडिएका झापाका सीमा नाकाहरू आज साँझदेखि ७२ घण्टाका लागि बन्द भएको छ । भारतको विहारमा हुने विधान सभा निर्वाचनलाई लक्षित गरी विहारसँग जोडिएका भद्रपुर, केचना, दिगलबैंक र गौरीगञ्ज सीमा नाका आज साँझ ६ः३० बजेदेखि बन्द भएको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ । विहारमा विधान सभाको दोस्रो चरणको निर्वाचन अन्तरगत किशनगञ्ज जिल्लामा यही नोभेम्बर ११ तारिख अर्थात् कात्तिक २५ गते निर्वाचन हुँदैछ । किशनगञ्ज जिल्लासँग जोडिएका नाकाहरू कात्तिक २५ गते मङ्गलवार साँझ ६ः१५ बजेसम्मका लागि बन्द गरिएको सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिनुभयो ।

Read More

झापा, २२ कात्तिक । झापा दमक नगरपालिका–८ स्थित एनसेल अफिस छेउमा लागुऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले दुई युवकलाई ब्राउन सुगरसहित नियन्त्रणमा लिएको छ। मिति २०८२ कार्तिक २२ गते साँझ ४ बजे इलाका प्रहरी कार्यालय (इप्रका) दमकबाट खटिएको टोलीले शंका लागी चेकजाँच गर्दा उनीहरूको साथबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर जस्तो देखिने लिसाइलो पदार्थ बरामद गरेको हो। पक्राउ पर्नेमा दमक नगरपालिका–५ निवासी २५ वर्षीय निराज सापकोटा र दमक नगरपालिका–९ निवासी २५ वर्षीय अरुण रोक्का रहेका छन्। प्रहरीका अनुसार उनीहरूको साथबाट प्लास्टिक सहित ११.६८ ग्राम र प्लास्टिक बाहेक ८.१५ ग्राम ब्राउन सुगर, नगद ३५ हजार रुपैयाँ, विभिन्न कम्पनीका तीन थान…

Read More

झापा, २२ कार्तिक । झापाको भद्रपुर नगरपालिका–५ बाट लागुऔषध ब्राउनसुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । कार्तिक २१ गते वडा प्रहरी कार्यालय भद्रपुरबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले भद्रपुर नगरपालिका–७ का २६ बर्षीय बिशाल माझीलाई ३ ग्राम ६०० मिलिग्राम र बिर्तामोड नगरपालिका–१० का २२ वर्षीय रोहित कटुवाललाई १ ग्राम १११ मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको हो । पक्राउ परेका उनीहरुको थप अनुसन्धान भइरहेको छ ।

Read More

झापा, २२ कात्तिक । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १४२ रुपैयाँ १६ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ६१ पैसा र बिक्रीदर १६४ रुपैयाँ ३० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपैयाँ ६६ पैसा र बिक्रीदर १८६ रुपैयाँ ४४ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७५ रुपैयाँ ६५ पैसा र बिक्रीदर १७६ रुपैयाँ ४० पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ७४ पैसा र बिक्रीदर ९२ रुपैयाँ १३ पैसा, क्यानेडियन…

Read More

झापा, २२ कात्तिक । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर मतदाता नामावली संकलन तीव्र गतिमा जारी रहेको निर्वाचन आयोगले जनाएको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार पछिल्लो समय उत्साहजनक सहभागिता देखिएको छ। आयोगले यही कात्तिक ३० गतेसम्म मात्र मतदाता नामावली संकलन हुने स्पष्ट गर्दै सो मितिसम्म अठार वर्ष उमेर पूरा गर्ने र नागरिकताको प्रमाणपत्र प्राप्त गरेका सबै नेपाली नागरिकलाई नाम दर्ता गराउन आग्रह गरेको छ। आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन हुने तय भएको छ। सो निर्वाचनमा फागुन २० गतेसम्म अठार वर्ष उमेर पूरा गरेका दर्ता भएका मतदाताले मात्र मतदान गर्न पाउनेछन्। अत्यधिक सहभागिताका कारण मतदाता नामावली दर्ता सर्भरमा…

Read More

झापा, २२ कात्तिक । भदौ २४ गते जेनजी आन्दोलनको क्रममा इलाका प्रहरी कार्यालय अनारमनीमा आक्रमण गरी प्रहरी जवान विजय खड्कालाई गम्भीर घाइते बनाइ फरार रहेका अभियुक्त नवराज राईलाई प्रहरीले भक्तपुरबाट पक्राउ गरेको छ । बिर्तामोड नगरपालिका–५ का २६ वर्षीय राईलाई खोजतलासका क्रममा भक्तपुर प्रहरी परिसरबाट खटिएको टोलीले कार्तिक २० गते साँझ ६ बजे भक्तपुर क्षेत्रबाट नियन्त्रणमा लिएको हो । उनीमाथि ज्यान मार्ने उद्योग अन्तर्गतको कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । पक्राउपछि राईलाई कार्तिक २१ गते इप्रका अनारमनीमा ल्याई जिल्ला अदालत झापाबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ । प्रहरी स्रोतका अनुसार आन्दोलनको क्रममा भएको आक्रमणमा संलग्न…

Read More

झापा, २२ कात्तिक । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ । आज राति कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।

Read More