jhapaonline add

साउदी अरेबिया, ९ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको उत्कर्षमा रहेको मध्य पूर्व युद्धबीच इरानमा नयाँ आक्रमण योजना सार्वजनिक भए पछि तेहरान समर्थित हुथी विद्रोहीहरूले शनिबार साउदी अरबियामा मिसाइल आक्रमण गरेको दाबी गरेको छ । यो सँगै लगातार १३ औँ रात अमेरिकी सेनाले इरानी सैन्य लक्ष्यहरूमा आक्रमण गरे पछि शनिबार पुनः आक्रमणको घोषणा गरेको छ । यद्यपी हुथी विद्रोहीहरूले दक्षिणी साउदी सहर जिजानमा क्षेप्यास्त्र आक्रमण गरेको दाबी गर्दै यस क्षेत्रमा द्वन्द्व फैलिएको केही समय अघि इरान माथि ठूलो आक्रमण गर्ने तयारी तथा निर्णय नगरेको ट्रम्पले बताएका छन् । विद्रोहीहरूले शीर्ष तेल उत्पादकले समुद्री नाकाबंदीको घोषणा पछि र लाल सागरमा यसका…

Read More

रौतहट, ९ साउन। जवरजस्ती करणीपछि बालिकाको हत्या गरेको अभियोगमा २० वर्ष कैद सजाय तोकिएका फरार कैदीलाई रौतहट प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार कटहरिया नगरपालिका–७ बगहीका ३० वर्षीय प्रभु माझीलाई शुक्रबार राति करिब साढे ११ बजे सोही स्थानबाट पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक वसन्त गौतमका अनुसार माझी २०६८ फागुन २५ गते तत्कालीन बगही गाविस–६ (हाल) कटहरिया नगरपालिका–७० स्थित वीरेन्द्र चौधरीको पोखरीको डिलमा एक पाँच वर्षीया बालिकामाथि जवरजस्ती करणी गरी हत्या गरेको अभियोगमा सर्वोच्च अदालतबाट २० वर्ष कैद सजायको फैसला सदर भएको थियो । त्यसपछि उनी कारागार कार्यालय…

Read More

सुनसरी, ९ साउन । मोरङको विराटनगर महानगरपालिका–४ भट्टाचोक क्षेत्रबाट १०४ ग्राम ब्राउन सुगरसहित एक पैदल यात्री पक्राउ परेका छन्। कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार शुक्रबार विशेष सूचनाका आधारमा सीआरभी भट्टाचोक मोरङ र लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँचका क्रममा सुनसरीको दुहबी नगरपालिका–१२ निवासी २१ वर्षीय धनकुमार यादवलाई पक्राउ गरेको हो। प्रहरीले उनको साथबाट १०४ ग्राम ब्राउन सुगर बरामद गरी नियन्त्रणमा लिएको जनाएको छ। पक्राउ परेका यादवमाथि लागूऔषधसम्बन्धी कसुरमा जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Read More

विराटनगर, ९ साउन । आन्तरिक राजस्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०८२–८३ मा कुल रु १० अर्ब ३० करोड ५३ लाख ३६ हजार राजस्व सङ्कलन गरी ८५ दशमलव १५ प्रतिशत प्रगति गरेको जनाएको छ । सो अवधिमा कार्यालयले रु १२ अर्ब १० करोड २८ लाख ८० हजार राजस्व सङ्कलन गर्ने लक्ष्यमा रु एक अर्ब ७९ करोड ७५ लाख ४४ हजार राजस्व कम उठेको कार्यालय प्रमुख केशवप्रसाद उप्रेतीले जानकारी दिनुभयो । सङ्कलित राजस्वमा आयकर रु चार अर्ब सात करोड २५ लाख ४१ हजार, बहाल आयकर रु आठ करोड आठ लाख ५५ हजार, ब्याज कर रु ३८ करोड १३ लाख एक हजार, मूल्यअभिवृद्धि…

Read More

बिर्तामोड, ९ साउन । झापाको बिर्तामोड–२ त्रिशूली चोकबाट ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । शुक्रबार राति करिब ११ बजे लागूऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी बरिष्ठ हवल्दार खमबहादुर थापाको नेतृत्वमा खटिएको क्यूआरटी टोलीले छापा मारेको थियो । प्रहरीले बिर्तामोड–२ निवासी २४ वर्षीय प्रवेश सहनीको ग्वालीमा रहेका प्रवेश सहनी र सोही स्थानका २५ वर्षीय किरण शर्मालाई चेकजाँच गर्ने क्रममा उनीहरूको साथबाट ब्राउन सुगरजस्तो देखिने पदार्थ बरामद गरेको जनाएको छ । बरामद गरिएको पदार्थको तौल गर्दा प्लास्टिकसहित ५ ग्राम २०० मिलिग्राम र प्लास्टिकबाहेक २ ग्राम ८४० मिलिग्राम रहेको प्रहरीले जनाएको छ । दुवै जनालाई…

Read More

झापा, ९ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आर्थिक वर्ष २०८२/८३ मा ३३ हजार ३२८ नयाँ उजुरी दर्ता भएका छन्। अघिल्लो वर्षबाट सरेका सात हजार ३२३ उजुरीसमेत जोड्दा आयोगमा कुल ४० हजार ६५१ उजुरी रहेको थियो। आयोगले शुक्रबार सार्वजनिक गरेको वार्षिक समीक्षा विवरणअनुसार तीमध्ये ३२ हजार ७९९ उजुरी (८०.६८ प्रतिशत) फर्छ्योट गरिएको छ भने बाँकी सात हजार ८५२ उजुरी चालु आर्थिक वर्षमा जिम्मेवारी सरेका छन्। प्राप्त उजुरीमध्ये ४८.९६ प्रतिशत स्थानीय तह, ३८ प्रतिशत संघीय सरकार र १३.०४ प्रतिशत प्रदेश सरकारसँग सम्बन्धित छन्। वेबसाइटमार्फत सबैभन्दा बढी ३०.९१ प्रतिशत उजुरी प्राप्त भएका छन्। आर्थिक वर्ष २०८२/८३ मा आयोगले ६२ बैठकबाट एक हजार…

Read More

झापा, ९ साउन । झापा जिल्ला कारागार भद्रपुरमा क्षमताभन्दा दोब्बर कैदीबन्दी रहेकाले दैनिक व्यवस्थापन चुनौतीपूर्ण बनेको छ। ७५० जनाको क्षमता रहेको कारागारमा हाल एक हजार ५८५ जना कैदीबन्दी रहेका छन्। कारागार प्रशासन प्रमुख रेवन्त भट्टराईका अनुसार हाल कारागारमा ९९९ जना कैदी र मुद्दाको पुर्पक्षका क्रममा रहेका ५८६ जना थुनुवा छन्। उनीहरूमध्ये ७८ जना महिला रहेका छन्। भद्रपुर कारागारमा विदेशी नागरिकको संख्या पनि उल्लेखनीय छ। प्रशासनका अनुसार हाल १४७ जना विदेशी नागरिक कारागारमा छन्, जसमा भारतका ११८ जना र भुटानका २९ जना रहेका छन्। क्षमताभन्दा बढी कैदीबन्दी हुँदा दैनिक व्यवस्थापनमा कठिनाइ भइरहेको प्रमुख भट्टराईले बताए। उनले भने, “सीमित स्रोतसाधन र क्षमताका…

Read More

झापा, ९ साउन । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु हुँदैछ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घर घरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ । सनातन वैदिक परम्परा अनुसार तुलसीलाई विष्णुको प्रतीकका रुपमा मानिन्छ । आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ । आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान् विष्णु क्षीरसागरमा शयन गर्नुहुने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्व सदस्य प्रा डा देवमणि भट्टराई बताउनुहुन्छ । भगवान् विष्णु शयन गर्नुहुने…

Read More

झापा, ९ साउन । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा नेपालको पश्चिम भू–भागमा सरदरभन्दा उत्तरतर्फ तथा पूर्वी भू–भागमा सरदर स्थानको आसपासमा छ । देशभर साधारणतया बादल लागेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू–भागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । आज दिउँसो हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागमा पनि साधारणतया बादल लाग्नेछ । मधेस र कोशी…

Read More

बिर्तामोड, ८ साउन । झापाको बिर्तामोडस्थित बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले आफ्नो आठौं कार्यकालमा खानेपानी सेवा विस्तार, पूर्वाधार विकास र प्रविधिमैत्री व्यवस्थापनमा उल्लेखनीय प्रगति हासिल गरेको जनाएको छ । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा संस्थाले आर्थिक वर्ष २०८२÷८३ सम्मको कार्यप्रगति सार्वजनिक गर्दै आगामी योजना र चुनौतीबारे जानकारी दिएको छ । संस्थाका अध्यक्ष मेघराज बाँस्तोलाका अनुसार हाल बिर्तामोड नगरपालिकाका १० वटै वडा तथा अर्जुनधारा नगरपालिका–५, ६ र ११ का केही क्षेत्रमा सेवा विस्तार गरिएको छ । तीनवटा ओभरहेड ट्यांकी र थप दुई आयोजना मार्फत करिब ५७५ किलोमिटर पाइपलाइन र ११ हजार धारामार्फत चौबीसै घण्टा शुद्ध खानेपानी वितरण भइरहेको छ…

Read More